झगडा ः प्रजयको बिर्सने बानीका कारण
कहिलेकाही“ झगडा हुन्छ ।
रसिाउने ः प्रजय आफूलाई आवश्यक सामानहरू भनेकै बेला
भएन भने अथवा उनका सामग्री चलाइदियो भने निकै रसिाउ“छन्
। प्रजय रसिाए भने रुवी आफैले फकाउनर्ुपर्छ ।
मिल्ने बानी ः खाना, पेन्टिङ गर्ने खुबी, गीत, कलाकार
र पहिरनको च्वाइस एउटै छ ।
नमिल्ने बानी ः रुवी कुशल डान्सर हुन् भने प्रजय नृत्यका
पारखी भए पनि डान्स गर्न जान्दैनन् । रुवी निकै चञ्चल
तर प्रजय निकै रजिर्व छन् । प्रजयलाई सबै कुरा सम्झाइरहनर्ुपर्छ
तर रुवी हरेक कुरा सम्झन सक्छिन् ।
प्रजयले चिकेन, मटन तथा गाजरको हलुवा मीठो पकाउ“छन्
। |
थम मिस नेपाल रुवी राणा अहिले आफ्नै
घरमा ब्युटिपार्लर चलाउ“छिन् । त्यतिमात्र होइन, उनले
आफ्ना दर्ुइ छोरीलाई राम्रो संस्कारका साथ हर्ुकाइरहेकी
छिन् । श्रीमान् सेनामा इन्जिनियर डिपार्टमेन्टका लेफ्टेनियन
हुन् । दुवै जना वीरगञ्जका बासिन्दा भए पनि रुवीका बुवा
भारतीय सेनामा कार्यरत भएका बेला देरादुनमा जन्मिएकी हुन्
। यता उनका श्रीमान् प्रजय वीरगञ्ज रेशमकोटीमा हर्ुर्किएका
हुन् । 
चार वर्षो उमेरसम्म प्रजयको बोली फुट्न सकेन । धार्मिक
विश्वासअनुसार उनलाई वीरगञ्जबाट र्सर्ूयविनायक मन्दिरमा
ल्याएर पूजा गरेपछि प्रजय बोल्न थालेका हुन् । अहिले पनि
प्रजय आवश्यकताभन्दा कम बोल्छन् । त्यसैले रुवी कहिलेकाही“
उनलाई जिस्क्याउ“दा 'लाटो दाइ' भन्छिन् । रुवी भने सानैदेखि
चञ्चले थिइन् ।
बुुवाको पेन्सन पाकेपछि सन् १९८४ मा नेपाल आएकी रुवीले
वीरगञ्जमा पहिलोपटक प्रजयलाई आफ्नै घरमा देखेकी हुन् ।
प्रजयका बुवा प्रजयका साथ रुवीका बुवालाई भेट्न आएका थिए
। त्यतिबेला भर्खर किशोरावस्थामा प्रवेश गरेकी रुवीको
आ“खा प्रजयको व्यक्तित्वमा अडिएका थिए । भर्खरर्-भर्खर
आमीर खानका चलचित्रहरू चलिरहेको समयमा प्रजयलाई देख्दा
रुवीलाई प्रजय आमीरजस्तै लागेका थिए ।
वीरगञ्जमा सात कक्षामा अध्ययन प्रारम्भ गरेकी रुवी प्रजयका
तीन बहिनीस“गै पढ्थिन् । त्यसबेला प्रजयका बहिनीले भाउजू
भनेर बोलाउन थालेपछि उनीहरूको प्रेम झा“गिन थाल्यो । प्रजय
काठमाडौंमा कलेज पढ्न गएपछि त्यो विछोड अझ प्रगाढ प्रेममा
परण्िात भयो । यद्यपि प्रजय लज्जालु भएकाले उनीहरूको प्रत्यक्ष
भेटघाट हुन निकै कठिन हुन्थ्यो ।
रजिर्व बस्ने प्रजयलाई भने रुवीको बालापन, चञ्चलता तथा
सुन्दरताले मोहित बनाएको थियो । प्रजयले पहिलो भेटमै मेरी
जीवन संगिनी यिनै हुनर्ुपर्छ भन्ने लागेको बताए । रुवीलाई
नै हर्ेने निह“ुमा बुवास“ग रुवीको घर धाउने प्रजय गुच्चा
खेलिरहेकी रुवीलाई देखेर दंग हुन्थे । काठमाडौंमा पढ्न
बसेका प्रजयले साथीहरूमार्फ् विदेशमा
जस्तै सुन्दरी प्रतियोगिता मिस नेपाल हुने थाहा पाएर रुवीका
लागि आफैले र्फम पठाइदिएका थिए । मिस नेपाल घोषणा भएपछि
रुवी क्राउन लगाएर बाहिर“िदा आफूलाई मनपर्ने व्यक्ति अगाडि
देखेपछि पहिलोपटक प्रजयलाई अंगालो मारेर आ“सु झारेकी थिइन्
। मिस नेपालपछि उनीहरू अझै नजिक भएका हुन् । रुवीका बुवाको
स्वास्थ्य कमजोर भएकाले उनले प्रजयलाई नै रुवीको हेरचाह
गर्न अनुरोध गरेका थिए । त्यसपछि उनीहरू अझ नजिकिए । मिस
नेपालको ताजसहित नेपालको प्रतिनिधित्व गर्न फिलिपिन्स
जाने बेलामा प्रजयले रुवीलाई प्रपोज गरेका थिए । मनपर्ने
व्यक्तिले प्रपोज गरे पनि उनले त्यसलाई तुरुन्तै स्वीकृति
दिइनन् ।
त्यसबेला प्रजय सेनामा भर्ना भैसकेका थिए । यता रुवी भने
याक एण्ड यतिको पब्लिक रलिेसन अफिसर थिइन् । यतिबेला उनीहरू
लामो समय घुमफिर गरेर बिताउन थालेका थिए । उनीहरू धेरैजसो
काठमाडौंका मन्दिर तथा ब्यारेक घुम्न निस्कन्थे । रुवीले
पुराना दिन सम्झदै भनिन्, 'त्यतिबेला हामी नघुमेको कुनै
मन्दिर थिएन ।'
बुुवाहरूबीच राम्रो सम्बन्ध हु“दाहु“दै पनि पारविारकि
इगोका कारण उनीहरूले भागेर विवाह गर्नुपर्यो । रुवीबाट
बुवाले धेरै आशा गरेका थिए । रुवीका दर्ुइ दिदी तथा एक
दाइको पनि विवाह हुन बा“की थियो । त्यसैले रुवीको विवाह
तुरुन्तै नगर्ने योजना उनका बुवाको थियो । जब दुवैको प्रेम
तथा घुमघामको कुरा रुवीको बुवाको कानमा पर्यो, उनले कडाइ
गर्न थाले । यसले परविारमा तनाव उत्पन्न गर्यो । अन्त्यमा
रुवीले बुवाकै अघि प्रजयको हात समातेर विवाह गर्ने घोषणा
गरनि् । उनीहरू चावहिलको गणेश्ा स्थानमा सीमित साथीहरूका
माझ विवाह बन्धनमा बा“धिए तर मिस नेपाल भैसकेकी युवतीलाई
यसरी गुपचुप भित्राउन नहुने मान्यता राख्दै प्रजयका परविारले
भोलिपल्ट गुह्येश्वरी मन्दिरमा उनीहरूको विवाह गराइदिए
। यसरी उनीहरूको विवाह अनौठो गरी सम्पन्न भयो ।
त्यसपछि उनीहरूका संर्घष्ाका दिन सुरु भए । रुवीले जागिर
छोडेर नया“ शैलीमा जीवन बिताउने संकल्प गरनि् । घर चलाउन
सबै कुरा किनिए । उनीहरू डेरामा बसेर संर्घष्ा गर्न थाले
। अहिले पनि यो जोडी देख्दा भर्खर विवाह गरेर हनिमुन पिरयिडमा
रहेको जोडीजस्तो लाग्छ । समय पाउनेबित्तिकै उनीहरू घुम्न
निस्कन्छन् अथवा रमाइलो गर्ने कुनै उपायको खोजी गर्छन्
। दुवै चलचित्र हर्ेन रुचि राख्छन् । राणा दम्पती प्रायः
फस्ट डेमै चलचित्र हर्ेन सिनेमा हल पुग्छन् । दाम्पत्य
जीवनमा खुसी ल्याउन दुवैको भूमिका बराबर हुने उनीहरूको
तर्क छ । माया र सहयोगका साथमा एक-अर्काको इच्छा बुझेर
समर्पित हुन जाने दाम्पत्य जीवनमा कहिल्यै निराशा नआउने
उनीहरूको दाबी छ ।
|