Untitled Document
Year -5, Volume -11
Issue - 60  ( असोज २०६४)
    
    
 Untitled Document
  सम्पादकीय
  मनका कुरा
  चिठी
  समाचार
  नारी आवाज
  दसैं विशेष
 

दसैं, नारी र संविधानसभा

दसैं र नारी एक अर्काबीच अन्योन्याश्रति सम्बन्ध राख्छन् । बडादसैंको साइनो देवी भगवतीसँग छ । दसैंमा पूजा गरनिे महाकाली, महालक्ष्मी तथा महासरस्वती सम्पूर्ण चराचर जगत्का रक्षक हुन्  । देवी भगवतीले चण्ड-मुण्डलगायतका असुरहरूको वध गरी पृथ्वीमा शान्ति बहाली गरेको कथा शास्त्रमा उल्लेख छ । देवी भगवतीले उनीहरूको वध गर्नुअघि धेरै देवताले चण्ड-मुण्डलाई परास्त गर्ने प्रयास गरे पनि त्यो सफल भएको थिएन । जब देवताहरू असफल भए, त्यसपछि पृथ्वीमा शान्ति एवं सुव्यवस्था कायम गर्न देवी आफैं चण्ड-मुण्डमाथि जाइलागेको कथा प्राचीन ग्रन्थहरूमा उल्लेख छ । यसबाट देवीको महत्त्व स्थापित हुन्छ । नौ दिनसम्म कठिन व्रत एवं साधनाद्वारा देवीलाई पूजा गर्नुको अर्थ हो, भोलिका दिनमा यस्ता अप्ठ्यारा आइपरे हामीमाथि दया राखी फेर ियस्ता कार्यमा देवी अघि सर्नेछिन्, हाम्रो दुःखको निवारण गर्नेछिन् । वर्षभर िविभिन्न देवताको पूजा गरनिे हाम्रो देशमा सबैभन्दा ठूलो पर्व मानिएको दसैंमा देवी पूजा हुनुले ठूलो अर्थ राख्छ । यसले प्राचीनकालदेखि नै हाम्रो संस्कृतिमा नारीको विशेष महत्त्व रहँदै आएको कुरा पनि स्थापित हुन्छ ।

दसैं विजयको प्रतीक हो । दसैं आसुरी प्रवृत्तिको अन्त्यको संकेत हो । दसैं सत्य उत्सवको आह्वान हो । नेपाली सन्दर्भमा दसैं अनेकतामा एकताको सन्देश हो । दसैं मनाउनुको अर्थ हामी आफैले पनि आफूभित्र रहेको आसुरी प्रवृत्तिलाई त्याग गर्‍यौं भन्ने अभिव्यक्ति दिनु पनि हो । समाज तथा आचार-व्यवहारमा नारीप्रति गरनिे हेपाहा प्रवृत्तिको अन्त्य हुनुपर्छ भन्ने हो । यसले दसैंमा गरनिे नारी पूजा सार्थक हुन्छ । घर, समाज तथा देशका विभिन्न निकायमा नारीमाथि गरनिे भेदको अन्त्य नै सार्थक देवी पूजा हो, सार्थक दसैं हो ।

यो अभियान पूरा गर्न देश संविधानसभाको संघारमा छ । यदि संविधानसभालाई देव र दानवको युद्ध मान्ने हो भने यहीँनेर नारीको भूमिका आवश्यक छ  । यसैबेला नारीहरूले आफू अघि सरेर चण्ड-मुण्डलाई समाप्त पार्नु आवश्यक छ । राजनैतिकरूपमा भन्नुपर्दा यसपटकको दसैं समाज तथा राष्ट्र परविर्तनको संघारमा छ । परविर्तनका लागि संविधानसभालाई हतियारका रूपमा प्रयोग गर्न सबै सहमत भएका छन् । अब यो हतियार देवी भगवतीले जस्तै नारीहरूले बोक्नु आवश्यक छ  । परविर्तनमा जसले साथ दिन्छ, विजयको पगरी पनि उसैले लगाउन पाउँछ । संविधानसभारूपी हतियारद्वारा एकैपटक धेरै आसुरी शक्तिमाथि विजय पाउन सकिन्छ  । यो हतियारले देशको पुनसर्ंरचना हुनसक्छ । यो हतियारले शासकका आँखा नपुगेका क्षेत्रहरूमा आँखा पुर्‍याउन बाध्य बनाउन सकिन्छ । हतियारले सबै क्षेत्रमा महिला सहभागिताको प्रश्नलाई स्थापित गर्नसक्छ । यही हतियारद्वारा महिलाहरूले आफू कोही भन्दा कम नरहेको प्रमाणित गर्न सक्छन् । यसपटकको दसैंले नयाँ रूपमा जन्मिएका विविध आसुरी प्रवृत्तिविरुद्ध लड्न सहयोग पुर्‍याओस् भन्ने कामनाका साथ सम्पूर्ण पाठक, लेखिका, विज्ञापनदाता एवं वितरकहरूमा हार्दिक शुभकामना ।

Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2000, Ekantipur

  नारी