Untitled Document
Year -6, Volume 8
Issue - 68  (असार २०६५)
 आजकी नारी

 

आटिली अञ्जु
व्यवस्थापनमा स्नातकोत्तर अञ्जु भट्टर्राई इनरहि्वल क्लबकी अध्यक्ष हुन् । धादिङको चेपाङ बस्तीमा ट्वाइलेट, बाथरुम बनाइदिने कामका संलग्न उक्त क्लबले २७ जना अनाथ बालबालिकाका लागि निःशुल्क शिक्षा, लत्ता-कपडा तथा खानामा पनि सहयोग गर्दै आएको छ । तीजमा एकल महिलाहरूलाई चुरा, पोते, रातो साडी उपहार दिएर रातो पहिरन लगाउन उत्साहित गर्ने काममा पनि यो क्लब सक्रिय छ । समाजसेवाका अतिरक्ित अञ्जुले ५ वर्षेखि नेपाली विद्यार्थीहरूलाई अस्ट्रेलिया, क्यानाडा, अमेरकिा आदि मुलुकमा शिक्षा हासिल गर्न पठाउने काम पनि गर्दै आएकी छिन् । विगत ३ वर्षता नेपालबाट विदेश पढ्न जानेमा महिला-पुरुषको संख्या बराबर छ । 'छोरीकोे शिक्षाका लागि खर्च गर्ने कुरामा अहिलेका नेपाली अभिभावकहरू सचेत देखिएका छन् । यो उपलब्धि हो ।' अञ्जु भन्छिन्-'यसले समतामूलक समाजको विकास गर्नुका साथै नारी सशक्तीकरणमा प्रभावकारी भूमिका खेल्छ ।' बालमनोविज्ञानका विषयमा अभिभावकहरूलाई निःशुल्क तालिम दिने अञ्जु सकेसम्म व्यस्ततामै जीवन गुजार्न चाहन्छिन् ।


अदम्य साहसी सीता

बाल्यकालदेखि नै समाजसेवा गर्न मन पराउने सीता बोहोरा गृहस्थीका साथै समाजसेवामा पनि सक्रिय छिन्  । प्रहरी पेसामा आबद्ध भएका श्रीमान्स“गै देश घुमेकीले सीताले जिल्ल्ाा-जिल्लाका महिलाहरूको स्थिति बुझ्ने अवसर प्राप्त गरनि् । २०५८ सालमा माओवादीस“गको दोहोरो भिडन्तमा परी उनका श्रीमान्ले ज्यान गुमाए । केही समयसम्म उनी त्यो घटनाले साह्रै पीडित भइन् । यद्यपि जीवनका सम्बन्धमा सकारात्मक सोचाइ राख्ने बोहोराले आफ्नो व्यक्तिगत समस्यालाई पन्छाएर पुनः सामाजिक कार्यमा आफूलाई व्यस्त राख्न थालिन् । द्वन्द्वपीडित प्रहरी महिलाहरूको संगठनको अध्यक्षको पदमा रहेर उनले उल्लेखनीय कार्य गरनि् । उनकै पहलमा सिंहदरबार घेराउ गरेपछि द्वन्द्वपीडित संघका लागि २ करोड रुपैया“ निकासा भयो । उनीहरूको समूहको आन्दोलनकै कारण प्रहरीका अनाथहरूले निःशुल्क पढ्न पाउने व्यवस्था भएको छ । बोहोरा महेन्द्रनगर एकल महिला समूहकी अध्यक्ष पनि हुन् । जुनसुकै बेला पीडित दिदी-बहिनीहरू उनको ढोका ढकढक्याउन आउ“छन् । सीता उनीहरूको सहयोगका लागि सधै तयार हुन्छिन् । साइकलमा चढी जहा“सुकै पुग्न भ्याउने सीता आफूमा रहेको जोस-जा“गरलाई भगवान्को देन मान्छिन्  ।


सुस्मिताको सामर्थ्य

कलिलै उमेरदेखि गोजुरयिो करा“तेमा लागेकी सुस्मिता क“डेलले देशमा मात्र होइन विदेशमा पनि नेपालको नाम राखेकी छिन् । २५ वषर्ीया सुस्मिता सबैभन्दा सानो उमेरमा राष्ट्रिय च्याम्पियन बन्ने खेलाडी हुन् । ११ वर्षो उमेरदेखि करा“ते खेल्न थालेकी
सुस्मिताले १३ वर्षा राष्ट्रिय तथा १४ वर्षा एसियन मेडल हात पारेकी थिइन् । करा“ते खेललाई पुरुषको खेल मानिने नेपाली समाजमा उनले लैङ्गकि धारणा परविर्तन गराएकी हुन्  । 'करा“ते खेल महिलाहरूले आफ्नो आत्मरक्षाका लागि भए पनि खेल्नर्ुपर्छ ।' सुस्मिताको भनाइ छ, 'महिला खेलाडीहरू श्रंृगारलाई गौण मान्छन् । त्यसैले हामी अन्य महिलाका तुलनामा पृथक् देखिन्छौं ।' उनले भारत, इटली, लन्डन, थाइल्यान्ड आदि देशमा आफ्नो कला पर््रदर्शन गरसिकेकी छिन् । 'म विदेशमा खेल्न जा“दा सुस्मिता क“डेल भएर होइन नेपालको नाम लिएर खेलिरहेकी हुन्छु ।' सुस्मिता भन्छिन्, 'मैले जितें भने राष्ट्रको नाम रहन्छ । यो कुरालाई महसुस गरेर खेलाडीका विषयमा राज्यले गम्भीर भएर सोच्नर्ुपर्छ ।'

 

 
2007 Copyright (c) Ekantipur