सशक्तिकरणको संयन्त्र
आर्थिक, सामाजिक, राजनैतिक आदि जुनसुकै क्षेत्रमा पनि महिला
सहभागिता कम हुनुमा पुरुषकेन्द्रित संस्कारलाई महत्त्वपर्ूण्ा
कारण मानिन्छ । नेपालमा पुरुषको तुलनामा महिला पछाडि छन् भन्ने
कुरामा दर्ुइमत छैन । हरेक क्षेत्रको निर्ण्ाायक तहमा -खेतीपाती
तथा घर-व्यवहार जस्ता कुरामा बाहेक अन्य स्थानमा) महिलाको संख्या
कम देखिन्छ । प्रगति एवं विकासका लागि वर्षौंदेखि संर्घष्ा गरिरहेका
नेपाली महिलाको सशक्तीकरणबिना विकास सम्भव देखि“दैन । यसका लागि
महिलाको र्सवाङ्गीण विकास अपरिहार्य छ । त्यसो भए महिलाहरू किन
पछाडि छन् - संस्कार, संस्कृति एवं परम्पराका कारणले अथवा अशिक्षा
र गरिबीले - यसपटकको बहसमा हामीले यसै विषयमा केन्द्रित रही
विभिन्न क्षेत्रमा कार्यरत महिलाको विचारलाई अघि ल्याउने प्रयास
गर्यौं ।
♣ प्रस्तुति ः लक्ष्मी भ०८ारी
सपना मल्ल
अधिवक्ता
सहभागिताका आधारमा शक्तिशाली क्षेत्रमा नेपाली महिलाहरू पछाडि
छन् । लैङ्गकि समानता कमजोर अवस्थामा छ । हरेक महत्त्वपर्ूण्ा
क्षेत्रमा महिलाको संख्या कम देखिन्छ । राजनैतिक क्षेत्रमा ९
प्रतिशत तथा न्यायपालिकामा २ प्रतिशत मात्र महिला सहभागिता छ
। अन्य क्षेत्रमा पनि महिला सहभागिताको दर यही अवस्थामा छ ।
जहा“सम्म संस्कार र रीतिरविाजका कारण नेपाली महिला पछाडि परेका
हुन् वा अशिक्षा तथा गरबिीले - भन्ने प्रश्न छ । मलाई यी दुवै
कारण यसका सहयोगी हुन् भन्ने लाग्छ । यद्यपि बढी मात्रामा संस्कार,
संस्कृति एवं रीतिरविाज प्रमुख कारण हुन् जस्तो लाग्छ । समाजले
हामीलाई पुरुषको तुलनामा फरक ठाउ“मा राख्दै आयो । फरक ठाउ“ हुनेबित्तिक्कै
शिक्षामा समानता हु“दैन । महिलामा अशिक्षा तथा गरबिी हुनु नै
विभेदको परण्िााम हो । महिला पछाडि पर्नुको कारकतत्व पनि यही
हो । विवाह, परविार, गर्भधारण बाधक होइन तर फरक शारीरकि अवस्थाका
लागि राज्यले विशेष कार्यक्रम तय गर्नुपर्छ । यो समस्या समाधानका
लागि मैले एउटै उपाय देखेकी छु-संवेदनशीलता, चेतना र सशक्तीकरण
। त्यसो त शिक्षित हु“दैमा संवेदनशील हुन्छ भन्ने होइन यद्यपि
अहिलेको असमानतालाई यसरी नै सम्बोधन गर्न सकिन्छ । राज्यको स्पष्ट
नीति तथा कानुन निर्माण एवं मूल्य निर्धारणका लागि राज्यले नै
पहल गर्नर्ुपर्छ ।
अनुराधा शर्मा अधिकारी
इन्जिनियर
महिलाहरू पुरुषभन्दा पछाडि छन् भन्ने कुरा यथार्थ हो । संस्कार
तथा संस्कृतिका कारण महिलाहरू पछाडि परेका हुन् । आमाले आफ्नो
समयमा जे गरनि्, आजका छोरीले त्यही गर्नुपर्छ भन्ने संस्कारकै
कारण हामी यो परण्िााम भोग्न बाध्य भएका हौं । त्यसपछि मात्र
महिला असमानताका पछाडि अशिक्षा र गरबिीजस्ता कारण आउ“छन् । घरपरविार,
श्रीमान् तथा आमाको भूमिकामा रहनु महिलाको पहिलो कर्तव्य मानिन्छ
। हाम्रो संस्कारले महिलालाई घरबाहिर निस्कने वातावरणसम्म दिएको
छैन । धर्म एवं संस्कारकै कारण जा“ड-रक्सी खाएर सधै कुटिरहने
श्रीमान् भए पनि सात जन्मसम्म यही पति पाऊ“ भनी निराहार व्रत
बस्नुपर्ने संस्कार छ । संस्कारले नै हामीलाई विभेद गरेको छ
। धर्मले नारीलाई पढाउनर्ुपर्छ भनेको भए समाजले त्यही कुरामा
विश्वास गरेर नारी शिक्षामा जोड दिन्थ्यो होला तर धर्ममा नारीले
वेद पढ्न हु“दैन भनेपछि नारी शिक्षामा विभेद उत्पन्न हुनु स्वाभाविक
हो । अशिक्षा तथा गरबिीजस्ता कुरा त सशक्त हुनबाट वञ्चित भएपछिका
नतिजा मात्र हुन् ।
दर्ुगा घिमिरे
संस्थापक अध्यक्ष, एबीसी नेपाल
महिलाहरू पछाडि परेको कुरामा
म पर्ूण्ा सहमत छु । त्यसका सामाजिक, राजनैतिक तथा आर्थिक पक्ष
छन् । मुख्य कारण शिक्षाको अभाव हो । शिक्षाको अभावका कारण महिलाहरू
स्वनिर्भर हुन पाउ“दैनन् । आर्थिक पहु“च अर्को महत्वपर्ूण्ा
पक्ष हो । त्यसपछि मात्र धर्म, संस्कृति, रीतिरविाज, प्रचलन
तथा परम्परा आउ“छन् । धर्म-संस्कृतिमा पनि कतिपय कुरा महिलाका
पक्षमा छन् । नारीलाई उच्च स्थानमा राखी वेद पढ्न हुन्छ भनिएको
छ तर महिनावारीलगायतका बेला मात्र यस्तो बन्देज लगाइएको हो भन्ने
मान्यता सुधारवादीहरूले गरेका छन् । धर्मले विधवा विवाहलाई समेत
प्रोत्साहन गरेको छ । हरेक शुभकार्य महिलाको उपस्थितिबिना अपर्ूण्ा
हुन्छ भन्ने भनाइलाई पनि धर्मले महिलाहरूलाई गरेको प्रोत्साहनका
रूपमा लिन सकिन्छ । सीताको अनुपस्थितिमा रामले कुशकी सीता बनाएर
शुभयज्ञ पर्ूण्ा गरेका थिए । पछि आएर धर्मको गलत व्याख्या गरयिो
। धर्ममा धेरै कुरा सकारात्मक छन् तर आफ्नो स्वार्थ्र्ााद्ध
गर्नेहरूले यसको गलत व्याख्या गरे । यसको समाधान भनेको महिला
केन्द्रित शिक्षा नै हो । महिला शिक्षामा गुणस्तर वृद्धि गरेर
यसको निराकरण गर्न सकिन्छ । महिलाका लागि व्यावसायिक एवं रोजगारमूलक
शिक्षामा जोड दिनर्ुपर्छ ।
डा. आरजु राणा देउवा
कार्यकारी अध्यक्ष, समानता
महिला पछाडि पर्नुको कारण धर्म, संस्कार तथा संस्कृति पनि हो
। यद्यपि अशिक्षा र गरबिी पनि महिला पछाडि पर्नुको प्रमुख कारण
हो । यी दुबै
एक-अर्कामा अन्तर्निहित छन् । धर्मलाई आधार मानेर गरएिका अपव्याख्याले
बसेको
कुसंस्कृति यसको मूल कारण हो । हाम्रो धर्ममा जति कुसंस्कृति
छ त्यो महिलालाई पछाडि पार्नका लागि पर्याप्त छ । मुख्य व्यक्तिले
धर्मलाई गलत व्याख्या गरििदएकाले त्यही परम्परा चल्दै आएको हो
। महिलामा शिक्षा एवं स्वास्थ्यको पहु“च नहुनुमा पनि पितृसत्ता
हावी छ । यसमा पनि पुरुषहरूकै पहु“च बढी छ । उनीहरूले छिटो अवसर
लिन तथा प्रयोग गर्न जानेका छन् । त्यसो त सामाजिक परविर्तनको
प्रकृयामा रहेका हामी यस्ता समस्यालाई पितृसत्तालाई सबैले बुझेर
समाधानतर्फउन्मुख हुनु आवश्यक छ । मलाई पनि पहिले धर्ममा विश्वास
थिएन । धेरै हदसम्म धर्मलाई गाली गर्थें तर जब गहिरएिर बुझ्दै
गए“ तब हाम्रो धर्ममा नारीलाई शक्तिका रूपमा व्याख्या गरेको
पाए“ । नारीबिना सबै काम अपर्ूण्ा रहने कुरा उल्लेख भएको पाए“
। धर्ममा नारीका पक्षका बलिया तथा सकारात्मक कुरामा हामीले किन
जोड नदिने - धर्ममा भएका राम्रा कुरालाई पनि विश्लेषण गर्नुपर्छ
। हामी महिलाहरू पनि धर्ममा आस्था मात्र राख्छौं तर त्यसका बारेमा
बुझ्न खोज्दैनौं । अब त हामी पनि धर्मग्रन्थ पढ्न सक्ने भैसकेका
छौं भने हामी पनि पढेर किन नबुझ्ने - कुनै समाजमा आधा हिस्सा
ओगटेका महिलाको उपस्थिति हरेक क्षेत्रमा समावेशी हुनर्ुपर्छ
अनि मात्र महिलाको विकास हुन्छ । अर्को मुख्य कुरा नीति निर्माण
तथा कार्यक्रम र बजेटिङमा महिलाको हितमा बा“डफा“डले पनि नारी
विकासलाई अघि बढाउ“छ ।
डा. ज्ञानु पाण्डे
सह-प्रँध्यापक पद्म कन्या कलेज तथा सदस्य प्रेस काउन्सिल नारीले
यसपटक उठाएको जिज्ञासा सान्दर्भिक तथा गम्भीर छन् । महिला पछाडि
पर्नुका माथिका दर्ुइ कारणमध्ये मलाई सतही रूपमा अशिक्षा र गरबिी
नै हुन् भन्ने लाग्छ । यसको जड भनेको पितृसत्तात्मक सामाजिक
संरचना मुख्य रूपमा देखिन आउ“छ । जसले हरेक महिलालाई आदर्श बन्नर्ुपर्छ
भनेर सिकायो । त्यसो त हरेक मानिस आदर्श पात्रका रूपमा प्रकट
हुन चाहन्छ । धेरै बोल्न नहुने, अनुशासित भएर बस्नुपर्ने, हरेक
कुरा सहनुपर्ने आदि कुरालाई महिलाको आदर्श मानिन्छ । यो नै उनीहरूको
गुण हो भन्ने भ्रम हामीमा छ । व्यक्तित्व बन्ने उमेर कथित आदर्श
पालना गर्दागर्दै बित्छ । अभिभावकले पनि हामी महिलालाई यही कुरा
सिकाउ“दै आए । यो नै राम्रो संस्कार हो भन्ने भावना हामीमा छ
। जीवनको ऊर्जाशील समय त्यही संस्कारको पालनामा खर्च हुन्छ ।
मान्छेलाई देवीका रूपमा व्याख्या गर्नु अनावश्यक बढाइ-चढाइ गर्नु
हो । यही सोचले महिलालाई कहिले दास बनायो त कहिले देवी । यो
विभेदकारी सोच तथा सामाजिक संरचनाले उब्जाएको रणनीति हो । सबैभन्दा
मुख्य कुरा महिला-पुरुष समविकासको अवधारणाअनुरूप अघि बढ्नर्ुपर्छ
। हाम्रो सामाजिक संरचना रूपान्तरण हुनर्ुपर्छ अनि मात्र नारी
विकासको ढोका खुल्नसक्छ ।
|