Untitled Document
Year -6, Volume 8
Issue - 68  (असार २०६५)
    
 आवरन

थापा सीता

उनी आफूलाई सीता थापा होइन, थापा सीता भनेर चिनाउन चाहन्छिन् । अहिले हङकङको एउटा होटलमा कार्यरत सीतालाई त्यहा“का नेपालीहरूले मनीषा कोइराला भनेर जिस्काउ“छन् । हुन पनि उनको रूप मनीषा कोइरालास“ग मिल्छ । १० वर्षो उमेरदेखि गीत लेख्ने रुचि भएकी सीताले हालै ँथाहा पाए“’ गीति संग्रह बजारमा ल्याएकी छिन् । आफैले लेखेको तथा रामकृष्ण ढकालले स्वर दिएको ँविषै दिए पनि...’ गीतमा उनले मोडलिङ गरेकी छिन् । यो गीत बजारमा आएपछि उनलाई अन्य गीतका लागि पनि अफर आउन थालेको छ । त्यसो त हङकङमा पनि उनले मोडलिङ तथा म्युजिक भिडियोमा काम गरिसकेकी छिन् ।
सीता गीत लेखन र मोडलिङबाहेक समाजसेवामा पनि रुचि राख्छिन्  । केही महिनाअघि नेपाल आउ“दा बुटवलको ँनया“ जीवन हातेमालो’ नामक कुष्ठरोगीको
संस्थामार्फ् उनले सिलाई मेसिन, बाख्रा पालन आदि काममा सहयोग गरेकी थिइन् । गरिबलाई कपडा वितरण गर्नु उनको रुचिको विषय हो । आधुनिक गीत लेख्ने सीतालाई राजेश पायल र्राई, रामकृष्ण ढकाल तथा मनिलाको स्वर बढी मनपर्छ । सीता कम बोल्ने, पटक्कै नरिसाउने
स्वभावकी छिन् । उनी मासु र आलुका परिकार पकाउन सिपालु छिन्  । पाइन्ट र टिर्सट लगाएर हि“ड्ने सीता पार्टर्ीी जा“दा साडी लगाउ“छिन् । उनी नेपाली खाना, नेपाली संगीत तथा नेपाली पहिरनलाई संसारकै उत्तम वस्तु मान्छिन् ।



.
 
 
2007 Copyright (c) Ekantipur