Untitled Document
HOMETHE KATHMANDU POSTKANTIPURSAPTAHIKNARI
Kathmandu, Sunday, April 13, 2008
Note: Please click CTRl+F5 for latest updated view
(Baisakh 01, 2065)
Untitled Document

PAST ISSUES

नेपाल
झटारो
चरितचर्चा
आँखीझ्याल
संस्मरण
हिड्दा हिड्दै
अभिमत
दृष्टिकोण
विचार
प्रहरी
आवरण 
राजनीति
संविधानसभा
टिप्पणी
अपराध
अर्थ 
खेलकुद
बसिबियालो
जीवन र कला  
साहित्य
पुस्तक
इन्द्रेणी
नोटबुक
 
  दृष्टिकोण


पीताम्बर शर्मा

नेपाली क्यानभासका रङहरू


मुलुकमा उठिरहेको जातीय समस्याको भौगोलिक लेखाजोखा

ने पालमा 'जातीय समस्या' विगत दर्ुइ शताब्दीदेखि थुप्रि“दै गएको हो । हाम्रँे सर्न्दर्भमा जातीय समस्या भन्नाले सामाजिक-सांस्कृतिक, आर्थिक-राजनीतिक र जनसाङ्ख्यिक अधिकार उपभोग गर्ने मामिलामा विभिन्न समूह र सामाजिक वर्गका बीचमा रहेको असमानताबाट उत्पन्न समस्यालाई बुझ्नुपर्ने हुन्छ । अन्यत्रजस्तै नेपालको जातीय समस्या मूल रूपमा पहिचान, असमानता र भेदभावको समस्या हो  । यसका जातीय र क्षेत्रीय दुवै आयामहरू छन् । उदाहरणका लागि, क्षेत्रीहरूको बाहुल्य भएर पनि मध्य र सुदूरपश्चिम नेपालका पहाडी र हिमाली भेग सामाजिक-आर्थिक विकासका सूचकका दृष्टिले सबैभन्दा पछाडि छन् ।

नेपाल राज्य सुरुवातदेखि नै हिन्दू धर्म, खस भाषा र खस-बाहुनको पर्वतिया संस्कृति र मान्यतामा आधारति सामाजिक र सांस्कृतिक एकरूपता स्थापनाको पक्षपाती रह्यो । नेपालमा जातीय विभेदको जरो नै यही सोचको ऐतिहासिक निरन्तरता हो । अहिले जातीयताको सवाल उठ्नुका पछाडि तीनवटा परस्पर सम्बन्धित आधार छन् ।

िपहिलो, राज्यद्वारा योजनाबद्ध ढङ्गले भेदभाव गरएिका र सीमान्तकृत जाति/जातको वास्तविक ऐतिहासिक गुनासो ।

दिोस्रो, जातीय, भाषिक र सांस्कृतिक पहिचानको राजनीतिको उदय ।

रि तेस्रो, वर्तमान समयमा नसुहाउने र विडम्बनापर्ूण्ा ऐतिहासिक परम्परालाई समावेशी, अग्रगामी, धर्मनिरपेक्ष, प्रगतिशील र प्रजातान्त्रिक राज्यमा रूपान्तरण गर्नका लागि राज्यको पुनःसंरचनाको आवश्यकता ।

जाति/जात र पहाड/मधेस

नेपालमा खास गरेर उत्तर र पर्ूवबाट बसाइ“ सरेर आएका मङ्गोल -जनजाति) तथा दक्षिण र पश्चिमबाट आएका ककेसियाली -जात) समूहका मानिसहरूको बसोवासबाट जनसाङ्ख्यिक विस्तार भएको हो । त्यसैले नेपाललाई बसाइ“सराइबाट निर्मित देश भनिन्छ । नेपालका सबैथरी आदिवासी-जनजातिहरू ककेसियाली जात समूहका मानिसहरू आउनुभन्दा पहिल्यैदेखि नेपालमा बसोवास गर्दैनथे । उदाहरणका लागि माइकल ओपिजले खुम्बू क्षेत्रका सम्भवतः सबैभन्दा पुराना बासिन्दा शर्ेपाहरू सन् १५३३ तिर मात्रै त्यहा“ आएको देखाएका छन् ।

कतिपय अन्य जातिले पनि भिन्न ऐतिहासिक कालखण्डमा नेपाल आएर भिन्न तरकिाले समाज र संस्कृतिलाई संयोजन गरेको देखिन्छ  । त्यस्तै, पहाड र तर्राईका जात समूहका भिन्नताको प्रमुख कारक उनीहरूको सांस्कृतिक संयोजन र सङ्क्रमणको भिन्न अनुभव हो । दुवैको उद्गम भारत हो तर समय बित्दै जा“दा पहाडका बाहुन र क्षेत्रीले बेग्लै भाषाको विकास गरे । र, आफ्नो संस्कृतिलाई जीवनयापनको अवस्था अनि भौगोलिक-राजनीतिक आवश्यकता अनुसार संयोजन गरेे ।

तर्राईमा चाहि“ यसो गर्नुपर्ने खण्ड नै बनेन  । तर्राई भौगोलिक रूपले पर्ूवदेखि पश्चिमसम्म वारपार फैलिएको एउटै भौगोलिक एकाइ होइन । बरु, यो तीनवटा पृथक् एकाइले बनेको छ- झापादेखि पर्सर्ााम फैलिएको पर्ूर्वी तर्राई, नवलपरासी, रूपन्देही र कपिलवस्तु मिलेर बनेको मध्य तर्राई र बा“केदेखि कञ्चनपुरसम्मको पश्चिम तर्राई । ऐतिहासिक हिसाबले मधेस र भित्री मधेसबीचको सांस्कृतिक भिन्नता के हो भने मधेसमा तर्राईका विभिन्न जात र भाषिक समूह -मैथिली, भोजपुरी र अवधी भाषी), विभिन्न जनजाति -थारू, राजवंशी आदि), विभिन्न धर्मावलम्बी -हिन्दू र मुसलमान) अनि भारतीय मूलका आप्रवासी -मारवाडी, बङ्गाली, शिख आदि)को बसोवास छ भने भित्री मधेसमा मूल रूपमा थारू, बोटे, दनुवार, दर्राई, कुमाल, माझी, राजी र राउटेजस्ता आदिवासी बसोवास गर्छन् ।

स्पष्टतः प्रदेशका रूपमा मधेसको बोध र प्रादेशिक पहिचानका रूपमा मधेसीको सोच एउटै कुरा होइनन्् । सांस्कृतिक, भाषिक अथवा धार्मिक दृष्टिले एक रूप र्सव-मधेसी पहिचान छैनन्  । मधेसीहरूलाई एकताबद्ध बनाउने साझा तत्त्व भनेको ऐतिहासिक कालदेखि राज्यले उनीहरूप्रति गरेको विभेदपर्ूण्ा र असमावेशी व्यवहार हो ।

सन् २००१ को जनगणनामा पहिचान गरएिका एक सय जाति/जातमध्ये छवटा जाति/जातको मात्र जनसङ्ख्या कुल जनसङ्ख्याको पा“च प्रतिशतभन्दा बढी छ र १८ जाति/जातको जनसङ् ख्या कुल जनसङ्ख्याको एक प्रतिशतभन्दा बढी छ । यिनमा सङ्ख्यात्मक हिसाबले क्रमशः क्षेत्री, बाहुन, मगर, थारू, तामाङ, नेवार, मुसलमान, कामी, यादव, र्राई, गुरुङ, दमाई, लिम्बू, ठकुरी, सार्की, तेली, चमार र कोइरी पर्छन्  । यिनीहरू कुल जनसङ्ख्याको ८१ प्रतिशत छन् । एक लाखभन्दा बढी जनसङ्ख्या भएका जाति/जात ३१ मात्र छन् । अर्थात् ६९ जाति/जातको जनसङ्ख्या एक लाखभन्दा कम छ । दलित तथा गैरदलित गरी ५३ जात समूहको जनसङ्ख्या मुलुकको कुल जनसङ् ख्याको ५८.२ प्रतिशत रहेको छ ।

प्राकृतिक प्रदेशका आधारमा जिल्लाहरूको जनसङ्ख्याको बनोट हर्ेदा के देखिन्छ भने पहाडी र हिमाली जिल्लाका ९६ प्रतिशतभन्दा बढी मानिसहरू पहाडी-हिमाली जनसाङ्ख्यिक समूहका छन् । उता तर्राईका २० जिल्लामा तर्राई जनसाङ्ख्यिक समूहका जाति/जातको सङ्ख्या -मुसलमानसहित) त्यहा“को कुल जनसङ्ख्याको ६४.३ प्रतिशत मात्र छ । यसले तर्राईमा पहाडी जाति/जातको विस्तारमा बसाइ“सराइले महत्त्वपर्ूण्ा भूमिका खेलेको देखाउ“छ । तर्राईमा रहेका पहाडी जनसाङ्ख्यिक समूहका मानिसहरूमध्ये ६४.३ प्रतिशत जात समूहका र ३५.७ प्रतिशत जनजाति समूहका रहेका छन् । तर्राईका छवटा जिल्लामा पहाडी जनसाङ्ख्यिक समूह बहुमतमा छन् ।

समग्रमा हर्ेदा पहाडी/हिमाली जिल्लाहरूमा आठवटा मुख्य जाति/जातको वर्चस्व रहेको छ । तिनमा पर्ूवमा लिम्बू, र्राई र क्षेत्री, मध्यमा तामाङ र नेवार, पश्चिममा मगर, गुरुङ र बाहुन अनि मध्यपश्चिम र सुदूरपश्चिममा क्षेत्रीहरू पर्छन् । तर्राईका जिल्लाहरूमा कुनै पनि जनजाति/जातको वर्चस्व त्यति स्पष्ट छैन  । मध्य र सुदूरपश्चिममा थारूहरूलाई छाडेर मध्य तर्राईका मुसलमान अनि पर्ूर्वी तर्राईका यादव र बाहुनजस्ता मुख्य जनजाति/जात अन्य जनजाति/जातका तुलनामा अलिकति मात्र धेरै छन् ।

मुख्य जाति/जातको वितरण, बाहुल्य र फैलावट

गाविस/नगरपालिका तहमा सन् २००१ को तथ्याङ्कका आधारमा गरएिको विश्लेषणले के देखाउ“छ भने क्षेत्री, मगर, तामाङ, थारू र बाहुन गरी पा“च जनजाति/जातको एक-एक सयभन्दा बढी गाविसमा बाहुल्य छ । क्षेत्री कुल ९ सय २८ गाविसमा सबभन्दा ठूलो समूहका रूपमा रहेको छ भने बाहुन ४ सय ९१, मगर ३ सय ६२, थारू ३ सय १०, यादव ३ सय ८, तामाङ ३ सय १, मुसलमान २ सय ७८, र्राई १ सय ८०, गुरुङ १ सय ३० र लिम्बू १ सय २१ गाविसमा सबैभन्दा ठूलो समूहका रूपमा रहेका छन् ।

नेपालका कुल गाविस तथा नगरपालिकाहरूको ३२ प्रतिशत अर्थात् जम्मा १ हजार २ सय ९१ गाविस/नपामा एउटा न एउटा जाति/जात बहुमतमा रहेको देखिन्छ । थुप्रै अल्पसङ्ख्यक जातजातिहरूको आफ्नै थातथलो छ । उदाहरणका निम्ति चेपाङहरू चार गाविसमा बहुमतमा छन्  । थामीहरू तीन, छन्त्याल र सुनुवार दर्ुइ-दर्ुइ, लेप्चा र पहरी एक-एक गाविसमा बहुसङ्ख्यामा रहेका छन् । जम्मा ७२ जनजाति/जात समूह कुनै पनि गाविसमा बहुमतमा छैनन् भने ३७ जनजाति/जात कुनै पनि गाविसमा सबैभन्दा ठूलो समूहका रूपमा रहेका छैनन् ।

अर्को चाखलाग्दो तथ्य के छ भने मुख्य जाति/जात समूहको फैलावट पनि व्यापक छ । क्षेत्री कुल १ हजार ९ सय ३० गाविस/नपामा त्यहा“को जनसङ्ख्याको १० प्रतिशतभन्दा बढीको अनुपातमा छन् । त्यस्तै, बाहुन १ हजार ४ सय ६७, मगर ८ सय ७०, थारू ४ सय ३७, तामाङ ६ सय ३२, नेवार ३ सय ७०, मुसलमान ४ सय ९७, यादव ५ सय ७३, र्राई ३ सय ३५, गुरुङ ३ सय २ र लिम्बू १ सय ९१ गाविस/नपामा त्यहा“को जनसङ्ख्याको १० प्रतिशतभन्दा बढीको अनुपातमा छन् ।

गाविसमा जाति/जातको सबभन्दा बढी जनसङ्ख्या र एउटै जाति/जात भएका छिमेकी गाविसहरूको सन्निकटताका दर्ुइ आधारमा जातीय प्रदेश र क्षेत्रहरू छुट्याउन सकिन्छ । यसरी पहाडतिर जम्मा आठवटा जातीय प्रदेशहरूको पहिचान गर्न सकिन्छ । ती हुन् ः मध्य र सुदूरपश्चिममा क्षेत्री, पश्चिमोत्तर भेगमा गुरुङ, पश्चिममा मगर, मध्यमा तामाङ, काठमाडा“ै उपत्यकामा नेवार, पर्ूवमा र्राई, पूर्वोत्तरमा शर्ेपा र सबैभन्दा पर्ूवमा लिम्बू ।

तर, यी जाति/जातगत प्रदेशहरूमा पनि खास जाति/जातहरूको बाहुल्य भएका क्षेत्रहरू छन् । मगर प्रदेशको दक्षिण-पश्चिममा अर्घर्ाा“चीदेखि उत्तर-पर्ूवमा कास्कीसम्म बाहुनको घना आवादी भएको चौडा क्षेत्र छ । त्यस्तै, तामाङ प्रदेशको पर्ूवाेत्तर भागका दोलखा र रामेछापमा क्षेत्रीको सघन आवादी छ । दक्षिणी सङ्खुवासभा, भोजपुर र उत्तरी धनकुटामा पनि क्षेत्रीको उल्लेख्य बसोवास छ  । अनि लिम्बू प्रदेशको दक्षिण ताप्लेजुङदेखि पर्ूर्वी इलामसम्म र्राईको सापेक्षिक घना आवादी छ ।

तर्राईमा मध्य र पश्चिम तर्राई थारूहरूको सापेक्षिक बाहुल्य भएको प्रदेशका रूपमा देखिन्छ भने पर्ूर्वी तर्राईको सप्तरीदेखि रौतहटसम्म यादवको प्रदेशका रूपमा । पर्ूर्वी तर्राईको झापा र पर्ूर्वी मोरङमा बाहुनको सघन बसोवास छ । त्यस्तै पश्चिमी मोरङ, सुनसरी र उत्तरी सप्तरीमा थारूको उल्लेख्य बसोवास छ । उत्तरी रौतहटदेखि उत्तरी पर्सर्ाा पनि थारूको बाहुल्य छ । चितवनमा थारू र बाहुन-क्षेत्रीको मिश्रति आवादी बाहुल्यमा छ । पश्चिम तर्राईमा रूपन्देही-कपिलवस्तु र बा“के गरी दुइटा मुसलमानको सापेक्षिक बाहुल्य भएका क्षेत्र छन् ।

पहाडका दलितबाहेकका चार जात -क्षेत्री, बाहुन, ठकुरी र सन्न्यासी)लाई गाविसको सबैभन्दा ठूलो एउटै समूहका रूपमा लिने हो भने मध्य र सुदूरपश्चिमका साथसाथै यस समूहको बलियो उपस्िथति झन्डै मध्य पहाड र तर्राईको उत्तरी भेगभर िनै छ । यो समूह कुल १ हजार ७ सय ६० गाविसमा सबैभन्दा ठूलो समूहका रूपमा रहेको छ भने १ हजार ४३ गाविसमा यस समूहको बहुमत छ । अर्काे शब्दमा भन्दा देशका हरेक चारमध्ये एक गाविसमा यस समूहको बहुमत छ । पर्ूर्वी, मध्य र पश्चिमी पहाड र पश्चिम तथा सुदूरपश्चिम तर्राईका १ हजार ३ सय ४६ गाविसमा आदिवासी-जनजातिको बहुमत छ । अर्थात्, देशका हरेक तीनमध्ये एक गाविसमा आदिवासी-जनजाति बहुमतमा छन् ।

दलित समूह नेपालको सबैभन्दा शोषित, पीडित र समाजद्वारा ठगिएको समूह हो । २००१ को जनगणना अनुसार नेपालमा दलितको जनसङ् ख्या १३ प्रतिशतका हाराहारीमा छ, जुन कुनै पनि जनजाति समूहभन्दा बढी हो । तर, जनजातिहरूको जस्तै दलितहरूको आफ्नो भौगोलिक क्षेत्र छैन । जम्मा ३१ वटा जिल्लामा दलितको जनसङ्ख्या १२ प्रतिशतभन्दा बढी छ । पश्चिमका आठवटा जिल्लाहरू बाग्लुङ, जाजरकोट, र्सर्ुखेत, दैलेख, कालीकोट, अछाम, बाजुरा र डोटीमा उनीहरूको जनसङ्ख्या त्यस जिल्लाको कुल जनसङ्ख्याको २३ देखि ३० प्रतिशतसम्म छ । नेपालका १२ वटा गाविसमा मात्रै उनीहरूको बहुमत छ । पश्चिम र सुदूरपश्चिम पहाड र पर्ूर्वी तर्राईका २ सय ११ गाविसमा दलितको जनसङ्ख्या त्यस गाविसको जनसङ्ख्याको ३० प्रतिशतभन्दा बढी छ ।

तर्राईका जात समूहको सबैभन्दा ठूलो आवादी र घनत्व पर्ूर्वी तर्राईका जिल्लामा छ । सुनसरीदेखि पर्सर्ााम नौवटा जिल्लाका दक्षिणी सिमानाका लहरै रहेका ६ सय ९९ वटा गाविसमा तर्राईका जाति/जातको जनसङ्ख्या त्यहा“को कुल जनसङ्ख्याको ७५ प्रतिशतभन्दा बढी छ । अर्थात् त्यहा“का प्रत्येक चार जनामध्ये तीन जना मानिस तर्राई जाति/जातका छन् । तर्राईका जाति/जातको यस्तो घनत्वले समानता अनि मधेसको क्षेत्रीय स्वायत्तताको आन्दोलन मूल रूपमा किन पर्ूर्वी तर्राईमा केन्द्रित भयो भन्ने कुराको पनि जवाफ दिन्छ ।

बसाइ“सराइ


पहाडबाट तर्राईतिरको बसाइ“सराइले तर्राई क्षेत्रको सामाजिक र जातिगत जनसाङ्ख्यिक संरचनामा ठूलो परविर्तन ल्याएको छ । पहाडमा जन्मेर तर्राईमा बसाइ“ सरी, जनगणनामा तर्राईमै गन्ती भएका मानिसहरूको सङ्ख्या सबैभन्दा बढी पर्ूर्वी तर्राईमा छ । त्यसपछि क्रमशः सुदूरपश्चिम, पश्चिम, मध्य र मध्यपश्चिम तर्राईमा बढी छ ।

नेपालको तर्राईलाई प|mेडरकि गेजले सन् १९७५ मा जनसङ्ख्याको रत्तिm स्थान भनी वर्ण्र्ाागरेका थिए । गेजको आशय के थियो भने जनसङ् ख्याको रत्तिmताले गर्दा तर्राई पहाडबाट बसाइ“ र्सर्नेका लागि मात्रै होइन, सीमापारकिा आप्रवासन गर्नेहरूका लागि पनि त्यत्तिकै आकर्ष गन्तव्य रहेको छ । २००१ को तथ्याङ्कका आधारमा त्यस्तै विश्लेषण गर्दा के देखिन्छ भने नेपालको पर्ूर्वी तर्राईका जिल्लामा भन्दा तिनका छिमेकी भारतीय जिल्लाको जनघनत्व डेढदेखि दर्ुइ गुणा ज्यादा छ र पश्चिम तर्राईका जिल्लाका तुलनामा तिनका छिमेकी भारतीय जिल्लाहरूको जनघनत्व दर्ुइदेखि अढाइ गुणा बढी छ । यसको अर्थ के हो भने जनघनत्वको फरकका कारणले हुनसक्ने आप्रवासनको खण्ड तर्राईमा अझै विद्यमान छ ।

जातीय विविधता तर्राईका जिल्लामा सबैभन्दा बढी छ र विविधता पर्ूवबाट पश्चिमतर्फक्रमशः कम ह“ुदै गएको छ  । तर्राईका १४ वटा जिल्ला ज्यादै उच्च विविधता भएका जिल्लामा पर्छन् । तीमध्ये ११ जिल्ला पर्ूर्वी तर्राईमा रहेका छन् । २००१ को जनगणना अनुसार सबभन्दा बढी जातीय विविधता भएको जिल्ला मोरङ हो । काठमाडौ“ उपत्यकामा ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रतर्फो बसाइ“सराइका कारण जातीय विविधता सूचक मान बढ्दो छ ।

भाषिक बाहुल्य र फैलावट

मुलुकका ५१ प्रतिशत गाविसहरूमा नेपालीभाषी सबैभन्दा ठूलो समूहका रूपमा रहेको छ भने ४६ प्रतिशत गाविसमा यस समूहको बाहुल्य छ । तर्राईमा मैथिली, भोजपुरी र अवधीभाषीहरूको आ-आफ्नो क्षेत्रका धेरै गाविसहरूमा बाहुल्य छ । पहाडमा गुरुङ, लिम्बू, बान्तवा, र्राई र शर्ेपाको अवस्था पनि यस्तै छ । भाषाको प्रभुत्वको प्रवृत्ति जनजाति/जातको प्रभुत्वको प्रवृत्तिस“ग मेल खान्छ । यसको महत्त्वपर्ूण्ा अपवाद मगर हो । सातवटा जिल्लामा सबैभन्दा ठूलो समूहका रूपमा रहे पनि कुनै पनि जिल्लामा मगरभाषीहरूको प्रभुत्व छैन । यसको कारण के हो भने आधाजसो मगर जातिको मातृभाषा मगर होइन ।

विगतको आधा शताब्दीमा मातृभाषीहरूको वितरणका उल्लेखनीय विशेषता के देखिन्छ भने नेपालीभाषीहरूको फैलावट उल्लेखनीय रूपले सबैतिर बढेको छ । बितेका ५० वर्षा नेपालका विभिन्न भाषा बोल्नेहरूको वितरण र फैलावटमा निकै परविर्तन आएको छ । सन् २००१ को जनगणना अनुसार दर्ुइमध्ये एक नेपालीभाषी पश्चिम पहाडभन्दा बाहिर छन् । त्यस्तैगरी पर्ूर्वी पहाडबाट तीन जना र्राई भाषीमध्ये एक जना र चार लिम्बूभाषीमध्ये एक जना आफ्नो थलोबाट बाहिर छन्  । त्यस्तै चार जनामध्ये एक जना गुरुङ पश्चिम पहाडबाहिर छन् । त्यस्तै प्रत्येक तीनमध्ये एक मगर, एक तामाङ, एक थारू र एक शर्ेपा आफ्नो १९५२/५४ को पुख्र्यौली थलोभन्दा बाहिर छन् ।

पहाडबाट तर्राईतर्फो बसाइ“सराइले नेपालको जातिगत जनसाङ्ख्यिक अवस्थालाई प्रस्ट रूपमा बदलेको छ । त्यस्तै गरी बसाइ“ सरेर गएका ठाउ“मा बसाइ“ सरेका जनजातिहरूले आफ्नो मातृभाषाका सट्टा नेपाली भाषा बोल्ने चलन पनि द्रुत भएको छ । नेपाली भाषालाई संरक्षण दिने राज्यको नीतिले पनि यस प्रक्रियामा प्रमुख भूमिका खेलेको छ । अन्य भाषीहरूका तुलनामा विगत पा“च दशकमा मैथिलीभाषीहरूको पारम्परकि थलोमा भने कुनै परविर्तन आएको छैन ।

तर्राईका जिल्लाहरूबीच भाषिक विविधतामा उल्लेखनीय भिन्नता छ । मैथिली भाषाको बाहुल्य रहेका सप्तरी, सिराहा, धनुषा र महोत्तरी अनि भोजपुरी भाषाको बाहुल्य रहेका बारा र पर्सर्ााजल्लामा भाषिक विविधता सूचक कम छ । तर, सुनसरी, नवलपरासी, रौतहट, बा“के, र्सलाही, झापा र रूपन्देहीजस्ता जिल्लामा भाषिक विविधता सूचक ६० भन्दा माथि रहेको छ, जुन मध्यमदेखि उच्च हो । यो विविधताको प्रमुख कारण भिन्न भाषा बोल्ने मानिसहरूको आन्तरकि बसाइ“सराइ हो ।

निष्कर्षर नीतिगत तार्त्पर्य

नेपाल बसाइ“सराइद्वारा निर्मित राज्य मात्र होइन, यो यस्तो राज्य हो, जसको जातीय जनसाङ्ख्यिकी बसाइ“सराइले लगातार बदलिरहेको छ । यस सर्न्दर्भमा यस अध्ययनको विश्लेषणबाट पा“चवटा प्रत्यक्ष निष्कर्षनिकाल्न सकिन्छ । पहिलो, नेपालमा मुख्य जनजाति/जातको जहा“ आफ्नो निकटस्थ भौगोलिक थलो छ, त्यहा“ उनीहरूको आवादी निरन्तर छ, अधिक रूपमा एकत्र छन् र उनीहरूको दह्रो उपस्िथति छ । यो कुरा सबै ठूला र साना आदिवासी-जनजाति समूह र क्षेत्रीका हकमा लागू हुन्छ ।

दोस्रो निष्कर्षके हो भने भौगोलिक प्रभाव क्षेत्र निर्धारणका लागि जातीयता महत्त्वपर्ूण्ा आधार भए पनि नेपालका सबै भागमा यो लागू हु“दैन । तर्राईमा पहिचानको निसानलाई परभिाषित गर्ने काममा अरू कुराहरूले भन्दा भाषाले महत्त्वपर्ूण्ा भूमिका खेलेको छ । तर, भाषाले जात समूह विशेष गरी तल्लो जात र माथिल्लो जातबीचको ठूलो विभेदलाई ओझेलमा पार्ने र एकप्रकारले लुकाउने काम पनि गर्छ ।

तेस्रो निष्कर्षके हो भने पहाडका मुख्य जात समूह आदिवासी-जनजाति समूहभन्दा व्यापक रूपमा फैलिएका छन् । यद्यपि, आदिवासी-जनजाति समूह पनि छिमेकका समथर भूभाग र सहरबजारमा फैलिने क्रम निरन्तर छ ।

चौथो निष्कर्षके हो भने पहाडमा धेरै शताब्दी र मधेसमा बितेका छ दशकमा बसाइ“सराइले जनजाति/जात समूहको क्षेत्रीय जनसाङ्ख्यिक बनोटमा उल्लेखनीय प्रभाव पारेको छ । पहाडबाट तर्राईमा बसाइ“ र्सने क्रम बढ्दै जँ“दा समग्र तर्राईको र विशेष गरी पर्ूर्वी र मध्य तर्राईको जातीय र भाषिक विविधता बढेको छ । भौगोलिक र भूतलीय दृष्टिकोणले होस्, जातीय बनोटका दृष्टिले होस् वा भाषाका दृष्टिले होस् वा अन्य सामाजिक-जनसाङ्ख्यिक विशेषताका दृष्टिले होस्, तर्राई अविच्छिन्न र सिङ्गो भूभाग होइन । तर्राईका जनजाति/जातलाई एकै ठाउ“मा ल्याउने मुख्य र साझा कुरा नै उनीहरूप्रति राज्यले गरेको विभेद र पराइ व्यवहार हो, जसले उनीहरूका राजनीतिक, सांस्कृतिक र भाषिक पहिचान र आकाङ्क्षाहरूलाई आत्मसात् गर्न सध“ै इन्कार गरेको छ ।

पा“चौ“ निष्कर्षके हो भने पहाडमा भएको शताब्दीया“ैदेखिको र तर्राईमा तुलनात्मक हिसाबले विगत दशकहरूदेखि बढेको बसाइ“सराइले गर्दा मुख्य जनजाति/जातको भौगोलिक थलामा धेरै साना अल्पसङ्ख्यक समूहको बसोवास छ । यसले गर्दा, साधारणतया बाहुल्यमा भएका जनजाति/जातको थलोमा पनि प्रशस्त जातीय विविधता छ । जनजातिमध्ये पनि एउटै ठाउ“मा प्रभुत्वशाली/बहुसङ्ख्यक जनजाति र अल्पसङ्ख्यक जनजाति छन् ।

माथिको निष्कर्षे के देखाउ“छ भने नेपालको जनजाति/जातको समस्या आधारभूत रूपमा तीनवटा कुरास“ग सम्बन्धित छ । अर्थात्, पहिचानको सवाललाई कसरी सम्बोधन गर्ने - सबै समूहले आफ्नो अधिकार उपभोग गर्न पाउने कुराको ग्यारेन्टी कसरी गर्ने - र, राष्ट्रिय मामिलाका हरेक तह र सबै पक्षमा बिनाअवरोध सबै समान रूपले सहभागी हुन पाउने अवसर कसरी प्रदान गर्ने -

यसले नया“ नेपालको परकिल्पनाको माग गर्छ, यस्तो नेपाल जसको आधार न त अत्यन्तै केन्द्रीकृत एकात्मक राज्यलाई निरन्तरता दिन बुनिएका ऐतिहासिक मिथक हुनेछन्, न जातीय वा अरू कुनै पनि खालका सामन्ती रजौटाको पुनःउत्थान गर्ने हुनेछन् । नया“ नेपालको परकिल्पना समसामयिक नेपालको यथार्थको आकलनमा आधारति हुनर्ुपर्छ, जसले सांस्कृतिक विविधतालाई मान्यता दिन र समायोजन गराउन सक्छ, जसले सबैका लागि समान अवसर उपलब्ध गराउनुका साथै जीविकोपार्जनको अवस्था र जीवनस्तरमा सुधार निश्चित गर्न सक्छ  ।

कसै-कसैले वकालत गरेजस्तो के जातीयताको एक मात्र आधारमा नेपालमा सङ्घीय शासन प्रणाली निक्षेपण गर्न सकिन्छ - यस अध्ययनको विश्लेषणले मुख्य जातीय समूहको बाहुल्य भएका ठूला भौगोलिक क्षेत्र निर्धारण गर्न सकिन्छ भन्ने देखाएको छ । तर, यसरी जातीयताका आधारमा बनाइएका अधिकांश सङ्घीय एकाइमा सबैभन्दा ठूलो जातीय समूह त्यस एकाइमा अल्पसङ्ख्यक नै हुन्छ । नेपालमा जनजाति/जात समूहको फैलावट र विस्तार नै यस्तो छ कि जसरी बनाए पनि अधिकांश सङ्घीय एकाइ बहुजातीय, बहुभाषिकबाहेक अरू हुनै सक्दैनन्  ।

यस मूलभूत अर्थमा, जातीय पहिचान नेपालको जातीयताको समस्याको एउटा पाटो मात्र हो । अर्काे उत्तिकै महत्त्वपर्ूण्ा पाटो विकासको विधि, प्रक्रिया र गति हो । त्यसैले सङ्घीयतालाई नेपालका विविध समस्यालाई सम्बोधन गर्नका लागि विकासको एजेन्डा तय गर्नेे अभ्यासका रूपमा लिनर्ुपर्छ । माथि भनिएजस्तै यस्ता विषयहरूमा जातीय पहिचानस“ग सम्बन्धित विषय, समावेशी विकास र सबै जनजाति/जात, भाषिक समूह र आर्थिक वर्गको जीवनस्तर सुधारस“ग सम्बन्धित विषय, राजनीतिक/प्रशासनिक एकाइको आर्थिक व्यय धान्न सक्ने क्षमता, स्रोत-साधनको सम्भाव्यतास“ग सम्बन्धित विषय, अन्तरप्रादेशिक लेनदेन अनि तर्राई र पहाडबीचको परस्पर लाभको लेनदेनस“ग सम्बन्धित विषय र राज्य-राष्ट्र आफ्नो हो भन्ने साझा भावना सुदृढ गर्ने सवालस“ग सम्बन्धित विषय पर्छन् । यी सबै विषयलाई समेटेर सम्बोधन गरएिपछि अन्ततः विगतको धमिलो छायाबाट राजनीतिक, सामाजिक र आर्थिक रूपले एकीकृत, प्रगतिशील र समुन्नत नयँ“ नेपालको उदय हुनेछ ।


Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2007, Ekantipur