Untitled Document
HOMETHE KATHMANDU POSTKANTIPURSAPTAHIKNARI
Kathmandu, Sunday, April 13, 2008
Note: Please click CTRl+F5 for latest updated view
(Baisakh 01, 2065)
Untitled Document

PAST ISSUES

नेपाल
झटारो
चरितचर्चा
आँखीझ्याल
संस्मरण
हिड्दा हिड्दै
अभिमत
दृष्टिकोण
विचार
प्रहरी
आवरण 
राजनीति
संविधानसभा
टिप्पणी
अपराध
अर्थ 
खेलकुद
बसिबियालो
जीवन र कला  
साहित्य
पुस्तक
इन्द्रेणी
नोटबुक
 
   अपराध मानव तस्करी

सन्तोष आचार्य र निर्मल श्रेष्ठ/हङ्कङ्

हहरेक रात उज्यालोले निर्वस्त्र स्नान गर्छ हङ्कङ्मा । लाग्छ, यहा“ कहिल्यै रात पर्दैन । तर, यही मुग्लाने झिलीमिलीमाझ लमजुङका हर िभण्डारी, ३२, को मनभित्र चूक घोप्टिएजस्तो अन्धकार छ । झलमल्ल उज्यालोमै अ“ध्यारो छ, दिनभन्दा रात प्यारो छ ।

विदेश पुग्ने अनि धेरै धन कमाएर गृहस्थीको गाडा धकेल्ने सपना देख्दै आएका यी लक्का जवानले क्यानाडाको भिसा पाउने प्रलोभनमा परेपछि चलिरहेको पसल सस्तैमा बेचे । खास नाम कुलप्रसाद ढकाल भए पनि आशिषको परचिय दि“दै आएका एक मानव तस्करलाई साढे तीन लाख रुपिया“ बुझाए उनले । त्यसपछि दिल्ली, ब्याङ्कक ह“ुदै चीनको ग्वाङ्जाउ पुगेका उनलाई सुरुको एक महिना दलालहरूले राम्रै स्वागत-सत्कार गरे । दिनह“ु तिनकै पैसामा डिस्को, पब र मसाजमा मस्ती मार्न पाउ“दा फुरुङ्ग नपर्ने कुरै भएन । तर, तिनले गफको गण्डकी ओरालेको उनले पत्तै पाएनन्  ।

त्यसको दर्ुइ महिनापछि क्यानाडा पठाउनुपर्ने भन्दै थप १ लाख ५० हजार रुपिया“ मागियो । त्यो पनि दिए उनले  । साढे तीन महिनाको चीन बसाइपछि थप दर्ुइ लाख रुपिया“ मागियो  । तर, उनले भिसा पाएपछि मात्र दिने अडान लिए । अनि, सुरु भयो, दलाल र हरकिो द्वन्द्व । भन्छन्, "मार्नेसम्मको धम्की दिएपछि बल्ल मैले ठगको चङ्गुलमा परेको चाल पाए“ ।" त्यतिखेर अबेर भइसकेको थियो । ज्यानै जाने भएपछि नेपालबाट पैसा झिकाएर दिए हरलिे । भन्छन्, "त्यो वास्तवमा अपहरण गर्ने मानव तस्करहरूको नया“ शैली थियो । " पैसा दिएपछि तिनीहरूसित उनको फेर िभेट भएन अनि बाध्यतावश जसोतसो ज्यान जोगाउ“दै हङ्कङ् छिरे ।

बाग्लुङको एक निजी स्कुलमा सहायक प्रधानाध्यापक थिए, सरोज कार्की । स्नातकसम्मको अध्ययन पूरा गरेका सरोज अन्य तीन साथीसहित अस्ट्रेलिया जाने सपना बोकी दलालको विश्वासमा नेपालबाट हि“डेका हुन् । त्यस क्रममा तिनले २ लाख ५० हजार रुपिया“ लिई दिल्ली पुर्‍याए । तर, एक महिना बस्दा पनि भिसा सम्भव भएन । अनि, चीनबाट भिसा लाग्छ भनी चारै जनालाई ग्वाङ्जाउ पुर्‍याए मधु दाहाल नामका मानव तस्करले ।

एक महिनापछि भिसा प्रक्रियामा भएको बताउ“दै उनीहरूसित दर्ुइ लाख रुपिया“ थप मागियो । दलालले त्यसरी कुरा बर्टार्न थालेको उनीहरूले पत्तै पाएनन् । उल्टो विश्वास गरेर उनीहरूले प्रतिव्यक्ति पुनः दर्ुइ लाख रुपिया“ बुझाए । उनीहरूले आफू ठगिएको त्यतिबेला चाल पाए, जतिबेला तिनै दलालहरूले क्यानाडा पुर्‍याउने बहानामा सात महिनाअगाडि चीन ल्याई अलपत्र पारेका चितवनका हर्क पुन चार दिनदेखि भोकै पार्कमा भेटिए ।

"हामीजस्ता ३० जनालाई त्यो गिरोहले पहिले नै यसरी ल्याएको रहेछ," विस्मात्लाग्दा ती दिनहरू सम्झ“दै सरोज भन्छन्, "दलालहरूले पैसा नतिर्दा हामीलाई बसेको कोठाबाट निकालिदियो । त्यतिबेला ती दलालहरू हाम्रो सर्म्पर्कमा थिएनन् । त्यसपछि हामी करबि चार दिन सुकेको आ“त लिएर पार्कमा लम्पसार सुत्यौ“ ।" अनि, उनीहरू अर्को दलाललाई प्रतिव्यक्ति पा“च सय अमेरकिी डलर बुझाएर अवैधानिक रूपमा हङ्कङ् छिरे ।

मनले ताकेजस्तो भएन इलामका कर्मा लिम्बूको परदेशी जीवन पनि । कर्मालगायत तीन जनालाई क्युबा लैजाने भन्दै इलामकै रत्न सुब्बा नाम गरेका व्यक्तिले दिल्लीसम्म पुर्‍याए  । त्यहा“ भारत, कोलकाता घर बताउने डीके भन्नेले भारतीय तीन लाख रुपिया“ लिई मकाउ पर्‍याएर तीनै जनालाई अलपत्र पारी भागे  । मकाउमा अलपत्र पर्दा हङ्कङ् गए काम पाइन्छ भन्ने सूचना पाएपछि चार सय अमेरकिी डलर तिरेर कर्मा करबि तीन महिनाअघि हङ्कङ् छिरेका हुन् । तर, मकाउबाट हङ्कङ् छिर्नु त्यति सहज थिएन । यात्राको अनुभव भयानक रह्यो । उनका भनाइमा समुद्रको बाटो ह“ुदै तीव्र गतिको डुङ्गामा आउ“दै गर्दा प्रहरीले पिछा गर्‍यो । डुङ्गा नरोकिएपछि प्रहरीले 'फायरङि्' खोल्यो, त्यतिबेला कर्माले ज्यानको माया नै मारसिकेका थिए । चारैतिरबाट घेरा हालेर डुङ्गा नियन्त्रणमा लिएपछि उनलाई समातियो । सुरुको एक साता हङ्कङ्को कालकोठरीमा राखिएपछि उनी र्सर्सत रहिा भए । अहिले उनी साथीभाइस“ग मागेर गुजारा चलाइरहेका छन् ।

इटहरीकी विमला क्षेत्रीलगायत ११ जनालाई सोही ठाउ“कै मेनुका बोहरा र विपीन्द्र श्रेष्ठले मकाउको क्यासिनोमा सेल्र्सगर्लको काम लगाइदिने भनी नक्कली सम्झौतापत्र देखाई थाइल्यान्ड हु“दै मकाउ पुर्‍याए । मकाउ आउनुभन्दा पहिले काम सुरु भएपछि पैसा दिने भनी सबैस“ग साढे तीन लाख रुपिया“ उर्ठाई नेपालमा संयुक्त खाता खोल्न लगाइयो । मकाउ पुगेको केही दिनपछि अब तीन-चार दिनमा काम हुन्छ भनी नेपालमा पैसा बुझाउन लगाइयो  । तर, त्यसको तीन दिनपछि नै दलालहरू सर्म्पर्कमा आएनन् । त्यतिखेर आफ्नो पारविारकि संसारलाई रङ्गीन च“दुवाले टाङ्ने उमङ्ग बोकेका कोही तुुरुन्तै नेपाल फर्किए भने विमलालगायत अरू चार जना बाध्यतावश हङ्कङ् छिरे, अवैधानिक रूपमा ।

त्यस्तै कथा छ, धनकुटाका कर्ण्र्ााादुर मगर, ३०, को । कोरयिा जाने भनेर नेपालबाट हि“डेका उनले त्यही आशीष ढकाल नामक दलाललाई तीन लाख रुपिया“ बुझाएका थिए । कोरयिा जान भनेर हि“डेका उनलाई ब्याङ्कक, मकाउ र चीन हु“दै हङ्कङ् प्रवेश गराइएछ ।

त्यस्तै सिन्धुपाल्चोकका सीताराम र्राई, २४, पनि काठमाडौ“का केही दलालहरूले मकाउमा काम लगाइदिने बहानामा दर्ुइ लाख रुपिया“ लिई अन्तमा ग्वाङ्जाउ पुर्‍याए । तर, दलाल भागे । भिसाको म्याद र पैसा दुवै सकियो । घरबाट फेर िएक लाख रुपिया“ मगाएर अवैध रूपमा हङ्कङ् छिर्नुबाहेक उनीस“ग अर्को विकल्प थिएन ।

जब घरमा अनिकाल पसेको सूचना टा“स हुन्छ, त्यसपछि मुग्लान पस्न बाध्य भएका नेपालीहरूका प्रतिनिधि पात्र हुन् यी पीडितहरू  । उनीहरूलाई दलालले यसैगरी कोरयिा, मकाउ, क्यानाडा, अस्ट्रेलिया, पुर्‍याउने सपना देखाएर चीनका विभिन्न प्रान्तहरूमा पुर्‍याएर अलपत्र पार्दै आएका छन् । त्यहा“ कानुनी रूपमा धेरै दिन बस्न सहज नभएपछि मानव तस्करहरूले त्यस्ता नेपालीहरूलाई हङ्कङ् धपाउ“छन्  । हङ्कङ्मा शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालयबाट शरणार्थीका लागि आवेदन दिएपछि स्वतन्त्र रूपमा काम गर्न पाइने र यसमाथि महिनामा ५० देखि ७० हजार रुपिया“सम्म आम्दानी गर्न सकिन्छ भन्ने अर्को सपना देखाउ“छन् उनीहरू । लगातार सात वर्षहङ्कङ् बसेपछि स्थायी बसोवासको अनुमतिपत्र 'आईडी' पाइन्छ भन्ने भ्रम बा“ड्न पनि सफल हुन्छन् ।

डुङ्गामुनि यात्रा

चीनको ग्वाङ्जाउ, सेन्जेन, जुहाई, मकाउ आदि सहरहरूमा फ्ल्याट लिई नेपालीलाई प्रत्येक साता ल्याइन्छ । त्यहा“ राखेपछि तस्करहरूले समूह बनाई स्थानीय व्यक्तिस“ग मिलेर चीन र हङ्कङ्को समुद्री सिमानाबाट तीव्र गतिको डुङ्गाको पि“धमा खोरजस्तो ठाउ“मा राखेर तिनलाई हङ्कङ्को जमिन टेकाइन्छ । त्यसपछि जङ्गलैजङ्गलको बाटो ह“ुदै घु“डासम्म आउने हिलोमा पँ“च घन्टासम्म लुक्दै मध्यरातमा प्रहरीलाई छल्दै धन्न बा“चेर सहरभित्र छिर्छन्  । उनीहरूको अनुभवमा यसरी लुकीछिपी आउनु शरीरमा सेतो कात्रो बेरेजस्तै हो । त्यसरी आएपछि यस्ता अवैधानिक व्यक्तिहरूलाई काम दिलाइदिने दलालको जिम्मा लगाइन्छ । त्यसबापत उनीहरूले दलाललाई कम्तीमा एक हजार हङ्कङ् डलरसम्म तिर्नुपर्छ । डुङ्गाबाट हङ्कङ् छिरेको थोरैमा पनि प्रतिव्यक्ति पा“च सय अमेरकिी डलर तिर्नु त छ“दैछ । जतिबेला उनीहरू हङ्कङे भूगोल भोग्न सुरु गर्छन्, त्यतिखेर उनीहरू टकनटा“ट भइसकेका हुन्छन्, बगलीमा सुको ह“ुदैन ।

अहिले चिनिया“ सहरहरूका फुटपाथमा अलपत्र परेका तीन सयजति नेपालीहरूको एउटै ध्याउन्न छ, हङ्कङ् पस्ने । तर, छिर्न सोचेजस्तो सजिलो छैन । हङ्कङ् सीमा प्रहरीले अति नै कडाइ गरेको छ । हङ्कङ् छिर्न नपाएका नेपालीलगायत पाकिस्तानी, बङ् गलादेशी, फिलिपिनो, इन्डोनेसियाली, श्रीलङ् काली, बङ् गलादेशी, भारतीय, अप्रिmकी आदिको ठूलो झुन्ड अलपत्र परेको त्यहा“बाट केही समयअघि हङ्कङ् छिरेर चिम सा चर्ुइस्िथत चङ्किङ् मेन्सन मलमा नेपालीको लजमा काम गररिहेका मानबहादुर घले बताउ“छन् । भन्छन्, "ज्यान जोखिममा पारेर हामी त जसोतसो छिर्‍यौ“ तर चीनतिर हुनेहरूको हाम्रोभन्दा बढी बिजोग छ ।"

धमिलो गौरव

कुनैबेला नेपालीका पर्ुखाहरूले पल्टनिया रवाफ देखाएको र वीर गोर्खालीको तक्मा भिरेर आफ्नो परचिय बनाएको ठाउ“ हो हङ्कङ् । तर, अहिले यहा“ अवैध रूपमा बसिरहेका नेपालीहरूको लस्करका कारण त्यो गौरव केही धमिलिएको छ ।

यसरी हङ्कङ् भित्रिएका नेपालीहरू विशेष गरी जोर्डन, वानचाई, याउमाते, चिम सा चर्ुइलगायतका स्थानहरूमा नेपाली तथा भारतीयले सञ्चालन गरेको गेस्ट हाउस, होटल तथा दुले -अवैधानिक) रेस्टुरा“मा अत्यन्तै कम पारश्रिमिक लिएर काम गर्न बाध्य छन् । कोही घरेलु सहायकका रूपमा नेपाली तथा भारतीयहरूका घरमा कार्यरत छन् भने कोही फोहोर सोहोर्नेज्ास्ता काममा खटेका छन् । नेपालीहरू उही 'थ्री डी' अर्थात् र्डर्टर्ीीडेन्जर र डिफिकल्ट -फोहोर, जोखिमपर्ूण्ा र गाह्रो) काममा जोतिइन बाध्य छन् । त्यो पनि न्यून पारश्रिमिक लिएर ।

त्यस्ता नेपालीहरू १२/१४ घन्टे काममा हुन्छन्  । उनीहरू काममा पोखिन्छन्, घोटिन्छन् र जोतिन्छन् । कोही यन्त्रजस्तो चलिरहेका देखिन्छन् त कोही इन्धनजस्तो बलिरहेका । उनीहरूले पाउने भनेको मासिक दर्ुइ हजारदेखि बढीमा तीन हजार हङ्कङ् डलरसम्म मात्र हो ।

गैरकानुनी रूपमा बसोवास गरेकाहरूले कतै उजुरी गर्न जाने अवस्था छैन । त्यसैले कतिपय ठाउ“मा तोकिएको न्यून पारश्रिमिक पनि नदिई कामबाट निकालिएका नेपालीहरू चुङ्किङ् मेन्सन मलमा बरालि“दै हि“डेका भेटिन्छन् । धनको कुवेर हुने चाह छैन उनीहरूमा । बरु नेपालमा लिएको ऋणसम्म तिर्न पाए हुन्थ्यो भन्ने सोच रहेको पाइन्छ ।

स्थानीय एभरेस्ट साप्ताहिकका पत्रकार किसन र्राईको भनाइम्ाा शरणार्थीहरूलाई त वैधानिक रूपले काम दिन नसकिने ठाउ“मा अवैधानिक तथा कुनै किसिमको कागजात नभएकालाई काम दिन गाह्रो नै पर्छ । भन्छन्, "त्यसरी काम दि“दा गैरकानुनी हुने र समातिए ठूलो जरविाना तथा सजाय हुने कडा कानुन छ ।" त्यसैले अवैधानिक रूपमा हङ्कङ् छिरेका र शरणार्थी कार्यालयमा दर्ता नभएका नेपालीहरूको पर्ुर्पुरोमा बिचल्लीबाहेक केहीे हु“दैन । त्यसमाथि स्थानीय अधिकांश 'आईडी होल्डर'हरूको आ“खामा उनीहरू कसिङ्गर बन्न पुग्छन् । र, उनीहरू नेपालीबाटै दर्ुर्व्यवहारको सिकार हुन्छन् ।

यहा“ कोही शरणार्थीका मान्यता पाउनका लागि प्रक्रियाका लाममा छन् भने कोही त्यो प्रक्रियाकै लागि पनि अयोग्य ठहरएिका छन् । कोही कुनै बहानामा सोझै हङ्कङ् आएर भिसा अवधि सकिए पनि गैरकानुनी रूपमा बसेकाहरू छन् । बेलाबेलामा प्रहरीले छापा हानेर गैरकानुनी रूपमा बसिरहेका विदेशीहरूलाई पक्राउ गर्छ । प्रहरीबाट लुक्दै हि“ड्नु यस्ता नेपालीहरूको अर्को बाध्यता हो ।

वैशाख १६ गते नै पनि चुङ्किङ् मेन्सन मलमा प्रहरीले चारैतिर घेरा हालेर रातको साढे १ बजे छापा मार्‍यो  । थुप्र्रै अवैध आप्रवासी पक्राउ परे । यसरी पक्राउ परेकाहरूलाई प्रहरी कार्यालयमा लगेपछि सोधपुछ सुरु हुन्छ । यहा“को प्रहरीले 'इन्टेरोगेसन फर्मूला'को आडमा एउटै प्रश्नलाई ६६ पटक उल्टाइपल्र्टाई सोधेर मात्र रोजगार गर्न नपाउने, धेरै समूह हुने स्थान जस्तै- पार्टर्ीीडिस्को, जुलुुसलगायतका र्सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नमिल्नेजस्ता र्सतसहित कुनै सामाजिक संस्थाको जिम्मा लगाएर छोड्छ । हङ् कङ्स्िथत नेपाल युनियन चर्च, क्रिस्िचयन एक्सन, इन्टरनेसनल सोसल र्सर्भिस -आईएसएस) आदि गैरसरकारी सङ्घसंस्थाहरूले यस्ता गैरकानुनी आप्रवासीहरूलाई खाने, बस्ने र औषधि उपचारको निःशुल्क व्यवस्थालगायत अन्य विभिन्न सहयोग उपलब्ध गराउ“दै आएका छन् ।

शरणार्थीको मान्यता चाहने गैरकानुनी आप्रवासीलाई सहयोग र समन्वयात्मक भूमिका निर्वाह गर्दै आएका नेपाल युनियन चर्चका पास्चर राजु बराइलीका अनुसार, हङ्कङ् सरकारले यातनाविरोधी अभिसन्धिमा हस्ताक्षर गरेको हु“दा अवैध रूपमा रहेकाहरूलाई सजिलै देश निकाल्न भने सक्दैन । उनीहरूले विभिन्न समस्याहरू देखाई शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय -यूएनएचसीआर)मा आवेदन गर्न पाउ“छन् । उनीहरूले महिनाको दर्ुइपटक उक्त कार्यालयमा हाजिर हुनर्ुपर्छ । 'एसाइलम सिकर'को दर्जा पाएको कुनै व्यक्ति अवैध रूपमा काम गररिहेको प्रहरीले भेटेमा १८ महिनासम्मको जेल सजाय हुनसक्छ भने काम दिनेले पनि पा“च हजार हङ्कङ् डलर जरविानासहित छ महिनाको जेल सजाय भोग्नुपर्ने हुन्छ ।

यूएनएचसीआरको कडाइ

हङ्कङ्स्िथत यूएनएचसीआरका अनुसार, प्रत्येक महिना शरणार्थीको मान्यता पाउनका लागि १ सय ५० देखि १ सय ६० वटा निवेदन आउ“छन् । तीमध्ये ९० प्रतिशत नेपाललगायत भारत, पाकिस्तान, श्रीलङ्का, इन्डोनेसिया, फिलिपिन्सका हुन्छन् भने बा“कीमा अरू देशका । कुनै बेला हङ् कङ् को यूएनएचसीआरबाट शरणार्थीको मान्यता पाएर नेपालीहरू युरोप, अमेरकिा, अस्ट्रेलियासमेत पुगेका छन् । जस्तो- दर्ुइ वर्षघि दाङका पर्ूण्ा रेग्मीलगायत १५ जना नेपालीले त्यहा“बाट शरणार्थीको मान्यता पाएर अमेरकिालगायतका मुलुकहरूमा बसोवासको मौका पाए ।

अहिले भने यूएनएचसीआरले शरणार्थीको मान्यता पाउनका लागि दिइएका अधिकांश नेपालीका निवेदनहरू रद्दीका टोकरीमा फाल्ने गरेको छ । ठोस प्रमाणको अभाव देखाई यस्ता निवेदनहरू अस्वीकृत गरन्िछन् । नेपालमा संविधानसभाको चुनाव सम्पन्न भई देश शान्तितर्फउम्मुख रहेकाले यूएनएचसीआरले कडाइ गरेको बताउ“छन् हङ्कङ्स्िथत नेपाली महावाणिज्यदूत केशव भट्टर्राई । यतिबेला शरणार्थीको दर्जा पाउन निवेदन दिने नेपालीहरूको सङ्ख्या चार सयको हाराहारीमा छ । त्यसमा चीन ह“ुदै ठगिएर आएका मात्र नभई हङ्कङ्मा घरेलु कामदारको रूपमा आई विभिन्न कारणले काम छोडी बस्ने र सोझै हङ्कङ् आई भिसाको म्याद नाघेका नेपालीहरू पनि छन् ।

 
गिरोहमा को-को -

स्थायी घर गुल्मी भए पनि चितवन बस्दै आएका उनको नागरकिताको नाम कुलप्रसाद ढकाल हो । तर, चिनिन्छन्, आशिष ढकालका नामले । उनी नेपालमा रह“दा कम्प्युटर शिक्षकसमेत थिए । विदेश जाने क्रममा ठगिएपछि ढकालको सर्म्पर्क भयो, ४९ वषर्ीय मधु दाहालस“ग । त्यसपछि उनी मानव ओसारपसारको धन्दामा संलग्न भए ।

स्नातकोत्तरसम्मको अध्ययन गरेका मधु दाहाल चिनिया“ र अङ्गे्रजी भाषामा दखल राख्छन् । दिल्ली, ब्याङ्कक र चीनमा उनका आफ्नै फ्ल्याट छन्, त्यतै बसोवास गर्छन् । नेपालमा मान्छे खोज्ने काम आशिष ढकाललगायतको गिरोहले गर्छ ।

ढकाल र दाहालस“ग एउटी युवती पनि काम गर्छिन् । उनी हुन्, सर्ुर्खेतकी दिलकुमारी बुढा, ३२ । उनी पहिले घरेलु कामदारका रूपमा हङ्कङ् छिरेकी थिइन् । सोही समयमा उनी मधु दाहालस“गको सर्म्पर्कमा आइन् र युरोप जाने प्रलोभनमा जागिर छोडिन् । तर, यो सम्भव नभएपछि अहिले निकटमा रहेर दाहाललाई नै सघाइरहेकी छन् ।

 
हुदैछ भिसाको पहल

अवैध बसोवास भएको भन्दै नेपालीहरूका लागि हङ्कङ्मा २०६२ जेठ २४ गतेदेखि पर्यटक, अध्ययन, व्यापार, तालिम र घरेलु कामदारको भिसा बन्द गरएिको हो । अहिले 'डिपेन्डेन्ट भिसा' -आश्रति प्रवेशाज्ञा) मात्र खुला छ । अहिले भिसा तथा घरेलु कामदारको रोजगार आदि समस्याको कूटनीतिक तवरले नै सुल्झाउने प्रयास सुरु भएको छ ।

हङ्कङ्का प्रमुख कार्यकारी डोनाल्ड जाङ् लाई भेटेर नेपालीले भोग्नुपरेका भिसासम्बन्धी कठिनाइबारे छलफल गरेका छौ“ । यहा“को सरकारले पनि भिसासम्बन्धी नीतिहरूमा पुनरावलोकन गर्दै लगेको छ । उनीहरू अध्यागमनको नियन्त्रणसम्बन्धी तथ्याङ् क केलाउ“दै सम्बन्धित देशमा भएको सुरक्षा स्िथतिको अवलोकन गर्छन् । अध्यागमन विषय हर्ेन सुरक्षासचिव, अध्यागमनका निर्देशकलगायत उच्च अधिकारीहरूको पनि लगभग समान जवाफ प्राप्त हुने गरेको छ ।

हामीले हङ्कङ्मा नेपालीहरूको योगदानलाई ध्यान दिन र अन्य मुलुकस“ग नदँ“ज्न आग्रह गर्दै आएका छौ“ । हाम्रातर्फाट पनि समस्या उत्पन्न भएका छन् । त्यसैले वार्तामा उनीहरू नेपालीहरूका बारेमा तयार भएका तथ्याङ्क प्रस्तुत गर्छन् । खासगरी अनधिकृत रूपमा हङ्कङ् प्रवेश गर्ने नेपालीको ठूलो सङ्ख्याका बारेमा उनीहरूको गुनासो छ ।

त्यस्तै हङ्कङ् प्रवेशपछि ठूलो सङ्ख्यामा शरणार्थी दाबी गर्न वा यातनाविरोधी अभिसन्धि अनुसार हङ्कङ्मा आफ्नो बसाइ लम्ब्याउन चाहनेजस्ता कामहरूले नेपालीप्रतिको धारणा कठोर भएको सहजै अनुमान गर्न सकिन्छ । साथै, स्थानीय समाजमा आफूलाई समाहित गर्न नसकिरहेको, चिनिया“ भाषा सिक्न मन नगरेको, 'ओभर स्टे' तथा शरणार्थी एवम् गैरकानुनी अवस्थामा समातिएका नेपालीहरूका विषयमा उनीहरूको सरोकार पाइन्छ ।

शरणार्थीका लागि निवेदन दिनेहरूले अन्तर्वार्तामा प्रायः झूटो बोल्छन् । कसैले आफूलाई माओवादीबाट त कसैले नेपाली सेनाबाट खतरा रहेकाले देश र्फकन नसक्ने बताउ“छन् । यस्तो कुरा कार्यालयले पत्याओस् पनि कसरी - केही अपवादलाई छाड्ने हो भने अधिकांश शरणार्थीको वास्तविक हकदार नभई 'इकोनोमिक इम्रि्रेन्ट' हुन् भन्ने कुरा अब सरोकारवाला निकायले बुझिसकेको छ ।

-हङ्कङ्का लागि नेपाली महावाणिज्यदूत भट्टर्राईस“गको कुराकानीमा आधारित)


Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2007, Ekantipur