Untitled Document
HOMETHE KATHMANDU POSTKANTIPURSAPTAHIKNARI
Kathmandu, Sunday, April 13, 2008
Note: Please click CTRl+F5 for latest updated view
(Baisakh 01, 2065)
Untitled Document

PAST ISSUES

नेपाल
झटारो
चरितचर्चा
आँखीझ्याल
संस्मरण
हिड्दा हिड्दै
अभिमत
दृष्टिकोण
विचार
प्रहरी
आवरण 
राजनीति
संविधानसभा
टिप्पणी
अपराध
अर्थ 
खेलकुद
बसिबियालो
जीवन र कला  
साहित्य
पुस्तक
इन्द्रेणी
नोटबुक
 
 नोटबुक
दिवस गुरागाईं

पहिलोपटक धरहरा

अग्लो घरको छतबाट भुइ हर्ेदा मलाई रिगटा लाग्छ । कतिपय मान्छे र जन्तु-जनावर अग्लो मन पराउछन्, मचाहि भाग्छु । यो पनि एक किसिमको रोगै हो रे † मेरो यो कमजोरी थाहा पाउनेले यसैलाई आधार बनाएर डरछेरुवा भन्छन् ।

पछिल्लोपटक धरहरा चढ्न खुला भएदेखि नै त्यसका सञ्चालकमध्येका एक सुवास थापाले निम्तो दिइरहनुभएको थियो । तर, पछि चढौला भनेर पन्छिरहेको थिए । यतिसम्म कि घरबाट आएका आफन्तजनको जबरजस्तीलाई पनि मैले धेरैपटक बहाना बनाएर टारेको थिए ।

तर, किरण मानन्धरले धरहराको टुप्पोमा बसेर चित्र कोरेको दिन -वैशाख १२) भने चढ्नैपर्‍यो । निम्तो कार्डका साथ म त्यहा पुगे । धरहरा चढ्नेको दोहोरीलत्त थियो । करकाप गर्लान् भनेर अलि टाढै थिए, कलाकार शान्तकुमार र्राईले देखिहाले । भने, "ल माथि उक्लौ ।" मैले र्टार्न खोजे, धेरै बहाना बनाएर  । तर, त्यहा धेरै जनाले यसरी घेरे कि इन्कार गर्ने मौकै पाइएन  । अझ भाग्छ कि भनेर भित्रसम्मै पुर्‍याए । डरले एकपटक मज्जाले कामे पनि । अनि, लडिहाले भने ओरालेर उपचार गर्न लगिहाल्लान् भन्ने सोचेर मन दह्रो बनाउने प्रयास गरे ।

दसौ खुड्किलामा पुगेपछि मैले आफ्नो समस्या शान्तकुमारलाई भने । उनले केही मन शान्त पार्ने सूत्र बोले । तीसौ खुड्किलामा पुगेपछि 'स्वास्वा बढ्यो, म झर्छर्ुुभने । तर, मेरो बहाना कतै चलेन । अनेक गनगन गर्दै २ सय १३ खुड्किलोको धरहरा चढे । र, अरूको आखा छलेर हतार-हतार ओर्लिए ।

छिल्लिने बूढा

धरहराबाट ओर्लिएपछि मैले सगरमाथा आरोही आप्पालाई सम्झे । कसरी त्यो मान्छेले १७ पटक सगरमाथा चढ्यो होला - मलाई ताजुब लाग्यो । ओर्लिएर सरासर नजिकको कर्ुर्सर्ीी बसे । जीउ त कागजकै जस्तो भयो । पिडुला फर्केलाजस्तो भएको हुनाले घरीघरी खुट्टा तन्काइरहेको थिए । त्यत्तिकैमा कलाकार उत्तम नेपाली आइपुगे र भने, "एकछिन काम छ है †" त्यत्तिको कलाकारले काम छ भनेपछि बस्नैपर्‍यो । एकछिनमा आएर बूढाले भने, "मलाई पनि धरहरा चढाऊ न †" मैले तत्कालै जवाफ फर्काए, "भर्खरै ओर्लिएको । " तर, बूढाले मलाई नै लिएर जाने अड्डी लिए । आयोजकहरूका कुरा पनि सुनेनन् । बरू मतिर देखाएर भनिदिए, "मेरो आफ् नै यङ् प|mेन्ड छ, तिमीहरूको सहयोग पछि लिउला ।"

म एकदमै बिलखबन्दमा परे । धरहरा चढ्ने गेटमा पुगेपछि मुखै फोरेर चढ्न नसक्ने बताए । बूढा रोकिए र सम्झाउन थाले । केही गर्दा नमानेपछि भने, "हिड्न यार्, यो रमाइलो यात्रा हुनसक्छ । " तैपनि, मैले मानिन । उनले फेर िभने, "यो हाम्रँे अन्तिम यात्रा हुन सक्छ ।" उनले त्यसो भनेपछि जे त होला भनेर बूढाको अघिअघि लागे ।

दमका रोगी उनी १० खुड्किला चढेपछि पाच मिनेट रोकिन्थे । ओहोरदोहोर गर्नेहरूसग ठट्टा गर्थे । त्यसमा पनि महिलाहरू आएपछि त बासै बसौलाजस्तो गर्ने । ४४ खुड्किलोमा पुगेपछि तल झर्दै गरेकी कलाकार अस्िमना रञ्जितसग भेट भयो । त्यही ठाउमा आइपुगे गुरुकुलका सुनील पोखरेल पनि । बूढाले अस्िमनाको टीकामा बढी समय खर्चिए । निधारबाट नाकको डाडीसम्म झरेको नागबेली कालो टीकालाई स्र्पर्श गर्दै उत्तमले अझ तल सङ्केत गर्दै भने, "यो टीका अझै बढ्दै कहाकहासम्म पुग्ने हो -" यस्ता साङ्केतिक संवाद धेरै बोले उनले । उनका प्रत्येक संवादमा हासिदिने थियौ हामी  । धरहरा धेरैपटक ओहोरदोहोर गर्नुपर्ने हुनाले होला ।

अस्िमना र सुनीलको समूहसग बिदा भएपछि मञ्जुललगायतका कवि साहित्यकार भेट्दै ठट्टा गर्दै धरहराको टुप्पोमा पुगियो  । ओर्लिंदा पनि त्यसै गरे बूढाले । मैले सोधे, "तपाईं बुढेसकालमा पनि कति तन्नेरी गफ गर्नुहुन्छ -" भने, "भाइ, शरीर बूढो हुदैमा बूढो भन्ने ठान्छौ - मेरो सङ्गत गर्दै जाउm न के-के थाहा पाउछौ ।" भर्खरै अमेरकिाबाट आएका बूढालाई मैले दोस्रो प्रश्न गरे, गोराहरूको सङ्गतले पो यस्तो भएको हो कि - उनले भने, "मेरो सङ्गतले चाहि कति गोरा परविर्तन भए होलान् ।" ओर्लिएपछि मनमनै सोचे, यो उमेरमा यति छिल्लिन सक्ने दिमाग † सायद यही कारण आज पनि उनी नौजवानले झै क्यानभास भर्न सक्छन्  ।

किरणको कमाल

धरहराको टुप्पोमा बसेर चित्र कोररिहेका थिए, किरण । दर्ुइपटक टुप्पोमा पुगेर पनि मैले उनको धरहराभन्दा धेरै लामो चित्र नियाल्न सकिन  । किनभने, कतिखेर तल पुग्ने भन्ने ध्याउन्नमा नै हुन्थे । त्यसैले उनको कलाको समीक्षा मैले गर्न सक्ने कुरै भएन । टुप्पोमा किरण चित्र कोररिहेका थिए । ठिटो नं १ ले भन्यो, "किरणले किन यत्रो चित्र कोरेको होला -" ठिटो नं २ ले उत्तर दियो, "गिनिज बुकमा रर्ेकर्ड राख्नुहोला ।" फेर िनं १ ले नै भन्यो, "तर, उनी आफैलाई के चित्र बनाउदैछु भन्ने थाहा छैन होला ।" ठिटो नं ३ किरण र्समर्थक परेछ । भन्यो, "नचाहिदो कुरा नगर न, त्यत्रो ठूलो चित्रकार जसलाई देश-विदेशले समेत चिन्छ ।" सबैको बकबक बन्द गरििदयो उसले ।

त्यसपछि मैले छ वर्षघिको एउटा कार्यशालामा किरणले चित्र कोररिहेको सम्झे । चित्र कोर्ने काम आधीउधी सकिएपछि मैले सोधेको थिए, "के बनाउदै हुनुहुन्छ -" उनी अकमकिएका थिए । मैले फेर िसोधे, "तयार हुदा के बन्ला -" किरण फेर िजवाफ फर्काउन सकिरहेका थिएनन् । मलाई यो प्रश्न सोध्न कलाकार तथा समीक्ष्ँक रमेश खनालले उकासेका थिए । केही क्षणमै सम्झनाका ती दृश्यहरू सकिए । त्यतिबेलासम्म किरणको चित्रको लम्बाइ एक सय मिटर कटिसकेको थियो । अनुत्तरति एउटा प्रश्न बोकेर फर्किए, कुनै दिनलाई साचेर । मेरो प्रश्न थियो, उनको त्यो लामो चित्र एउटै हो कि धेरै -


Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2007, Ekantipur