|
यस्तै जानकारी दिनुपर्छ
नारीमा सनस्किनको उपयोगितासम्बन्धी लेख पढ्न पाउ“दा मेरो
समस्या समाधान भएको छ । सनबर्नका कारण कालो भएको मेरो
छाला धेरै थरिका सनस्किन लोसन लगाउ“दा पनि ठीक भएको थिएन
। उक्त क्रिमका बारेमा कम जानकारी भएकाले मैले कम नम्बरको
सनस्किन लगाउने गरेकी रहेछु जसको असर कम हु“दोरहेछ । उक्त
लेख पढेपछि मैले मेरो उमेरअनुसारको नम्बर चयन गर्ने र
लगाउने तरकिा थाहा पाए“ । महिला लक्षित पत्रिकाले यस्तै
सामग्रीका बारेमा जानकारी दिनर्ुपर्छ । हामीजस्ता टिनएजहरूलाई
यस्ता सामग्रीले आकषिर्त गर्ने हु“दा हाम्रो उमेर समूहलाई
उपयोगी हुने लेख-रचनाहरू पनि प्रकाशित भए राम्रो हुन्थ्यो
।
राइमा सुब्बा, चतरा लाइन, धरान
नेपालीलाई नै प्राथमिकता
दिनुपर्छ
फेसन स्तम्भमा सुन्दर युवतीहरूले नया“ वर्षो फेसनको सुरुवात
गर्नेछन् भन्ने कल्पना गरेको थिए“ तर पत्रिकामा शिशुहरू
मात्र देखिए । नया“ वर्षो सुरुमा त साडी वा लेहेंगामा
सजिएका सुन्दर नारीहरूको तस्बिर प्रकाशित हुनुपथ्र्यो
। बालबालिकाको फेसन पनि ठीकै छ तर विदेशी बालबालिकाको
तस्बिर भने मलाई मन परेन । के नेपालमा राम्रा बालबालिका
छैनन् र - त्यो स्थान नेपाली बालबालिकालाई दिएको भए कति
राम्रो हुन्थ्यो - नारीले बालबालिकालाई समेटेको महसुस
हुन्थ्यो भने बालबालिकामा पनि आत्मविश्वास बढ्थ्यो । अघिल्लो
भागमा रहेका नेपाली बालबालिकाको तस्बिर पछिल्ला पृष्ठका
विदेशीका भन्दा उत्कृष्ट छन् । हामी नेपालीले नेपालीलाई
नै प्राथमिकता दिनर्ुपर्छ । अझ सञ्चारमाध्यम जस्तो शक्तिशाली
क्षेत्रले त नेपाल र नेपालीहरूको विकासमा महत्त्वपर्ूण्ा
भूमिका खेल्नसक्छ र्।
इश्वर खाड, दमौली, तनहु
परिकार स्तम्भले सघाएको छ
नारीको वैशाख अंक पढ्न म निक्कै हतारएिको थिए“ । गर्मी
महिना लागिसकेकाले गर्मीमा खाने, लगाउने, बाहिर हि“ड्ने
कुराका बारेमा जानकारी होला भन्ने मलाई लागेको थियो ।
परकिार स्तम्भमा जुसको ककटेल र मोकटेल बनाउने विधि पढेर
मैले घरमा पनि सबैलाई यस्तै पेय पदार्थ बनाएर ख्वाए“ ।
परकिार स्तम्भले मेरो परविारमा खुसी ल्याउन धेरै सघाएको
छ । बेलाबखत नारीको रेसिपी हेरेर परविारका लागि खाना बनाउ“दा
मैले धेरैको मुखबाट प्रशंसा र धन्यवाद पाउने गरेकी छु
। नया“ स्वादका पेय पदार्थ निकै स्वादिष्ट छन् । आगामी
अंकहरूमा पनि यस्तै नया“ खालका सूचना एवं सामग्रीको अपेक्षा
गर्दछु ।
शान्ति के.सी., मिलनचोक,भरतपुर, चितवन
प्रशंसाको एक हरफ
नारी समस्यास“ग जुध्न तथा अप्ठ्याराहरूस“ग पौंठेजोरी खेल्न
सक्षम छिन् । नारीले आफ्नो सन्तान तथा परविारप्रति कष्ट
सहेर पनि ममतारूपी आमा, जिम्मेवार पत्नीका रूपमा आफूलाई
स्थापित गर्छर्ेे ऊ जतिसुकै पीडा, दुःख भए पनि भित्रभित्रै
दबाएर हा“सी-हा“सी त्यसको सामना गर्छर्ेे ऊ एउटी गृहिणी
मात्र नभएर देश हा“क्ने योद्धा पनि हो । ऊ आफूलाई हरेक
क्षेत्रमा दक्ष एवं सन्तुलित रूपमा प्रस्तुत गररिहेकी
हुन्छे । नारीका यी सम्पर्ूण्ा रूप र दक्षतालाई नारी मासिकले
प्रारम्भदेखि नै उजागर गर्दै आएको छ । महिलाले आफूमा भएको
दक्षता तथा क्षमता देखाउन खोज्दा समाजले विभिन्न उपनाम
दिए पनि ऊ सधै डटेर अघि बढ्छे । सामाजिक जटिलताका बाबजुद
पनि नारी परविारभित्र माया तथा ममताकै प्रतीक रहन्छे ।
नारीहरूको यस्तो स्वरूपको पहिचान गरी नारी मासिकले उत्पे्ररक
सामग्री प्रकाशन गर्ने कामलाई निरन्तरता दि“दै आएको छ
। म नारी मासिक तथा नेपाली महिलालाई समान रूपमा हर्ेछु
। नया“ वर्षो नया“ नेपालमा नारीको नया“ साहस र उत्साह
देख्न पाइयोस्-नारीलाई शुभकामना ।
कमला थापा, सिफल, काठमाडौं
युवाको खोजी
म नारीको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । साथमा शान्ति
तथा लोकतन्त्रको संस्थागत विकासका लागि नारीले युवाहरूलाई
पनि उचित स्थान दिन सकोस् भन्ने आशा गर्दछु । आगामी दिनमा
नारीले युवाका सरोकारका विषयमा पनि आवाज उठाउन सकोस् ।
नारीको निरन्तर प्रयासमा हामीजस्ता पाठकको पर्ूण्ा सहयोग
रहनेछ ।
आइसिंह डी. तामाङ, काठमाडौं
र्समर्पणको एउटा उदाहरण
चैत महिनाको नारीमा प्रकाशित तारा भट्टर्राईको नारी र्रर्
इष्र्या लेखले मेरो मन छोयो । किन मानिसहरू नारीलाईर्
इष्र्यालु एवं स्वार्थी मात्र देख्छन् भन्ने मेरो विचारलाई
कथाकी पात्र राजकुमारीले आफ्ना प्रेमीलाई सुन्दरीको कोठामा
पठाएको थाहा पाउ“दा नारीको त्याग, बलिदान एवं सहनशीलताले
प्रभावित तुल्यायो । नारीले प्रेममा समपर्ण्र्ााोज्ने
भएकाले थोरै प्राप्तिका लागि संर्घष्ा गर्नु स्वाभाविक
हो । प्रेमिकालाई आफ्नो बनाउन नसक्दा वा नपाउ“दा पे्रमीले
प्रेमिका मारेका घटना प्रशस्तै सुन्न पाइन्छन् तर प्रेमिकाले
प्रेमी प्राप्त गर्न नसकेकै कारण मारेको घटना मैले अहिलेसम्म
सुनेकी छैन । यसै सर्न्दर्भमा गत वर्षमात्र घटेको मेरी
नजिककी साथीको सत्य घटना पाठकसामु राख्न चाहन्छु । मेरी
साथीको एकजना युवकस“ग विगत ४ वर्षेखि प्रेम सम्बन्ध थियो
। विडम्वना भनौं वा दर्ुभाग्य गत वर्षपन्ध्र दिन भेट नहु“दा
ती युवकले मेरी साथीलाई थाहै नदिई विवाह गर्ने निर्ण्र्ाागरेछन्
। मेरी साथी मस“ग दुःख बा“ड्न आइन् । मैले विवाह रोक्ने
प्रयास गर्ने कि भनेर सुझाव दिए“ । किनभने उनले चाहेको
खण्डमा विवाह रोकिने प्रशस्त प्रमाण उनीस“ग थिए । तैपनि
उनले आफ्नो प्रेमीको इच्छा भएकाले उसको खुसीका लागि उक्त
विवाह रोक्न नहुने कुरा बताइन् । उनको कुरा सुनेर मलाई
लाग्यो नारी वास्तवमै त्यागकी खानी हुन् । त्यसैले नारी
इष्र्यालु होइन र्समर्पण, त्याग र मायाकी मुहान हुन् ।
मञ्जु रेग्मी, हाल- नया“बानेश्वर
एउटा पुरुषको दृष्टिकोण
नारी मासिकले नारीलाई मात्र होइन पुरुषहरूलाई पनि कयौं
कुरामा बाटो देखाउ“दै आएको छ । आजको आधुनिक समाजमा पुरुषले
गरेका कुन काम नारीले गर्न सकेका छैनन् - नारी मासिकले
सुरुदेखि नै महिलाका मात्र नभएर पुरुषका विषयमा पनि कुरा
उठाउ“दै आएको छ । चाहे व्यावसायिक होस् वा व्यक्तिगत विकासका
लागि सञ्चारमाध्यमको भूमिका अपरम्पार छ । यहा“ मलाई एउटा
छोटो कथा सम्झना आयो । टोलको सबैभन्दा राम्रो तथा धनी
बाबुको एक्लो छोरो रविनलाई समझदार तर साधारण सालिनीले
अस्वीकार गरनि् । जति मह“गा उपहार दिएर प्रेम प्रस्ताव
राखे पनि रविनले सालिनीको प्रेम पाउन सकेन, सालिनीले उसलाई
कहिल्यै नहर्ेर्ने बाचा गरनि् । उनको सम्झनामा रविन कयौं
रात जागै बसेको छ । फलस्वरूप आज ऊ ठूलो पुरस्कार हात पार्ने
वियोगान्त प्रेमकथामा आधारति उपन्यास 'सालिनी' को रचनाकार
भएको छ । नारीहरू हामी पुरुषका लागि विकास र विनाशका दुवैका
कारक हुनसक्छन् तर उनीहरूले धोका पनि राम्रैका लागि दि“दारहेछन्
भन्ने मलाई लाग्छ । नारीका कारण पुरुषले कयौं युद्ध जितेका
छन् भने कयौं काममा सफलता प्राप्त गरेका छन् । नारी मासिक
सधै हाम्रा लागि प्रगतिको सूत्र बनेर अघि बढिरहोस् ।र्
दर्शन दिनेश, मन्थली-४ रामेछाप
गर्मीको पहिरन
जेठ अंकको नारी हट ड्रेसका साथ बजारमा झुल्कियो । कुञ्छाङ
मोक्तान र सुमन सिंहको पहिरन राम्रो छ । मेलिनाको पहिरन
प्रस्तुति पनि उत्कृष्ट लाग्यो । गर्मीमा रातो पहिरनमा
पनि उनी खुलेकी छिन् । उनको पहिरन मात्र होइन प्रस्तुति
पनि पृथक् छ जसले पत्रिकाको स्तर बढाएको छ । कुञ्छाङ र
सुमनको पोज ग्ल्यामरस रहे । उनीहरूले लगाएका पहिरन पनि
आकर्ष थिए । गर्मीका लागि उपयुक्त हुने पहिरन प्रस्तुतिमा
खोट लगाउने ठाउ“ छैन । जेठ अंकको नारीसमय सुहाउ“दो तथा
पृथक् छ ।
तृष्णा थापा, आ“पटारी, चितवन
संवाद पनि चाहियो
ऐतिहासिक संविधानसभा निर्वाचनपछिको नारी पृथक् प्रस्तुतिका
साथ बजारमा आयो । नया“ नेपाल निर्माणका क्रममा नया“ संविधान
बनाउने जिम्मा पाएका निर्वाचित सभासद्हरूका बारेमा प्रकाशित
जानकारी उत्कृष्ट लाग्यो । पर्ूवदेखि पश्चिम नेपालसम्मका
हक्की महिलाहरू निर्वाचित भएर संविधान बनाउन कम्मर कसेका
छन् । नारीले उनीहरूका बारेमा जानकारी दिएर हामीजस्ता
पाठकको मात्र होइन उनीहरूको समेत मनोबल बढाइदिएको छ ।
लेखमा उनीहरूका बारेमा प्रशस्त जानकारी छ तर उनीहरूका
लागि अबको बाटो तथा गर्नुपर्ने दायित्वका बारेमा विज्ञहरूस“गको
कुराकानी पनि प्रकाशित गरेको भए अझ राम्रो हुने थियो ।
राजनीतिमा त्यति प्रखर नभैसकेका सभासद्हरूलाई मार्गदर्शन
त चाहिन्छ नै तर्सथ मैले उक्त कुरा उल्लेख गरेकी हु“ ।
गर्नैपर्ने काम पूरा गरेकोमा नारीलाई धन्यवाद तथा नवनिर्वाचित
सभासद्हरूलाई बधाई ।
आभा गुरुङ, दमौली, तनहु“
नारीमा पुरुषको बयान
जेठ महिनाको नारी बजारमा आउनेबित्तिकै पढ्ने इच्छा लाग्यो
। बाहिरी पृष्ठमै मैले शर्ीष्ापुरुषको नजरमा नारी शर्ीष्ाक
देखें । पाना पल्टाउ“दै जा“दा नारीको इतिहासमै पहिलो पटक
प्रतिष्ठित पुरुषहरूको नारीप्रतिको विचार पढ्न पाए“ जसले
नारीको स्तर माथि उठाएको र समावेशीकरणको सिद्धान्तलाई
प्राथमिकता दिएको महसुस भयो । सधै नारी अधिकारका बारेमा
वकालत गर्ने नारीले पुरुषका विचारहरूलाई पनि अघि ल्याएर
आममानिसको मन जितेको छ । त्यतिमात्र नभएर महिला-पुरुष
सम्बन्धका बारेमा पनि यसपटकको नारीले प्रस्ट्याएको छ ।
विगतका नारीको तुलनामा जेठ महिनाको नारी बढी पठनीय लाग्यो
। आगामी दिनमा नारीको स्तर अझ बढ्दै जाओस्, मेरो शुभकामना
छ ।
विपुल खा“ड, घोराही, दाङ
अलिनो भयो बहस
जेठ महिनाको नारीमा प्रकाशित बहस समसामयिक एवं सान्दर्भिक
लाग्यो । नेपाल र नेपालीलाई अधिकारमुखी बनाउने काममा हौसिएर
लागेका महिलाहरूलगायत तिनलाई बाटो देखाउने विज्ञ नारीहरूको
धारणा उच्च छ । उनीहरूस“ग गरएिको छलफलको प्रस्तुति र निष्कर्षपनि
र्सार्थक छ । सबै दलका महिलाको सहभागिता भएको भए लेख पर्ूण्ा
हुने थियो । यसपटकको बहसमा अलिकति मेहनत गर्न कन्जुस्याइ“
गरेजस्तो देखियो । हुन त यसपटकको नारीमा पढ्न लायक थुप्रै
सामग्री छन् । त्यसको तुलनामा बहस अलि फितलो भएजस्तो लाग्यो
। यद्यपि छलफलमा जति महिला सहभागी छन् उनीहरूको विचार
अबको नया“ नेपाल बनाउने कुरामा बलियो छ । आगामी दिनमा
पनि नेपाली नारीहरूबाट यस्तै मार्गदर्शनको अपेक्षा गर्दछु
।
मुक्ता पाण्डे। न्यूरोड, काठमाडौं
ध्यान पुगेन
म धेरै पहिलेदेखि रयिा मास्केको भूमिका र नृत्यबाट प्रभावित
थिए“ तर्सथ जेठ महिनाको नारीमा दियाको मनका कुरा पढ्न
पाउ“दा निकै खुसी भए“ । उनलाई नजिकबाट भेट्ने र उनीस“ग
बसेर कुरा गर्ने मेरो चाहना सानैदेखिको हो । आजसम्म मैले
उक्त अवसर पाएको थिइन । आज नारीमा उनका मनका कुरा पढ्न
पाउ“दा उनीस“गै बसेर कुराकानी गररिहेको महसुस भएको छ ।
उनको अन्तर्वार्ताको तुलनामा तस्बिरको कम्बिनेसन अलि नमिलेजस्तो
लाग्यो । उनले जिन्स-टिर्सटमा सजिन मन पराउने धारणा व्यक्त
गरे पनि प्रस्तुत गरएिको तस्बिर गुन्यू-चोलीमा छ । त्यसमा
पनि उनको अनुहार राम्रोस“ग देखिएको छैन । यस्ता साना-मसिना
कुरामा पनि ध्यान दिए हामीजस्ता पाठकको धित मर्ने थियो
।र्
अर्चना र्राई। धरान
पुरुषमय नारी
नारीले पहिलो पटक पुरुषको बयान गरेका गीतहरूका बारेमा
लेख प्रकाशित गरेको पाइयो । त्यसो त नारीको यो अंक भिन्न
स्वाद एवं पृथक् प्रस्तुतिको छ । सधै सांगीतिक क्षेत्रमा
महिलाको गुणगान गाउने नारी यसपटक पुरुषमय भएको मैले महसुस
गरें । यो भन्दा पहिले किन यसो गरएिन भन्ने भन्दा पनि
नया“ नेपालमा नया“ नारी झुल्किएको मलाई अनुभव भयो । हा“स्नु
र ह“साउनुको मज्जा, गीतमा पुरुषको बयान, नलिना-सञ्जीव
दम्पती मलाई मन परेका सामग्री हुन् । त्यसका अतिरक्ित
खान मिल्ने फूलहरूका बारेमा पनि मैले निक्कै गहिरएिर अध्ययन
गरें । तीमध्ये स्पष्टवक्ता ठेट नेवार्नी नलिना र मधेसी
मूलका सञ्जीवको दाम्पत्य सुखले ममा पृथक् छाप छोड्यो ।
रविना बूढाथोकी, धनगढी
|
गाउ“मा केश काट्दा धान
र अन्य खाद्यान्न मात्र पाइन्थ्यो तर राजविराजमा भएको
संयुक्तको तीन दिने अधिवेशनमा केश काटेर ९ सय कमाए“ ।
अहिले पनि राजधानीका थुप्रै हजाम पसलबाट अफर आइरहेको छ
। सभासद् भए पनि म दिनको एक घन्टा केश काट्ने काम गर्छर्ुु
रामशीला ठाकुर -३१), सभासद् -पसाले हजाम)
मेरो गृह विज्ञानको ड्रि्री, चिकित्सक पति र छोराछोरीलाई
खाना पकाएर ख्वाउनेमा मात्र सीमित थियो । भान्साबाहिर
निस्केर धेरै कुरा अध्ययन गरेपछि मात्र मैले टेस्ट अफ
नेपाल पुस्तकका लागि खुराक भेटाए“ । नेपाली नारी भएकी
नाताले म अमेरकिामा भए पनि नेपाली परकिारलाई नै प्राथमिकता
दिन्थें । आज यो पुस्तकले अन्तर्रर्ााट्रय पुरस्कार -अन्तर्रर्ााट्रय
गोरम्यान्ड कुक बुक अवार्ड) हात पारेको छ । यो सफलता सम्पर्ूण्ा
नेपाली घरेलु महिलाको सफलता हो ।
ज्योति पाठक, पुस्तक लेखिका
पुरानाहरूको एल्बम बिक्न छाडेको
अवस्थामा हामीजस्ता नया“हरूको त के अवस्था होला - तर पनि
मैले अहिलेसम्म नाममै चित्त बुझाइरहेकी छु । चर्चाले अवसरको
ढोका उघार्दैछ, पछि केही त होला नि ।
शशि रावल, गायिका
फिल्मको कमाइले टिक्न गाह्रो छ । निर्माताले सम्झौताअनुसार
पैसा दि“दैनन् । नायकले डेढ लाख पाउ“दा हामीलाई पचास-साठी
हजार दिइन्छ । यति नै लिने भन्ने निश्चित मापदण्ड छैन
। जसले जति भन्छ त्यसमा केही घटबढ गरेर काम गरन्िछ । महिला-पुरुष
कलाकारको पारश्रिमिकमा पनि एकरूपता हुनर्ुपर्छ ।
पूजना प्रधान, नायिका
हामी यतिबेला नेपाली महिला मुक्ति आन्दोलनलाई सीमान्त
वर्गका आ“खाबाट हर्ेर्ने र व्याख्या गर्ने हैसियतमा पुगेका
छौं । त्यतिमात्र होइन हामी यतिबेला महिला मुक्ति आन्दोलनलाई
वर्गीय मुक्ति आन्दोलनको अभिन्न पाटो बनाएर अघि बढ्ने
हैसियतमा छौं । अब हामीले यो अवसर गुम्न दिनुहु“दैन ।
सुषमा शर्मा घिमिरे
दाङबाट ने.क.पा. माओवादीकी सभासद्
नाटक कथा मीठो सारङ्गीमा मेरो भूमिका एक मधेसी चेलीको
उद्धार गर्ने थियो । मैले त्यसमा भित्रैबाट अभिनय गरें
। जुनसुकै भूमिकामा रहेर पनि समाजका लागि केही गर्न पाए
मलाई खुसी लाग्छ ।
चित्रलेखा यादव, -नेतृ-अभिनेतृ बनेपछि)
ब्युटी प्याजेन्टमा मलाई उछिने पनि आयुषा
कार्कीस“ग मेरोभन्दा बढी ज्ञान छैन । वास्तवमा ऊ मिस युनिभर्सिटी
इन्टरनेसनल हुने क्षमता भएकी मान्छे होइन । मेरो विचारमा
उसले उक्त अवार्ड पैसाले किनेको हुनर्ुपर्छ ।
खुश्बु ओली -मिस टिन-२००५)
मलाई थाहा छैन खुश्बुमा के समस्या छ । यो एकपटक मात्र
होइन पटक-पटक दोहोरएिको छ । ऊ आफ्नो हार स्वीकार गर्न
नसक्ने मान्छे हो । जसको अर्थ हुन्छ पर्ूण्ा असक्षम ।
मिडियामा मेरा विषयमा
यस्ता कुरा गर्दै हि“ड्नु भनेको उसले आफैलाई गिराउनु हो
। खुश्बु को हो र मेरो मूल्यांकन गर्ने - ऊ कुनै इन्टरनेसनल
मोडल हो र - उसमा एकदमै इगो प्रब्लम छ । उसले मेरा विषयमा
यसो भन्दै हि“ड्दा उसलाई सबैले घटिया भनिरहेका छन् । म
त गर्वसाथ भन्न सक्छु मैले उक्त अवार्ड प्रतिस्पर्धा गरेर
जितेकी हु“ । बरु उसैलाई लाज लाग्नुपर्ने यसरी अर्काको
इज्जतको धज्जी उडाएर हि“ड्न ।
आयुषा कार्की, मिस टिन तथा मिस युनिभर्सिटी इन्टरनेसनल-२००७
विद्यालय समुदायमा हस्तान्तरण गर्नु भनेको सोच्नै नहुने
कुरा हो । शिक्षकका राम्रा कुरा गर्न, प्रशंसा गर्न अभिभावक
कहिल्यै विद्यालय आउ“दैनन् । सानो कमजोरी पाए भने उछितो
काढ्न तथा गुनासो गर्न आउ“छन् । राजनैतिक कारणले राम्रा
शिक्षक पाखा लगाइन्छ ।
भवानी तिमिल्सिना, शिक्षिका, धादिङ
आ-आफ्ना रुचि, पृष्ठभूमि, मानसिकता, ग्रहणशीलताअनुरूप
एउटै विषयमा पनि अलग-अलग किसिमले सन्तुष्टि तथा असन्तुष्टि
ग्रहण गर्ने खालको लेखन कला नै वास्तविक साहित्य हो ।
शारदा शर्मा, साहित्यकार तथा लेखक
|