
जोडी मिलन केन्द्र
तपाईं
विवाह गर्ने सुरसारमा हुनुहुन्छ तर योग्य वर वा बधु नपाएर
भौ“तारनिुभएको त छैन - छ भने, उमेर पुगेका कुमारकुमारीदेखि
विधवा-विधुर तथा सम्बन्धविच्छेद भएका महिला-पुरुषका लागि
भनेजस्तो जोडी खोजिदिन्छ, दमकमा रहेको वरबधु मिलन केन्द्रले
। गत मङ्सिरयता केन्द्रले ५० जोडीभन्दा बढीको विवाह गराइसकेको
छ ।
३० वर्षो छ“दादेखि नै लमीको काम गर्न
थालेका टीकाराम सिटौला, ७८, ले संस्थागत रूपमै काम गर्ने
उद्देश्यले यस्तो केन्द्र खोलेका हुन् । पहिलेपहिले उनी
वरबधु खोज्न गाउ“गाउ“ चहार्थे । कार्यालय खोलेपछि त्यही“
आएका आवेदनबाटै जोडी मिलाइदिन्छन् ।
विवाह गर्न इच्छुक व्यक्तिले फारममा
फोटोसहित नामथर, गोत्र, उमेर, आर्थिक अवस्था, पेसा, शिक्षा,
ठेगाना, चल-अचल सम्पत्ति विवरण भर्नुपर्दछ । आवेदन दिनेजति
सबैलाई भनेजस्तै जोडी जुराइदिन सफल भएको उनको दाबी छ ।
जोडी मिलेपछि केन्द्रलाई १ हजार १ सय ११ रुपिया“ तिनर्ुपर्दछ
।
अहिले पनि केन्द्रमा आवेदनको चाङ छ ।
अधिकांश आवेदनमा स्नातकोत्तर उत्तर्ीण्ा र आकर्ष जागिर
खानेहरूले योग्य जीवनसाथी खोजी गरििदन आग्रह गरएिको छ
। कुमार-कुमारीहरूका हकमा आवेदन दिएको बढीमा एक महिनाभित्र
जोडी जुराइसकिने केन्द्रको दाबी छ ।
चेतन अधिकारी/दमक
यस्तो पो सम्मान †
दिवङ्गत
बाबुआमाको सम्मानमा तपार्इं के गर्नुहुन्छ - दान, धर्म,
तर्ीथव्रत आदिआदि । तर, रूपन्देहीका नेत्रप्रसाद पाठकले
भने त्यसो गरेनन् । प्रत्येक वर्षसमाजमा ख्यात्रि्राप्त
व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गर्न उनले आफ्ना
बाबु चक्रपाणि पाठकको सम्झनामा स्मृति समाज नै खोलिदिए
।
स्मृति समाजका लागि उनले पा“च लाख रुपिया“
जम्मा गरेका छन् । त्यसको ब्याजबाट समाजले प्रत्येक वर्षपत्रकारतिा,
समाजसेवा, शैक्षिक र धार्मिक क्षेत्रमा योगदान गरेका चार
जनालाई पुरस्कृत गर्दै आएको छ ।
यस वर्षपत्रकार डीआर घिमिरे, प्रधानाध्यापक
लोकनाथ उपाध्याय, समाजसेवी टीकाराम पाण्डे र हरहिर आश्रम
देवघाट सम्मानित एवम् पुरस्कृत भएका छन् । उनीहरूमध्ये
समाजसेवा र शैक्षिक सेवामा योगदान दिनेले स्वर्ण्र्ााक
पाएका छन् भने पत्रकार एवम् आश्रमले जनही पा“च-पा“च हजार
रुपिया“ ।
अमृता अनमोल/बुटवल
न घन्टी, न त घडी
सप्तरीको
इनर्वा गाविस-१ स्िथत राष्ट्रिय प्राथमिक विद्यालयमा न
त घन्टी छ, न घडी । अधिकांश दिन बिहान ११ बजेसम्म विद्यार्थीहरू
विद्यालयमा खेलिरहेका हुन्छन् । न त्यहा“ शिक्षकको अत्तोपत्तो
हन्छ, न त पियनकै । विद्यालयमा कोही पुगिहाले बालबालिकाहरू
हस्याङ्फस्याङ गर्दै कक्षाकोठाभित्र पस्छन् ।
सरहरू कतिबेला आउ“छन् त - कक्षा ३ मा
अध्ययनरत छात्र निरजकुमार सरदार भन्छन्, "कुनै ठेगान
नै ह“ुदैन । " अनि, कसरी विद्यालयमा पढाइ हुन्छ त
- सरदार भन्छन्, "सरहरू नआएपछि हामी आफ“ै कक्षाकोठामा
पढिरहन्छौ“ ।" अनि, कति घन्टी नि - जवाफ आयो, "हाम्रो
विद्यालयमा घन्टी नै छैन अनि एउटा भित्तेघडी थियो, त्यो
पनि बिग्रियो ।" १ सय ५० भन्दा बढी विद्यार्थी छन्
विद्यालयमा । प्रधानाध्यापक खजन सिंहसहित दर्ुइ शिक्षक
नहु“दा पियनले विद्यार्थी भुलाउने काम गर्दै आएका छन्
।
रामनारायण विश्वास/इनर्वा
सहयोग माग्ने काइदा
सहयोग
माग्ने पनि आ-आफ्ना तरकिा हुन्छन् । जस्तो- रौतहट घर भई
काठमाडौ“को बल्खु बस्दै आएका अधेश गोसाइ“, ३३, भने १४
वर्षेखि घा“टीमा ५० वटासम्म सहयोग अपिल झुन्ड्याएर हि“ड्छन्
। उनलाई गाउ“ विकास समितिले त्यस्तो अपिल बनँइदिएको हो
।
विवाहबन्धनमा बा“धिएलगत्तै क्यान्सरको
सिकार भए अधेश । क्यान्सरकै कारण उनको दाहिने हात गुमेको
छ । महिनामा औषधि खर्च पा“च हजार लाग्ने उनी उपचार खर्च
जुटाउन दिनहु“ झन्डै पा“च किलो बराबरका अपिल घा“टीमा झुन्ड्याएर
काठमाडौ“का गल्ली, चोक र सरकारी कार्यालय चहार्छन् ।
अधेशका श्रीमती र छोराछोरी भने रौतहटमै
अर्काको घरमा बनिबूतो गरेर जीविकोपार्जन गर्छन् । आफ्नो
औषधि र छोराछोरी पढाउन सहयोग माग्दै हि“ड्ने अधेश दैनिक
एक सयदेखि दर्ुइ सय रुपिया“सम्म सहयोग जुट्ने गरेको बताउ“छन्
। अस्पतालले उनको उपचारमा पा“च लाख रुपिया“ खर्च लाग्ने
जनाएको छ ।
विमल खतिवडा/काठमाडौ“
कखरा सिक्दै आमाछोरी
सुकुमाया
विक, १५, स“गैका साथीले एसएलसी दिइसके तर उनी भने बल्ल
कखरा सिक्दैछिन् । तनहु“को व्यास नगरपालिका-१, मुसेखोलाकी
सुकुमायास“गै उनकी आमा चन्द्रकुमारी पनि प्रौढ कक्षामा
जान्छिन् । भन्छिन्, "सानो हुन्जेल बुबाआमाले पढाउनुभएन,
अहिले आमास“गै पढ्दैछु, सामान्य चिट्ठी लेख्न र पढ्न सक्ने
हुने रहर छ ।"
आमा चन्द्रकुमारी पनि छोराछोरीलाई पढाउन
नसक्दा दुःखी छिन् । भन्छिन्, "सकेको भए पढ्दापढ्दैका
छोराछोरीलाई किन रोक्नर्ुपर्दथ्यो र -" अर्की विवाहित
सीता नेपाली पनि आमा विष्णुमायास“गै पढ्दैछिन् । भन्छिन्,
"घर र माइत एकै गाउ“मा भएकाले आमास“गै पढ्न पाएकी
छु ।" उनी पनि घरको आर्थिक अवस्थाले पढाइबाट वञ्चित
भएकी थिइन् । आमा विष्णुमाया भन्छिन्, "सानो छ“दा
पढाउन सकिएन, अहिले पछुताएर के गर्ने -" छोरीस“गै
पढ्न आउ“दा उनलाई खुसीस“गै अप्ठ्यारो पनि अनुभव भएको रहेछ
।
सन्तोष पोखरेल/दमौली |