सञ्चिता
लुईंटेल, नायिका
सात वर्षअघि डा . भोला रिजालले
निर्माण गरेको चलचित्र'अप्सरा'
मा शीर्ष भूमिका पाएकी सञ्चिता लुईंटेलले त्यसपछि
कला क्षेत्रबाट पछि हट्नुपरेको छैन । चार दर्जन
चलचित्रमा नायिकाको भूमिकामा देखापरेकी सञ्चिताले
टेलिसिरियल 'प्रेरणा' मा पनि अभिनय गरेकी थिइन्
। आलोक नेम्वाङद्वारा निर्देशित केही म्युजिक
भिडियोकी मोडल सञ्चिता अहिले चलचित्र सपूतका
साथ्ौ शासन एवं आरोपमा व्यस्त छिन् । 
दिनको सुरुवात कसरी गर्नुहुन्छ
?
हल्का एक्सरसाइज तथा ब्रेक
फास्ट गरेर ।
सफल
कलाकारमा हुनुपर्ने महत्त्वपूर्ण तीन गुण ?
अभिनय क्षमता, चलचित्र क्षेत्रको
ज्ञान तथा सन्तुष्टि ।
अरू
पेसा रोज्नुपरे ?
मैले यो पेसाबाहेक अरू कुनै
क्षेत्रका बारेमा सोचेकी छैन । सोच्नैपरे पनि
गृहिणीबाहेक अरु कुनै विकल्प छैन ।
आमा
हुने योजना बनाउनुभएको छैन ?
अहिलेसम्म छैन ।
भगवान्प्रति
कत्तिको आस्था छ ?
आस्था छ, कुनै कामको सुरुवात
नै ईश्वरको नामबाट गर्छ । घरको पूजाकोठामा सबै
भगवान्का तस्बिर राखेकी छु ।
दसैं
कसरी मनाउने सोचमा हुनुहुन्छ ?
खासै योजना बनाएकी छैन । परविारसँगै
बसेर रमाइलो गर्छु, मान्यजनका घरमा गएर आशीर्वाद
लिन्छु, अरूले जसरी मनाउँछन् त्यसरी नै दसैं
मनाउँछु ।
मृत्युसँग
कत्तिको डर लाग्छ ?
मुत्युसँग डर लाग्दैन भनूँ
भने डर लाग्छ । डर लाग्छ भनूँ भने जन्मपछि मृत्यु
हुने कुरा सत्य हो भन्ने थाहा छ ।
कस्ता
व्यक्तिले तपाईंलाई प्रभाव पार्छन् ?
राम्रो बोली भएका व्यक्तिले
।
कत्तिको
महत्वाकांक्षी हुनुहुन्छ ?
मैले कहिल्यै भविष्यको प्लान
गरनि । त्यसैले पटक्कै महत्वाकांक्षी भइन ।
काम नहुँदा पनि आत्तिन, काम हुँदा पनि मात्तिन
। साधारण सोच भएकाले म महत्वाकांक्षी छैन ।
समकालीन
नायिकाहरूको तुलनामा तपाईंको चर्चा केही कम
भएको महसुस हुँदैन ?
मेरो त्यति चर्चा छैन, त्यो
सत्य हो । म बिहान उठेर घरको काम सकेपछि मात्र
सुटिङमा जान्छु । काम सकिनेबित्तिकै घर आउँछु
। अरूले जस्तो यताउता भेटभाट गर्न तथा साथीभाइलाई
समय दिन पाउँदिन । काम छैन भने एक-डेढ महिना
घरबाट बाहिरै निस्कन्न ।
तपाईंको
कुनै लत ?
धेरै सुत्ने ।
कुन
पहिरनमा आफूलाई स्मार्ट महसुस गर्नुहुन्छ ?
लामो गाउनमा स्मार्ट
महसुस हुन्छ भने क्याजुअल सजिलो लाग्छ ।
तपाईंको
ह्यान्ड व्यागमा के-के हुन्छ ?
मोबाइल, कलम, डायरी, ऐना,
काइँयो, ग्लस तथा मनी पर्स । यद्यपि म पर्समा
कमै पैसा बोक्छु ।
-सिर्जना दुवाल