यदि नेपाली चलचित्रमा
यही टे्रन्ड कायम रहने हो भने यो क्षेत्रमा रहेर
म आफ्नो समय बर्बाद गर्न चाहन्नँ ।
-निरुता सिंह, नायिका
चलचित्र विकास बोर्डमा हाम्रो
सबैभन्दा पहिलो काम पछिल्ला नवीनतम प्राविधिक
साधन भित्र्याउने हुनेछ । जबसम्म यी कुराहरू उपलब्ध
हँुदैनन् तबसम्म हाम्रा चलचित्र गुणस्तरीय
बन्न सक्दैनन् ।
विपना थापा, नायिका
तथा सदस्य, चलचित्र विकास बोर्ड
तेक्वान्दोको अन्तर्राष्ट्रिय
रेप|mी हुन पाउँदा म निकै गौरवान्वित छु । तेक्वान्दोमा
मेरो रुचि तथा परश्रिमले मलाई ठूलो सम्मान दिएको
छ ।
सविता राजभण्डारी, अन्तर्राष्ट्रिय
तेक्वान्दोमा प्रथम नेपाली महिला रेप
नयाँ नेपालमा दलित महिलाको समानुपातिक
प्रतिनिधित्व राज्यको हरेक क्षेत्रमा हुनुपर्छ
।
दुर्गा सोब, अध्यक्ष,
दलित महिला संघ
राम्रो कुरा निहीत स्वार्थका
कारण छायामा पर्नसक्छ । नेपाली महिलाहरू पछि पर्नुमा
यो पनि एउटा कारण हो ।
मोमिला, साहित्यकार
सुगम तथा दुर्गम क्षेत्रका महिलाबीच
ठूलो असमानता छ भने त्यसका आधारमा समावेशी प्रणाली
किन नअपनाउने ? किन जातका आधारमा मात्र समवेशीकरणको
कुरा गर्ने ? यो नै अहिलेको चित्त नबुझ्ने कुरा
हो ।
खिमा ओली, लेखिका
पुरानै हेपाहा प्रवृत्ति राखेर
कला प्रतिष्ठानको विधान बनाइएपछि महिला कलाकारहरू
संघर्षमा उत्रन बाध्य भएका हौं ।
रागिनी उपाध्याय, अध्यक्ष,
महिला कलाकार समूह
म सस्तो लोकपि्रयतामा लिप्त
हुने मानिस होइन ।
सुगारकिा के.सी., पूर्व
मिस नेपाल
|