Untitled Document
Year -5, Volume -11
Issue - 60  ( असोज २०६४)
    
    
 Untitled Document
  सम्पादकीय
  मनका कुरा
  चिठी
  समाचार
  नारी आवाज
  दसैं विशेष
 
दसैंको विधि तथा सामग्रीका महत्त्व

ना अर्थ कुनै काम गरँिदैन । पढ्नुको अर्थ ज्ञान हासिल गर्नु हो । खानुको अर्थ भोक मेटाउनु हुन्छ  । त्यसैगरी कुनै पनि धार्मिक एवं सांस्कृतिक कार्यको आफ्नै अर्थ भएको विद्वान्हरूको तर्क छ । प्राचीनकालदेखि चल्दै आएका परम्परगत चालचलन एवं विधिविधानको खास अर्थ र महत्त्व छ । यही महत्त्वका कारण नै सयौं वर्षपछि पनि त्यस्ता विधिविधान हराएका छैनन् । बरु नयाँ-नयाँ महत्त्व थपिएर अझ उल्लासमय भएका छन् । दसैंको महत्त्व बढ्नुमा यसका परम्परागत मान्यता विज्ञानसम्मत हुनु पहिलो कारण भएको विद्वान्हरूको तर्क छ । पर्वविज्ञ तथा वास्तुशास्त्री वासुदेव शास्त्री भन्छन्, 'हाम्रा पर्वहरूमा प्रयोग हुने सामग्रीमा औषधिजन्य गुण छन् । हरेक पर्वको खास अर्थ छ । सबै विधिविधानका गर्नुपर्ने केही कारण छन् । साधारण हेराइमा त्यो त्यो विशेषता नदेखिन सक्छ । गहिरएिर अध्ययन गरेपछि बल्ल त्यसको अर्थ खुल्छ  ।'

सर्वसाधारणका लागि दसैं मीठो खाने, आफन्तहरू भेला हुने तथा रमाइलो गर्ने पर्वमात्र हुनसक्छ  । दसैंलाई गहिरएिर बुझ्न चाहनेहरूका लागि यो विविध कार्यको बृहद् संयोग हो । दसैंमा बज्ने सांगीतिक धुन, सफा मौसम, सुगन्धमय हावा, हरति वातावरण, जाडो-गर्मीबीचको समन्वयता आदिले एकैपटक सबैलाई फेस्टिब मुडमा ल्याइदिन्छ । विद्वान्हरूका अनुसार यस्तो अनौठो संयोग जुर्नु नै यसको पहिलो विशेषता हो । विज्ञहरूका अनुसार यस्तो मौसममा देवताहरू पृथ्वीको रमाइलो हेर्न मन पराउँछन् । यही रमाइलो हेर्न स्वर्गबाट झरेका देवीहरूको आगमनका कारण नै गाउँघर सुगन्धित हुने दाबी उनीहरूको छ । यस्ता कुराको प्रमाण नभएकाले कतिपयले यसलाई स्वीकार गर्दैनन् । यद्यपि वातावरणमा आउने अनुकूताले दसैं आउन थालेको महसुस सबैले गर्छन् ।

केही विद्वान्को विज्ञानसम्मत तर्कका आधारमा आज पनि दसैंमा वैज्ञानिक तथ्य प्रशस्त भएको प्रमाण भेटिन्छ । दसैंमा प्रयोग गरनिे सामग्रीको आफ्नै विशिष्ट महत्त्व छ । दसैंमा गरनिे विधि तथा कार्यहरूको महत्त्व बिर्संदै गए पनि यसमा ठूलो ज्ञान भण्डार रहेको उनीहरूको दाबी छ । ती विद्वान्हरूको विश्लेषणका आधारमा दसैंमा प्रयोग हुने सामग्री एवं विधिको वैज्ञानिक विश्लेषण ः

घटस्थापना ः घटस्थापनामा सात प्रकारका अन्नको जमरा राख्ने चलन छ । विशेषगरेर जौ र गहुँको अंकूरको महत्व छ । ती सात प्रकारका अन्न्ा पनि निश्चित छन् । ती सप्तधान्य मध्ये जौ, गहुँ, मकै, कागुन, चना, धान मुख्य हुन् । ती सबै अन्न पौष्टिकतत्वयुक्त छन् नै, मानिसमात्र होइन, सबैजसो प्राणीका लागि रुचिकर पनि छन् । त्यसैले पनि यी सात प्रकारका अन्नको जमरा राख्ने चलन चलेको मानिन्छ ।

महत्त्व ः ग्रन्थहरूमा उल्लेख भएअनुसार रावणको बध गर्न भगवान् श्रीरामले जगदीश्वरी भवानीको आराधना गरेका थिए । यसरी आराधना गर्दा भवानीलाई अपर्ण गर्ने फूलहरू चोखा भएजस्तो लागेन  । किनभने बोटमा फुलिरहेका फूललाई सबैभन्दा पहिले भमराले जुठो बनाउने सम्भावना थियो । राम अत्यन्तै चोखो फूल अपर्ण गर्न चाहन्थे । त्यसैले उनले सात प्रकारका अन्नको पूजा गरेर जमरा राखे । त्यसको प्रथम अङ््कुरलाई शुद्ध फूल मानेर रामले देवीलाई चढाए । विद्वान्हरूका अनुसार जमराको वास्तविक अर्थ प्रथम अङ्कुरति फूल हो । यो अत्यन्तै शुद्ध हुने तथा यसले पूजा गरेको खण्डमा देवी भवानी खुसी भई मनोवाञ्छित् फल दिने भएकाले दसैंमा घर-घरमा जमरा राखिएको हो ।

यसरी राखिएको जमरामध्ये सेतो जमरालाई अति उत्तम मानिन्छ । सेतो जमरा देवीको सर्वपि्रय फूल हो  । यसैगरी पहेँलो जमरा उत्तम मानिन्छ । यसले मध्यमस्तरको फल दिन्छ । हरयिो जमरा सामान्य मानिन्छ । यसले सामान्य फल दिन्छ । कालो जमरालाई राम्रो मानिँदैन  । यदि घरमा कालो जमरा उमि्रयो भने त्यसले घरमा रोग-शोक आदि निम्त्याउने विश्वास गरन्िछ ।

जमरा उत्तर-पूर्व कुनामै किन राखिन्छ ?

वैदिक विधिअनुसार जमरा घरको उत्तर-पूर्वी कुनामा राखिन्छ । यसको पनि खास कारण छ । उत्तरतर्फ हिमालय छ । हिमालयलाई उच्चस्थानको प्रतीक मानिन्छ । हिमालय पार्वतीको माइतीघर हो । कुवेर पनि उत्तर दिशामा बस्छन् । कुवेर धनधान्यका देवता हुन् । त्यसैगरी पूर्वमा सूर्य तथा इन्द्रको बासस्थान छ । सूर्य, इन्द्र, हिमालय तथा कुवेरलाई साक्षी मानेर उत्तर-पूर्व कुनामा जमरा राखिएको हो ।

जमरा राख्दा बत्ती बालिन्छ । ज्योतीलाई शुभ तथा कल्याणका देवता मानिन्छ । उज्यालोले अज्ञानता हट्ने तथा शत्रु नाश हुने विश्वास गरएिको छ । जमरा राख्दा शत्रुलेे पूजामा बाधा नगरून् तथा आफ्नो अज्ञानता नष्ट होस् भनी दियो बाल्ने गरएिको हो । आन्तरकि रूपमा उज्यालाले काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यजस्ता आन्तरकि शत्रु नाश गर्छ  ।

कलशको महत्त्व के हो ?

घटस्थापना गर्दा दियोसँगै कलश पनि स्थापना गरन्िछ  । कलश किन राखिन्छ भन्ने जानकारी धेरै कमलाई छ  । वास्तवमा कलशलाई ब्रह्मा, विष्णु तथा महेश्वरको बासस्थान मानिन्छ । पूजा गर्दा कलशको मुखमा विष्णु, घाँटीमा शिव तथा फेदमा ब्रह्मा बस्छन् भन्ने विश्वास गरन्िछ । बाँकी भागमा मातृगण, देवगण, अष्ठमातृका, योगिनीहरूको निवास हुन्छ । कलशमा पृथ्वी, जल, तेज, वायु, आकाश पाँचै तत्त्वको निवास हुने भएकाले कुनै पनि विधिमा कलश राख्नुपर्ने वैदिक नियम छ । हाम्रा कुलदेवताहरूको पनि बास हुने भएकाले कलश सम्पूर्ण देवीदेवताको वासस्थान भएको मानिन्छ ।

कलशमा जल भरेर राख्नुपर्ने कारण छ । कलसभर िजल राखेर त्यसको मुखमा आँप, चाँप, वर, पीपल तथा समी पत्र राखेर उक्त पानी छोप्ने चलन छ । पानीमा वरुण देवताको बास हुन्छ । कलशमा राखिने आँप, चाँप, वर, पीपल तथा समीपत्र सबै औषधिजन्य पात हुन् । यिनले ग्यास्टिक, कफ, पित्त आदि विकारलाई नष्ट गर्छन् । व्रतालुलाई यस्ता रोग नलागून् भन्ने मनसायले कलशमा यी औषधिजन्य पात राखिएको हो ।

चण्डीपाठको महत्त्व ः दसैंमा घर-घरमा चण्डी पाठ गर्ने चलन छ । यसको महत्त्व नबुझेर केही घरमा यस्तो पाठ गर्न छाडिएको छ । चण्डी पाठ गर्नु भनेको हामीले मान्ने नौवटी दुर्गा भवानीका बारेमा राम्रोसँग बुझ्नु हो । चण्डीमा १३ अध्याय छन् । ती १३ अध्यायमध्ये पहिलो अध्यायमा महाकाली शक्ति, दोस्रो अध्यायदेखि चार अध्यायसम्म महालक्ष्मी तथा पाँच अध्यायदेखि १३ अध्यायसम्म महासरस्वतीको महिमा छ । यसमा भगवती दुर्गाले महिषासुर, रक्तविज, चण्ड-मुण्ड, आदिको बध तथा आसुरी शक्तिको दमन गरेको घटना वर्णन छ । त्यसैगरी यसमा दैवी शक्तिको विजयको वर्णन छ । यसमा नारीको वीरगाथालाई पनि आकर्षक ढङ्गले वर्णन गरएिको छ ।

पञ्चबलिको विधान ः दसैंमा पञ्चबलिको विधान पनि छ । दसैंमा घर-घरमा खसी काट्ने चलन यही विधानअन्र्तगत आएको हो । पञ्चबलिमा राँगा, बोका, परेवा, हाँस तथा भेडाको बलि दिइन्छ । यसको अर्थ सबैले बलि दिनुपर्छ भन्ने होइन । जसले देवीको तान्त्रिक विधिअनुसार पूजा-अर्जना गर्छ, उसैले पाँच दिन पञ्च बलि दिनुपर्ने मान्यता तान्त्रिक ग्रन्थहरूमा उल्लेख छ । वैदिक तथा सात्विक विधिअनुसार पूजा गर्दा कुभिन्डोको बलि दिने चलन छ । त्यसैगरी यस्तो अवसरमा पाकेको केरा चढाउने, उखु चढाउने तथा चिचिण्डोको बलि दिनुपर्ने बताइएको छ । तान्त्रिक विधिअनुसार पूजा नगरी पशुबलि दिँदा त्यसले फल दिनुका साटो पाप लाग्ने भएकाले पनि नरविल, केरा, कुभिण्डो, उखु तथा चिचिण्डोको बलि दिने चलन आएको हो । हिजोआज घर-घरमा चण्डी पाठ नगरी, भगवतीको सात्विक विधिअनुसार पूजा नगरी विभिन्न पशुहरूको बलि दिने चलनले दसैं काटमारको पर्व हुन थालेको विद्वान्हरूको राय छ । यसलाई उनीहरूले हिंसात्मक दसैंका रूपमा व्याख्या गर्दै दसैंलाई हिंसामुक्त दसैं हुनुपर्ने मान्यता अघि सारेका छन् ।

त्यसो त आधुनिक विद्वान्हरूले पञ्चबलिलाई मनका गलत प्रवृतिको बलिका रूपमा व्याख्या गरेका छन् । उनीहरूले मानिसका मनमा उब्जने विकृति काम, क्रोध, मद, मोह, लोभ आदि हटाउन पञ्चबलिको प्रतीकात्मक जुक्ति निकालिएको बताएका छन् । जतिखेर पनि यौनेच्छामात्र जागृत हुने बोको प्रवृतिलाई त्याग्नुपर्ने आग्रहका साथ बोकाको बलि दिने चलन चलेको हो । आफूभित्रको बोको प्रवृत्ति त्याग्न नसक्नेहरूले त्यसको प्रतीक जिउँदो बोको काट्न थालेको विद्वान्हरूको राय छ  । त्यसैगरी राँगा अहङ्कारको प्रतीक, भेंडा लोभको प्रतीक, परेवा मोहको प्रतीक -किनभने परेवाले प्रेम गर्न थालेपछि पछाडिबाट उसलाई मार्न तीर हानेको समेत थाहा पाउँदैन), हाँस मदको प्रतीक -हाँस आफूभन्दा क्षमतावान् कोही छैन भन्ने मान्छ) मानिन्छ । हरेक मानिसभित्र यस्ता प्रवृत्ति हुने भएकाले आफूभित्रको राँगो, परेवा, हाँस, भेंडा तथा बोकाको जस्तो पशुत्व भावको बलि दिनुपर्ने भाव ग्रन्हरूमा उल्लेख गरएिको छ । मानिसले आफ्नो स्वादका लागि तत्ा्सम्बन्धित पशुलाई नै बलि चढाउन थाल्नाले यसको गलत ब्याख्या भएको विद्वान्हरूको राय छ ।

दसैंमा टीकाको महत्त्व ः दसैंमा आफूभन्दा ठूला व्यक्तिले रातो अक्षताको टीका लगाइदिने चलन छ । अक्षता भन्नेवित्तिकै कहिल्यै क्षत नहुने अर्थात् कहिलै टुक्रा नहुने अर्थ लगाइन्छ । अर्थात् अक्षताको टीका लगाउनुको अर्थ हो, टीका लगाउने मान्छे अल्पायु, अपाङ्ग तथा दीनहीन हुँदैन । रातो रङ विजयको प्रतीक हो । रातोले पराक्रमको अर्थ पनि दिने गरेको छ अर्थात् टीका त्यस बेला लगाइन्छ, जब नौ दिनसम्म देवी भगवतीको पूजा आरधाना गरन्िछ  । विभिन्न कष्ट सहेर उनलाई खुसी बनाइन्छ । त्यो पूजा-आराधनाबाट खुसी भएर देवीका रूपमा ठूलाबडाले दिएको आशीर्वाद हो- रातो अक्षताको टीका तथा शुद्ध जमरा । आफूभन्दा ठूलाले टीका लगाएर शुद्ध जमरा टाउकोमा लगाउँदा सांसारकि शत्रुबाट विजय पाउन सकिन्छ ।

अिश्विनी कोइराला

----------------------------------------------------------------------

दसैं किम्वदन्ती

वती नवदुर्गा भवानी आदि कालदेखि नै शाक्तहरूले उपासना गरेकी एक शक्तिशाली नारी हुन् । दुर्ग नाम गरेको अन्यायी एवं अत्याचारी दानवको वध गरेका कारण उनको नाम दुर्गा रहन गयो  । भव भन्नाले शिव तथा भवानी भन्नाले शिवा अर्थात् भगवान् शिवकी आदिशक्ति बुझिन्छ ।

मार्कण्डेय पुराणअन्तर्गत भगवती दुर्गाका नव स्वरूपको पूजा एवं आराधना गर्ने विधान छ । यसमा प्रथम -घटस्थापना) दिन साबिक पूजाझैं दियो, कलश, गणेश एवं अन्य देवताहरूको पूजा गरन्िछ  । त्यसपछि घटस्थापना गरेर घडाको माथिल्लो भागमा दुर्गायन्त्र बनाएर भगवती नवदुर्गाको स्थापना गरन्िछ । यसमा प्रत्येक दिन भिन्न-भिन्न नामले पूजा गर्ने विधान छ । प्रथम दिन शैलपूत्री देवीको, दोस्रो दिन ब्रह्मचारण्िाी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कूष्माण्डा, पाँचांै दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी एव्ां नवांै दिन सिद्धिदात्री भवगतीको पूजा-आराधना गरन्िछ । प्रत्येक शक्तिको भिन्न-भिन्न महत्त्व, विशेषता एवं उत्पत्तिका कथा छन् ।

शैलपुत्री पर्वतराज हिमालयको घरमा उत्पत्ति भएकाले उनको नाम शैलपुत्री रहेको होे । नवदुर्गा भवानीमा उनलाई प्रथम शक्तिका रूपमा पूजा गरन्िछ । यिनको नाम विभिन्न कल्पमा सतीदेवी रहेको देखिन्छ । उपनिषद्अनुसार सतीदेवीले आफ्ना पति शिवको आफ्नै पिता दक्ष प्रजापतिद्वारा भएको अपमान सहन नसकी यज्ञकुण्डमा हाम फालिन् । भगवान् शिवको प्रतापले उनको शरीर भस्म हुन सकेन । पछि भगवान् शिवले उनलाई बोकेर सम्पूर्ण लोकको भ्रमण गरे । विभिन्न ठाउँमा शैलपुत्रीका अंग पतन भए  । त्यस क्रममा हेमवतीस्वरूप प्रकट भएर उनको नाम शैलपुत्री रहन गयो । नवरात्रको प्रथम दिन तिनै शैलपुत्रीको आराधना गरिन्छ ।

ब्रह्म शब्दको अर्थ तपस्या वा साधना हो भने चारण्िाीको अर्थ निरन्तरता हो । अर्थात् ब्रह्मचारण्िाीको अर्थ तपस्यालाई निरन्तरता दिनु हो । नारदको उपदेशअनुसार ब्रह्मचर्यमा रहेर एक हजार वर्षसम्म फल एवं औषधिमात्र सेवन गरेर कठोर साधना गरनि् । थप एक हजार वर्ष शाकाहारी भएर तपस्या गरनि् । यसरी कठोर कष्टका साथ तपस्या गरएिका कारण भगवान् शिवले यिनलाई आशीर्वाद दिए, फलस्वरूप यिनको नाम ब्रह्मचारण्िाी रहन गयो ।

चन्द्रघण्टा नवदुर्गाको तेस्रो रूप हो । यिनले कठोर घण्टनाद गरेर सम्पूर्ण आसुरी शक्तिको दमन गरेका कारणले यिनको नाम चन्द्रघण्टा रहन गयो । भगवती चन्द्रघण्टाको उपासना नवरात्रीको तेस्रो दिन गरन्िछ । उनलाई सांसारकि कष्टबाट मुक्तिका लागि एवं परमपद प्राप्तिका लागि उपासना गरन्िछ  ।

कूष्माण्डा भगवती दुर्गाको चौथो रूप हो । यिनलाई अष्टभुजा देवीका रूपमा पूजा गरन्िछ  । यिनको स्वरूपलाई योगीहरू अनाहद चक्रमा ध्यान गर्छन् । यी देवीले कुभिण्डोको बलि मन पराउँछिन्  । यिनलाई कुडिण्डोको बलि दिनाले सुख-समृद्धिका साथै लौकिक एवं परलौकिक आन्ान्द प्राप्त गर्न सकिन्छ ।

स्कन्दमाता देवी दुर्गाको पाँचौं स्वरूप हो । भगवान् कार्तिकेय कुमार -गणेशका भाइ) लाई यिनले पालन-पोषण गरेकी थिइन् । कार्तिकेयको अर्को नाम स्कन्दकुमार पनि हो । त्यसकारण उनलाई स्कन्दमाताका नामले चिनिएको हो । योगीहरू विशुद्धि चक्रमा यिनको ध्यान गर्छन् । एकाग्ररूपमा यिनको ध्यान-चिन्तन गर्नाले अलौकिक शक्ति प्राप्त हुने कुरा शास्त्रमा उल्लेख छ ।

कात्यायनी देवी दुर्गाको छैठौं रूप हो । कत नामक एक प्रशिद्ध महषिर् थिए । उनका छोरा कात्यायन ऋषिका रूपमा प्रख्यात भए । उनले यी देवीको कठोर तपस्या गरे । देवी प्रसन्न भएर आशीर्वाद प्रदान गर्दा कात्यायन ऋषिले देवीलाई नै आफ्नी छोरीका रूपमा जन्म लिन आशीर्वाद मागे  । कात्यायनी देवीले तथास्तु भनी वरदान दिइन् । यसरी नवदुर्गा भवानीको छैठौं रूप कात्यायनी रहन गयो । यिनको आराधनाले जन्मजन्मान्तरका सम्पूर्ण पाप नष्ट हुन्छन् ।

कालरात्री दुर्गाको सातौं रूप हो । अत्यन्तै कालो रूप भएकाले यिनलाई कालरात्री भनिएको हो । यिनको घाँटीमा चम्किलो माला हुन्छ  । यिनले सास फेर्दा आगोका फोहोरा छुट्छन् । यस्ती डरलाग्दी देवीले आफ्नो रूपभन्दा ठीक विपरीत सधैं राम्रो फल दिन्छिन्, कसैलाई निराश पार्दिनन् । यिनको स्मरणले मात्र पनि शत्रुहरू नजिक हुन नसक्ने भएकाले यिनको महिमा धेरै छ ।

महागौरी देवी दुर्गाको आठौंं रूप हो । महागौरी पीठोजस्तै सेती तथा श्वेतवस्त्रधारी छिन् । यिनको आयु आठ वर्ष मानिएको छ । यिनका चार हात छन् । यिनले शिवलाई पतिका रूपमा प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन् । यिनलाई पार्वतीका नामले पनि चिनिन्छ । यिनको पूजा गर्नाले सम्पूर्ण सुख-समृद्धि प्राप्त हुन्छ । अविवाहिता कन्याहरूले यिनको स्वरूपको पूजा गरी नौ दिनसम्म व्रत-उपवास गरेको खण्डमा सुयोग्य पति प्राप्त हुने धार्मिक मान्यता छ ।

दसैंको नवौं दिन सिद्धिदात्रीको पूजा गरन्िछ । मार्कण्डेय पुराणअनुसार यिनको पूजा गर्नाले आठ सिद्धि प्राप्त हुन्छन् । देवीपुराणअनुसार भगवान् शिवले यिनकै आराधना गरेर विभिन्न सिद्धि प्राप्त गरेका थिए । यिनको आराधना गर्दा शास्त्रीय विधि-विधानका साथ गर्नुपर्छ । यसरी आराधना गर्दा मनभित्रका कामनाको पूर्ति हुने विश्वास गरन्िछ  ।

चण्डी पाठको महत्व

मार्कण्डेय पुराणअन्तर्गत भगवती देवीको आराधनाको स्तुति एवं पाठको विधान छ । यसमा चण्डी पाठ अथवा श्री दुर्गा सरस्वतीका नामले भगवतीको नौ दिनसम्म पाठ गरेर चण्डीका नवस्वरूपको आराधना गरन्िछ । यसअन्तर्गत रात्रीसूक्त, कवच, किलक, अर्गला पाठको विधान छ । त्यसपछि मेघा ऋषिद्वारा सुरथ एवं समाधि नामक वैश्यलाई देवीका बारेमा वर्णन गरएिको कथा छ । सुरथ राजा राज्यको अधिकारबाट निलम्बित गरएि । शत्रु उनको राज्यमा प्रवेश गरे । सुरथको राज्यकोष शत्रुले कब्जा गरेपछि उनी दुःखी भएर वनमा विचरण गर्न थाले । यसैबेला समाधि नामका वैश्यसँग राजाको भेट हुन्छ । समाधिको अवस्था पनि राजाभन्दा फरक थिएन । दुवैले मेधा ऋषिको आज्ञाअनुसार भगवती नवदुर्गा भवानीको नौ दिनसम्म पूजा-आराधना गरे  । अन्त्यमा भगवतीको कृपाले शत्रुलाई परास्त गरी सुरथले पुनः राज्य प्राप्त गरे । यता समाधि नामका वैश्यले पनि आफूले गुमाएको सम्पत्ति प्राप्त गरे  ।

देवीको उत्पत्ति

मधुकैटभ नाम गरेका दानवले कष्ट दिएपछि देवताहरूले आ-आफ्नो शक्तिलाई संगठित गरी एउटी महाशक्ति उत्पन्न गरे । देवीको उत्पत्तिपछि सबैले आ-आफ्ना अस्त्र-

शस्त्रद्वारा उनलाई सुसज्जित गरे । उनीहरूले ती देवीलाई दानवले दिएको कष्टका सम्बन्धमा जानकारी गराए । भवानीले मधुकैटभ, रक्तवीज, शुम्भ-निशुम्भ आदि दावनको वध गरी देवताहरूलाई प्रसन्न पारनि् । यो विजयबाट खुसी भएका देवताहरूले विजयादशमीको खुसी मनाए । यो दिनलाई आसुरी शक्तिमाथि विजय प्राप्त गरेको मानिएकाले आज पनि विजयादशमीलाई उत्सवका रूपमा मनाइन्छ । यसै दिन भगवान् रामले पनि रावणमाथि विजय प्राप्त गरेका थिए ।

ज्यो.पं. वासुदेव शास्त्री

नारीशक्तिको विजय

'प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचाणि तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम्'

नारीका यिनै उपनामसहितका शक्तिलाई दसैंमा नौ दिनसम्म पूजा गर्ने परम्परा चलिआएको छ । नारीशक्तिको अर्थ तथा महत्त्वको महिमा हुने यो पर्वमा देवीका नौ रूपलाई दुर्गुण तथा दुव्र्यवहार नष्ट गर्ने अस्त्रका रूपमा लिइन्छ । नवरथामा नवदेवीको पूजा गर्नाले रिस, राग, द्वेष, वैमनस्य आदि दुर्गुण हटी सद्भाव तथा सद्गुण प्राप्त हुने विश्वास गरिन्छ  । यसपटकको बहसमा हामीले यिनै नवदेवीलाई पूजा गर्नुको अर्थ एवं महत्त्वका विषयमा व्याख्या तथा विश्लेषण गर्‍यौं ।

♣ प्रस्तुति ः लक्ष्मी भ०८ारी

नानीबाबा रिसाल
आध्यात्मिक अध्ययनकर्ता

सृष्टिको सुरुदेखि नै असल तथा खराब बीच द्वन्द्व चलिरहेको छ । शक्तिलाई विशेष आह्वान गरेर समाज, परविार, देश सबैमा रसि, राग, द्वेष अन्त्य गरी नयाँ ऊर्जाशक्ति उत्पन्न गराउने विशेष काम नारीद्वारा भएकाले यो पर्वमा नारीशक्तिको विशेष पूजा-उपासना हुन्छ । नौ दिनसम्म पूजा गरनिे नवदेवीका छुट्टाछुट्टै रूप, अर्थ एव्ां महत्त्व छन् । प्रथम दिन पूजा गरनिे शैलपुत्रीको दायाँ हातमा त्रिशूल एवं बायाँ हातमा कमलको फूल छ । गोरु वाहन भएकी यिनी क्रोध र शान्ति दुवैकी प्रतीक हुन् । अर्की देवी ब्रह्मचारण्िाीको दायाँ हातमा जपमाला र बायाँ हातमा कमण्डलु छ । यिनी तपस्याकी प्रतीक हुन् । तेस्रो दिन पूजा गरनिे चन्द्रघण्टाको मस्तिष्कमा घण्ट आकारको अर्धचन्द्र छ । यिनी शान्तिदायक तथा कल्याणकारी छिन् । चौथो दिन पूजा गरनिे कुष्माण्डा अर्थात् ब्रह्माण्डको उत्पत्ति गराउने देवी हुन्, यिनको मुस्कानबाट ब्रह्माण्डको उत्पत्ति भएको कुरा शास्त्रमा उल्लेख छ । पाँचौं स्कन्दमाता हुन् । यिनी कुमार कार्तिकेयकी माता हुन् । छैटौं दिन पूजा गरनिे देवीको नाम कात्यायनी हो । सातौं कालरात्री हुन् । चार हात भएकी, तरबार लिएकी, गधा वाहन भएकी, सबैलाई मार्ने कालरूपी विनासिनी दुर्गाको रूप नै देवीको सातौं अवतार हो । यिनमा संसार विनाश गर्न सक्ने विनाशकारी शक्ति छ । आठौं शक्तिको नाम महागौरी हो । यिनी हिउँजस्ती गोरी र सुन्दर छिन् यिनको रूपले जोकसैलाई मोहित पार्न सक्छ । अन्तिम तथा नवौं शक्तिको नाम सिद्धिदात्री हो यिनमा सबै काम सिद्धि हुने गुण तथा शक्ति भएकाले यिनलाई सिद्धिदात्री भनियो । अजेय शक्ति भएका दानवहरूको वध गर्न विष्णु भगवान्ले यिनै नौवटा नारीशक्ति उत्पन्न गराए । दुगुर्ण र दुव्र्यवहारलाई नाश गर्ने शक्ति नारीमा भएकाले देवताहरूले पनि उनैलाई माध्यम बनाएका हुन् । दुर्गुणलाई नाश गर्ने महाकालीजस्ती विनासिनी उत्पन्न गराएर संसारमा सुख-शान्ति भयो । तसर्थ दसैंमा नारीको विशेष पूजा हुन्छ । दसैंमा मात्र होइन अघिपछि पनि यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता तथा या देवी सर्वभूतेषु शक्तिरूपेण समस्थिता भन्ने कुरालाई मनन गरेर नारीको सम्मान जहाँ गरन्िछ त्यहाँ सधै सद्भाव, सद्गुण फैलन्छ । नवदुर्गामा नवदेवीको पूजा गर्नाले रसि-राग, द्वेष हटेर सद्भाव कायम हुन्छ । मातृशक्तिको परमतत्त्व यही नै हो ।


माधवप्रसाद भट्टराई
नायव वडागुरुज्यू

आश्विन शुक्ल प्रतिपदादेखि नवदुर्गाको विशेष पूजा-आजा हुन्छ । अन्य समयको तुलनामा यतिबेला देवीहरूको विशेष किसिमले पूजा गरन्िछ । शरदकालीन नवरथामा नवदुर्गाका विविध नाम तथा रूप छन् । ती सबै नामको अलग-अलग महत्त्व छ । पहाडकी पुत्री शैलपुत्रीदेखि सिद्धिदात्रीसम्मका नवदुर्गाका अर्थ र महत्त्वले मानव जीवनमा प्रत्यक्ष सरोकार राख्छन् । यसबेला देवीका विभिन्न रूप, गुण तथा अवस्थाको पूजा गरन्िछ । जसलाई हामी पौराणिक कालदेखि शक्तिका रूपमा सम्मान गर्दै आएका छौं । यसरी विभिन्न नाम दिइएका नवदुर्गा भगवतीको पूजा गर्नाले घरमा सद्भाव एवं सदाचार बढ्छ । दानवलाई नाश गर्न विष्णुले नवदेवीको शक्तिपुञ्ज खडा गरेको कुरा चण्डीमा उल्लेख छ । प्राचीन परम्परामा नारीको सम्मानभन्दा पनि उच्चस्थान रहेको विभिन्न धार्मिक ग्रन्थहरूमा उल्लेख छ । त्यसैले त गौरीपुत्र,

उमापतिजस्ता शब्दहरू प्रख्यात थिए । नारीको नामबाटै पुरुषको चिनारी हुन्थ्यो  । सोही कुरालाई मनन गर्दै आसुरी शक्तिको विनाशका लागि नारीलाई अस्त्र बनाइएको हो । दसैंमा महिलाले दुर्गाको पूजा गर्नुहुँदैन, चण्डी पाठ गर्नुहुँदैन भन्ने गलत मान्यतालाई अब हामीले परविर्तन गर्नुपर्छ  ।


शान्ति सुवेदी
संस्थापक, आत्मशान्ति सत्संग समूह तथा भागवत्वाचिका

नवरथाभर िशैलपुत्री हुँदै अन्तिम दिन सिद्धिदात्रीसम्ममा देवीका नौवटा अवतारको पूजा गरन्िछ । नारीका लागि यो गौरवको कुरा हो  । त्यसैले हामी दसैंलाई नारीको सम्मान गरनिे पर्वका रूपमा लिन्छौं । 'यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता' अर्थात् जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता रमाउँछन् । शास्त्रअनुसार परापूर्वकालमा प्रत्येक युगमा एक-एक वटा राक्षसले दुःख दिइरहन्थे । ब्रह्माजीले शक्तिपुञ्ज खडा गरेर नवदुर्गाको रूप दिनुभयो । नौवटा युगमा नौवटा देवीका रूप अवतरण भए । तिनै नवदेवीद्वारा राक्षसहरूको वध भयो । नवदुर्गालाई एकै ठाउँमा राखेर नौ दिनसम्म पूजा गर्नुको अर्थ त्यही हो । यो पूजा गर्दा हामीभित्र रहेका लोभ, मोह, क्रोध आदि सबै पराजित हुन्छन्  । त्यसका साथै आपसी सद्भाव तथा सद्गुणका साथै आत्मशक्ति बढ्छ ।

'दुर्गुण र दुव्र्यवहारलाई नाश गर्ने शक्ति नारीमा भएकाले देवताहरूले पनि उनैलाई माध्यम बनाएका हुन् । दुर्गुणलाई नाश गर्ने महाकालीजस्ती विनासिनी उत्पन्न गराएर संसारमा सुख-शान्ति भयो  । तसर्थ दसैंमा नारीको विशेष पूजा हुन्छ । दसैंमा मात्र होइन अघिपछि पनि यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता तथा या देवी सर्वभूतेषु शक्तिरूपेण समस्थिता भन्ने कुरालाई मनन गरेर नारीको सम्मान जहाँ गरन्िछ त्यहाँ सधै सद्भाव, सद्गुण फैलन्छ  ।'


निर्मला ढुङ्गाना
उप-प्राध्यापक संस्कृति-विभाग, पद्मकन्या कलेज तथा संस्कृतिविद्

प्रत्येक वर्ष असोज-कार्तिक महिनामा दुर्गाको पूजा तीन रूपले गरन्िछ । पहिलो रूपमा सौम्यताकी प्रतीक सरस्वती तथा लक्ष्मी आउँछन्  । दोस्रोमा कालीका विभिन्न रूपहरू पर्छन् जसलाई उग्ररूपको विधिले पूजा गरन्िछ । तेस्रोमा सौन्दर्यको पूजा हुन्छ । त्यसमा त्रिपुरासुन्दरी, षोडशी, भैरवी आदि कामोत्तेजक देवीका रूपमा पूजा गरन्िछ  । जुन काली भनिएको छ तिनका छुट्टाछुट्टै रूप हुन्छन्  । उनीहरूका देव पनि फरक छन् । जस्तै-महाकालीको महाकाल भएजस्तै दुर्गा तथा चण्डीका पनि आ-आफ्ना देव छन् । यीमध्ये दस महाविद्या हुन्छन् जसका दसवटा स्वरूप हुन्छन्-महालक्ष्मी, महासरस्वती आदि । यसका अतिरत्तिm पनि अन्य विविध देवी छन्  । धूमावतीका कुनै देव अथवा भैरव छैनन्, उनी एक्ली हुन् । दसैंघर स्थापना गर्दा सबैभन्दा पहिले यिनको पूजा हुन्छ किनभने उनका पुरुष देव छैनन् भनेर शुद्ध मानिन्छ । नवदुर्गाकी शैलपुत्री सौम्यताकी प्रतीक हुन् । यी नवदुर्गामध्ये प्रत्येकको हातमा एक-एक वटा अस्त्र र वाहन छन् । जसले पापको अन्त्य गर्ने काम गर्छन् । चन्द्रघण्टाले घण्ट बजाएर नाद गर्छिन् । कूष्माण्डा पनि शिवकी एकस्वरूप हुन् । त्यसैगरी कालरात्रीले पापकर्मको नाश गर्छिन्  । कालरात्री कालो रातमा हुनसक्ने सबै पाप नष्ट गर्न शिवको जटाबाट प्रादुर्भाव भएकी, कालो वर्णकी, नरमुण्ड माला लगाएकी, बाघको छाला बेरेकी देवी हुन् । कालीलाई शक्ति प्रदान गर्दा रक्त तथा कालो वर्ण दिइसकेपछि गोरी भएकी हुनाले यिनलाई महागौरी भनियो । नवौं दिन पूजा गरनिे देवीको नाम सिद्धिदात्री हो । नारीलाई कुनै पनि युगमा युद्ध हुँदा वध गरएिको छैन तसर्थ जुनसुकै युद्धमा नारीलाई अग्रपंक्तिमा राखिएको पाइन्छ । नारीले पापी तथा दुर्गुणको मात्र अन्त्य गर्छन् । जथाभावी सबैको विनाश गर्दैनन्  । दसैंभर िनवदुर्गाको पूजा गर्नाले मङ्गल हुन्छ, वंशको रक्षा एवं शान्ति-समृद्धि कायम हुन्छ ।




कविवर माधवप्रसाद घिमिरे
राष्ट्रकवि

दसैंमा नवदेवीको पूजा गर्नुको ठूलो महत्त्व छ । यो पर्वले नारीलाई परम्परादेखि उच्चस्थानमा राखेको हामी पाउँछौं । माता सिर्जनाकी शक्ति भएकीले समाजमा उनको स्थान सम्मानजनक छ । पुरुषको उद्गम पनि नारीकै कोखबाट भएको हो । वैदिककालमा विवाहका बेला छोरीलाई घरकी साम्राज्ञी, पुरुषकी पि्रया, सासू-ससुराकी मनपर्ने भएस् भनेर आशीर्वाद दिन्थे । दसैंमा नारीको महत्त्वलाई दुर्गा, महागौरी, महाकाली आदि नारीशक्तिका रूपमा पूजा गरन्िछ । दुर्गाकवचमा प्रथमं शैलपुत्री, द्वितीयं ब्रह्मचारण्िाी आदि नामद्वारा नवदुर्गाको वर्णन गरएिको छ । जसको अर्थ नारीभित्रका दैवी गुणहरूको वर्णन नौ किसिमले गरेको पाइन्छ । हाम्रो समाजमा यिनै गुणले वर्चस्व जमाएकाले यिनको पूजा गरन्िछ । यसलाई व्यवहारमा उतार्न नौ दिनसम्म नौवटी कन्याको पूजा गरन्िछ तर अहिलेको समयमा हामीले नारीजातिको शक्ति एव्ां महत्त्वलाई व्यवहारमा उतार्न बिर्सिरहेका छौं  । उनीहरूको वास्तविक सम्मानका लागि हामीले घर होस् वा समाजमा उनीहरूलाई उचित स्थान दिनुपर्छ  । हामीले व्यवहारमा पनि नारीलाई वासना सा सौन्दर्यका रूपमा मात्र नलिएर देवीकै रूपमा सम्मान गर्नुपर्छ अनि मात्र हामीले पूजा गर्ने नवदुर्गाको सार्थकता रहन्छ । नारी भनेका हामीलाई जन्माउने आमा, माया गर्ने दिदी-बहिनी र जीवनमा साथ दिने सह-धर्मिणी हुन् तसर्थ उनीहरूको सोही रूपमा श्रद्धा हुनुपर्छ ।

------------------------------------------------------------------------------------

कञ्चन बर्मा लामा / गीर्वाणी लामा -हजुरआमा-नातिनी)

पाँच दशकअघि आफू ८ वर्षकी हुँदा मनाएको दसैंको झझल्को कञ्चनलाई अहिले पनि ताजा भएर आउँछ । त्यो अनुभव ताजा हुनुको प्रमुख कारण उनकी आठ वर्षकी नातिनीले गरेको कृयाकलाप पनि हो  । उनकी नातिनीको दसैं मनाउने तौरतरकिा तथा उनी आठ वर्षकी हुँदा उनले मनाउने दसैंमा ठूलो अन्तर छ । यद्यपि बेलुन उडाउने, पिङ खेलेर रमाइलो गर्ने तथा घर सजाउने कुरामा उनीहरूको रुचि मिल्छ । कञ्चनको बाल्यकालमा आफ्नो रोजाइका लुगाफाटाभन्दा पनि अभिभावकको रोजाइका पहिरन लगाउनुपथ्र्यो । अहिले उनी आफ्नी नातिनीसँगै बजार गएर उनैलाई रोजाएर पहिरन किनिदिन्छिन्  । कञ्चन सानी छँदा दसैंमा केही निश्चित जिम्मेवारी हुन्थे । अहिलेको आधुनिक पुस्ताकी गीर्वाणीलाई जिम्मेवारी के हो थाहा छैन । उनलाई खाना कुन ढंगले बनाइन्छ भन्नेसम्म पत्तो छैन । जब कि गीर्वाणीको उमेरमा कञ्चन आमासँगै भान्सामा विभिन्न परकिार बनाइरहेकी हुन्थिन । हामी सानो छंदा पनि घर सजावट, मिठाइ बनाउने तथा पाहुन सत्कार गर्ने काममा आफैं खट्थ्यौं, विगतका दसैं स्मरण गर्दै कञ्चन भन्छिन्- हाम्रो पुस्ताका किशोरीहरू त्यसबेला आमालाई सघाउँथ्यौं तर अहिलेको पुस्तामा त्यो जिम्मेवारी आएको देखिदैन । गीर्वाणीलाई भने दसैं शुरु नहुदै थरी-थरीका बेलुनको प्याकेट चाहिन्छ  । उनी यो उमेरमै नयाँ-नयाँ डिजाइनको पहिरनकी सौखिन छिन् ।

कञ्चनको दसैं

आफ्नो बाल्यकाल भारतस्थित आसामको वैष्णव-हिन्दु परविारमा बिताएकी कञ्चन बर्मा लामाले अहिलेसम्म आफ्नो परविारमा बली दिएको देखेकी छैनन्  । उनको परविारमा दुर्गा पुजाको महत्व ठूलो थियो तर बलीको बिरोधी गतिविधि पनि त्यतिकै हुन्थे । दसैंमा बली दिनैपर्छ, मासु खानैपर्छ भन्ने प्रचलन थिएन । दसैंमा उनको घरमा थरीथरीका मिठाइ तथा बेलुनको थुप्रो भने देख्न पाइन्थ्यो । दसैंको टिकाका दिन उनीहरूकहाँ श्रीखण्डको टिका लगाउने चलन थियो । उनीहरू दुर्गापुजाका लागी लाखौं खर्च गरेर दुर्गाको मूर्ति तथा दुर्गाघर बनाउँथे । घरमा आउने पाहुनाले पनि पुलती, रबिन, चकलेट, बेलुन आदि उपहार ल्याइदिन्थे  । त्यसबेला घरमा टेलिभिजन थिएन । मनोरञ्जनका लागि स्टेरयिोबाट प्रत्येक दिन बिहान मालश्री धुन बजाउने चलन थियो । कञ्चनले आफ्नो जीबनकालमा तीन किसिमका दसैं अनुभव संगालेकी छिन् ।

आसाममा घरभित्र मासु भित्र्याए अपवित्र हुन्छ भन्ने विश्वास गरन्िथ्यो । यद्यपि दुर्गापूजा भने भव्यताका साथ हुन्थ्यो । त्यसबेला घरभरी बेलुनको रास हुन्थ्यो । काका-बडाबा तथा मामाघरका सदस्यहरूबाट उपहार प्राप्त हुन्थ्यो । आसाममा त्यसबेला दक्षिणा दिने तथा खाने, लगाउने कुरामा पनि नेपालजस्तो प्रतिस्पर्धा नभएको उनको अनुभव छ । दसैंका बेला खिचडी खान छिमेकी बंगालीहरूको घरमा जाने गरन्िथ्यो ।

नेपालका सल्यान, जाजरकोटजस्ता विकट जिल्लामा शिक्षण पेशामा संलग्न भएपछि ती क्षेत्रमा उनले दसैंको छुट्टै संसार देखिन् । आसाममा कहिल्यै नदेखेको जुवातास उनले नेपालको पश्चिम क्षेत्रमा देखिन् । 'आसाममा जुवातासको सट्टामा नाटक मञ्चन हुन्थ्यो, लङ्गुरबुर्जामा होइन दुर्गापुजामा सबैको ध्यानाकर्षण हुन्थ्यो  ।' कञ्चन भन्छिन्, 'सल्यान, जाजरकोट क्षेत्रमा भने दसैं शुरु हुन नपाउंदै जुवातास, मासु र रक्सीको मेला लाग्दो रहेछ ।' २०३१ सालताकाको सल्यान, जाजरकोटको दसैं उनको मानसपटलमा सधैं घुमिरहन्छ । त्यहां जब टिकाको दिन हुन्थ्यो सम्पुर्ण गाउँले एक-एकवटा पोका बोकेर राजासाप -जमिन्दार) कहाँ टिका थाप्न आउँथे । पालै-पालो टिकाका साथ प्रजाका लागी बनेका एक-एकवटा रोटी थाप्दै शिर निहुराएर र्फकन्थे । जमिन्दार परविारलाइ भने छुट्टै भोजनको व्यवस्था हुन्थ्यो ।

उनले दसैंमा विज्ञानको चमत्कार पनि देखेकी छिन् । पहिले दसैंमा केराको थाम, माटाको प्याला, थरीथरी फुलबाट घरको सजावट गरन्िथ्यो । अहिले आफ्नी नातिनीलाई विद्युतीय सजावटमा रमेको देख्दा कञ्चनलाइ समय फेरएिको अनुभूति हुन्छ ।

कञ्चनले दसैंको अर्को फरक अनुभव काठमाडौ आएपछि गरनि् । काठमाडौंमा रमझम, गरगहना तथा पहिरनमा एक अर्काबीच प्रतिस्पर्धा हुने गरेको पाइन् । कञ्चन भन्छिन्- 'म दसैंमा फजुल खर्च गर्ने पक्षमा छैन । सबैले आफ्नो क्षमताअनुसार रमाइलो गर्नुपर्छ ।' यसपटकको दसैंमा कामका सिलसिलामा रोम पुग्नुपर्ने भए पनि कञ्चन आफूभन्दा सानालाई टीका लगाइदिन टीकाको दिनसम्म जसरी भएपनि नेपाल आइपुग्ने सुरमा छिन् ।

गीर्वाणी

बर्षयामले नेटो काटिसकेपछि सफा, स्वच्छ तथा प्राकृतिक रुपमा पनि अत्यन्तै रमाइलो मौसम सुरु भएको छ । बजारमा थरी-थरी पहिरन झुण्डिन थालेका छन् । ८ वषर्ीया गीर्वाणीको ध्यान बजारमा सजाइएका पुतलीले लगाउने जस्ता रंगीबिरंगी कपडा तथा ठूल्ठूला बेलुनतर्फ ढल्कन्छ । 'दसैं भन्ने बित्तिकै हजुरममीले किनिदिने नयाँ लुगा, ठूला आकारका बेलुन सम्झन थाल्छु ।' गीर्वाणी भन्छिन्, 'दसैं आउने बित्तिकै आमा -हजुरआमा) ले बनाइदिने पिङको सम्झना आउँछ समयको अन्तरालले पनि होला यी नातिनी-हजुरआमाको दसैं अनुभवमा ठूलो अन्तर पाइन्छ  । हजुरआमाले मनाएका सुरुका आठवटा दसंै र गीर्वाणीले मनाएका आठवटा दसैंमा ठूलो फरक छ । हजुरआमा भन्छिन्- म यसको उमेरमा आमालाई काम सघाउँथंे, बुबाले लुगा किनिदिन खोज्दा किताब किनिदिनुस् भन्थें त्यसैले बुबा पनि लुगा लगाउन मान्दिन यो पछि गएर फकिर -जोगिनी) हुन्छे कि क्या हो भन्नुहुन्थ्यो तर गीर्वाणीलाई अहिल्यैदेखी राम्रा लुगा त्यो पनि आफै बजार गएर छानेर किन्नुपर्छ । कञ्चन त्यो उमेरमा जामा, घाँगर तथा प|mक लगाउँथिन् तर गीर्वाणीलाई दसैंमा प|mक-जामा लगाउन लाज लाग्छ । गीर्वाणी इस्टायलिष्ट पाइन्ट तथा मोडर्न टिसर्टमा सजिन मन पराउँछिन् । गीर्वाणी भन्छिन्- घरमा के कुरा कसरी आउँछ मलाई थाहा हुँदैन । मलाई त झिलीमिली लगाउन, धेरै दक्षिणा थाप्न पाउँदा रमाइलो लाग्छ  । बेलुन फुटाउन र पिङ खेल्न पनि ज्यादै रमाइलो लाग्छ । कञ्चन सानोमा थरीथरीका मिठाई खान मन पराउँथिन् तर गीर्वाणीलाई गुलियो पटक्कै मन पर्दैन । उनी अमिलो-पिरोकी पारखी हुन् । त्यसैले उनी ससेज मन पराउँछिन् । प्रत्येक पुस्तैपिच्छेको परविर्तन देख्दै आएकी कञ्चन पुस्ताको अन्तरालमा यत्तिको फरक हुनुलाई स्वाभाविक मान्छिन् । पछिल्लो समयमा आएर उनी संस्कृति जोगाउन तथा यसलाई निरन्तरता दिन बालबालिकालाई जमरा राख्न सिकाउन थालेकी छिन्  । कञ्चनको सिको गर्दै गीर्वाणी पनि जमरा राख्ने दिन निक्कै खुसी हुन्छिन्् । गीर्वाणी दसैंका बेला साथीहरू जम्मा पारेर समूहमा खेल्न मनपराउँछिन्  ।

ज्ञानीशोभा / दीक्षा तुलाधर -आमा - छोरी)

दीक्षा तुलाधर
मेरी ममी ज्ञानीशोभा तुलाधर नेपालकी प्रख्यात डिजाइनर भएको फाइदा हामीले लिएका छौं । उहाँले हरेक दसैंमा हामीलाई स्टाइलिस पहिरन बनाइदिनुहुन्थ्यो  । यस्तो पहिरनको सबैले प्रशंसा गर्ने भएकाले हामी सधै नयाँ-नयाँ डिजाइनका पहिरनको माग गथ्यौर्ं  । ममीले पहिरनसँग मिल्ने च्ाुरा, क्लिप, हेयरबेन्ड तथा हिलजुत्ता पनि किनिदिनुहुन्थ्यो ।
मेरो विवाह धनगढी मूल घर भएका व्यक्तिसँग भयो  । लामो बाटो भएकाले विवाहपछि पनि म हरेकजसो दसैं काठमाडौंमै मनाउँछु । ममीसँग दसैं मनाउँदा म अझै पनि अविवाहित नै छु कि भन्ने भान हुन्छ । ममी एकदमै मीठो खाना बनाउनुहुन्छ । दसैंमा मलाई ममीले बनाएको तामाको तरकारी, लप्सीको अचार तथा माथिबाट अन्डा हालेको नेवारी परकिार वः एकदमै मन पर्छ । ममी शाकाहारी भएकाले हामीमा पनि मासुप्रति रुचि थिएन । यद्यपि उहाँ मासु पनि साह्रै मीठो बनाउने हुनाले उहाँले बनाएको मासु भने खान्थ्यौं । जब-जब दसैं आउँछ, मलाई ममीले बनाउने खाना, पहिरन तथा उहाँले दिने आशीर्वादको सम्झना हुन्छ । अहिले ममी बिरामी भएका कारण पहिले जस्तो खट्न सक्नुहुन्न, यद्यपि हामी हरेक दसैंमा उहाँका यी कुराहरूको सम्झना गररिहन्छौं ।
ज्ञानीशोभा तुलाधर हरेक केटाकेटीलाई दसैं उत्तिकै मनपर्छ । मेरी छोरीलाई त एक महिनाअघिदेखि नै दसैं लागिसक्छ । यो उनको सानैदेखिको बानी हो । नवरथामा देवीको मन्दिरमा जान मेरी सासू र म चाँडै उठ्थ्यौं तर उनी हामीभन्दा अघि तयार भैसकेकी हुन्थिन् । पूजाआजा सकेपछि सासूसँग बजार गएर मैले बनाएको डिजाइनसँग मिल्ने क्लिप, हेयरबेन्ड किनेर ठीक भयो कि भएन भनेर मलाई देखाउन आउँथिन् । मैले राम्रो छ भनेपछि मात्र खुसी भएर भोज खान थाल्थिन् । अलि ठूली भएपछि उनले मलाइ भोजमा सघाउन थालिन् ।
प्रारम्भिक दिनमा म फेसन डिजाइनमा व्यस्त भएकाले छोरीलाई होस्टेलमा राखिदिएकी थिएँ । दसैंको लामो बिदामा होस्टलबाट घर आउने हुनाले उनी घरमै बस्न रुचाउँथिन् । पाःयोद्यः निस्किने समयमा घरमा भएका सबैजना केटाकेटीहरू खुसी हुँदै रमिता हेर्न
निस्कन्थे । उनी आफूलाई केही चाहियो भने मलाई ममी नभनी माँ भनेर बोलाउँछिन् । उनी विवाह हुनुअघि असाध्यै जिद्धि थिइन् । आफूले भनेको कुरा गरेरै छाड्ने उनको बानी थियो । विवाहपछि भने उनले संसार चिन्न थालिन् । अहिले भने उनी व्यावहारकि भएकी छिन् । अहिले उनी सबैको ध्यान राख्ने तथा मानसम्मान गर्ने भएकी छन् । एउटा उखान छ- 'एउटा असल आमाले आनो सन्तानलाई असल बनाउन २१ वर्ष लाग्छ तर खराब आमाले २१ मिनेटमा नै खराब बनाउँछे ।' अहिले मेरी छोरीलाई देख्दा त्यो उखान चरतिार्थ भए जस्तो लाग्छ  । यसपालि उनी आमा बन्न लागेकीले धनगढीस्थित आफ्नो घरमा जान पाउँदिनन् । पहिले म छोरीलाई स्टाइलिस्ट पहिरन बनाइदिन्थें, अहिले ठीक उल्टो भएको छ । उनी आफैले डिजाइन गरेर मलाई राम्रो पहिरन उपहार दिन्छिन् । उनी दसैंको बेला घुम्न, किनमेल गर्न मसँगै जान मन पराउँछिन् । परविारसँगै बसेर मीठो-मीठो खाएर, गफसफ गर्दै घरमै तास खेल्न रुचाउँछिन् । पिङ खेल्ने तथा चंगा उडाउने भएकाले पनि दीक्षालाई दसैं मनपर्छ ।


शारदा पोख्रेल खनाल/रीता खनाल पाण्डे -नन्द-भाउजू)

यसै वर्ष वैवाहिक जीवनमा बाँधिएकी रीता पाण्डे खनाललाई यसपटकको दसैं सुरु नहुँदै धार्मिक वातावरणले पुलकित बनाएको छ । उता उनकी नन्द शारदा भने भाउजूलाई आफ्नो घरको परम्परा-संस्कार सिकाउन
व्यस्त छिन् । यिनीहरूको जोडी देख्दा घरका अन्य सदस्य पनि दङ्ग पर्छन् । आपसमा निकै मिल्ने साथीजस्ता लाग्ने यी नन्द-भाउजू परेका बेला जस्तोसुकै अवस्थामा पनि एकले अर्कालाई सहयोग गर्न पछि हट्दैनन् । चाडबाडका बेला नन्द माइती जाँदा भाउजूलाई मात्र घरको सारा काम गर्न लगाउने चलन हामीकहाँ छ तर शारदा यसको विरोधी हुन् । उनी भन्छिन्- सबैको शरीर हो, थकाइ सबैलाई लाग्छ । काम पनि बाँडफाँड गरेर गर्‍यो भने छिटो सिद्धिन्छ, त्यसैले चाडबाडमा मात्र होइन अघिपछि म माइती जाँदा पनि सबै काम भाउजू र म मिलेर गर्छौं । काठमाडौको ज्ञानेश्वरमा आफ्नो बाल्यकालको दसैं मनाएकी शारदाकी भाउजू रीतालाई दसैं भन्नेबित्तिकै पारविारकि जमघट, स्वच्छ वातावरण एवं मान्यजनको हातबाट टीका थापी लिइने आशीर्वादको सम्झना आउँछ । त्यसो त उनी तासकी सौखिन हुन् । रीता भन्छिन्- 'दसैंमा रातभर िम्यारजि खेलिन्छ तर अहिलेसम्म जितेको रेकर्ड छैन । अर्को कुरा सानो छँदा छतमा गएर चङ्गा उडाउँथ्यौं, चेट भयो भने ठूलो स्वरमा चिच्याउँथ्यौं, म ती पलहरू कहिल्यै भुल्न सक्दिनँ 
।' रीताका प्रोफेसर बुवा शाकाहारी ब्राह्मण परविारका भए पनि उनीहरूकहाँ दसैंमा मासुका परकिार भने हुन्थ्यो  । केटाकेटीहरू मासु र दक्षिणामा रमाउँछन् भन्ने बुझेका उनका बुवाले सानैमा पनि छोराछोरीलाई १० रुपैयाँ दक्षिणा दिन्थे । उनीहरूकहाँ घटस्थापनामा मूलघरमा जमरा राखेदेखि नै प्रत्येक दिन चण्डीपाठ हुन्थ्यो । नवदुर्गाभर िमालश्री धुन बज्थ्यो । अष्ठमीका दिन ननुहाए अर्को जुनीमा बोका भइन्छ भन्ने विश्वासका कारण सबैले बिहान नुहाउनुपथ्र्यो  । रीता दसैंका बेला आमासँग किनमेलका लागि बजार जान, टीकाका दिन घर-घर चहार्दै दक्षिणा बटुल्न निकै हौसिन्थिन् । यता शारदाको चाँगुनारायणस्थित परविारमा पनि दसैंको छुट्टै रौनक हुन्थ्यो । दसैंको समयमा लामो स्कुल छुट्टीले उनका लागि असीम आनन्द महसुस गराउँथ्यो । नयाँ लुगा लगाउन, पिङ खेल्न तथा बजार घुम्न जान पाइने कुराहरूले उनमा फरक किसिमको रमाइलोको अनुभूति हुन्थ्यो । आफूहरूकहाँ घरको आँगनमा कुभिण्डो बलि दिइने कुरा बताउँदै शारदा भन्छिन्- खसी पनि काट्थे तर मूल आँगनमा होइन छुट्टै ठाउँमा । बाल्यकालको उनको दसैं मासु-चिउरा र रंग-रमाइलोमा बित्यो । त्यसबेला उनलाई केही कुराको दायित्वबोध भएन । जब उनी विवाह गरेर कर्मघर पुगिन् तब उनलाई महसुस हुन थाल्यो-दसैंको व्यवस्थापन गर्नु सहज रहेनछ । आफूले दक्षिणामा पैसा पाउने ठाउँमा टीका लगाएर अरूलाई पैसा दिनुपर्ने भयो, आफ्नो खुट्टा अरूले ढोगिदिन्थे भने अब उनले अरूका खुट्टा ढोग्नुपर्ने भयो । उनलाई सारा चीज बदलिएको महसुस हुनथाल्यो । उता उनकी भाउजू रीता भने केही निश्चित जिम्मेवारी थपिए पनि खासै धेरै परविर्तन आएको मान्दिनन् । खासै ठूलो परविर्तन होला जस्तो लागेको छैन । सबै कुराको व्यवस्थापन गर्दै लानुपर्छ- रीता भन्छिन्- घर र माइतीको रीतिरविाजमा त्यति धेरै फरक नभएकाले होला मैले सहज महसुस गरेकी छु  । शारदाले एउटा कुरामा भिन्न महसुस गरेकी छिन्  । अरूका घरमा चाडबाडका बेला बुहारीले सबैलाई ख्वाइसकेर खानुपर्ने कुरा उनले सुनेकी थिइन् तर उनीकहाँ चाडपर्वका अवसरमा सासूले आफ्नै हातले पकाएर सबैलाई ख्वाउनुहुन्छ । शारदाको घरमा ससुरा शुद्ध शाकाहारी भएकाले चोखोनितो चाहिन्छ । घटस्थापनाका दिनदेखि नै पूजापाठ गर्ने, नवदुर्गाभर िचण्डी पाठ गरनिे शारदाको घरमा सप्तमीको राति केरा, उखु तथा विभिन्न फूलसहित फूलपाती भित्र्याइन्छ । स-साना कुरा पनि आपसमा साटासाट गर्न मन पराउने यी नन्द-भाउजू चाडपर्वमा एक-अर्कालाई उपहार प्रदान गर्छन् । यसपटकको दसैंको योजना सुनाउँदै दुवै भन्छन्- यसपटकको दसैंमा परविार भेला भएर रमाइलो गर्ने, तास खेल्ने, मान्यजनको हातबाट आशीर्वाद लिने तथा दसैंको केही दिनअघि परविारसहित दार्जीलिङ घुम्न जाने योजना छ ।

डा. उमा श्रीवास्तव / सरिता गजुरेल -दिदी-बहिनी)

डा. उमा श्रीवास्तव र सीता गजुरेललाई अहिले पनि सानोमा नयाँ पहिरन लगाएर आफन्तको घरमा टीका लगाउन गएको, दक्षिणा पाएको तथा दिदी-बहिनी, दाजुभाइ एवं साथी-संगीहरूसँग मिलेर पिङ खेलेको सम्झना आइरहन्छ । संयुक्त परविारमा जन्मिएका यी दिदी-बहिनीको बाल्यकालको दसैं रमाइलोसँग बितेको थियो ।
परविार धार्मिक प्रवृत्तिको भएकाले उनीहरूको घरमै दसैंको पूजाआजा गर्ने चलन थियो । त्यसले गर्दा वातावरण रमणीय तथा उल्लासमय हुन्थ्यो । बुवा-आमासँगै बसेर बिहान दुर्गा भवानीको आराधना गर्नु, जमरा कस्तो भयो भनेर हेर्नु उनीहरूको दिनचर्याभित्र पथ्र्यो । विवाहपछि पनि दुवै दिदी-बहिनीले आफ्नो घरमा पनि दसैं घर राख्ने गरेका छन् ।
सानोमा बुवा-आमालाई पिङ राख्न कर लगाए पनि अहिले उनीहरू मौका मिले मात्र पिङ खेल्छन् । उनीहरूका अनुसार दसैं पिङ खेल्ने, धार्मिक कार्यमा लाग्ने, मीठो खाने तथा धेरै समयसम्म भेटघाट नभएका आफन्तसँग पुनर्मिलन तथा सम्बन्धमा आएको चिसोपन हटाई रमाइलो गर्ने अवसर हो । यसले गर्दा पनि डा.उमा तथा सरतिालाई दसैं असाध्यै मनपर्छ । बुबाले दसैं पेस्की लिएर नयाँ पहिरन किनेर ल्याइदिनुहुन्थ्यो । डा.उमालाई दसैंमा किनेको नयाँ पहिरन लगाएर स्कुल जान लाज लाग्थ्यो भने सरतिा नयाँ पहिरनमा रमाउँथिन् ।