|
सिर्द्धार्थको सङ्कल्प
आपै
पर्ूवदर्ुर्व्यवसनी हुन्, सिर्द्धार्थ लामा, २३ । तर, एकल प्रयासमा
दर्ुर्व्यसनविरोधी चेतनामूलक अभियान नै छेडेका छन् उनले । दर्ुर्व्यसनविरोधी
डकुमेन्ट्री द फायर र किताब ड्रग एन्ड ड्रग एडिक्सनका स्रष्टा
बनिसकेका छन् सिर्द्धार्थ । यिनै डकुमेन्ट्री र किताबका साथै
आफ्नो अनुभव बा“ड्दै किशोरकिशोरीमाझ पुगिरहेका छन् । भन्छन्,
"दर्ुर्व्यसनमा फसेको बखतका दिनलाई सम्झेर दर्ुर्व्यसनी
ः एक अनुभव नामक पुस्तक पनि तयार गरसिकेको छु ।"
सिर्द्धार्थको दर्ुर्व्यसनकालमा परविारले ठूलो
हन्डर खेप्नुपर्यो । उनको परविार काला रातहरूलाई बिर्सन चाहन्छ
। आफू र आप\mनो परविारले बेहोरेको बज्रपात अरूलाई नपरोस् भनेर
अभियान थालेको उनी बताउ“छन् । आप\mनो सम्पर्ूण्ा जीवन यही अभियानमा
खर्चिने उनको सङ्कल्प छ । एक वर्षता द केयर फाउन्डेसन नामक संस्था
स्थापना गरी लागूपदार्थविरुद्धको अभियान चलाएका छन् उनले । गत
वर्षउनी थप तीन मित्रका साथ चार सय स्कुल पुगे । भन्छन्, "यो
वर्षछ सय स्कुल पुग्ने लक्ष्य छ ।"
व्यवस्थापनका स्नातक सिर्द्धार्थस“ग हिन्दी
चलचित्र धर्मयोद्धा, नेपाली चलचित्र देउतालगायत आधा दर्जन चलचित्रमा
बालकलाकारका रूपमा अभिनय गरेको अनुभव छ । यो अनुभवलाई उनी आफूद्वारा
निर्माण गरनिे आगामी डकुड्रँमामा प्रयोग गर्दैछन् । द केयर फाउन्डेसनले
यी कुनै काम गर्न विदेशी सहयोग नलिएको र नलिने उनको भनँइ छ ।
आखिर संस्था चल्छ कसरी - भन्छन्, "चेतनामूलक कार्यक्रम
र डकुमेन्ट्री पर््रदर्शन गरेबापत प्राप्त शुल्कले नै संस्था
सञ्चालन गररिहेका छौ“ ।" |