Untitled Document
Year -6, Volume 8
Issue - 68  (असार २०६५)
    
 समाचार

एकाउन्न प्रतिशत महिलास“ग दस प्रतिशत भूमि
नेपालको कुल जनसंख्याको ५१ प्रतिशत महिलास“ग कुल कृषियोग्य भूमिको १० प्रतिशतमा मात्र स्वामित्व छ । बा“की ९० प्रतिशत भूमिको स्वामित्व पुरुषस“गै छ । भूमिको स्वामित्वमा रहेका १० प्रतिशतमध्ये पनि प्रायः विधवा र एकल महिला छन् । केन्द्रीय तथ्यांक विभागको कृषि र्सर्वेक्षण प्रतिवेदनअनुसार कृषिमा संलग्न पुरुष कृषकहरूको तुलनामा महिला कृषक धेरै छन् । अझ महिलाले धानेका घरपरविारको संख्या पनि निरन्तर बढ्दो छ । प्रतिवेदनअनुसार विगत आठ वर्षो अवधिमा महिलाले मात्र कृषि उत्पादनमा भाग लिएको कृषि परविारको संख्या आठ प्रतिशतले बढेको छ । भूमिको स्वामित्व शून्य दशमलव ५ हेक्टरभन्दा कम भएका साना कृषकमात्र होइन, त्यसभन्दा माथि हुने मझौला र ठूला कृषक परविारको अवस्था पनि उस्तै छ ।

गर्भपतनका मुद्दा पर्न छाडे
गर्भपतनले पा“च वर्षघि कानुनी अधिकार पाएपछि मातृमृत्युदरमा कमी आउनुका साथै अदालतमा यससम्बन्धी मुद्दा पर्न छाडेका छन् । विभिन्न
स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन गराउन थालेकाले दर्ुइ वर्षेखि गर्भपतनका मुद्दा नपरेको ललितपुर जिल्ला अदालतले जनाएको छ । अन्तरमि संविधान जारी भएपछि संविधानसभाको निर्वाचनअघि गर्भपतन मुद्दामा कैदको सजाय भोगिरहेका महिलाको बा“की कैद माफी दिने भनिएको थियो । मुलुकका कुनै कारागारमा त्यस्ता कैदी नभएको प्रतिवेदन प्राप्त भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । जन्मिनासाथ शिशुको हत्या गरी फालेका कारण जिल्ला अदालतको आदेशबमोजिम ज्यानसम्बन्धी अपराधमा मुछिएका केही महिला कैदी भने बा“की छन् । बलात्कार, हाडनाता करणी, परविार नियोजनका साधनको अभाव, त्यस्ता साधनको गलत प्रयोग वा प्रयोग गर्न वञ्चित गराएर अनिश्चित गर्भधारण गर्न पुगेका महिलाले सुरक्षित गर्भपतन गर्न पाएकाले मातृमृत्युदरमा कमी आउनुका साथै अदालतमा पनि यस्ता मुद्दाको चाप घटेको हो । गर्भपतनले कानुनी मान्यता पाएपछि १ सय ७९ स्वास्थ्य संस्थाबाट १ लाख ५८ हजार महिलाले यस्तो सेवा लिएको परविार स्वास्थ्य महाशाखाले जनाएको छ ।

मधेसी महिलाको साझा प्रश्न
लुमन्ती आवास सहयोग समूह वीरगंजले गत महिना संविधानसभामा महिलाको साझा सवाल विषयक अन्तक्रिर्या गर्‍यो । एकता महिला बचत तथा ऋण सहकारी संंस्था सञ्चालन गरेको उक्त समूहले मधेसी महिलाको साझा प्रश्नमा छलफल गर्‍यो । सहभागीहरू सबै मधेसी मूलका महिला थिए । अन्तक्रिर्यामा उनीहरूले असमान ज्याला प्रणाली एवं घरेलु हिंसाको अन्त्य, गरबिी निराकरण, दलित र मधेसी महिलाको राज्यका सबै अङ्गमा पहु“च आदि महिला सरोकारका विषयलाई संविधानमा समेट्नुपर्ने माग गरे । संविधान सभासद् अजय द्विवेदी तथा उनकी पत्नी सुषमा तिवारीलाई कार्यक्रमको अतिथि बनाइएको थियो । सभासद् द्विवेदीले आफूले तर्राईका महिलाको
समस्या समाधानका लागि संविधान सभामा जोडदार आवाज उठाउने प्रतिबद्धता जाहेर गरे । लुमन्तीले सहरी गरबिहरूको हकमा वीरगंज र आसपासका क्षेत्रलाई कर्मथलो बनाई कार्य गर्दै आएको छ ।

समर एक्सपो
राजधानीमा समर एक्सपो २००८ सम्पन्न भएको छ । गर्मीका लागि कुल सामग्री सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यले आयोजित उक्त पर््रदर्शनी चार दिनसम्म चल्यो । काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड टे्रड सेन्टरमा सम्पन्न नया“ अवधारणाको उक्त पर््रदर्शनीमा करबि ४० वटा स्टल थिए । बालबालिकाहरूका लागि चाइनिज स्वीमिङ पुल, खद्दर तथा सुतीका र्सट, टिर्सट तथा र्स्कर्टहरू, समर हेयर स्टाइलका लागि पार्लर, गर्मीका लागि आवश्यक कस्मेटिक, मोक्टेल आदि सामग्रीहरू उपभोक्ताका रोजाइ बने । डाइरेक्सन नेपालको आयोजनामा सम्पन्न उक्त पर््रदर्शनी करबि १५ हजार मानिसले अवलोकन गरेको बताउ“दै निर्देशक दीपक थापा भन्छन् 'बिक्रीका लागि मात्र नभएर गर्मीमा के-कस्ता पहिरन लगाउने, कस्तो खाना खाने अनि कस्तो मेकअप तथा हेयर स्याटलमा हि“ड्ने भन्ने कुरा सचेत गराउन पनि मेलाको आयोजना गरएिको हो ।' गायक दीपक बज्राचार्यले उद्घाटन गरेको उक्त पर््रदर्शनीमा बालबालिकाहरूका लागि कृत्रिम स्वीमिङ पुल आकर्षा पक्ष रह्यो ।

महिला घुम्ती कोष प्रभावकारी
पर्ूवका तीन जिल्लामा विपन्न्ा महिलाद्वारा सञ्चालित घुम्ती कोष प्रभावकारी भएको छ । दलित, जनजाति एवं विपन्न्ा परविारलाई समेटेर स्थानीय स्तरमा महिलाद्वारा सिरहा, सप्तरी र उदयपुर जिल्लामा दर्ुइ वर्षेखि घुम्ती कोष सञ्चाल गरएिको छ । तीन जिल्लाका अति विपन्न परविारलाई १ सय ६० सामाजिक परविारमा आबद्ध गरी दर्ुइ वर्षा ३ लाख ७४ हजार ४ सय १२ रुपैया“ बचत भएको उदयसी सामाजिक परविारले जनाएको छ । घुम्ती कोषमा जम्म्ाा भएको रकमबाट विवाह, बिरामी, सुत्केरी, किरयिा कर्म, दैवीप्रकोप एवं दर्ीघकालीन व्यवसायका लागि निर्व्याजी ऋण पाउ“छन् । आर्जनका लागि कोषमा २२ लाख ७६ हजार ७ सय ३५ रुपैया“ लगानी गरेको सरस्वती सामाजिक परविार डिमन सप्तरीकी अध्यक्ष रमनी रामले बताइन् । सिरहाका ५९ अति विपन्न्ा परविार संस्थामा आबद्ध छन् ।

महिला हिंसासम्बन्धी मुद्दा बढे
कानुनी सहयोग तथा परामर्श केन्द्र -ल्याक) ले महिलाविरुद्ध कुटपिट, बलात्कार, वैवाहिक बलात्कार, नाता प्रमाणित, नागरकिताको समस्या, अंश पाउनुपर्ने आदि विषयका मुद्दा बढेको जनाएको छ । ल्याककी अधिवक्ता इन्दिरा श्रेष्ठले १ सय वटा मुद्दामा ३० जना पीडितस“ग प्रत्यक्ष कुराकानी गरी तयार गरएिको प्रतिवेदनमा श्रीमती कुटपिट, जबर्जस्ती विवाहजस्ता मुद्दाका सम्बन्धमा अध्ययन गरएिको बताइन् । पीडित महिलाले प्रत्यक्ष कुराकानी गर्न नमानेपछि मुद्दाको फाइल अध्ययन गरेर प्रतिवेदन तयार गरएिको उनले बताइन् । अध्ययनका क्रममा सबै उमेर, समूह र हैसियतका महिलामाथि हिंसा हुने गरेको पाइएको अधिवक्ता श्रेष्ठले बताइन् । र्सार्वजनिक स्थानमा हुने महिला हिंसाका बारेमा थोरै महिलाले मात्र उजुरी गर्ने गरेको, बलात्कारका घटनामा चिकित्सकले मेडिकल रपिोर्ट तयार गर्दा दोहोरो अर्थ लाग्ने शब्द लेखिदिएका कारण पीडितले न्याय पाउन नसकेको, न्यायिक तथा अर्धन्यायिक निकायले पीडितलाई अधिकार दिलाउनुको साटो राहत दिने प्रवृत्तिका कारण पनि महिला हिंसाबाट पीडितले न्याय पाउन नसकेको प्रतिवेदनमा उल्लेख छ । अध्ययनका क्रममा पीडित महिलाले महिला हिंसाविरुद्ध कडा कानुन निर्माण गर्नुपर्ने, कानुन कडाइका साथ लागू गर्नुपर्ने पीडितलाई सहयोग उपलब्ध गराउनुपर्ने, रोजगारीको अवसर प्रदान गरनिुपर्ने, सुरक्षाको प्रत्याभूति हुनुपर्ने, राज्यले आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने तथा महिलासम्बन्धी मुद्दालाई राज्यद्वारा संशोधन गरनिुपर्ने माग गरे ।

युनिलिभरको ब्राइडल प्रतियोगिता
नेपाल युनिलिभर तथा सौर्न्दर्यकला व्यवसायी संघको संयुक्त प्रयासमा प्रथम पटक ब्राइडल प्रतियोगिता हु“दैछ । नेपालभरकिा ब्युटिसियनहरूका लागि खुल्ला गरएिको उक्त प्रतियोगितामा पहिलो चरणमा ३० जना ब्युटिसियनलाई चयन गरनिेछ । प्रतियोगितामा भाग लिन चाहने ब्युटिसियनहरूस“ग सौर्न्दर्यस“ग सम्बन्धित बेसिक तालिमको प्रमाण-पत्र अनिवार्य हुनुपर्ने आयोजकले जनाएको छ । छानिएका ३० ब्युटिसियनलाई युनिलिभरले थप तालिमको व्यवस्था गर्ने जनाएको छ । उक्त प्रतियोगितामा ब्युटिसियन आफै मोडल ल्याई उनीहरूलाई कार्यस्थलमा प्रयोगात्मक श्रृंगार गरेर देखाउनुपर्नेछ । आगामी असार ७ गते सोल्टी होटलमा हुने अन्तिम चरणमा प्रथम, द्वितीय र तृतीय हुने ब्युटिसियनले क्रमशः ५०, २५ र १० हजार पुरस्कार पाउनेछन् । त्यसबाहेक बेस्ट लिप, बेस्ट अर्ँइ, प|mेस मेकअप तथा हेयरको उपाधि जित्नेलाई पनि पुरस्कारको
व्यवस्था छ ।

बहसको प्रारम्भ
संविधानसभा सदस्यमा र्सवसाधारणदेखि विद्यावारििध गरेका प्राध्यापकसम्मका महिला छानिएका छन् । उनीहरूले एउटै थलोमा जम्म्ाा भएर संविधानसभामा उठाइने महिलाका मुद्दाका सम्बन्धमा बहस प्रारम्भ गरेका छन् । १६ वटा संस्थाले संविधानसभामा निर्वाचित महिला सभास्दलाई बधाई तथा शुभकामना दिन राजधानीमा आयोजित कार्यक्रममा उनीहरूले संविधानसभामा उठाइने महिलाका मुद्दाबारे बहस थालेका हुन् । नेपाली कांग्रे्रसबाट संविधानसभामा पुगेकी आरजु देउवाले पछि परेकाहरूको हितमा संविधान बन्नुपर्ने धारणा व्यक्त गरनि् । उनको भनाइ थियो, 'म महिलाका लागि शिक्षा, स्वास्थ्य तथा मातृत्वलाई प्राथमिकता दिन्छु । महिलाको स्वास्थ्य र शिक्षा राम्रो भए धेरै क्षेत्रमा सफलता मिल्छ ।' धोबीको काम गर्दै आएकी रूपन्देही घर भएकी ३५ वषर्ीया सभासद् बवितादेवी धोबीले दुःखमा परेका महिलाका मुद्दामा जोड दिने बताइन् । महिलाका लागि रोजगारीको व्यवस्था हुनर्ुपर्छ भन्नेमा उनको जोड थियो । नेपाली कांग्रेसका तर्फाट निर्वाचित सुप्रभा घिमिरेले संविधानसभामा बढेको महिला सहभागितालाई जनआन्दोलनको उपलब्धि भएको बताइन् । जनता दलका तर्फाट निर्वाचित २५ वषर्ीया सभासद् गायत्री शाहले महिला शिक्षा तथा रोजगारीलाई प्राथमिकता दिने बताइन्  ।

यौन दुर्व्यवहारविरुद्ध कानुन
सरकारले सरकारी तथा अन्य कार्यालयमा हुने यौनदुर्व्यर्वहार निरुत्साहित गर्न कानुन ल्याउने तयारी गरेको छ ।
कार्यस्थलमा हुने यौनदर्ुर्व्यवहारलाई नियन्त्रण र सजाय गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामाथि छलफल गर्न राजधानीमा आयोजित एक कार्यक्रममा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव रतिुराज भण्डारीले छिटै उक्त विधेयकलाई मन्त्रिपरष्िाद्मा पठाइने जानकारी दिए । छलफलमा उठेका विषय पनि समेटेर मन्त्रिपरष्िाद्मा पठाउ“छौंं, त्यसपछि केही कानुनी प्रक्रिया पूरा गरेपछि यो मस्यौदा विधेयकले कानुनको रूप लिनेछ-भण्डारीले बताए  । उक्त मस्यौदामा कर्मचारी, सेवाग्राही वा अन्य कुनै व्यक्तिविरुद्ध यौनजन्य दर्ुर्व्यवहार भएको मितिले ९० दिनभित्र सम्बन्धित ठाउ“मा उजुरी दिनुपर्ने व्यवस्था छ । मस्यौदामा पीडितलाई पीडकबाट क्षतिपर्ुर्तिर्बापत्को रकम उजुरी सुन्ने अधिकारीले भराइदिनुपर्ने कुरा उल्लेख छ ।

संविधानसभामा ३३ प्रतिशत महिला
संविधानसभाका सदस्यमध्ये महिला सभासद्को संख्या ३३ दशमलव २२ प्रतिशत पुगेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले बुझाएको अन्तिम प्रतिवेदनअनुसार ५ सय ७५ जना सभासद्मध्ये महिलाको संख्या १ सय ९१ जना पुगेको छ । समानुपातिक तथा प्रत्यक्ष निर्वाचन प्रणालीअनुुसार यी महिला सभासद् विजयी भएका हुन् । प्रत्यक्ष निर्वाचन प्रणालीअर्न्तर्गत ३ हजार ९ सय ४६ उम्मेदवारमध्ये महिलाको संख्या ३ सय ६९ अर्थात् ९ दशमलव ३५ प्रतिशत थियो । प्रत्यक्ष निर्वाचन प्रणालीअर्न्तर्गत ३० जना तथा समानुपातिक निर्वाचन प्रणालीअर्न्तर्गत १ सय ६१ जना महिला निर्वाचित भएका छन् ।

ब्युटिसियनहरूको वाषिर्कोत्सव
रूपन्देहीका ब्युटिसियनहरूको संगठन सौर्न्दर्यकला व्यवसायी संघ नेपाल, रूपन्देहीले आफ्नो प्रथम वाषिर्कोत्सव विविध मनोरञ्जनात्मक कार्यक्रमका साथ सम्पन्न गरेको छ । बुटवलको हाटबजारस्थित कान्ति सभागृहमा खचाखच दर्शक-सहभागीमाझ भएको वाषिर्कोत्सव कार्यक्रम स्थानीय कलाकारहरूद्वारा गीत तथा नृत्य प्रस्तुत गरनिुका साथै केश श्रृंगार प्रतियोगिता, किड्स आदि फेसन शो पनि सम्पन्न भए । पहिलोपटक आयोजित केश श्रृंगार कार्यक्रमकै आकर्ष प्रतियोगिता बनेको थियो । १८ जना ब्युटिसियनले १८ जना मोडलको केश श्रृंगार गरेको प्रतियोगितामा पारु सेवा प्रथम, सुधा बज्राचार्य द्वितीय तथा लक्ष्मी पाण्डे तृतीय भए । फेसन शोको कोरयिोग्राफर ब्युटिसियन मेघा श्रेष्ठ तथा मीना प्रधानले गरेका थिए  । सञ्चिता श्रेष्ठ, एन्जल सेन्चुरी, शीला पुन, पायल महेश्वरी तथा पूजा भौकाजीले नेपाली लोक एवं चलचित्रका गीतमा नृत्यका साथै सुमित शाक्यले कर्ण्र्ाासको गीत प्रस्तुत गरेर उपस्थितहरूलाई मनोरञ्जन प्रदान गरे ।

हेटांैडामा हेयरडिजाइनिङ
ब्युटिसियन संघ मकवानपुरले हेटौंडामा हेयर डिजाइनिङ तालिम सम्पन्न गरेको छ । हेटौंडा, नारायणगढ तथा वीरगंजका करबि २ सय ५० जना ब्युटिसियनको सहभागिता रहेको सेमिनारलाई हेयर स्पेसलिस्ट नील डेबिडले तालिम दिए । डेबिडले फिदर कट, ४५ ड्रि्री कट, स्लाइस कट, नेचुरल ग्र्याडिसन कट, हेयर स्टे्रट तथा रेजरसम्बन्धी प्रशिक्षण दिएका थिए ।

पाठेघर खस्ने समस्या
उदयपुरका विभिन्न १२ गाविस तथा एउटा नगरपालिकाका १ सय ५९ जना महिला पाठेघर खस्ने समस्याबाट पीडित रहेको महिला पुनस्थार्पना केन्द्र नामक गैरसरकारी संस्थाले जनाएको छ । तथ्यांकअनुसार रौता, जाल्पा चिलाउने, भलायाडाँडा, कटारी, रस्िकु, पञ्चावती, बेल्टार, सुन्दरपुर, हडिया, जोगी दह, साउने, खाँबु तथा त्रियुगा नगरपालिकाभित्रका महिलामा तेस्रो ड्रि्रीको पाठेघर खस्ने समस्या छ । समस्याबाट पीडित महिलाहरूमध्ये ३४ जनाको परीक्षण गराइएको र १९ जनाको निःशुल्क अप्रेसन भएको संस्थाकी महिला स्वास्थ्य कार्यक्रम प्रमुख अरुणा चौधरीले बताइन् ।

 

 

 

 

 

 
2007 Copyright (c) Ekantipur