|
सहृदयी
पुरुष |
|
हरेक सफल पुरुषका पछाडि महिलाको
हात हुन्छ-यो पाश्चात्य समाजमा मात्र होइन, पर्ूर्वीय समाजमा
पनि प्रचलित भनाइ हो । यद्यपि विकासले गति लिन थालेपछि महिलाहरू
पनि घरबाहिर निस्कन थाले । उनीहरूले आफ्नो स्थानमा राम्रो
प्रगति मात्र गरेनन्, अरूका लागि पनि उदाहरणीय हुन पुगे
। पुरुषका तुलनामा महिलाले प्रगति गर्नु निश्चय नै कठिन
काम हो । विकसित मुलुकमा पनि परविार तथा सन्तानको हेरचाह
गर्नु महिलाको पहिलो कर्तव्य मानिन्छ । परविार तथा सन्तानको
रेखदेखमा पुरुष जहिले पनि दबोस्रो नम्बरमा आउ“छन् । नेपाली
समाजमा यतिखेर हजारांै महिला घर-परविारबाट माथि उठेर उद्योग,
व्यवसाय, संगीत, साहित्य, चलचित्र, राजनीति, समाजसेवा, कला,
शिक्षा एवं खेलकुद आदि क्षेत्रमा राम्रो काम गररिहेका छन्
। समाजमा सुपरििचत सबैजसो महिलाले घर-परविारलाई पनि आफूस“गै
डोेर्याएको देखिन्छ । यो कसरी सम्भव छ - यसको खोजी रुचिको
विषय हुनसक्छ ।
यसपटक नारी समूहले नमुनाका रूपमा गायिका रीमा गुरुङ, कलाकर्मी
संगीता थापा, वरष्िठ अधिवक्ता मीरा ढुंगाना, शिक्षाविद्
सुजिता मानन्धर, फेसनविद् शैलजा अधिकारी, संयुक्त राष्ट्रसंघमा
विशिष्ट पदमा कार्यरत रूपा जोशी आदि महिलाको प्रगतिको पछाडि
कसको हात छ भन्ने कुरा खोजी गर्यौं । खोजीका क्रममा हामीले
थाहा पायौं, १७ वर्षो कलिलो उमेरमा विवाह भएकी चञ्चले युवती
रूपा जोशीलाई संयुक्त राष्ट्र संघको उच्च तहमा पुर्याउन
उनका श्रीमान् किरणराज जोशीले गरेको प्रयास स्तुत्य छ ।
जोशी मात्र होइन, हामीले भेटेका सबै महिलाका श्रीमान्ले
आफूलाई पछाडि राखेर श्रीमतीलाई अघि बढाइरहेका रहेछन् । निर्मल
होडा, सुनील थापा, बाबुराम न्यौपाने यस्ता नाम हुन्, जसले
आफ्नो पेसा, व्यवसाय तथा कलालाई पछाडि राखेर आफ्ना जीवन
संगिनीलाई आजको अवस्थामा ल्याउन आफ्नो तर्फाट सक्दो प्रयास
गरे ।
महिलाको प्रगतिका पछाडि कसको हात छ भन्ने कुरा पत्ता लगाउने
क्रममा नमुनाका रूपमा भेटिएका यी महिलाहरूले पनि आफ्नो प्रगतिमा
पुरुषको हात रहेको बताए । ती पुरुषहरूमध्ये पनि आफ्ना श्रीमान्
नै आफ्नो प्रगतिको कारक भएको उनीहरू निर्धक्क स्वीकार गर्छन्
। यदि पुरुषले साथ दिने हो भने थोरै प्रयासले पनि महिला
माथि आउन सक्ने उनीहरूको निष्कर्षछ ।
सफल महिलाहरूको सफलताको कथा पहिल्याउने क्रममा हामीलाई महिलाका
विषयमा बनेका कानुनको पनि सम्झना आइरह्यो । वास्तवमा महिलाका
पक्षमा देशमा जतिसुकै राम्रा कानुन बने पनि घरका सदस्यले
वातावरण नदिने हो भने त्यो कानुनको कुनै अर्थ हु“दैन । आफ्ना
पक्षमा नियम बनेको भन्दै जबर्जस्ती अघि बढ्ने हो भने त्यो
परविार ब्रि्रन सक्छ । परविार बिगारेर पाएको सफलताले दर्ीघकालीन
सन्तुष्टि दि“दैन । फलस्वरूप प्रगतिका लागि महिलालाई परविारले
वातावरण दिनैपर्ने बाध्यता छ । यो बाध्यता बुझ्न सक्ने पुरुषले
मात्र श्रीमतीका अप्ठ्याराहरूमा साथ दिनसक्छन् । यसबाट परम्परागत
रूपमा चलेको सफल पुरुषका पछाडि नारीको हात हुन्छ भन्ने कथन
परविर्तन गर्नुपर्ने महसुस भएको छ । अब हामीले भन्न सक्नर्ुपर्छ,
'सफल महिलाका पछाडि पनि पुरुषको हात हुन्छ ।' के हाम्रो
समाजका अन्य पुरुषहरू यसका लागि तयार छन् ? |
|
|
|
|
|
|