|
गर्मीमा स्वास्थ्य
.८ा. प्रकाश बु९ाथोकी
गर्मीमा पकाइएको खाद्यवस्तु केही घन्टामै कुहिने, बेस्वाद
र बेरंग हुने समस्या हुन्छ, किनभने गर्मीमा सूक्ष्म जीवहरू
छिटो एवं बढी सक्रिय हुन्छन् । यस्तो बेलामा खाद्य पदार्थ
विषाक्त बन्छन् , तर्सथ यस्ता खाद्यपदार्थ बढीमा दर्ुइ
घन्टाभित्र खाइसक्नु राम्रो हुन्छ ।
नपछि रात भनेजस्तै समय परविर्तनको चक्रस“गै जाडो मौसमपछि
गर्मी र त्यसपछि वषर्ा आउ“छ । वातावरण परविर्तनले स्वास्थ्यमा
प्रत्यक्ष-अप्रत्यक्ष प्रभाव पर्छ र स्वास्थ्यका दृष्टिले
संवेदनशील बन्छ । गर्मीमा सरसफाइको कमी, सडेगलेका फलफूल,
जथाभावी खाना र पानीमा ध्यान नदि“दा रोगहरूले आक्रमण गर्छन्
। बासी, सडेगलेका वा फोहोर खानेकुरा र फोहोर पानीको प्रयोग
नै रोग लाग्ने मुख्य कारण हो ।
गर्मीमा पकाइएको खाद्यवस्तु केही घन्टामै कुहिने, बेस्वाद
र बेरंग हुने समस्या हुन्छ, किनभने गर्मीमा सूक्ष्म जीवहरू
छिटो र बढी सक्रिय हुन्छन् र तीव्र गतिमा विषाक्त बन्छन्
अनि कुहिन्छ, तर्सथ यस्ता खाद्यपदार्थ बढीमा दर्ुइ घन्टाभित्र
खाइसक्नु राम्रो हुन्छ । गर्मीमा बासी, सडेगलेका, बढी
मसलायुक्त, माछामासु, चिल्लो-पिरो आदि खाद्यवस्तुबाट भरसक
टाढै रहनु राम्रो मानिन्छ ।
गर्मीमा हुने सरुवा रोगहरू केही श्वास-प्रश्वास र धेरैजसो
पाचन प्रणालीस“ग सम्बन्धित हुन्छन् । श्वास-प्रश्वास प्रणाली
नाकदेखि फोक्सोसम्म तथा पाचन प्रणाली खाने मुखबाट सुरु
भएर मलद्वारसम्म पर्छ । कीटाणुको संक्रमणजति तल वा फोक्सोतिर
भयो त्यति नै साह्रो हुन्छ । नाकमा संक्रमण भए साधारण
रुघाखोकी त फोक्सोमा संक्रमण भए निमोनिया“, छातीको संक्रमण
भएर ज्वरो आउने, खोकी लाग्ने, सेतो वा पहेंलो खकार जाने,
छाती दुख्ने, सास फर्ेन गाह्रो हुने हुन्छ । गर्मीमा धेरैजसो
रोग फोहोर खाना र पानीबाट लाग्ने भएकाले पाचन प्रणालीमा
असर पुर्याउ“छ ।
फुड प्वाइजनिङ ः गर्मी तथा वषर्ामा बढी
मात्रामा देखिने समस्या खाना विषाक्तता हो । का“चो र नपाकेको
मासु, बासी खाना, खाना बढी खाने, गह्रौं, पचाउन नसकिने
खाद्य पदार्थले फुड प्वाइजनिङ हुन्छ । यस्ता बिरामीलाई
वान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने आदि हुन्छ ।
झाडा-पखाला ः तीन पटकभन्दा बढी पातलो
दिसा हुनुलाई झाडा-पखाला भनिन्छ । यसले शरीरमा भएको पानी
र लवणको मात्रालाई तुरुन्तै कम गर्ने भएकाले शरीरमा जलविनियोजनसम्बन्धी
विभिन्न समस्या देखा पर्छन् । बान्ता र पखाला स“गै हुनु
स्वास्थ्यका दृष्टिले खतरनाक मानिन्छ । यस्तो पखाला पुरानो
कोलाइटिस, अपच, तीव्र चिन्ता, का“चोे वा बासी खानाले नै
लगाउ“छ ।
हैजा ः भिब्रियो कोलेराले आन्द्रामा
संक्रमण गर्दा हैजा लाग्छ । हैजा लागेपछि धेरै पटक चौलानी
पानीजस्तो पातलो दिसा र बान्ता लागिरहन्छ । तीव्र गतिमा
जलहरण हु“दा बिरामी शिथिल भएर हलचल गर्न नसक्ने अवस्थामा
पुग्छ ।
टाइफाइड ः सरसफाइको कमी, चर्पीको राम्रो
व्यवस्था नभएको, शुद्ध खानेपानीको अभाव, झिंगा र अन्य
कीरा-फट्याङ्ग्राको बढी प्रकोप भएको ठाउ“मा बढी देखिने
टाइफाइड तथा पाराटाइफाइड ब्याक्टेरयिाबाट लाग्ने संक्रामक
रोग हो । विषमज्वर अथवा म्यादी ज्वरोमा बेस्सरी ज्वरो
आउ“छ, पाचन प्रणालीस“ग सम्बन्धित लक्षणका साथ ।
यो रोग रुघाखोकीजस्तै शरीर तथा टाउको दुख्ने लक्षणबाट
सुरु हुन्छ । बिरामीलाई भोक लाग्दैन, ऊ बिस्तारै सिकिस्त
हु“दै जान्छ । अन्य लक्षणमा ज्वरो बढ्नुको अनुपातमा नाडीको
गति कम हुनु, कहिलेकाही“ बान्ता आउनु, का“चो केराउको झोलजस्तो
पखाला लाग्नु वा कब्जियत हुनु आदि हुन् । पेटमा गुलाबी
दाना आउ“छ, शरीर का“प्छ र बिरामी बेहोस पनि हुनसक्छ ।
यसमा कलेजो र फियो सुन्निन सक्छ ।
जुका ः हात्तीपाइले, गोलो जुका, फित्ते
जुका, अंकुसे जुका र चर्ुना जुका दिसाबाट उत्र्सर्जित
हुने हु“दा दिसाबाट सर्म्पर्कमा आउने माटो, सागसब्जी,
फलफूल, पानी, दूध र अन्य खाद्यपदार्थ सफा नगरी तथा दिसा
बसिसकेपछि राम्रोस“ग हात नधु“दा, मासु का“चै खा“दा, जुकाका
फुलहरू लार्भा र जुका परजीवी निरोगीको मुखमा पर्छन् ।
पेट दुख्ने, फुल्ने, अपच हुने, गुदद्वार चिलाउने, बान्ता
हुनेे, पातलो दिसा आदि भए पछि गएर जटिलता देखिन्छ ।
आउ“ ः यो मौसममा बढी देखिने अर्को रोग
आउ“ हो । रगत र आउ“युक्त हल्का पखालादेखि रगतयुक्त चर्को
पखाला चल्छ, वाकवाकी लाग्छ र कामज्वरो आउ“छ, आन्द्रामा
संक्रमण भएर घाउसमेत हुनसक्छ । ज्वरो आउने तथा पेट दुख्ने
हुन्छ । पखाला, झाडा-बान्ता, आउ“, टाइफाइड, हैजामा जति
पानी खेर जान्छ त्यति नै पानी र लवण दिनर्ुपर्छ ।
लामखुट्टे ः गर्मीमा तर्राईतिर बढी लामखुट्टे
लाग्छन् । उच्च र तीव्र ज्वरो हुने डेगु, फिलेरयिा, इन्सेफ्लाइटिस,
मेनिन्जाइटिस हुने सम्भवानी रहन्छ । सेन्डफलाइले बिरामीको
छाला कालो हुने, कलेजो सुन्निने हुनसक्छ । लामखुट्टेजन्य
रोगबाट बच्न लामखुट्टेको विकास र जीवनचक्र पूरा हुन दिनुहु“दैन,
जसका लागि लामखुट्टेको टोकाइबाट जोगिनर्ुपर्छ । लामखुट्टेको
बच्चा, लामखुट्टे तथा परजीवी नाश गर्न, लामखुट्टेको टोकाइबाट
बच्न जनचेतना अभिवृद्धि गरी महामारीलाई रोक्न सकिन्छ ।
गर्मी तथा वषर्ामा विभिन्न किसिमका रोग लाग्न सक्छन् ।
रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै राम्रो
हुन्छ । जुनसुकै उमेर तथा वर्गका मानिसले स्वास्थ्यप्रति
सचेत हुनर्ुपर्छ जसका लागि भोजनमा र्सतर्कता, सफा शुद्ध
वा पोटासियम परम्याग्नेटले धोएको खाना, उमालेको कीटाणुरहित
पानीको प्रयोग गर्नुका साथै खाना खानुअघि र पछि साबुन
पानीले हात धुनर्ुपर्छ । जथाभावी दिसा-पिसाब नगर्ने, बासी,
सडेगलेका र अपच हुने गरी खाना नखाने साथै वरपिरकिो वातावरण
सफा राख्नर्ुपर्छ । यी सबै मौसमी रोगबाट बच्न खानेकुरा
राम्रोस“ग सफा गरेर, पानीलाई उमालेर वा फिल्टर गरेर मात्र
पुग्दैन, दैनिक प्रयोग गर्ने भा“डाकु“डाहरू सफा हुन, खाना
खानुभन्दा अघि र पछि हात राम्रोस“ग साबुन पानीले माडेर
धुनर्ुपर्छ । रोग हाम्रो शत्रु हो, त्यसैले रोगबाट बच्न
हरेक दिन र हरेक पटक सावधानी आवश्यक छ ।
-डा. बुढाथोकी लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा
कार्यरत हुनुहुन्छ ।)
गर्मीको मौसम र स्वास्थ्य
गर्मीमा वातावरणीय तापक्रम उच्च हुन्छ
। हाम्रो शरीरको भित्री तापक्रम सामान्यतया स्थिर हुन्ो
भएकाले वातावरणीय तापक्रमस“ग शरीरको तापक्रम मेल खा“दैन
। वातावरणीय तापक्रमले शरीरमा असर गर्न नदिन शरीरमा विभिन्न
प्रक्रिया भैरहेको हुन्छ । यस्तो प्रक्रियालाई शरीरले
प्राकृतिक रूपमै समायोजन गर्छ । यसलाई वैज्ञानिक भाषामा
होमिओस्टासिस् वा थरमोरेगुलेसन भनिन्छ ।
गर्मी अर्थात् वातावरणीय तापक्रम उच्च रहेको अवस्थामा
हाम्रो शरीरको छालामुनि रहेका रक्तनलीहरू ठूला हुन्छन्
। छालाको माध्यमद्वारा शरीरले आफ्नो ताप फाल्छ, फलस्वरूप
शरीर चिसिन्छ । यो अवस्थामा शरीरबाट धेरै पसिना
निस्कन्छ । यसले शरीरको ताप -हिट) कम गर्न सहयोग गर्छ
। यस्तो अवस्थामा चिसो पानीले नुहाउनेे, चिसो भुइ“मा सुत्दा,
रुखको छायामा बस्दा, चिसो पेयपदार्थ पिउ“दा तथा आराम गर्दा
शरीरको तापक्रम घट्छ ।
शरीरका विभिन्न प्रक्रियाबाट शक्ति उत्पन्न हुन्छ । ती
प्रक्रियाबाट ताप उत्पादन हुन्छ । फलस्वरूप शरीर जति धेरै
शारीरकि व्यायाम वा काममा व्यस्त हुन्छ त्यति नै ताप उत्पादन
हुन्छ । शरीरको ताप घटाउने वा गुमाउने माध्यमहरू छाला,
पसिना, श्वासप्रश्वास, पिसाब, दिसा आदि नै हुन् । यस्तोेे
वातावरणमा खानामा रुचि कम लाग्नु पनि शरीरकै ताप गुमाउने
एउटा उपाय हो । गर्मी वा वातावरणीय तापक्रम उच्च रहेको
अवस्थामा शक्तिको रूपान्तरण अर्थात् मेटाबोलिस्म तथा प्रोटिनको
खपत कम हुनेे भएकाले खानामा रुच्ाि कम हुन्छ ।
गर्मीमा धेरैबेर काम गर्नाले खुट्टाका मांसपेशीहरू दुख्ने,
कट्कटी खाने तथा बाउ“डिने हुनसक्छन् । शरीरमा पानीको मात्रा
पुगे पनि पसिनाका माध्यमबाट खेर गएको लवणको कमी भएर यस्तो
पीडा हुन्छ । यस्तो पीडा खुट्टाबाहेक हातका मांसपेशीमा
पनि हुनसक्छ ।
गर्मीमा धेरै व्यायाम गर्दा वा काम गर्दा शरीर चिस्याउन
तथा रगतको तापक्रम स्थिर राख्न शरीरले धेरै पानी तथा लवण
खेर फाल्नर्ुपर्छ । यस्तो
अवस्थामा शरीरको प्रोटिन टुक्रिएर शक्ति बन्ने काम रोकिन्छ
। यस्तो अवस्थामा कसै-कसैलाई टाउको दुख्ने, वाकवाक लाग्ने,
बान्ता हुने, चक्कर लाग्ने, कमजोर हुने, मांसपेशी दुख्ने
आदि हुनसक्छ । धेरै गर्मी हुने ठाउँमा काम गर्दागर्दै
कोही बेहोस हुन सक्छन् । यस्तो समस्यालाई हिट सिन्कोप
भनिन्छ । यस्ता बिरामीलाई तुरुन्त चिसो ठाउ“मा लगेर आराम
गराउनर्ुपर्छ ।
उच्च तापक्रमले गर्नसक्ने सबैभन्दा खतरनाक स्थितिलाई हिट
स्ट्रोक भनिन्छ । रगतको तापक्रम ४० ड्रि्री सेन्टिग्रेडभन्दा
बढी भए शरीरको तापक्रम नियन्त्रण गर्ने प्रक्रिया ब्रि्रने
भएकाले स्थिति गम्भीर भएको हो । थर्मोरेगुलेसन रोकिएपछि
ताप गुमाउने सबै प्रक्रिया रोकिन्छ । यस्तो अवस्थामा बान्ता
हुने, टाउको दुख्ने जस्ता लक्षणबाट सुरु भएर शरीर काम्ने,
पसिना आउन छोड्ने, शरीर सुख्खा हुने, बेहोस हुने आदि हुनसक्छ
। हिट स्ट्रोक भएका बिरामीको मृत्यु हुने सम्भावना करबि
७६ प्रतिशत हुन्छ ।
कसरी बच्ने ?
गर्मीमा दिउ“सो अर्थात् चर्को घाम भएको अवस्थामा घरबाहिर
काम कम गर्ने वा नगर्नु नै राम्रो हुन्छ । यस्तो अवस्थामा
घरबाहिर हि“ड्नुपर्दा छाता प्रयोग गर्नुपर्छ । छाताको
प्रयोगले छालालाई पनि फाइदा पुर्याउ“छ ।
हिट कम्पका बिरामीले जीवनजल वा पुनर्जीवनीय जल तुरुन्त
सेवन गर्नुपर्छ । यस्ता व्यक्तिले शरीरको ताप कम गर्न,
नुहाउने, चिसो पदार्थ सेवन गर्ने । धेरै बान्ता भएका बिरामी
तथा ब्लड प्रेसर कम भएका व्यक्तिले नसाको माध्यमबाट पानी
तथा लवण -सलाइन) लिनुपर्ने हुनसक्छ । हिट स्ट्रोकका बिरामीको
मृत्युदर उच्च भएकालेे यस्ता बिरामीको शरीर तुरुन्त चिस्याउनर्ुपर्छ
। शरीर चिस्याउन आइस्वाटर -बरफ), बगेको पानी आदि प्रयोग
गर्नुपर्छ । यस्ता बिरामीको मृत्युको कारण मृगौलाको खराबी
-रेनल फेलर) हुने भएकाले तुरुन्त नसाबाट पानी र लवण दिनुपर्ने
हुन्ासक्छ । शरीर धेरै काम्ने भए अन्य औषधि प्रयोग गर्नुपर्ने
हुन्ासक्छ । जा“ड-रक्सी खाने तथा पहिलेदेखि धेरै रोगका
औषधि सेवन गर्ने व्यक्तिहरूका लागि हिट स्ट्रोक अझ बढी
खतरनाक हुनसक्छ । गर्मीमा बढी पानी, चिसो पेय तथा झोल
पदार्थ सेवन गर्नु, हरयिो सलाद सेवन गर्नु राम्रो हुन्छ
। गर्मी हुने ठाउ“मा काम गर्ने कामदारहरूले धूम्रपान एवं
मद्यपान गर्नुहु“दैन ।
८ा. बालकृष्०ा शाह
-मेची अञ्चल अस्पताल, भद्रपुर)
|