Untitled Document
Year -6, Volume 8
Issue - 68  (असार २०६५)
    
रोजगार

सेक्रेटरियल ट्रेनिङ

.लक्ष्मी भ०८ारी

महिलाहरू कामकाजी हुन् अथवा गृहिणी सबैलाई स्मार्ट तथा गुड लुकिङको चाहना हुन्छ  । यो समयको माग पनि हो । घरको चौघेरा तथा भान्साको सा“घुरो परििधलाई नाघेर बाहिर निस्किएपछि उनीहरूलाई आफ्नो व्यक्तित्व परविर्तनका लागि धेरै कुराको आवश्यकता खट्किन्छ । त्यसैले महिलाहरू एकेडेमिक शिक्षाका अतिरत्तिm आधारभूत तालिमतर्फपनि आकषिर्त हुन थाले । बढ्दो व्यवसायीकरण, फैल“दो संघसंस्थाहरू तथा विकासको तीव्र गतिस“गै नेपाली नारीहरू पनि आफूलाई आउटडोर कामका लागि दक्ष बनाउन कम्मर कसेर लागेका छन् । एक दशकयता थुप्रै महिलाले सरकारी तथा निजी संघसंस्थामा आफूलाई अब्बल साबित गरसिकेका छन् ।
निजी बैंकमा कार्यरत बाफलकी नुपुर गोंगजू भन्छिन्, 'नारीहरू घरको परििधभित्र मात्र रहनर्ुपर्छ भन्ने जमाना अब रहेन  । त्यसो त श्रीमान् कमाउने श्रीमती घरमा बसेर खाने भन्ने दिन पनि गए । दुवैको समान काम र कर्तव्य आजको आवश्यकता हो । हरेक क्षेत्रमा व्यावसायिकताको वृद्धिस“गै नेपालमा बढ्दै गएका बैंक, एनजीओ, आइएनजीओ, मिडिया हाउस, ठूल्ठूला होटललगायत प्रतिष्ठित संघसंस्थाहरूले दक्ष महिलाहरूका लागि क्यारयिरको ढोका खोलिदिएका छन् । आवश्यक क्षमता-दक्षता भएको खण्डमा अब उनीहरू पनि पछि पर्ने अवस्था रहेन । त्यसैले अबका नारीहरूले आफूलाई प्रतिभाशाली साबित गर्न खुलेका नया“ तालिमहरूस“ग साक्षात्कार हुुनर्ुपर्छ । सेक्रेटरयिल कोर्सले महिलालाई विभिन्न क्षेत्रमा व्यावसायिक हुन ठूलो सहयोग गर्छ । अहिले नेपालमा यस्ता कोर्सका तालिमहरूको संख्या बढिरहेको छ ।
द न्यु एरा क्यारयिर डिभलपमेन्ट इन्स्िटच्युट, बत्तीसपुतलीले आफ्नो १८ वर्षो यात्रामा हालसम्म करबि २ हजार सेक्रेटरयिल जनशक्ति उत्पादन गरसिकेको छ । यीमध्ये प्रायः विभिन्न होटल, प्रतिष्ठित संघसंस्था, सञ्चारगृहलगायत एनजिओ, आइएनजिओमा कार्यरत रहेको बताउ“दै न्यु एराकी प्रमुख व्यवस्थापक करश्िमा कौशिक भन्छिन्- यो तालिम गरेकाहरूले खाली बस्नुपर्दैन  । यो कुरा हामीलाई विगतका अनुभवले प्रस्ट पारसिकेको छ  । १ महिने मिनी सेक्रेटरयिल म्यानेजमेन्ट तथा ६ महिने डिप्लोमा इन सेक्रेटरयिल म्यानेजमेन्ट अध्यापन हुने न्यु एरामा यो कोर्सका लागि शिक्षाको हकमा एस.एल.सी. उत्तर्ीण्ा तथा अंग्रेजी राम्रोस“ग बोल्न, बुझ्न र लेख्न जान्ने हुनर्ुपर्छ  । जब प्लेसमेन्टको समेत व्यवस्था भएको यो इन्स्िटच्युटमा तालिमका लागि शुल्क पनि कम भएको कौशिक बताउ“छिन् । १ महिने कोर्समा एउटा क्लासमा १५ देखि २० जना विद्यार्थीका लागि २ जना दक्ष शिक्षकले पढाउ“छन् भने ६ महिने डिप्लोमा एउटा कक्षामा ३० देखि ३५ जना विद्यार्थीलाई २ जना तालिम प्राप्त शिक्षकले पढाउ“छन् । करश्िमाका अनुसार सैद्धान्तिकभन्दा व्यावहारकि ज्ञानलाई महत्त्व दिइने उक्त इन्स्िटच्युटमा टिनएजदेखि गृहिणी तथा प्रोफेसनल महिलाहरूसमेत बिहान र दिउ“सोको समय मिलाएर २ घन्टे कक्षामा उपस्थित हुन्छन्  । सेक्रेटरयिल डिप्लोमा कोर्सभित्र करेस्पोन्डेन्ट, लेटर राइटिङ, कस्टमर र्सर्भिस, रसिेप्सन टेलिफोन टेक्निक, ट्राभल प्लानिङ, अफिस म्यानेजमेन्ट, कम्प्युटर टाइपिङ आदि विषयमा व्यावहारकि तथा सैद्धान्तिक ज्ञान दिइन्छ । कक्षा परसिरभित्र प्रवेश गरेपछि अंग्रेजी अनिवार्य भएकाले पनि विद्यार्थीको भाषा विकासमा यसले महत्त्वपर्ूण्ा भूमिका खेल्छ । कौशिक भन्छिन्- गुणस्तरको तुलनामा हाम्रो शिक्षा मह“गो होइन  ।
न्यु एराबाट सेक्रेटरयिल कोर्स सकेर आफ्नै इन्स्िटच्युट सञ्चालन गररिहेकी र्साई सेक्रेटरयिल ट्रेनिङ सेन्टर पुरानो बानेश्वरकी प्रबन्ध निर्देशक अभिलाषा शर्मा यो कोर्सले आफूलाई आत्माविश्वासी तथा गरेर खानसक्ने बनाएकोमा मख्ख छिन् । ७ हजार शुल्क लाग्ने २ महिने सेक्रेटरयिल कोर्सभित्र चिठी लेख्ने, फाइलिङ गर्ने, ग्राहक सेवा, व्यक्तित्व विकास, वाककला, अन्तर्वार्ता खुबी, समय व्यवस्थापन, रसिेप्सन, टेलिफोन टेक्निकजस्ता कुराका सैद्धान्तिक एवं व्यावहारकि ज्ञान दिइन्छ । भर्नाको मापदण्ड प्रस्ट्याउ“दै शर्माले भनिन्- ५ सय रुपैंया“को रजिस्टे्रसन र्फम भरेपछि एस. एल. सी. उत्तर्ीण्ा भएका जो कोहीले पनि हामीकहा“ भर्ना पाउ“छन्  । यसलाई कुनै उमेर वा अन्य शारीरकि मापदण्डमा सा“घुर्‍याउन खोजिएको छैन यद्यपि अंग्रेजीमा पढाइ हुने भएकाले अंग्रेजी भाषा राम्रो भए उत्तम हुन्छ । यो शिक्षाद्वारा कम समयमा छिटै रोजगार हुन सकिने भएकाले आजको पुस्ता यस्तो व्यावसायिक शिक्षाप्रति रुचि राख्ने गरेको अभिलाषाको धारणा छ । यो शिक्षा आर्जन गरसिकेपछि बैंक, ट्राभल एजेन्सी, होटल, मेनपावर, पब्लिकेशन्सलगायत अन्य संघसंस्थामा पनि छिटै र सहज रूपमा काम पाउन सकिने शर्मा बताउ“छिन् । पुतलीसडकस्थित क्रिस्टल तथा कमलपोखरीस्थित मेमोरयिल इन्स्िटच्युटमा पनि सेक्रेटरयिल कोर्ससम्बन्धी आधारभूत तालिम दिइन्छ ।

सेक्रेटरियल कोर्स पढ्न कहा जाने ?
-१) द न्यु एरा, बत्तीसपुतली
-२) र्साई सेक्रेटरयिल टे्रनिङ सेन्टर, पुरानो
बानेश्वर
-३) क्रिस्टल इन्स्िटच्युट, पुतलीसडक
-४) मेमोरयिल इन्स्िटच्युट, कमलपोखरी




 
 
2007 Copyright (c) Ekantipur