Untitled Document
HOMETHE KATHMANDU POSTKANTIPURSAPTAHIKNARI
Kathmandu, Sunday, April 13, 2008
Note: Please click CTRl+F5 for latest updated view
(Baisakh 01, 2065)
Untitled Document

PAST ISSUES

नेपाल
झटारो
चरितचर्चा
आँखीझ्याल
संस्मरण
हिड्दा हिड्दै
अभिमत
दृष्टिकोण
विचार
प्रहरी
आवरण 
राजनीति
संविधानसभा
टिप्पणी
अपराध
अर्थ 
खेलकुद
बसिबियालो
जीवन र कला  
साहित्य
पुस्तक
इन्द्रेणी
नोटबुक
 
 
खेलकुद क्रिकेट

विश्वकपको तयारी

विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालको बलियो सम्भावना

फेरि  एकपटक नेपाली र ाष्ट्रिय क्रिकेट टोली विश्वकप क्रिकेटमा आफूलाई छनोट गर ाउने अभियानमा जुटेको छ । वैशाखको तेस्रो साता काठमाडौ“मा पाकिस् तान क्रिकेट एकेडेमीस“गको तीन एकदिवसीय क्रिकेट यसै अभियानको सुरुवात थियो ।

सन् २०११ को विश्वकप क्रिकेट छनोटमा मद्दत पुर्‍याउनका लागि आयोजित अभ्यास खेलहरूको पहिलो शृङ्खलामा नेपाल पाकिस् तानस“ग २-१ ले पर ाजित भयो । यद्यपि, शृङ्खलाको अन्तिम खेलमा पाकिस् तानमाथि नेपालको विजय सानदार  र ह्यो । नेपालको १ सय ३६ र नको न्यूनतम योगफललाई जोगाउ“दै नेपाली बलर हरूले पाकिस् तानलाई १५ र नले हर ाए । "विश्व क्रिकेटमा आफ्नो दबदबा कायम र ाख्दै आएको पाकिस् तानी टोलीलाई नेपाली टोलीले पर ाजित गर्नु चानचुने होइन," नेपाली र ाष्ट्रिय टोलीका अलर ाउन्डर कप्तान विनोद दास भन्छन्, "यो हाम्रा लागि ठूलो जित हो ।" दासको भनाइमा यो नेपाली क्रिकेट इतिहासको नै महत्त्वपर्ूण्ा क्षण हो । यद्यपि, यसले नेपालको पर म्पर ागत कमजोर ब्याटिङ् भने फेरि देखाएको छ । अन्तिम खेलमा पाकिस् तानमाथिको विजयले नेपाली खेलाडीहरूको मनोबल बढाएको उपकप्तान पार स खड्काको अनुभव छ ।र्

जर्मनीको जर्सर्ीी आयोजना हुने २०११ को विश्वकप क्रिकेट छनोट प्रतियोगितामा सहभागी हुनुअघि नेपाली टोलीले यस् तै थप तीन खेल खेल्दैछ । जर्मनी जाने क्रममा नेपाली टोलीले लन्डनमा ससेक्स एकेडेमी टिमस“ग तीन गर ी जम्मा पा“च अभ्यास खेल खेल्दैछ । छनोट प्रतियोगिता 'आईसीसी वर्ल्ड लिग डिभिजन-५' मा नेपालको प्रतिस् पर्धा मोजाम्बिक, अमेरि का, जर्मनी, नर्वे र भानुएटास“ग ह“ुदैछ  । यस प्रतियोगिताका उत्कृष्ट दर्ुइ टोली -टप टू) डिभिजन-४ का लागि छनोट हुनेछन् । अफगानिस् तानलाई आफ्नो मुख्य प्रतिस्  पर्धीका रूपमा लिएको नेपाल प्रतियोगिताको अन्त्यसम्म पुग्न सक्ने सम्भावनालाई नकार्न नसकिने बताउ“छन् नेपाल क्रिकेट सङ्घ -क्यान)का अध्यक्ष विनयर ाज पाण्डे । भन्छन्, "अबको अभिलासा भनेको विश्वकपमा नेपाल पुग्नु नै हो ।"

डिभिजन-५ का उत्कृष्ट दर्ुइले डिभिजन-३ का पा“चौ“देखि आठौ“ क्रमका मुलुकहरू फिजी, हङ्कङ्, इटाली, तान्जानियास“ग प्रतिस् पर्धा गर्नेछन्  । यसर ी नै डिभिजन-५ बाट ४, ३, २ हु“दै डिभिजन १ मा र  हेका एसोसिएट मुलुकहरूस“गको प्रतिस् पर्धापछि मात्रै नेपालले आगामी विश्वकपमा आफूलाई छनोट गर ाउन सक्नेछ । अर्थात्, नेपालले विश्वकपमा सहभागी हुन अझै लामो यात्रा तय गर्नुपर्छ  ।

 

 


Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2007, Ekantipur