Untitled Document
HOMETHE KATHMANDU POSTKANTIPURSAPTAHIKNARI
Kathmandu, Sunday, April 13, 2008
Note: Please click CTRl+F5 for latest updated view
(Baisakh 01, 2065)
Untitled Document

PAST ISSUES

नेपाल
झटारो
चरितचर्चा
आँखीझ्याल
संस्मरण
हिड्दा हिड्दै
अभिमत
दृष्टिकोण
विचार
प्रहरी
आवरण 
राजनीति
संविधानसभा
टिप्पणी
अपराध
अर्थ 
खेलकुद
बसिबियालो
जीवन र कला  
साहित्य
पुस्तक
इन्द्रेणी
नोटबुक
 
 
संविधानसभा बैठक तयारी

राजा ज्ञानेन्द्रको राज्यारोहण भएको सात वर्षपुग्न १६ दिन बा“की छ तर त्यसभन्दा पहिले नै संविधानसभाको बैठकले राजतन्त्रको पर्ूण्ा उन्मूलन र गणतन्त्र कार्यान्वयनको प्रक्रिया थालिसक्नेछ  । त्यसका लागि बहुप्रतीक्षित संविधानसभाको पहिलो बैठक जेठ १५ गते बस्दैछ ।

निर्वाचनको अन्तिम परण्िााम घोषणा भएको २१ दिनभित्र बैठक बोलाउनुपर्ने संवैधानिक प्रावधान अनुसार प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाले वैशाख ३० गते नै उक्त बैठकको आह्वान गरेका हुन् । निर्वाचन आयोगले वैशाख २६ गते निर्वाचनको अन्तिम नतिजा सरकारलाई हस्तान्तरण गरेको थियो । नतिजा बुझाएको भोलिपल्टै सात दलको बैठक बसी जेठ १२ देखि १५ गतेभित्र बैठक बोलाउन प्रधानमन्त्रीलाई आग्रह गरएिकोे थियो ।

संविधानसभाको बैठक आह्वानस“गै मुलुक अब गणतन्त्रको कार्यान्वयन हर्ेन उत्सुक देखिएको छ । ०६४ पुस १३ गते व्यवस्थापिका-संसद्ले अन्तरमि संविधानमा तेस्रो संशोधन गर्दै 'गणतन्त्रको कार्यान्वयन संविधानसभाको पहिलो बैठकबाट हुनेछ' भन्ने प्रावधान राखेको थियो  ।

बैठकको तयारी

गणतन्त्र कार्यान्वयन गर्ने पहिलो बैठक सञ्चालन गर्न सजिलो होस् भन्नका लागि जेठ १४ गते नै संविधानसभाका सदस्यहरूको शपथग्रहणको कार्यक्रम राखिएको छ । यद्यपि, शपथग्रहणसम्बन्धी कानुन अहिलेसम्म निर्माण भएको छैन । तर, सभामुख सुवासचन्द्र नेम्वाङ आफूले संसद् सचिवालयबाट र्'वर्कआउट' गरेर त्यसको खाका सरकारलाई दिइसकेको बताउ“छन् । भन्छन्, "मन्त्रिपरष्िाद्ले त्यसबारेमा आवश्यक निर्ण्र्ाारू गर्दै अगाडि बढेकाले अब चा“डै त्यससम्बन्धी कानुन आउनेछ, अध्यादेशका रूपमा ।"

अध्यादेशमा संविधानसभा सदस्यहरूले आफ्नो मातृभाषामै शपथग्रहण गर्नसक्ने व्यवस्था हुनेछ । त्यसबारेमा सात दलसहित संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलका प्रतिनिधि सम्मिलित कार्यदलको बैठकमा जेठ २ गते नै राजनीतिक सहमति भइसकेको छ । सहमति अनुसार, सदस्यहरूले 'देश र जनताका नाममा' पनि शपथ खान पाउने छन् ।

अध्यादेशमा शपथग्रहण मात्रै आउ“छ कि संविधानसभाको बैठक सञ्चालनसम्बन्धी केही कार्यविधि पनि ल्याइन्छ - सभामुख नेम्वाङ भन्छन्, "संविधानसभाको बैठक सञ्चालनका लागि संविधानसभाले नै आफ्नो सम्पर्ूण्ा विधि-प्रक्रियाहरू निर्माण गर्नेछ ।" यसअघि जनआन्दोलनका बलमा पुनःस्थापित प्रतिनिधिसभा र माओवादीको प्रवेशस“गै बनेको व्यवस्थापिका-संसद्ले पनि आफ्नो कार्यविधि आफै“ बनाएको थियो । अन्तरमि संविधानले संविधानसभालाई नै आफ्नो सञ्चालनसम्बन्धी कार्यविधि बनाउने व्यवस्था गरििदएको छ । त्यसैले बैठकअघि विधि-प्रक्रिया भने बन्ने छैन ।

पहिलो बैठकबाट संविधानसभा सञ्चालनसम्बन्धी नियमावली मस्यौदा समिति गठन हुनेछ । त्यस समितिले तयार पारेको मस्यौदा संविधानसभाले पारति गरेपछि नियमावली बन्छ । संविधानसभाले संविधान निर्माण र व्यवस्थापिका दुवैको भूमिका निर्वाह गर्ने भएकाले नियमावली बनाउन केही बढी समय लिनसक्ने नेम्वाङको भनाइ छ ।

संविधानसभा नियमावली मस्यौदा समिति पहिलो बैठकले त निर्माण गर्छ तर सबैभन्दा महत्त्वका साथ हेरएिको पहिलो बैठक सञ्चालन भने केका आधारमा होला - त्यसका लागि संविधानसभाको पहिलो बैठकबाटै अन्तरमि नियमावली बनाएर लागू गरनिेछ । संविधानसभाको पहिलो बैठकको अर्को काम अन्तरमि नियमावली पारति गर्ने हो । गणतन्त्रको कार्यान्वयन कसरी गर्ने भन्ने विषय पनि त्यही नियमावलीस“ग जोडिएको विषय हो । संसद् सचिवालयले यसको मस्यौदा तयार गरेर संविधानसभालाई उपलब्ध गराउने तयारी गररिहेको छ, जो आवश्यक थपघटसहित लागू हुनेछ  ।

स्रँेतका अनुसार, गणतन्त्रको कार्यान्वयन राजाको अधिकार कटौती गर्ने ०६३ जेठ ४ को प्रतिनिधिसभा घोषणाजस्तो रूपमा गर“िदै छैन । गणतन्त्र कार्यान्वयनसम्बन्धी प्रस्ताव सरकारले संविधानसभाको पहिलो बैठकमा प्रस्तुत गर्नेछ । त्यो पारति भएपछि पहिलो बैठकको अध्यक्षता गर्ने सबैभन्दा ज्येष्ठ सदस्यले यसलाई पढेर सदनबाट गणतन्त्र कार्यान्वयन भएको घोषणा गर्नेछन् । अहिलेसम्म संविधानसभा सदस्यमध्ये कार्यवाहक राष्ट्रप्रमुखसमेत रहेका प्रधानमन्त्री गिरजिाप्रसाद कोइराला, ८४, सबैभन्दा ज्येष्ठ हुन् । कोइरालापछिका पाका प्रत्यक्ष्ँतर्फा विजेता नेपाली काङ्ग्रेसकै महामन्त्री कुलबहादुर गुरुङ, ७३, हुन् । २६ जना मनोनीत हुनेमध्ये उनीभन्दा ज्येष्ठ नआएमा पहिलो बैठकको अध्यक्ष्ँता गुरुङले नै गर्नेछन्  ।

अब १२ दल †

संविधानसभाको पहिलो बैठकको तिथि घोषणा हुनुभन्दा अघिल्लो दिन सभामा प्रतिनिधित्व गर्ने २५ वटै दलका प्रतिनिधिबीच छलफल भयो । संविधानसभा अधिवेशनको तयारीका रूपमा हेरएिको यो बैठकबाटै सहमतिको दायरा सात दलबाट फराकिलो भएकोे छ । गणतन्त्रको कार्यान्वयन र नया“ संविधान निर्माणका लागि भएको त्यस छलफलमा माओवादी नेता बाबुराम भट्टर्राईले भने, "महत्त्वपर्ूण्ा एजेन्डामा २५ वटै दलस“ग सहकार्य र सहमति गरेर अघि बढ्ने सोच छ ।"

सहमति कार्यान्वयन गर्न संविधानसभा निर्वाचनमा प्रत्यक्ष्ँतर्फकम्तीमा एक सिट जित्ने वा समानुपातिकतर्फाट पा“चभन्दा बढी सिट हासिल गर्ने दलबीच कार्यदल बनाइने प्रस्ताव पनि शर्ीष्ा नेताहरूबीचको छलफलमा आएको छ । यस्ता दलको सङ्ख्या १२ छ । "सात दलको साटो संविधानमा १२ दल लेख्ने विषयमा कुराकानी भएको होइन तर सहमतिका लागि कार्यदल बनाउने विषयमा मात्र यस्तो सोच आएको हो," छलफलमा सामेल एक नेता दाबी गर्छन् । अन्तरमि संविधानमा चाहि“ सात दलको सहमतिका आधारमा सरकार गठन गर्ने व्यवस्था छ ।

गणतन्त्र कार्यान्वयनलगत्तै राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने/नपर्नेमा पनि सहमति जुटेको छैन । अधिवक्ता भीमार्जुन आचार्य गणतन्त्रको कार्यान्वयन गरे पनि अन्तरमि संविधानको मर्म अनुसार नै प्रधानमन्त्रीले कार्यवाहक राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्नसक्ने बताउ“छन् । भन्छन्, "संविधान संशोधन गरेर राष्ट्रपति त राख्न सकिन्छ तर यसले जटिलता थप्छ ।" कार्यकारी अधिकारसहितको राष्ट्रपति माओवादीको प्रस्ताव छ भने काङ्ग्रेस र एमाले 'सेरेमोनियल' राष्ट्रपतिको पक्ष्ँमा छन् । र, अहिलेजस्तै कार्यवाहक राष्ट्रप्रमुख राख्ने तेस्रो खालको मत छ । संविधान संशोधनको प्रक्रिया अघि बढाउने हो भने यो पूरा हुन प्रस्ताव दर्ता भएपछि नौ दिन लाग्छ ।

सरकारको परविर्तन भने संविधानसभाको बैठकपछि मात्र हुनेमा दलहरू सहमतिमा पुगेको देखिन्छ, जसरी विगतमा आठ दलले सहमति गरेर प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाले व्यवस्थापिका-संसद्समक्ष्ँ राजीनामा गरेलगत्तै उनलाई फेर िप्रधानमन्त्री नियुक्त गरएिको थियो ।

 
गणतन्त्र कार्यान्वयनमा अप्ठ्यारो छैन

- सुवासचन्द्र नेम्वाङ

सभामुख, व्यवस्थापिका-संसद्

अन्तरिम संविधानमा गणतन्त्रको कार्यान्वयन संविधानसभाको पहिलो बैठकले गर्ने भन्ने छ तर त्यसकोे विधि उल्लेख छैन । कसरी हुन्छ कार्यान्वयन -

हामीले मुलुक लोकतान्त्रिक गणतन्त्र भइसकेको घोषणा अन्तरमि संविधानबाटै गरसिकेका छौ“ । यसलाई निर्वाचनमार्फ जनताले अनुमोदन पनि गरसिकेकाले पहिलो बैठकबाट यसको कार्यान्वयन हुन्छ । म यति भन्न सक्छु, पहिलो बैठकबाट लोकतान्त्रिक गणतन्त्रको घोषणा कार्यान्वयन हुन्छ । यसमा कुनै अप्ठ्यारो छैन ।

पहिलो दिनको बैठक कि पहिलो सत्रले -

पहिलो दिनको पहिलो बैठकले नै यो सम्पर्ूण्ा कामलाई टुङ्गो लगाउ“छ ।

त्यसो भए जेठ १५ गते नै गणतन्त्र कार्यान्वयन हुन्छ भनेर विश्वास गर्न सकिन्छ -

विश्वास गर्दा हुन्छ ।

संविधानसभामा मन्त्रिपरिषद्बाट हुने २६ सदस्यको मनोनयन यो सरकारले गर्छ कि गणतन्त्र कार्यान्वयनपछि बन्ने सरकारले -र्

वर्तमान मन्त्रिपरष्िाद्ले नै गर्छ ।

केही दिनअघि प्रधानन्यायाधीशले त यो सरकारले गर्न मिल्दैन भन्नुभएको छ नि -

प्रधानन्यायाधीशलगायत कसले कहा“ कुन प्रसङ्गमा के बोल्नुभयो, त्यसबारेमा म टिप्पणी गर्न चाहन्न“ ।

संविधानसभाको बैठकअघि व्यवस्थापिका-संसद्को बैठक बस्छ कि बस्दैन -

संविधानसभाको पहिलो बैठक बसेपछि व्यवस्थापिका-संसद्को ऐतिहासिक जिम्मेवारी पूरा हुन्छ ।

त्यसो भए संविधानसभा बैठकअघि नै संसद्बाट संविधान संशोधन गरिनर्ुपर्छ भन्ने माग पूरा हुने देखिएन, होइन -

संविधान संशोधन गर्ने-नगर्ने भन्नेबारे दलहरू एउटा निष्कर्षा पुग्नर्ुपर्छ । संविधान संशोधन गर्ने निष्कर्षा दलहरू पुगे भने उनीहरूबीच सहमति कायम भएपछि संविधानसभाको पहिलो बैठक प्रँरम्भ हुन्छ । संविधानसभाले नै संशोधन गर्ने प्रक्रियालाई अगाडि बढाउन सकिहाल्छ ।

अन्तरिम संविधानमा सात दलको मात्र नाम छ तर संविधानसभामा २५ दलका प्रतिनिधि छन् । यो विरोधाभासको हल कसरी हुन्छ -

सात दलबाहेककालाई संविधानले मान्यता नदिएको म मान्दिन“ । अब सहमति भनेको सात दलका बीचमा मात्र होइन, जनादेशप्राप्त सबै राजनीतिक दलहरूबीच हुने हो । सिङ्गो संविधानसभाका २५ वटै दलहरूको बीचमा सहमति कायम गर्न संविधानले रोक्दैन । यसका लागि अहिले गृहकार्य पनि भइरहेको छ ।

अहिलेसम्म सहमतिको राजनीति थियो, अब साधारण बहुमतले सरकार परिवर्तनको व्यवस्था गर्नुपर्ने प्रसङ्ग आएको छ । के अब सहमतिको राजनीतिको आवश्यकता समाप्त भएको हो -

संविधानसभाको निर्वाचन सम्पन्न गर्ने, संविधान निर्माण गर्ने र संविधानलाई कार्यान्वयन गर्ने अवधिसम्म मुलुक सहमतिमै अगाडि बढ्नर्ुपर्छ । जहा“सम्म सरकार गठन गर्दा वा हटाउ“दा चाहिने बहुमतको कुरा छ, त्यसबारेमा दलहरू आपसी छलफलमा छन् । निष्कर्षा पुगिसकेका छैनन् ।

प्रसङ्ग बदलौ“, तपाईंको अनुभवका आधारमा संविधानसभा अध्यक्षको जिम्मेवारी र भूमिका सभामुखभन्दा बढी वा कम के हुन्छ -

पुनःस्थापित प्रतिनिधिसभा र व्यवस्थापिका-संसद्को मूल दायित्व संविधानसभाको निर्वाचन सफलतापर्ूवक सम्पन्न गर्नका लागि थियो  । संविधानसभाको प्रश्नमा सिङ्गो मुलुकलाई एक बनाउनेदेखि लिएर यो सहज ढङ्गले सम्पन्न होस् भनेर निरङ्कुशताका आधार र अवशेषहरूलाई भत्काउ“दै अगाडि बढ्ने र समावेशीका आधारहरू निर्माण गर्नेलगायत कामहरू पूरा गर्‍यो ।

हिजोको संसद्ले संविधानसभाको निर्वाचन गरेर यो विन्दुमा ल्याइपुर्‍यायो  । अब संविधानसभाले सफलतापर्ूवक संविधान निर्माण गरेर सफल संविधानसभाको निर्वाचनलाई र्सार्थकता प्रदान गर्नुपर्छ ।

संविधानसभाको अध्यक्षको जिम्मेवारी पनि तपाईंले नै पाउनुभयो भने केमा केन्द्रित भएर काम गर्नुहुन्छ -

संविधानसभाले सिङ्गो मुलुकलाई एकताबद्ध बनाएर संविधान निर्माणको प्रक्रियामा सम्पर्ूण्ा नेपालीलाई र हुनसके नेपालबाहिर रहेका नेपालीहरूलाई समेत लिएर जान सक्नर्ुपर्छ । त्यसो गर्दा संसारभरकिा नेपालीहरूले यसलाई आफ्नो संविधान मान्नेछन् । बलियो संविधान बन्नेछ । म जुनसुकै अवस्थामा रहेर पनि यो मान्यतामा उभिएर संविधान निर्माणको प्रक्रियामा समाहित हुनेछु ।

 
सम्मेलन केन्द्रमा धमाधम

राष्ट्रिय पञ्चायतदेखि व्यवस्थापिका-संसद्को बैठकसम्म सञ्चालन गरएिको सिंहदरबारस्िथत संसद् भवनमा संविधानसभाका ६ सय १ सदस्यहरू नअट्ने भएपछि देशकै सबैभन्दा ठूलो सभागृह- बानेश्वरस्िथत अन्तर्रर्ााट्रय सम्मेलन केन्द्रलाई संविधानसभा भवन बनाइ“दैछ । यद्यपि, संसद् सचिवालय र समितिका बैठकहरू भने सिंहदरबारमा नै हुनेछन् ।

संविधानसभा बैठक बस्नका लागि उपयुक्त बैठककक्षको निर्धारण गर्न सभामुखको अध्यक्ष्ँतामा वैशाख ९ गते भएको बैठकले सम्मेलन केन्द्रलाई संविधानसभा भवनको रूपमा रोजेको हो । त्यस बैठकले छ सदस्यीय आर्थिक र १२ सदस्यीय प्राविधिक समिति गठन गरी जेठ ७ गतेभित्र काम सक्न निर्देशन दिएको थियो । प्राविधिक समितिमा सो भवनको सुरक्षा व्यवस्था मिलाउने जिम्मेवारी महानगरीय प्रहरी आयुक्तको कार्यालयका एसएसपी अर्जुनजङ्ग शाहीलाई सुम्पिइएको छ ।

वैशाख १७ गते बसेको संसद् सचिवालय, आर्थिक समिति र प्राविधिक तयारी समितिको संयुक्त बैठकले संविधानसभा बैठकको तयारीका लागि समिति गठन गरी जेठ ७ गतेभित्र काम सक्ने जिम्मेवारी तोकेको थियो  । सम्मेलन केन्द्रमा गर्नुपर्ने सुरक्षा व्यवस्थाको तयारी एवम् सोको निमित्त आवश्यक सुरक्षा पोस्ट, आवास निर्माणका लागि इस्िटमेट गर्ने, निर्माण गराउने, सुरक्षा उपकरण एवम् आवश्यक समान खरदिका निम्ति सिफारसिलगायतका काम गर्न समिति गठन गरएिको थियो ।

अहिले सम्मेलन केन्द्रको आन्तरकि सजावट तीव्र गतिमा भइरहेको छ । त्यहा“ वैशाख २६ गतेदेखि निर्माण कार्य सुरु गरएिको हो । प्राविधिक समितिका सदस्यसमेत रहेका सम्मेलन केन्द्रका इलेक्ट्रोनिक्स इञ्जिनियर जीवन अधिकारीका अनुसार, २६ गते भेटेरनिरी एसोसिएसनको कार्यक्रमपछि बाहिरका कार्यक्रमहरू बन्द गरएिका छन् । सम्मेलन केन्द्रको मुख्य हल- सगरमाथा कक्षको संरचना बैठक बस्न अनुकूल बनाउने काम भइरहेको छ यतिबेला । सगरमाथा कक्ष्ँको तल्लो भागमा सभासद्हरू रहनेछन् भने माथि विशिष्ट व्यक्ति, पत्रकार र दर्शकका लागि छुट्याइएको छ ।

तल्लो हलमा यसअघि प्रत्येक टेबलमा चारवटा कर्ुर्सर्ीीहतका ३६ टेबल रहेकामा प्रत्येक टेबलमा एक कर्ुर्सर्ीीपेर जम्मा १ सय ८० सिट पुर्‍याइएको छ । पछाडि टेबलबिनाका ४२ कर्ुर्सर्ीीप्ने कार्य पनि भइरहेको छ । सो कक्षमा जम्मा ६ सय ४ वटा कर्ुर्सर्ीीुनेछन्  । टेबलबिनाका कर्ुर्सर्ीीएका ठाउ“मा बोल्नका लागि प्रत्येक तीनवटा कर्ुर्सर्ीीे बीचमा एउटा माइक राखिने छ । इञ्जिनियर अधिकारीका अनुसार, आफ्नो पालोमा सभासद्हरूले सो माइक स्ट्यान्डबाट झिकेर बोल्नेछन् ।

पत्रकारलाई बाल्कोनीमा बस्ने व्यवस्था भएकाले सभासद्हरूले बोलेको र अरू गतिविधि हर्ेन सीसीटीभीको प्रसारणमा भर पर्नुर्पर्नेछ  । प्रधानमन्त्री, संविधानसभा अध्यक्ष्ँ, कानुनमन्त्री, संविधानसभाका महासचिव, सचिव र कार्यव्यवस्थाका कर्मचारीका लागि पनि सम्मेलन केन्द्रभित्रै कार्यकक्षको व्यवस्था गर्ने तयारी पनि भइरहेको छ । कार्य व्यवस्था परामर्श समिति र र्सवदलीय बैठकका लागि पनि छुट्टै हलको व्यवस्था छ । संविधानसभा बैठकको तयारीका लागि करबि छ करोड रुपिया“ लाग्ने अनुमान संसद् सचिवालयको छ ।


Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2007, Ekantipur