Untitled Document
Year -5, Volume -11
Issue - 60  ( असोज २०६४)
    
    
 Untitled Document
  सम्पादकीय
  मनका कुरा
  चिठी
  समाचार
  नारी आवाज
  दसैं विशेष
 

रातो साडीमा मिस नेपाल

भदौ महिनाको नारीले तीज लिएर आएको महसुस भयो । पूर्व मिस नेपालद्वय उषा एवं प्रीतिको सुन्दर तस्बिरसहितको मुख्यपृष्ठले तीजमा हुने कृयाकलापहरूको सम्झना गरायो । दुवै मिस -हाल मिसेज) नेपालहरू महँगा राता साडीमा सजिँदा उनीहरूको सौन्दर्य अझ बढेको देखियो । मिस नेपाल भएको पाँच वर्ष बितिसक्दा पनि उषाको सुन्दरतामा कुनै कमी नआएको देख्दा अचम्म लाग्यो । उनीहरूले लगाएको पहिरन तथा श्रृंगारले तीजको महत्त्वलाई मुखरति गरेको छ । मुख्यपृष्ठका गरगहना, श्रृंगार तथा पहिरनले दुवैको सौभाग्यको भाका बोलेको छ । हिन्दू नारीहरूको महान् चाड तीजको उपलक्ष्यमा प्रस्तुत गरएिको फेसन स्तम्भ तथा आवरण समय सुहाउँदो छ । भित्री पृष्ठको फेसनमा प्रस्तुत नीलम तथा पूनमले लगाएका पहिरन पनि कम छैनन् । रामकृष्ण ढकालकी श्रीमती पूनम ढकाल आमा भएपछि अझ राम्री देखिएकोमा खुसी लाग्यो ।

सिर्जु कर्माचार्य, चाकुपाट, ललितपुर

नयाँ विषयको प्रवेश

भदौ महिनाको नारी बहसमा नयाँ विषय फेला पर्‍यो । स्कुल बुलिङका बारेमा पढ्दा मलाई पनि अचम्म लाग्यो । मेरो विचारमा मजस्ता धेरै पाठकलाई बुलिङका बारेमा थाहा छैन । सानो छँदा विद्यालयमा मलाई पनि साथीहरूले दुःख दिने, धम्क्याउने, डर देखाउने गर्थे तर मलाई त्यो बुलिङ हो भनेर थाहा थिएन । बहस पढेपछि यस विषयमा म सचेत भएकी छु । हामी त नजानेर यस्ता समस्याबाट पीडित भयौं, अब हाम्रा सन्तानले यस्ता समस्याबाट पिरोलिन नपरोस् । बहसमा उपस्थित व्यक्तित्वहरूले भनेजस्तै घरपरविारदेखि सरकारसम्म गम्भीर भएर बुलिङलाई हटाउनुपर्छ ।

गुराँस पिया, डुम्रे, तनहुँ 

महिला कानुनको पक्षमा

भदौ महिनाको नारीको विशेष रपिोर्टमा नेपालमा महिला अधिकारसम्बन्धी कानुनका बारेमा उल्लेख गरएिको रहेछ । महिलाका पक्षमा यति धेरै कानुन हुँदाहुँदै पनि नेपाली नारीहरू आफ्नो अधिकार खोसिएको, विभेदित भएको भन्दै आरक्षणको दाबी गररिहेका छन् । उक्त लेख पढेपछि आफूसँग भएको कुराको भने ख्याल छैन भन्ने लाग्यो । कतिपय महिलाहरू यस्ता पनि छन्, जो प्राप्त कानुनी अधिकारलाई एकातिर पन्छाएर व्यक्तिगत समस्याका लागि नयाँ-नयाँ कानुन बनाइनुपर्ने मागमात्र गर्छन् । सबैभन्दा पहिले आफूसँग भएका कुराको उपयोग तथा उपयोगिता बुझ्नुपर्छ अनि मात्र थप मागको कुरा गर्न सुहाउँछ । सोही लेखभित्र समेटिएको अधिवक्ताद्वय सपना मल्ल प्रधान तथा मीरा ढुङ्गानाका विचार उत्कृष्ट छन् । सधै नारीवादी आँखाले मात्रै हेर्नुभन्दा पनि समावेशी रूपमा यसको व्याख्या तथा विश्लेषण हुनुपर्छ भन्ने मेरो धारणा हो । समग्रमा लेख स्तरीय एवं सूचनामूलक छ । आफ्नो अधिकारका बारेमा थाहा नपाएका नेपाली नारीका लागि यो लेख सहयोगी हुनेछ ।

प्रकाश बजगाईं, शिवमन्दिर-६, नवलपरासी

धन्यवाद

तीज विशेषमा विभिन्न क्षेत्र, पेसा, समुदाय तथा फरक उमेरका फरक-फरक नारीको अनुभव पढ्न पाउँदा खुसी लाग्यो । नवविवाहिता कृति भट्टराईदेखि टिनएजरर्स कृति श्रेष्ठ तथा समाजमा नारी-पुरुष समानता चाहने आमेक्स आचार्यसम्मको अनुभवले मलाई रोमाञ्चित तुल्यायो । विकासको गतिसँगै हरेक कुरा परविर्तन हुने सन्दर्भमा अब तीजमा श्रीमान्ले श्रीमतीका लागि व्रत बस्ने कुरा नौलो रहेन । नयाँ कार्यको थालनीका लागि आमेक्स आचार्यलाई हृदयदेखि नै धन्यवाद ।

विनीशा भुर्तेल, नयाँसडक, काठमाडांैं

धेरै भयो नारीको सोह्र श्रृंगारमध्येको एक मेहन्दीका बारेमा भदौ महिनाको नारीमा प्रस्तुत लेख तथा फोटोफिचर देख्दा रमाइलो लाग्यो । मेहन्दीका विविध डिजाइनका साथै लगाउने विधिका बारेमा पनि जान्न पाउँदा खुसी लाग्यो । मेहन्दी के-कस्ता डिजाइनमा कसरी लगाउने भन्ने कुरा पनि सिक्न पाइयो  । भदौ महिनाको नारी तीजका गरगहना, चुरापोते, राता परहिन तथा मेहन्दीले सजिएकी दुलहीजस्तै देखिएको महसुस भयो । यति हुँदाहुँदै पनि मेहन्दीका कुराले बढी पृष्ठ आगटेझैं लाग्यो । एउटै कुरा दोहोर्‍याउनु उचित होइन कि ?

अंकुर बस्न्यात, रानी, विराटनगर

अचम्मको परिकार

भदौ अंकको परकिार स्तम्भमा मकैका मीठा परकिारहरूका बारेमा उल्लेख गरएिको रहेछ । घरमै उत्पादन हुने मकैबाट यति धेरै परकिार बन्छन् भन्ने कुरा मलाई थाहा थिएन । मकैबाट बनेका धेरैजसो परकिारले मलाई अचम्ममा पारे । नारीले मेरो मीठो खाने रहरलाई पूरा गरििदएको छ । घरको करेसाबारीमा लगाउन सकिने मकैबाट बन्नसक्ने यी परकिार मीठा मात्र होइन स्वास्थ्यका लागि पनि त्यत्तिकै लाभदायक छन् । इच्छा एवं जाँगर भएको खण्डमा आफ्नै घरमा स्वादिष्ट परकिार बनाएर खान सकिन्छ भन्ने कुरा मैले नारीमार्फत् सिकें । अब चाउचाउ तथा प्याकेटका जंगफुड नै किन रोज्ने ?

आरती कार्की, गोलपार्क, बुटवल

कति राम्रा सासू

भदौ नारीमा प्रकाशित सासू-बुहारीको फोटोफिचरले मेरो मन छोयो । जहिले पनि यी दुईबीचको सम्बन्धलाई विवादको सम्बन्धका रूपमा मात्र बुझ्ने हाम्रो समाजलाई उक्त फोटोफिचरले चुनौती दिएको छ । फरक जातजाति तथा समुदायका यी सासु-बुहारीको जोडी देख्दा नारीबीचको एकता तथा मेलको झलक पाइयो  । एक-अर्काको व्यवसाय तथा क्यारयिरमा सहयोगी बनेका यी नारीजस्तै अन्य सबै सासू-बुहारी पनि यही पथमा अगाडि बढून् । नारी मासिकले नारीको एकताका लागि सामाजिक पहल गरेकोमा बधाई । उमेर पुगेका सासूहरूको अनुहारमा चमक देख्दा भन्न मन लाग्यो, कति राम्रा सासू ।

चन्दि्रका लामा, गाईघाट, उदयपुर

खल्लो मनका कुरा

तीज विशेष नारीमा गायिका सिन्धु मल्लसँगको कुराकानी पढ्न पाउँदा मनै फुरुङ्ग भयो  । संवादसँगै समय सुहाउँदो पहिरन र मेकअपले उनको व्यक्तित्व खुलेको छ । उनको गायनयात्रालगायत व्यावसायिक प्रश्नहरू अलि धेरै भएजस्तो लाग्यो । बरू त्यसको सट्टा उनका विषयमा केही व्यक्तिगत प्रश्न तथा तीजसम्बन्धी कुराहरू सोधिएको भए अन्तर्वार्ता अझ रोचक हुने थियो । यद्यपि प्रश्नको प्रकृति राम्रो छ । तीजको सन्दर्भ सुहाउँदो व्यक्तिको अन्तर्वार्ता नारीले प्रस्तुत गरेको छ । मात्रै तीजसम्बन्धी प्रश्नको कमी महसुस हुन्छ । आगामी दिनमा पनि समसामयिक, खोजमूलक तथा नयाँ सन्दर्भ-सामग्रीलाई स्थान दिने आशा राख्दै नारीको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

आशा केसी, तम्घास, गुल्मी

Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2000, Ekantipur

  चिठी