Untitled Document
Year -6, Volume 8
Issue - 68  (असार २०६५)
    
राम्रो काम

चौकीदारदेखि सञ्चालकसम्म महिलामात्रै

किमल रिमाल

महिला मात्रै संलग्न रहेका संस्था धेरै भए पनि उनीहरूले चौकीदार तथा पियन भने पुरुष नै राखेका हुन्छन् तर विराटनगरमा यस्तो रेडियो खुलेको छ जहा“ पुरुष छैनन् । चौकीदारदेखि संचालकसम्म महिलामात्रै छन् । रेडियो संचालकले यसलाई दक्षिण एसियामै यस्तो किसिमको पहिलो एफएम रेडियो भएको दाबी गरेका छन् । रेडियो पर्ूवाञ्चल एफएममा कर्मचारी, प्रस्तोता, समाचार वाचक, समाचार संकलक, चौकीदार र संचालक महिलामात्रै छन् । उक्त एफएम २ हजार जना सेयर धनीको लगानीमा स्थापना भएको हो । कर्मचारी, प्राविधिक, कार्यक्रम उत्पादक, समाचार संकलक, वाचक गरी १५ जना र ९ जना संचालक सबै महिला छन् । गत असोजदेखि सुरु भएको एफएमले माघदेखि समाचार प्रसारण गर्न थालेको छ ।
महिला मात्रै भएको ठाउ“मा काम गर्न पाएकाले एफएममा कार्यरत सबै उत्साहित छन् । विराटनगरको पुष्पलाल चोक निवासी सुजन दाहाल बिहानको समाचार वाचन गर्न ६ किलोमिटरको दूरी पार गरी एकाबिहानै आइपुग्छिन् । आफूले वाचन गरेको समाचार सुनेर चिने-जानेकाले प्रतिकृया दि“दा खुसी लाग्ने गरेको उनले बताइन् । ' हामीले महिलाले मात्रै पनि काम गर्न सक्छन् भन्ने देखाएका छौं' दाहालले भनिन्- 'काम त कुनै पनि सजिलो हु“दैन तर सिक्दै र गर्दै जा“दा सरल हुन्छ ।'
काठमाडौमा बसेर निजी विद्यालयमा पढाउ“दै आएकी कविता र्राईको पहिलेदेखि नै संचारमाध्यममा काम गर्ने इच्छा थियो । उनले पत्रिकामा विज्ञापन देखेर रेडियो पर्ूवाञ्चलमा काम गर्न आइन् र प्राविधिकको काम गर्न थालिन् । 'सुरुमा प्राविधिकको काम गरे पनि पछि गएर रेडियोमा बोल्ने काम पनि गर्छर्ुुउनले भनिन् । मोरङ गोविन्दपुर घर भएकी राजकुमारी राजवंशीले रेडियोमा समाचार वाचन र कार्यक्रम प्रस्तोताको काम पाएकी छिन् । महिलाका समस्या महिलाले मात्रै बुझ्ने भएकाले काम गर्न सजिलो र रमाइलो भएको उनले बताइन् ।
दिगो विकास समाज नामक गैरसरकारी संस्थाले स्थापना गरेको सय वाटको रेडियो पर्ूवाञ्चलमा ३९ सामुदायिक संस्थाका २ हजार परविार सेयर सदस्य छन् । रेडियोमा समुदाय स्तरमा काम गररिहेका प्रत्येक सामुदायिक संस्थाले ५ देखि ५० हजार रुपैया“सम्म सेयर हालेका छन् । रेडियो नाफामा गएपछि भने संस्थाहरूको लगानी फर्काइने छ ।
विराटनगर, सुनसरी र मोरङ जिल्लाका केही क्षेत्रमा मात्रै सुनिने गरी स्थापना गरएिको रेडियो पर्ूवाञ्चल १०४.४ मेगाहर्जमा अहिले अल्पसंख्यक सन्थाल, झागड र थारू भाषामा पनि समाचार प्रसारण गरन्िछ । पत्रिकामा विज्ञापन गरी छनौट गरएिका रेडियो प्रस्तोता एवं कार्यक्रम उत्पादकहरूमध्ये दर्ुइ थारू तथा झागड र राजवंशी एक-एक छन् । प्रक्रिया पुर्‍याएर छानिएका र रेडियोमा काम नगरेका महिलाहरूलाई तालिम दिएर तयार गरएिको छ । तीन जना प्राविधिकलाई भने काठमाडौंको रेडियो सगरमाथामा लगेर एक महिना तालिम दिइएको थियो । सन्थाल भाषामा समाचार वाचन गर्ने सुम्निमा टुडूले आफ्नो जातिका मानिस संचारमाध्यममा नभएकाले निकै गर्व लागेको बताउ“दै भनिन्-'आफै समाचार बनाउ“छु आफै वाचन गर्छर्ुु' मोरङ रंगेली घर भै मोरङ क्याम्पस विराटनगरमा आइए पढ्दै गरेकी टुडूले आफ्नै भाषाको समाचार सुनाउ“दा सन्थाल जातिबाट धेरै प्रशंसा पाएको बताइन् ।
आदिवासी महिला जनशक्तिको कमी भएकाले त्यस्ता व्यक्ति छनौट गर्न गाह्रो परेको थियो । रेडियोका लागि नेपालीसहित थारू, मैथिली र राजवंशी भाषाका कार्यक्रम डिजाइन गरएिको छ । यो क्षेत्रमा रहेका आदिवासीहरूलाई उनीहरूकै भाषामा रेडियो सुनाउने उद्देश्यले यस्ता कार्यक्रम बनाउने तयारी गरएिको क“डेलले बताइन् । अल्पसंख्यक समुदाय झागड, धिमाल र सन्थाल जातिका भाषामा पनि साप्ताहिक कार्यक्रम संचालन गर्ने तयारी गरएिको छ । मैथिली भाषामा समाचार वाचन गर्ने मोरङ टंकिसिनुवारी निवासी कुस्मा यादव मैथिली भाषा घरमा बोले पनि लेख्ने अभ्यास नभएकाले रेडियोमा काम गर्न थालेर आफ्नै भाषाको थप ज्ञान बटुलेको बताइन् । उनले भनिन्- 'रेडियोको काम गाह्रो पनि लाग्यो सजिलो पनि ।'
नेपालमा संचालित एफएमहरूभन्दा फरक बनाउन थारू, राजवंशी, मैथिली र नेपाली भाषामा अन्य ज्ञानवर्धक कार्यक्रम पनि प्रसारण गर्ने तयारी गरएिको छ । समाचारमूलक, चेतनामूलक एवं मनोरञ्जनात्मक गरी तीन प्रकारका कार्यक्रम प्रसारणको तयारी भैरहेको छ । समुदायलाई प्रत्यक्ष फाइदा पुग्ने गरी अधिकारमा केन्द्रित कार्यक्रम प्रसारण गर्ने बताउने अध्यक्ष क“डेलले बताइन् 'महिला, बालबालिका, शिक्षा, स्वास्थ्य, भाषा, संस्कृति, जैविक विविधतामा केन्द्रित कार्यक्रमहरू प्रसारण गरन्िछ ।' समुदायलाई सचेत गराउन शिक्षामूलक कार्यक्रम प्रसारण गर्न त्यसै क्षेत्रमा क्रियाशील व्यक्तिलाई तालिम दिएर कार्यक्रम संचालन गर्न लगाउने योजना छ । उनका अनुसार, मजदुरको कार्यक्रम प्रसारण गर्न मजदुरकै समूह बनाएर कार्यक्रम बनाउन लगाइनेछ ।
मातृभाषाका रूपमा बोलिने भाषाहरूका गीत मात्र बजाउने तथा हिन्दी गीत नबजाउने जनाउ“दै अध्यक्ष क“डेलले 'स्थानीय कलाकारलाई पे्ररणा दिन भारतीय कलाकारले गाएको मैथिली गीत पनि नबजाउने बताइन् । रेडियोको अर्को तयारी भनेको कुनै पनि समस्याको समाधान गर्न सरोकारवालाहरूलाई स्टुडियोमै बोलाएर छलफल चलाइनेछ । हरेक भाषाका कार्यक्रम संचालन गर्न त्यही भाषा बोल्ने श्रोताहरूको समिति बनाएर चलाइने तथा सम्बन्धित भाषाको कार्यक्रम संचालन गर्न सोही भाषा बोल्ने बुद्धिजीवी, कलाकार, साहित्यकारहरूलाई राखिने योजना रेडियोको छ ।



 
 
2007 Copyright (c) Ekantipur