| नेपाली क्यानभासका रङहरू

मुलुकमा उठिरहेको जातीय समस्याको भौगोलिक लेखाजोखा
ने पालमा 'जातीय समस्या' विगत दर्ुइ शताब्दीदेखि
थुप्रि“दै गएको हो । हाम्रँे सर्न्दर्भमा जातीय समस्या भन्नाले
सामाजिक-सांस्कृतिक, आर्थिक-राजनीतिक र जनसाङ्ख्यिक अधिकार उपभोग
गर्ने मामिलामा विभिन्न समूह र सामाजिक वर्गका बीचमा रहेको असमानताबाट
उत्पन्न समस्यालाई बुझ्नुपर्ने हुन्छ । अन्यत्रजस्तै नेपालको
जातीय समस्या मूल रूपमा पहिचान, असमानता र भेदभावको समस्या हो
। यसका जातीय र क्षेत्रीय दुवै आयामहरू छन् । उदाहरणका लागि,
क्षेत्रीहरूको बाहुल्य भएर पनि मध्य र सुदूरपश्चिम नेपालका पहाडी
र हिमाली भेग सामाजिक-आर्थिक विकासका सूचकका दृष्टिले सबैभन्दा
पछाडि छन् ।
नेपाल राज्य सुरुवातदेखि नै हिन्दू धर्म, खस
भाषा र खस-बाहुनको पर्वतिया संस्कृति र मान्यतामा आधारति सामाजिक
र सांस्कृतिक एकरूपता स्थापनाको पक्षपाती रह्यो । नेपालमा जातीय
विभेदको जरो नै यही सोचको ऐतिहासिक निरन्तरता हो । अहिले जातीयताको
सवाल उठ्नुका पछाडि तीनवटा परस्पर सम्बन्धित आधार छन् ।
िपहिलो, राज्यद्वारा योजनाबद्ध ढङ्गले भेदभाव
गरएिका र सीमान्तकृत जाति/जातको वास्तविक ऐतिहासिक गुनासो ।
दिोस्रो, जातीय, भाषिक र सांस्कृतिक पहिचानको
राजनीतिको उदय ।
रि तेस्रो, वर्तमान समयमा नसुहाउने र विडम्बनापर्ूण्ा
ऐतिहासिक परम्परालाई समावेशी, अग्रगामी, धर्मनिरपेक्ष, प्रगतिशील
र प्रजातान्त्रिक राज्यमा रूपान्तरण गर्नका लागि राज्यको पुनःसंरचनाको
आवश्यकता ।
जाति/जात र पहाड/मधेस
नेपालमा खास गरेर उत्तर र पर्ूवबाट बसाइ“ सरेर
आएका मङ्गोल -जनजाति) तथा दक्षिण र पश्चिमबाट आएका ककेसियाली
-जात) समूहका मानिसहरूको बसोवासबाट जनसाङ्ख्यिक विस्तार भएको
हो । त्यसैले नेपाललाई बसाइ“सराइबाट निर्मित देश भनिन्छ । नेपालका
सबैथरी आदिवासी-जनजातिहरू ककेसियाली जात समूहका मानिसहरू आउनुभन्दा
पहिल्यैदेखि नेपालमा बसोवास गर्दैनथे । उदाहरणका लागि माइकल
ओपिजले खुम्बू क्षेत्रका सम्भवतः सबैभन्दा पुराना बासिन्दा शर्ेपाहरू
सन् १५३३ तिर मात्रै त्यहा“ आएको देखाएका छन् ।
कतिपय अन्य जातिले पनि भिन्न ऐतिहासिक कालखण्डमा
नेपाल आएर भिन्न तरकिाले समाज र संस्कृतिलाई संयोजन गरेको देखिन्छ
। त्यस्तै, पहाड र तर्राईका जात समूहका भिन्नताको प्रमुख कारक
उनीहरूको सांस्कृतिक संयोजन र सङ्क्रमणको भिन्न अनुभव हो । दुवैको
उद्गम भारत हो तर समय बित्दै जा“दा पहाडका बाहुन र क्षेत्रीले
बेग्लै भाषाको विकास गरे । र, आफ्नो संस्कृतिलाई जीवनयापनको
अवस्था अनि भौगोलिक-राजनीतिक आवश्यकता अनुसार संयोजन गरेे ।
तर्राईमा चाहि“ यसो गर्नुपर्ने खण्ड नै बनेन
। तर्राई भौगोलिक रूपले पर्ूवदेखि पश्चिमसम्म वारपार फैलिएको
एउटै भौगोलिक एकाइ होइन । बरु, यो तीनवटा पृथक् एकाइले बनेको
छ- झापादेखि पर्सर्ााम फैलिएको पर्ूर्वी तर्राई, नवलपरासी, रूपन्देही
र कपिलवस्तु मिलेर बनेको मध्य तर्राई र बा“केदेखि कञ्चनपुरसम्मको
पश्चिम तर्राई । ऐतिहासिक हिसाबले मधेस र भित्री मधेसबीचको सांस्कृतिक
भिन्नता के हो भने मधेसमा तर्राईका विभिन्न जात र भाषिक समूह
-मैथिली, भोजपुरी र अवधी भाषी), विभिन्न जनजाति -थारू, राजवंशी
आदि), विभिन्न धर्मावलम्बी -हिन्दू र मुसलमान) अनि भारतीय मूलका
आप्रवासी -मारवाडी, बङ्गाली, शिख आदि)को बसोवास छ भने भित्री
मधेसमा मूल रूपमा थारू, बोटे, दनुवार, दर्राई, कुमाल, माझी,
राजी र राउटेजस्ता आदिवासी बसोवास गर्छन् ।
स्पष्टतः प्रदेशका रूपमा मधेसको बोध र प्रादेशिक
पहिचानका रूपमा मधेसीको सोच एउटै कुरा होइनन्् । सांस्कृतिक,
भाषिक अथवा धार्मिक दृष्टिले एक रूप र्सव-मधेसी पहिचान छैनन्
। मधेसीहरूलाई एकताबद्ध बनाउने साझा तत्त्व भनेको ऐतिहासिक कालदेखि
राज्यले उनीहरूप्रति गरेको विभेदपर्ूण्ा र असमावेशी व्यवहार
हो ।
सन् २००१ को जनगणनामा पहिचान गरएिका एक सय
जाति/जातमध्ये छवटा जाति/जातको मात्र जनसङ्ख्या कुल जनसङ्ख्याको
पा“च प्रतिशतभन्दा बढी छ र १८ जाति/जातको जनसङ् ख्या कुल जनसङ्ख्याको
एक प्रतिशतभन्दा बढी छ । यिनमा सङ्ख्यात्मक हिसाबले क्रमशः क्षेत्री,
बाहुन, मगर, थारू, तामाङ, नेवार, मुसलमान, कामी, यादव, र्राई,
गुरुङ, दमाई, लिम्बू, ठकुरी, सार्की, तेली, चमार र कोइरी पर्छन्
। यिनीहरू कुल जनसङ्ख्याको ८१ प्रतिशत छन् । एक लाखभन्दा बढी
जनसङ्ख्या भएका जाति/जात ३१ मात्र छन् । अर्थात् ६९ जाति/जातको
जनसङ्ख्या एक लाखभन्दा कम छ । दलित तथा गैरदलित गरी ५३ जात समूहको
जनसङ्ख्या मुलुकको कुल जनसङ् ख्याको ५८.२ प्रतिशत रहेको छ ।
प्राकृतिक प्रदेशका आधारमा जिल्लाहरूको जनसङ्ख्याको
बनोट हर्ेदा के देखिन्छ भने पहाडी र हिमाली जिल्लाका ९६ प्रतिशतभन्दा
बढी मानिसहरू पहाडी-हिमाली जनसाङ्ख्यिक समूहका छन् । उता तर्राईका
२० जिल्लामा तर्राई जनसाङ्ख्यिक समूहका जाति/जातको सङ्ख्या -मुसलमानसहित)
त्यहा“को कुल जनसङ्ख्याको ६४.३ प्रतिशत मात्र छ । यसले तर्राईमा
पहाडी जाति/जातको विस्तारमा बसाइ“सराइले महत्त्वपर्ूण्ा भूमिका
खेलेको देखाउ“छ । तर्राईमा रहेका पहाडी जनसाङ्ख्यिक समूहका मानिसहरूमध्ये
६४.३ प्रतिशत जात समूहका र ३५.७ प्रतिशत जनजाति समूहका रहेका
छन् । तर्राईका छवटा जिल्लामा पहाडी जनसाङ्ख्यिक समूह बहुमतमा
छन् ।
समग्रमा हर्ेदा पहाडी/हिमाली जिल्लाहरूमा आठवटा
मुख्य जाति/जातको वर्चस्व रहेको छ । तिनमा पर्ूवमा लिम्बू, र्राई
र क्षेत्री, मध्यमा तामाङ र नेवार, पश्चिममा मगर, गुरुङ र बाहुन
अनि मध्यपश्चिम र सुदूरपश्चिममा क्षेत्रीहरू पर्छन् । तर्राईका
जिल्लाहरूमा कुनै पनि जनजाति/जातको वर्चस्व त्यति स्पष्ट छैन
। मध्य र सुदूरपश्चिममा थारूहरूलाई छाडेर मध्य तर्राईका मुसलमान
अनि पर्ूर्वी तर्राईका यादव र बाहुनजस्ता मुख्य जनजाति/जात अन्य
जनजाति/जातका तुलनामा अलिकति मात्र धेरै छन् ।
मुख्य जाति/जातको वितरण, बाहुल्य र
फैलावट
गाविस/नगरपालिका तहमा सन् २००१ को तथ्याङ्कका
आधारमा गरएिको विश्लेषणले के देखाउ“छ भने क्षेत्री, मगर, तामाङ,
थारू र बाहुन गरी पा“च जनजाति/जातको एक-एक सयभन्दा बढी गाविसमा
बाहुल्य छ । क्षेत्री कुल ९ सय २८ गाविसमा सबभन्दा ठूलो समूहका
रूपमा रहेको छ भने बाहुन ४ सय ९१, मगर ३ सय ६२, थारू ३ सय १०,
यादव ३ सय ८, तामाङ ३ सय १, मुसलमान २ सय ७८, र्राई १ सय ८०,
गुरुङ १ सय ३० र लिम्बू १ सय २१ गाविसमा सबैभन्दा ठूलो समूहका
रूपमा रहेका छन् ।
नेपालका कुल गाविस तथा नगरपालिकाहरूको ३२ प्रतिशत
अर्थात् जम्मा १ हजार २ सय ९१ गाविस/नपामा एउटा न एउटा जाति/जात
बहुमतमा रहेको देखिन्छ । थुप्रै अल्पसङ्ख्यक जातजातिहरूको आफ्नै
थातथलो छ । उदाहरणका निम्ति चेपाङहरू चार गाविसमा बहुमतमा छन्
। थामीहरू तीन, छन्त्याल र सुनुवार दर्ुइ-दर्ुइ, लेप्चा र पहरी
एक-एक गाविसमा बहुसङ्ख्यामा रहेका छन् । जम्मा ७२ जनजाति/जात
समूह कुनै पनि गाविसमा बहुमतमा छैनन् भने ३७ जनजाति/जात कुनै
पनि गाविसमा सबैभन्दा ठूलो समूहका रूपमा रहेका छैनन् ।
अर्को चाखलाग्दो तथ्य के छ भने मुख्य जाति/जात
समूहको फैलावट पनि व्यापक छ । क्षेत्री कुल १ हजार ९ सय ३० गाविस/नपामा
त्यहा“को जनसङ्ख्याको १० प्रतिशतभन्दा बढीको अनुपातमा छन् ।
त्यस्तै, बाहुन १ हजार ४ सय ६७, मगर ८ सय ७०, थारू ४ सय ३७,
तामाङ ६ सय ३२, नेवार ३ सय ७०, मुसलमान ४ सय ९७, यादव ५ सय ७३,
र्राई ३ सय ३५, गुरुङ ३ सय २ र लिम्बू १ सय ९१ गाविस/नपामा त्यहा“को
जनसङ्ख्याको १० प्रतिशतभन्दा बढीको अनुपातमा छन् ।
गाविसमा जाति/जातको सबभन्दा बढी जनसङ्ख्या
र एउटै जाति/जात भएका छिमेकी गाविसहरूको सन्निकटताका दर्ुइ आधारमा
जातीय प्रदेश र क्षेत्रहरू छुट्याउन सकिन्छ । यसरी पहाडतिर जम्मा
आठवटा जातीय प्रदेशहरूको पहिचान गर्न सकिन्छ । ती हुन् ः मध्य
र सुदूरपश्चिममा क्षेत्री, पश्चिमोत्तर भेगमा गुरुङ, पश्चिममा
मगर, मध्यमा तामाङ, काठमाडा“ै उपत्यकामा नेवार, पर्ूवमा र्राई,
पूर्वोत्तरमा शर्ेपा र सबैभन्दा पर्ूवमा लिम्बू ।
तर, यी जाति/जातगत प्रदेशहरूमा पनि खास जाति/जातहरूको
बाहुल्य भएका क्षेत्रहरू छन् । मगर प्रदेशको दक्षिण-पश्चिममा
अर्घर्ाा“चीदेखि उत्तर-पर्ूवमा कास्कीसम्म बाहुनको घना आवादी
भएको चौडा क्षेत्र छ । त्यस्तै, तामाङ प्रदेशको पर्ूवाेत्तर
भागका दोलखा र रामेछापमा क्षेत्रीको सघन आवादी छ । दक्षिणी सङ्खुवासभा,
भोजपुर र उत्तरी धनकुटामा पनि क्षेत्रीको उल्लेख्य बसोवास छ
। अनि लिम्बू प्रदेशको दक्षिण ताप्लेजुङदेखि पर्ूर्वी इलामसम्म
र्राईको सापेक्षिक घना आवादी छ ।
तर्राईमा मध्य र पश्चिम तर्राई थारूहरूको सापेक्षिक
बाहुल्य भएको प्रदेशका रूपमा देखिन्छ भने पर्ूर्वी तर्राईको
सप्तरीदेखि रौतहटसम्म यादवको प्रदेशका रूपमा । पर्ूर्वी तर्राईको
झापा र पर्ूर्वी मोरङमा बाहुनको सघन बसोवास छ । त्यस्तै पश्चिमी
मोरङ, सुनसरी र उत्तरी सप्तरीमा थारूको उल्लेख्य बसोवास छ ।
उत्तरी रौतहटदेखि उत्तरी पर्सर्ाा पनि थारूको बाहुल्य छ । चितवनमा
थारू र बाहुन-क्षेत्रीको मिश्रति आवादी बाहुल्यमा छ । पश्चिम
तर्राईमा रूपन्देही-कपिलवस्तु र बा“के गरी दुइटा मुसलमानको सापेक्षिक
बाहुल्य भएका क्षेत्र छन् ।
पहाडका दलितबाहेकका चार जात -क्षेत्री, बाहुन,
ठकुरी र सन्न्यासी)लाई गाविसको सबैभन्दा ठूलो एउटै समूहका रूपमा
लिने हो भने मध्य र सुदूरपश्चिमका साथसाथै यस समूहको बलियो उपस्िथति
झन्डै मध्य पहाड र तर्राईको उत्तरी भेगभर िनै छ । यो समूह कुल
१ हजार ७ सय ६० गाविसमा सबैभन्दा ठूलो समूहका रूपमा रहेको छ
भने १ हजार ४३ गाविसमा यस समूहको बहुमत छ । अर्काे शब्दमा भन्दा
देशका हरेक चारमध्ये एक गाविसमा यस समूहको बहुमत छ । पर्ूर्वी,
मध्य र पश्चिमी पहाड र पश्चिम तथा सुदूरपश्चिम तर्राईका १ हजार
३ सय ४६ गाविसमा आदिवासी-जनजातिको बहुमत छ । अर्थात्, देशका
हरेक तीनमध्ये एक गाविसमा आदिवासी-जनजाति बहुमतमा छन् ।
दलित समूह नेपालको सबैभन्दा शोषित, पीडित र
समाजद्वारा ठगिएको समूह हो । २००१ को जनगणना अनुसार नेपालमा
दलितको जनसङ् ख्या १३ प्रतिशतका हाराहारीमा छ, जुन कुनै पनि
जनजाति समूहभन्दा बढी हो । तर, जनजातिहरूको जस्तै दलितहरूको
आफ्नो भौगोलिक क्षेत्र छैन । जम्मा ३१ वटा जिल्लामा दलितको जनसङ्ख्या
१२ प्रतिशतभन्दा बढी छ । पश्चिमका आठवटा जिल्लाहरू बाग्लुङ,
जाजरकोट, र्सर्ुखेत, दैलेख, कालीकोट, अछाम, बाजुरा र डोटीमा
उनीहरूको जनसङ्ख्या त्यस जिल्लाको कुल जनसङ्ख्याको २३ देखि ३०
प्रतिशतसम्म छ । नेपालका १२ वटा गाविसमा मात्रै उनीहरूको बहुमत
छ । पश्चिम र सुदूरपश्चिम पहाड र पर्ूर्वी तर्राईका २ सय ११
गाविसमा दलितको जनसङ्ख्या त्यस गाविसको जनसङ्ख्याको ३० प्रतिशतभन्दा
बढी छ ।
तर्राईका जात समूहको सबैभन्दा ठूलो आवादी र
घनत्व पर्ूर्वी तर्राईका जिल्लामा छ । सुनसरीदेखि पर्सर्ााम
नौवटा जिल्लाका दक्षिणी सिमानाका लहरै रहेका ६ सय ९९ वटा गाविसमा
तर्राईका जाति/जातको जनसङ्ख्या त्यहा“को कुल जनसङ्ख्याको ७५
प्रतिशतभन्दा बढी छ । अर्थात् त्यहा“का प्रत्येक चार जनामध्ये
तीन जना मानिस तर्राई जाति/जातका छन् । तर्राईका जाति/जातको
यस्तो घनत्वले समानता अनि मधेसको क्षेत्रीय स्वायत्तताको आन्दोलन
मूल रूपमा किन पर्ूर्वी तर्राईमा केन्द्रित भयो भन्ने कुराको
पनि जवाफ दिन्छ ।
बसाइ“सराइ

पहाडबाट तर्राईतिरको बसाइ“सराइले तर्राई क्षेत्रको सामाजिक र
जातिगत जनसाङ्ख्यिक संरचनामा ठूलो परविर्तन ल्याएको छ । पहाडमा
जन्मेर तर्राईमा बसाइ“ सरी, जनगणनामा तर्राईमै गन्ती भएका मानिसहरूको
सङ्ख्या सबैभन्दा बढी पर्ूर्वी तर्राईमा छ । त्यसपछि क्रमशः
सुदूरपश्चिम, पश्चिम, मध्य र मध्यपश्चिम तर्राईमा बढी छ ।
नेपालको तर्राईलाई प|mेडरकि गेजले सन् १९७५
मा जनसङ्ख्याको रत्तिm स्थान भनी वर्ण्र्ाागरेका थिए । गेजको
आशय के थियो भने जनसङ् ख्याको रत्तिmताले गर्दा तर्राई पहाडबाट
बसाइ“ र्सर्नेका लागि मात्रै होइन, सीमापारकिा आप्रवासन गर्नेहरूका
लागि पनि त्यत्तिकै आकर्ष गन्तव्य रहेको छ । २००१ को तथ्याङ्कका
आधारमा त्यस्तै विश्लेषण गर्दा के देखिन्छ भने नेपालको पर्ूर्वी
तर्राईका जिल्लामा भन्दा तिनका छिमेकी भारतीय जिल्लाको जनघनत्व
डेढदेखि दर्ुइ गुणा ज्यादा छ र पश्चिम तर्राईका जिल्लाका तुलनामा
तिनका छिमेकी भारतीय जिल्लाहरूको जनघनत्व दर्ुइदेखि अढाइ गुणा
बढी छ । यसको अर्थ के हो भने जनघनत्वको फरकका कारणले हुनसक्ने
आप्रवासनको खण्ड तर्राईमा अझै विद्यमान छ ।
जातीय विविधता तर्राईका जिल्लामा सबैभन्दा
बढी छ र विविधता पर्ूवबाट पश्चिमतर्फक्रमशः कम ह“ुदै गएको छ
। तर्राईका १४ वटा जिल्ला ज्यादै उच्च विविधता भएका जिल्लामा
पर्छन् । तीमध्ये ११ जिल्ला पर्ूर्वी तर्राईमा रहेका छन् । २००१
को जनगणना अनुसार सबभन्दा बढी जातीय विविधता भएको जिल्ला मोरङ
हो । काठमाडौ“ उपत्यकामा ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रतर्फो
बसाइ“सराइका कारण जातीय विविधता सूचक मान बढ्दो छ ।
भाषिक बाहुल्य र फैलावट
मुलुकका ५१ प्रतिशत गाविसहरूमा नेपालीभाषी
सबैभन्दा ठूलो समूहका रूपमा रहेको छ भने ४६ प्रतिशत गाविसमा
यस समूहको बाहुल्य छ । तर्राईमा मैथिली, भोजपुरी र अवधीभाषीहरूको
आ-आफ्नो क्षेत्रका धेरै गाविसहरूमा बाहुल्य छ । पहाडमा गुरुङ,
लिम्बू, बान्तवा, र्राई र शर्ेपाको अवस्था पनि यस्तै छ । भाषाको
प्रभुत्वको प्रवृत्ति जनजाति/जातको प्रभुत्वको प्रवृत्तिस“ग
मेल खान्छ । यसको महत्त्वपर्ूण्ा अपवाद मगर हो । सातवटा जिल्लामा
सबैभन्दा ठूलो समूहका रूपमा रहे पनि कुनै पनि जिल्लामा मगरभाषीहरूको
प्रभुत्व छैन । यसको कारण के हो भने आधाजसो मगर जातिको मातृभाषा
मगर होइन ।
विगतको आधा शताब्दीमा मातृभाषीहरूको वितरणका
उल्लेखनीय विशेषता के देखिन्छ भने नेपालीभाषीहरूको फैलावट उल्लेखनीय
रूपले सबैतिर बढेको छ । बितेका ५० वर्षा नेपालका विभिन्न भाषा
बोल्नेहरूको वितरण र फैलावटमा निकै परविर्तन आएको छ । सन् २००१
को जनगणना अनुसार दर्ुइमध्ये एक नेपालीभाषी पश्चिम पहाडभन्दा
बाहिर छन् । त्यस्तैगरी पर्ूर्वी पहाडबाट तीन जना र्राई भाषीमध्ये
एक जना र चार लिम्बूभाषीमध्ये एक जना आफ्नो थलोबाट बाहिर छन्
। त्यस्तै चार जनामध्ये एक जना गुरुङ पश्चिम पहाडबाहिर छन् ।
त्यस्तै प्रत्येक तीनमध्ये एक मगर, एक तामाङ, एक थारू र एक शर्ेपा
आफ्नो १९५२/५४ को पुख्र्यौली थलोभन्दा बाहिर छन् ।
पहाडबाट तर्राईतर्फो बसाइ“सराइले नेपालको जातिगत
जनसाङ्ख्यिक अवस्थालाई प्रस्ट रूपमा बदलेको छ । त्यस्तै गरी
बसाइ“ सरेर गएका ठाउ“मा बसाइ“ सरेका जनजातिहरूले आफ्नो मातृभाषाका
सट्टा नेपाली भाषा बोल्ने चलन पनि द्रुत भएको छ । नेपाली भाषालाई
संरक्षण दिने राज्यको नीतिले पनि यस प्रक्रियामा प्रमुख भूमिका
खेलेको छ । अन्य भाषीहरूका तुलनामा विगत पा“च दशकमा मैथिलीभाषीहरूको
पारम्परकि थलोमा भने कुनै परविर्तन आएको छैन ।
तर्राईका जिल्लाहरूबीच भाषिक विविधतामा उल्लेखनीय
भिन्नता छ । मैथिली भाषाको बाहुल्य रहेका सप्तरी, सिराहा, धनुषा
र महोत्तरी अनि भोजपुरी भाषाको बाहुल्य रहेका बारा र पर्सर्ााजल्लामा
भाषिक विविधता सूचक कम छ । तर, सुनसरी, नवलपरासी, रौतहट, बा“के,
र्सलाही, झापा र रूपन्देहीजस्ता जिल्लामा भाषिक विविधता सूचक
६० भन्दा माथि रहेको छ, जुन मध्यमदेखि उच्च हो । यो विविधताको
प्रमुख कारण भिन्न भाषा बोल्ने मानिसहरूको आन्तरकि बसाइ“सराइ
हो ।
निष्कर्षर नीतिगत तार्त्पर्य
नेपाल बसाइ“सराइद्वारा निर्मित राज्य मात्र
होइन, यो यस्तो राज्य हो, जसको जातीय जनसाङ्ख्यिकी बसाइ“सराइले
लगातार बदलिरहेको छ । यस सर्न्दर्भमा यस अध्ययनको विश्लेषणबाट
पा“चवटा प्रत्यक्ष निष्कर्षनिकाल्न सकिन्छ । पहिलो, नेपालमा
मुख्य जनजाति/जातको जहा“ आफ्नो निकटस्थ भौगोलिक थलो छ, त्यहा“
उनीहरूको आवादी निरन्तर छ, अधिक रूपमा एकत्र छन् र उनीहरूको
दह्रो उपस्िथति छ । यो कुरा सबै ठूला र साना आदिवासी-जनजाति
समूह र क्षेत्रीका हकमा लागू हुन्छ ।
दोस्रो निष्कर्षके हो भने भौगोलिक प्रभाव क्षेत्र
निर्धारणका लागि जातीयता महत्त्वपर्ूण्ा आधार भए पनि नेपालका
सबै भागमा यो लागू हु“दैन । तर्राईमा पहिचानको निसानलाई परभिाषित
गर्ने काममा अरू कुराहरूले भन्दा भाषाले महत्त्वपर्ूण्ा भूमिका
खेलेको छ । तर, भाषाले जात समूह विशेष गरी तल्लो जात र माथिल्लो
जातबीचको ठूलो विभेदलाई ओझेलमा पार्ने र एकप्रकारले लुकाउने
काम पनि गर्छ ।
तेस्रो निष्कर्षके हो भने पहाडका मुख्य जात
समूह आदिवासी-जनजाति समूहभन्दा व्यापक रूपमा फैलिएका छन् । यद्यपि,
आदिवासी-जनजाति समूह पनि छिमेकका समथर भूभाग र सहरबजारमा फैलिने
क्रम निरन्तर छ ।
चौथो
निष्कर्षके हो भने पहाडमा धेरै शताब्दी र मधेसमा बितेका छ दशकमा
बसाइ“सराइले जनजाति/जात समूहको क्षेत्रीय जनसाङ्ख्यिक बनोटमा
उल्लेखनीय प्रभाव पारेको छ । पहाडबाट तर्राईमा बसाइ“ र्सने क्रम
बढ्दै जँ“दा समग्र तर्राईको र विशेष गरी पर्ूर्वी र मध्य तर्राईको
जातीय र भाषिक विविधता बढेको छ । भौगोलिक र भूतलीय दृष्टिकोणले
होस्, जातीय बनोटका दृष्टिले होस् वा भाषाका दृष्टिले होस् वा
अन्य सामाजिक-जनसाङ्ख्यिक विशेषताका दृष्टिले होस्, तर्राई अविच्छिन्न
र सिङ्गो भूभाग होइन । तर्राईका जनजाति/जातलाई एकै ठाउ“मा ल्याउने
मुख्य र साझा कुरा नै उनीहरूप्रति राज्यले गरेको विभेद र पराइ
व्यवहार हो, जसले उनीहरूका राजनीतिक, सांस्कृतिक र भाषिक पहिचान
र आकाङ्क्षाहरूलाई आत्मसात् गर्न सध“ै इन्कार गरेको छ ।
पा“चौ“ निष्कर्षके हो भने पहाडमा भएको शताब्दीया“ैदेखिको
र तर्राईमा तुलनात्मक हिसाबले विगत दशकहरूदेखि बढेको बसाइ“सराइले
गर्दा मुख्य जनजाति/जातको भौगोलिक थलामा धेरै साना अल्पसङ्ख्यक
समूहको बसोवास छ । यसले गर्दा, साधारणतया बाहुल्यमा भएका जनजाति/जातको
थलोमा पनि प्रशस्त जातीय विविधता छ । जनजातिमध्ये पनि एउटै ठाउ“मा
प्रभुत्वशाली/बहुसङ्ख्यक जनजाति र अल्पसङ्ख्यक जनजाति छन् ।
माथिको निष्कर्षे के देखाउ“छ भने नेपालको जनजाति/जातको
समस्या आधारभूत रूपमा तीनवटा कुरास“ग सम्बन्धित छ । अर्थात्,
पहिचानको सवाललाई कसरी सम्बोधन गर्ने - सबै समूहले आफ्नो अधिकार
उपभोग गर्न पाउने कुराको ग्यारेन्टी कसरी गर्ने - र, राष्ट्रिय
मामिलाका हरेक तह र सबै पक्षमा बिनाअवरोध सबै समान रूपले सहभागी
हुन पाउने अवसर कसरी प्रदान गर्ने -
यसले नया“ नेपालको परकिल्पनाको माग गर्छ, यस्तो
नेपाल जसको आधार न त अत्यन्तै केन्द्रीकृत एकात्मक राज्यलाई
निरन्तरता दिन बुनिएका ऐतिहासिक मिथक हुनेछन्, न जातीय वा अरू
कुनै पनि खालका सामन्ती रजौटाको पुनःउत्थान गर्ने हुनेछन् ।
नया“ नेपालको परकिल्पना समसामयिक नेपालको यथार्थको आकलनमा आधारति
हुनर्ुपर्छ, जसले सांस्कृतिक विविधतालाई मान्यता दिन र समायोजन
गराउन सक्छ, जसले सबैका लागि समान अवसर उपलब्ध गराउनुका साथै
जीविकोपार्जनको अवस्था र जीवनस्तरमा सुधार निश्चित गर्न सक्छ
।
कसै-कसैले वकालत गरेजस्तो के जातीयताको एक
मात्र आधारमा नेपालमा सङ्घीय शासन प्रणाली निक्षेपण गर्न सकिन्छ
- यस अध्ययनको विश्लेषणले मुख्य जातीय समूहको बाहुल्य भएका ठूला
भौगोलिक क्षेत्र निर्धारण गर्न सकिन्छ भन्ने देखाएको छ । तर,
यसरी जातीयताका आधारमा बनाइएका अधिकांश सङ्घीय एकाइमा सबैभन्दा
ठूलो जातीय समूह त्यस एकाइमा अल्पसङ्ख्यक नै हुन्छ । नेपालमा
जनजाति/जात समूहको फैलावट र विस्तार नै यस्तो छ कि जसरी बनाए
पनि अधिकांश सङ्घीय एकाइ बहुजातीय, बहुभाषिकबाहेक अरू हुनै सक्दैनन्
।
यस मूलभूत अर्थमा, जातीय पहिचान नेपालको जातीयताको
समस्याको एउटा पाटो मात्र हो । अर्काे उत्तिकै महत्त्वपर्ूण्ा
पाटो विकासको विधि, प्रक्रिया र गति हो । त्यसैले सङ्घीयतालाई
नेपालका विविध समस्यालाई सम्बोधन गर्नका लागि विकासको एजेन्डा
तय गर्नेे अभ्यासका रूपमा लिनर्ुपर्छ । माथि भनिएजस्तै यस्ता
विषयहरूमा जातीय पहिचानस“ग सम्बन्धित विषय, समावेशी विकास र
सबै जनजाति/जात, भाषिक समूह र आर्थिक वर्गको जीवनस्तर सुधारस“ग
सम्बन्धित विषय, राजनीतिक/प्रशासनिक एकाइको आर्थिक व्यय धान्न
सक्ने क्षमता, स्रोत-साधनको सम्भाव्यतास“ग सम्बन्धित विषय, अन्तरप्रादेशिक
लेनदेन अनि तर्राई र पहाडबीचको परस्पर लाभको लेनदेनस“ग सम्बन्धित
विषय र राज्य-राष्ट्र आफ्नो हो भन्ने साझा भावना सुदृढ गर्ने
सवालस“ग सम्बन्धित विषय पर्छन् । यी सबै विषयलाई समेटेर सम्बोधन
गरएिपछि अन्ततः विगतको धमिलो छायाबाट राजनीतिक, सामाजिक र आर्थिक
रूपले एकीकृत, प्रगतिशील र समुन्नत नयँ“ नेपालको उदय हुनेछ ।
|