गणतन्त्र कार्यान्वयनमा
अप्ठ्यारो छैन
- सुवासचन्द्र नेम्वाङ
सभामुख, व्यवस्थापिका-संसद्
अन्तरिम संविधानमा गणतन्त्रको कार्यान्वयन संविधानसभाको पहिलो
बैठकले गर्ने भन्ने छ तर त्यसकोे विधि उल्लेख छैन । कसरी हुन्छ
कार्यान्वयन -
हामीले
मुलुक लोकतान्त्रिक गणतन्त्र भइसकेको घोषणा अन्तरमि संविधानबाटै
गरसिकेका छौ“ । यसलाई निर्वाचनमार्फ जनताले अनुमोदन पनि गरसिकेकाले
पहिलो बैठकबाट यसको कार्यान्वयन हुन्छ । म यति भन्न सक्छु, पहिलो
बैठकबाट लोकतान्त्रिक गणतन्त्रको घोषणा कार्यान्वयन हुन्छ ।
यसमा कुनै अप्ठ्यारो छैन ।
पहिलो दिनको बैठक कि पहिलो सत्रले -
पहिलो दिनको पहिलो बैठकले नै यो सम्पर्ूण्ा कामलाई टुङ्गो
लगाउ“छ ।
त्यसो भए जेठ १५ गते नै गणतन्त्र कार्यान्वयन हुन्छ भनेर विश्वास
गर्न सकिन्छ -
विश्वास गर्दा हुन्छ ।
संविधानसभामा मन्त्रिपरिषद्बाट हुने २६ सदस्यको मनोनयन यो
सरकारले गर्छ कि गणतन्त्र कार्यान्वयनपछि बन्ने सरकारले -र्
वर्तमान मन्त्रिपरष्िाद्ले नै गर्छ ।
केही दिनअघि प्रधानन्यायाधीशले त यो सरकारले गर्न मिल्दैन
भन्नुभएको छ नि -
प्रधानन्यायाधीशलगायत कसले कहा“ कुन प्रसङ्गमा के बोल्नुभयो,
त्यसबारेमा म टिप्पणी गर्न चाहन्न“ ।
संविधानसभाको बैठकअघि व्यवस्थापिका-संसद्को बैठक बस्छ कि बस्दैन
-
संविधानसभाको पहिलो बैठक बसेपछि व्यवस्थापिका-संसद्को ऐतिहासिक
जिम्मेवारी पूरा हुन्छ ।
त्यसो भए संविधानसभा बैठकअघि नै संसद्बाट संविधान संशोधन गरिनर्ुपर्छ
भन्ने माग पूरा हुने देखिएन, होइन -
संविधान संशोधन गर्ने-नगर्ने भन्नेबारे दलहरू एउटा निष्कर्षा
पुग्नर्ुपर्छ । संविधान संशोधन गर्ने निष्कर्षा दलहरू पुगे भने
उनीहरूबीच सहमति कायम भएपछि संविधानसभाको पहिलो बैठक प्रँरम्भ
हुन्छ । संविधानसभाले नै संशोधन गर्ने प्रक्रियालाई अगाडि बढाउन
सकिहाल्छ ।
अन्तरिम संविधानमा सात दलको मात्र नाम छ तर संविधानसभामा २५
दलका प्रतिनिधि छन् । यो विरोधाभासको हल कसरी हुन्छ -
सात दलबाहेककालाई संविधानले मान्यता नदिएको म मान्दिन“ । अब
सहमति भनेको सात दलका बीचमा मात्र होइन, जनादेशप्राप्त सबै राजनीतिक
दलहरूबीच हुने हो । सिङ्गो संविधानसभाका २५ वटै दलहरूको बीचमा
सहमति कायम गर्न संविधानले रोक्दैन । यसका लागि अहिले गृहकार्य
पनि भइरहेको छ ।
अहिलेसम्म सहमतिको राजनीति थियो, अब साधारण बहुमतले सरकार
परिवर्तनको व्यवस्था गर्नुपर्ने प्रसङ्ग आएको छ । के अब सहमतिको
राजनीतिको आवश्यकता समाप्त भएको हो -
संविधानसभाको निर्वाचन सम्पन्न गर्ने, संविधान निर्माण गर्ने
र संविधानलाई कार्यान्वयन गर्ने अवधिसम्म मुलुक सहमतिमै अगाडि
बढ्नर्ुपर्छ । जहा“सम्म सरकार गठन गर्दा वा हटाउ“दा चाहिने बहुमतको
कुरा छ, त्यसबारेमा दलहरू आपसी छलफलमा छन् । निष्कर्षा पुगिसकेका
छैनन् ।
प्रसङ्ग बदलौ“, तपाईंको अनुभवका आधारमा संविधानसभा अध्यक्षको
जिम्मेवारी र भूमिका सभामुखभन्दा बढी वा कम के हुन्छ -
पुनःस्थापित प्रतिनिधिसभा र व्यवस्थापिका-संसद्को मूल दायित्व
संविधानसभाको निर्वाचन सफलतापर्ूवक सम्पन्न गर्नका लागि थियो
। संविधानसभाको प्रश्नमा सिङ्गो मुलुकलाई एक बनाउनेदेखि लिएर
यो सहज ढङ्गले सम्पन्न होस् भनेर निरङ्कुशताका आधार र अवशेषहरूलाई
भत्काउ“दै अगाडि बढ्ने र समावेशीका आधारहरू निर्माण गर्नेलगायत
कामहरू पूरा गर्यो ।
हिजोको संसद्ले संविधानसभाको निर्वाचन गरेर यो विन्दुमा ल्याइपुर्यायो
। अब संविधानसभाले सफलतापर्ूवक संविधान निर्माण गरेर सफल संविधानसभाको
निर्वाचनलाई र्सार्थकता प्रदान गर्नुपर्छ ।
संविधानसभाको अध्यक्षको जिम्मेवारी पनि तपाईंले नै पाउनुभयो
भने केमा केन्द्रित भएर काम गर्नुहुन्छ -
संविधानसभाले सिङ्गो मुलुकलाई एकताबद्ध बनाएर संविधान निर्माणको
प्रक्रियामा सम्पर्ूण्ा नेपालीलाई र हुनसके नेपालबाहिर रहेका
नेपालीहरूलाई समेत लिएर जान सक्नर्ुपर्छ । त्यसो गर्दा संसारभरकिा
नेपालीहरूले यसलाई आफ्नो संविधान मान्नेछन् । बलियो संविधान
बन्नेछ । म जुनसुकै अवस्थामा रहेर पनि यो मान्यतामा उभिएर संविधान
निर्माणको प्रक्रियामा समाहित हुनेछु ।