Untitled Document
HOMETHE KATHMANDU POSTKANTIPURSAPTAHIKNARI
Kathmandu, Sunday, April 13, 2008
Note: Please click CTRl+F5 for latest updated view
(Baisakh 01, 2065)
Untitled Document

PAST ISSUES

नेपाल
झटारो
चरितचर्चा
आँखीझ्याल
संस्मरण
हिड्दा हिड्दै
अभिमत
दृष्टिकोण
विचार
प्रहरी
आवरण 
राजनीति
संविधानसभा
टिप्पणी
अपराध
अर्थ 
खेलकुद
बसिबियालो
जीवन र कला  
साहित्य
पुस्तक
इन्द्रेणी
नोटबुक
पाठकको पत्र

माओवादीका चुनौती

जनयुद्धको थालनीदेखि नै भारतको विरोध गर्दै आएको माओवादीले अब सत्तामा भारतप्रति कस्तो दृष्टिकोण राख्ने हो भन्ने जनचासोको विषय बनेको छ -सोनियाको पत्र प्रचण्डलाई, ५ जेठ) । पटना सम्मेलनमा माओवादी नेता सीपी गजुरेलले खुलेरै सन् १९५० लगायतका असमान सन्धि खारेज गरनिुपर्ने कुरा उठाउनाले एकपल्ट फेर िदेशभक्त नेपालीलाई माओवादीप्रति आशावादी बनाएको छ । संसद्वादी दलहरूको अदूरदर्शिताका कारण अस्िथरता, भ्रष्टाचारले देशको आन्तरकि प्रशासन दलदल बनेको छ भने राष्ट्रियताका विषयमा पनि स्पष्ट अडान राख्न नसक्दा मुलुकको र्सार्वभौमसत्तामाथि नै खतरा बढ्दै गएको छ । संविधानसभामा सबैभन्दा ठूलो दल माओवादीले अब सरकारको नेतृत्व गर्दैछ । उसस“ग मधेसवादी दललगायत काङ्ग्रेस, एमालेलाई पनि नया“ संविधान लेख्ने बेलामा राष्ट्रियताका विषयमा साझा सहमति बनाएर अगाडि बढ्नुपर्ने चुनौती छ ।

रामबहादुर खड्का

रामपुर, चितवन

क्षमायाचना

गताङ्कमा प्रकाशित 'चरतिचर्चा'मा नेपाली काङ्ग्रेसका नेता मनमोहन भट्टर्राईप्रति सङ्केत गरेर लेखिएको एउटा शब्दप्रति म दुःखी छु -'गगन संवाद', ५ जेठ) । यद्यपि, त्यो व्यङ्ग्य थियो  । त्यसो भए पनि उहा“लाई होच्याउने गरी लेख्ने हक र हैसियत मस“ग छैन । नेपालको प्रजातान्त्रिक आन्दोलनमा होमिएका थोरै क्षमतावान् मानिसहरूमा मनमोहन भट्टर्राई पर्नुहुन्छ । वर्तमान दर्ुगन्धित राजनीतिक परविेशमा उहा“लाई एउटा हिस्साले अन्याय र उपेक्षा गरे पनि उहा“प्रति सम्मानभाव प्रकट गर्नेको सङ्ख्या ठूलो छ । म स्वयम् ती मानिसमध्ये पर्दछु । असावधानीवस मैले जे लेेखे“, त्यसका लागि मनमोहन भट्टर्राई, उहा“को परविार र शुभचिन्तकस“ग माफी माग्छु  ।

भरत भर्ूर्तेल

काठमाडौ“

महगीको महामारी

यस वर्षनेपाललाई आवश्यकभन्दा बढी खाद्यान्न उत्पादन भएको तथ्याङ्क र्सार्वजनिक भए पनि खाद्यवस्तुको मूल्य भने अकासिदो छ -शान्त सुनामी, वैशाख २९) । यस्तो मह“गीका कारण दिनभर िमजदुरी गरी बिहान-बेलुका छाक टार्नेका लागि त सहरी जीवन दशा नै भएको छ । सरकारले खाद्यान्न निकासी रोक्न कुनै पहल गरेको छैन । यस्ता विकृति रोक्न सम्बन्धित निकायहरू तत्काल सक्रिय हुनर्ुपर्छ । अनि, पेट्रोल, डिजेल तथा मट्टीतेलको भाउ बढ्दा सडकमा उत्रिने जनता दिनदिनै खाद्यान्नमा मूल्यवृद्धि हु“दा किन चुप लागेका छन् - यसैगरी खाद्यबजारमा कालोधन्दा बढ्दै जाने हो भने एकदिन गरबि किसान मह“गीका कारण भोकभोकै मर्न बाध्य हुनेछन् ।

रोजिना थापा

सिन्धुली, हाल ः काठमाडौ“

चौधरीलाई धन्यवाद

नेपाल राष्ट्रका सम्बन्धमा 'हामी नेपाली' स्तम्भमा दर्शाएको दूरदर्शी विचारका लागि मनुज चौधरीलाई धन्यवाद -प्रचण्डलाई खुला पत्र, ५ जेठ) । चौधरीको लेख १५ दिनमा होइन, सात-सात दिनमा आओस् भन्ने अनुरोध पनि गर्दछु ।

राजन कर्माचार्य

सिड्नी, अस्टे्रलिया

धर्ूतहरूको हालीमुहाली

सक्षम मान्छेले पर्ूण्ा अवसर र सहयोग पाएका छैनन् नेपालमा -समाप्त पारिएको एउटा भविष्य, ५ जेठ) । सा“च्चिकै राम्रा मान्छेहरूको कमी छैन तर तिनलाई अदृश्य पारएिको छ । दर्ुभाग्य, यही कारण देशले दुःख खेप्दैछ । धुर्त्याइ“ र बेइमानीले किन प्रोत्साहन पाइरहन्छ - जान्न सकिन्न । तर, मुलुकको जडताको कारण मुख्यतः यही हो । हाम्रो देशमा राम्रा मान्छेहरूले आफ्नो विशिष्टताको उपयोग गर्न पाइरहेका छैनन् र तपोवनतिर ध्यानस्थ छन् । यस्तो किन भइरहेको छ भने उनीहरूको विचार र सही कामले धर्ूतहरूको स्थानलाई सुरक्षित गर्दैन । र, ती धर्ूतहरू यी मान्छेहरूको विचार र कार्यलाई लुकाउने षड्यन्त्रमा लागिरहेका छन् ।

राम्रो कामको अनुसरण र प्रोत्साहन गर्ने संस्कृति हामीले गुमाइसकेका छा“ै । हामी मानसिक रोगी भएको 'प्रेस्िक्रप्सन' यसले दिइरहेको छ । हाम्रो देशमा सबभन्दा संस्कृति गुमेको निकाय राजनीति र प्रशासन हो, यसभन्दा ठूलो दर्ुभाग्य के हुनसक्छ - हामीले कस्तो संस्कृतिको अभ्यास गररिहेका छौ“, आफ्नै भविष्य धराशयी बनाउने । राम्रो कामको अनुसरण गर्नु र त्यस्ता मान्छेलाई प्रोत्साहन गर्नु भनेको त आफ्नो भविष्य पनि सजिलो बनाउनु हो भन्ने हामी किन बुझिरहेका छैना“ै -

विचार र सामर्थ्यलाई मृत्युशून्य पारएिको छ  । त्यस्तै प्रतिनिधि पात्र हुन्, मनमोहन भट्टर्राई । हाम्रो देशमा यस्ता धेरै मान्छे छन्, जसलाई अन्यायपर्ूवक अदृश्य राखिएको छ । यस्ता आवश्यक र कर्मठ मान्छेहरू कर्तव्यशून्य बा“च्न विवश छन् । यता धर्ूतहरूको हालीमुहाली छ । अनि, कसरी बन्छ देश -

हरि पाण्डे

हर्मिचौर, गुल्मी, हाल ः काठमाडौ“

हारेको होइन

शाही कालमा सुरक्षापरष्िाद्को अस्थायी सदस्यमा नेपाल इन्डोनेसियास“ग हारेको होइन -न्युयोर्कमा 'सरकारी' नेपाली, २९ वैशाख) । जनआन्दोलन-२ ले शाही शासनलाई वैशाखमा नै अन्त्य गरेको थियो । सुरक्षापरष्िाद्को चुनाव भने ०६३ कात्तिकमा मात्रै भएको हो । शाही शासनकालको परराष्ट्र नीतिको सफलताले युनेस्को सदस्यमा नेपाल २००२ मा विजयी भएको हो ।

मणि सुब्बा

त्रिभुवन विश्वविद्यालय, कर्ीर्तिपुर

गल्ती दोहोरिएला

एकलौटी वा गठबन्धन जुनसुकै सरकार प्रत्यक्ष व्यवस्थापिकाप्रति जिम्मेवार हुन्छ -माओवादी वर्चस्वको भय, २९ वैशाख) । गठबन्धनको सरकारमा सहकार्य गर्न चाहने राजनीतिक दलहरूले सरकारको न्यूनतम नीति र कार्यक्रम तय गरी त्यसप्रति इमानदार रहन सकेनन् भने गठबन्धन सबैका लागि साधक नभई बाधक बन्छ र मुलुक झन् जटिलतातर्फधकेलिन्छ  । मन्त्रालय मात्र भागबन्डा गरेर अघि बढ्ने हो भने गल्ती दोहोरनि सक्छ । त्यसैले शर्ीष्ा नेतृत्वदेखि साधारण कार्यकर्तासम्म अग्रगामी परविर्तनका लागि जनमुखी अवधारणामा दृढ रहनु समयको माग हो ।

दामोदर पौड्याल

झम्सीखेल-२, ललितपुर

स्पष्टीकरण

नेपालमा प्रकाशित अन्तर्वार्तामा मैले 'तिब्बतमा भएका तिब्बती जनता चीन सरकारको तिब्बत नीतिस“ग खुसी छैनन्' भनेकी हु“ -'प्रिm-तिब्बत हाम्रो नारा होइन', २९ वैशाख) । मेरो त्यो भनाइ अन्यथा बुझिन गएकोमा सच्याउन चाहन्छु ।

डोमा छोमो

सदस्य, नेपाल तिब्बती ऐक्यबद्धता मञ्च

सुध्रने अवसर

जनता विगतमा पटकपटक नेतृत्व गर्ने ठूला दलहरूबाट कति आक्रान्त भएर बसेका रहेछन् भन्ने प्रस्ट भएको छ -असफल अनुमान, १५ वैशाख) । यस परण्िाामलाई एमाले र काङ्ग्रेसले सुध्रने अवसरका रूपमा लिनर्ुपर्छ ।

काठमाडौ“ उपत्यकाका १५ स्थानबाहेकका स्थानमा तालमेल गर्र्छौं भन्ने माधव नेपालहरूजस्ता यथास्िथतिवादीहरूलाई जनताले गतिलो झापड दिएका छन् । माओवादीले पनि विजयलाई केवल उन्मादका रूपमा मात्र लियो र जनताको आदेशको पालना गर्न सकेन भने हाल प्राप्त गरेको स्थान दिगो रहन सक्दैन । तर्सथ, यस चुनौतीपर्ूण्ा घडीलाई सदुपयोग गर्दै माओवादीले देश र जनताको हितमा काम गर्नु जरुरी छ ।

वासुदेव देवकोटा

मुचोक-४, गोरखा, हाल ः काठमाडौ“

 

राजा ज्ञानेन्द्रको विकल्प

निलम्बित राजा ज्ञानेन्द्रबाट सुखद निर्ण्र्ााहुनेमा कमैको अपेक्षा छ -गद्दी छाडे पनि देश नछाड्ने, २२ वैशाख) । तथापि, जनादेशविपरीतका कदम दुस्साहस मात्र हुने निश्चित छ । अहिलेसम्मको भूराजनीतिमा सानोतिनो राजनीतिक कम्पनले वर्तमान अवस्थालाई बिथोल्न सक्दैन  । ठूलै उलटपुलट नभएको खण्डमा राजा ज्ञानेन्द्रका अगाडि स्वेच्छिक पदत्याग गरी जनादेशको सम्मान गर्नु र गणतन्त्रको सहज आगमनको सहयोगी बन्नु नै राम्रो विकल्प हो । संविधानसभा बैठकसम्म मौन रहेर पर्ख र हेरको रणनीति अख्तियार गर्नु, पहिलो बैठकको निर्ण्र्ााो प्रतीक्षा गर्नु र गद्दीच्यूतपछि सभासद्को निर्ण्र्ाामोजिम निर्वासित या नया“ बासस्थानमा र्सर्नुमा नै उनको हित छ । अटेर गर्दै जनादेशको खिल्ली उडाएर भिडन्त निम्त्याउनु स्वयम् राजा र उनको परविारको हितमा हु“दैन । त्यस्तोमा श्रीपशुपतिनाथले पनि उनलाई जोगाउन सक्दैनन् ।

शोभाखर अधिकारी

देवचुली-८, नवलपरासी,

हाल ः चितवन
आफ्नो अमूल्य मतबाट जनताले नागरकिसरह बस्न राजा ज्ञानेन्द्रलाई आग्रह गरेका छन् । उनले जनभावना बुझ्न सकेनन् भने नेपाली जनता कडा कदम चाल्न बाध्य हुनेछन् । त्यसैले राजा ज्ञानेन्द्रले जनादेशलाई नै अन्तिम फैसला ठान्नुको विकल्प छैन ।
ल थीरबहादुर दाहाल
खोटाङ, हाल ः मलेसिया

जनचाहना अनुसार आफूलाई हि“डाउन सके मात्र राजालाई केही राहत मिल्न सक्छ । समयको मागलाई बुझ्न नसके उनलाई घाटा नै हुनेछ ।
ल नारायण ँतुफान’
धादिङ, हाल ः मलेसिया


Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2007, Ekantipur