पहिलोपटक
धरहरा
अग्लो
घरको छतबाट भुइ हर्ेदा मलाई रिगटा लाग्छ । कतिपय मान्छे र जन्तु-जनावर
अग्लो मन पराउछन्, मचाहि भाग्छु । यो पनि एक किसिमको रोगै हो
रे † मेरो यो कमजोरी थाहा पाउनेले यसैलाई आधार बनाएर डरछेरुवा
भन्छन् ।
पछिल्लोपटक धरहरा चढ्न खुला भएदेखि नै त्यसका
सञ्चालकमध्येका एक सुवास थापाले निम्तो दिइरहनुभएको थियो । तर,
पछि चढौला भनेर पन्छिरहेको थिए । यतिसम्म कि घरबाट आएका आफन्तजनको
जबरजस्तीलाई पनि मैले धेरैपटक बहाना बनाएर टारेको थिए ।
तर, किरण मानन्धरले धरहराको टुप्पोमा बसेर
चित्र कोरेको दिन -वैशाख १२) भने चढ्नैपर्यो । निम्तो कार्डका
साथ म त्यहा पुगे । धरहरा चढ्नेको दोहोरीलत्त थियो । करकाप गर्लान्
भनेर अलि टाढै थिए, कलाकार शान्तकुमार र्राईले देखिहाले । भने,
"ल माथि उक्लौ ।" मैले र्टार्न खोजे, धेरै बहाना बनाएर
। तर, त्यहा धेरै जनाले यसरी घेरे कि इन्कार गर्ने मौकै पाइएन
। अझ भाग्छ कि भनेर भित्रसम्मै पुर्याए । डरले एकपटक मज्जाले
कामे पनि । अनि, लडिहाले भने ओरालेर उपचार गर्न लगिहाल्लान्
भन्ने सोचेर मन दह्रो बनाउने प्रयास गरे ।
दसौ खुड्किलामा पुगेपछि मैले आफ्नो समस्या
शान्तकुमारलाई भने । उनले केही मन शान्त पार्ने सूत्र बोले ।
तीसौ खुड्किलामा पुगेपछि 'स्वास्वा बढ्यो, म झर्छर्ुुभने । तर,
मेरो बहाना कतै चलेन । अनेक गनगन गर्दै २ सय १३ खुड्किलोको धरहरा
चढे । र, अरूको आखा छलेर हतार-हतार ओर्लिए ।
छिल्लिने बूढा
धरहराबाट
ओर्लिएपछि मैले सगरमाथा आरोही आप्पालाई सम्झे । कसरी त्यो मान्छेले
१७ पटक सगरमाथा चढ्यो होला - मलाई ताजुब लाग्यो । ओर्लिएर सरासर
नजिकको कर्ुर्सर्ीी बसे । जीउ त कागजकै जस्तो भयो । पिडुला फर्केलाजस्तो
भएको हुनाले घरीघरी खुट्टा तन्काइरहेको थिए । त्यत्तिकैमा कलाकार
उत्तम नेपाली आइपुगे र भने, "एकछिन काम छ है †" त्यत्तिको
कलाकारले काम छ भनेपछि बस्नैपर्यो । एकछिनमा आएर बूढाले भने,
"मलाई पनि धरहरा चढाऊ न †" मैले तत्कालै जवाफ फर्काए,
"भर्खरै ओर्लिएको । " तर, बूढाले मलाई नै लिएर जाने
अड्डी लिए । आयोजकहरूका कुरा पनि सुनेनन् । बरू मतिर देखाएर
भनिदिए, "मेरो आफ् नै यङ् प|mेन्ड छ, तिमीहरूको सहयोग पछि
लिउला ।"
म एकदमै बिलखबन्दमा परे । धरहरा चढ्ने गेटमा
पुगेपछि मुखै फोरेर चढ्न नसक्ने बताए । बूढा रोकिए र सम्झाउन
थाले । केही गर्दा नमानेपछि भने, "हिड्न यार्, यो रमाइलो
यात्रा हुनसक्छ । " तैपनि, मैले मानिन । उनले फेर िभने,
"यो हाम्रँे अन्तिम यात्रा हुन सक्छ ।" उनले त्यसो
भनेपछि जे त होला भनेर बूढाको अघिअघि लागे ।
दमका रोगी उनी १० खुड्किला चढेपछि पाच मिनेट
रोकिन्थे । ओहोरदोहोर गर्नेहरूसग ठट्टा गर्थे । त्यसमा पनि महिलाहरू
आएपछि त बासै बसौलाजस्तो गर्ने । ४४ खुड्किलोमा पुगेपछि तल झर्दै
गरेकी कलाकार अस्िमना रञ्जितसग भेट भयो । त्यही ठाउमा आइपुगे
गुरुकुलका सुनील पोखरेल पनि । बूढाले अस्िमनाको टीकामा बढी समय
खर्चिए । निधारबाट नाकको डाडीसम्म झरेको नागबेली कालो टीकालाई
स्र्पर्श गर्दै उत्तमले अझ तल सङ्केत गर्दै भने, "यो टीका
अझै बढ्दै कहाकहासम्म पुग्ने हो -" यस्ता साङ्केतिक संवाद
धेरै बोले उनले । उनका प्रत्येक संवादमा हासिदिने थियौ हामी
। धरहरा धेरैपटक ओहोरदोहोर गर्नुपर्ने हुनाले होला ।
अस्िमना र सुनीलको समूहसग बिदा भएपछि मञ्जुललगायतका
कवि साहित्यकार भेट्दै ठट्टा गर्दै धरहराको टुप्पोमा पुगियो
। ओर्लिंदा पनि त्यसै गरे बूढाले । मैले सोधे, "तपाईं बुढेसकालमा
पनि कति तन्नेरी गफ गर्नुहुन्छ -" भने, "भाइ, शरीर
बूढो हुदैमा बूढो भन्ने ठान्छौ - मेरो सङ्गत गर्दै जाउm न के-के
थाहा पाउछौ ।" भर्खरै अमेरकिाबाट आएका बूढालाई मैले दोस्रो
प्रश्न गरे, गोराहरूको सङ्गतले पो यस्तो भएको हो कि - उनले भने,
"मेरो सङ्गतले चाहि कति गोरा परविर्तन भए होलान् ।"
ओर्लिएपछि मनमनै सोचे, यो उमेरमा यति छिल्लिन सक्ने दिमाग †
सायद यही कारण आज पनि उनी नौजवानले झै क्यानभास भर्न सक्छन्
।
किरणको कमाल
धरहराको
टुप्पोमा बसेर चित्र कोररिहेका थिए, किरण । दर्ुइपटक टुप्पोमा
पुगेर पनि मैले उनको धरहराभन्दा धेरै लामो चित्र नियाल्न सकिन
। किनभने, कतिखेर तल पुग्ने भन्ने ध्याउन्नमा नै हुन्थे । त्यसैले
उनको कलाको समीक्षा मैले गर्न सक्ने कुरै भएन । टुप्पोमा किरण
चित्र कोररिहेका थिए । ठिटो नं १ ले भन्यो, "किरणले किन
यत्रो चित्र कोरेको होला -" ठिटो नं २ ले उत्तर दियो, "गिनिज
बुकमा रर्ेकर्ड राख्नुहोला ।" फेर िनं १ ले नै भन्यो, "तर,
उनी आफैलाई के चित्र बनाउदैछु भन्ने थाहा छैन होला ।" ठिटो
नं ३ किरण र्समर्थक परेछ । भन्यो, "नचाहिदो कुरा नगर न,
त्यत्रो ठूलो चित्रकार जसलाई देश-विदेशले समेत चिन्छ ।"
सबैको बकबक बन्द गरििदयो उसले ।
त्यसपछि मैले छ वर्षघिको एउटा कार्यशालामा
किरणले चित्र कोररिहेको सम्झे । चित्र कोर्ने काम आधीउधी सकिएपछि
मैले सोधेको थिए, "के बनाउदै हुनुहुन्छ -" उनी अकमकिएका
थिए । मैले फेर िसोधे, "तयार हुदा के बन्ला -" किरण
फेर िजवाफ फर्काउन सकिरहेका थिएनन् । मलाई यो प्रश्न सोध्न कलाकार
तथा समीक्ष्ँक रमेश खनालले उकासेका थिए । केही क्षणमै सम्झनाका
ती दृश्यहरू सकिए । त्यतिबेलासम्म किरणको चित्रको लम्बाइ एक
सय मिटर कटिसकेको थियो । अनुत्तरति एउटा प्रश्न बोकेर फर्किए,
कुनै दिनलाई साचेर । मेरो प्रश्न थियो, उनको त्यो लामो चित्र
एउटै हो कि धेरै - |