Untitled Document
HOMETHE KATHMANDU POSTKANTIPURSAPTAHIKNARI
Kathmandu, Sunday, April 13, 2008
Note: Please click CTRl+F5 for latest updated view
(Baisakh 01, 2065)
Untitled Document

PAST ISSUES

नेपाल
झटारो
चरितचर्चा
आँखीझ्याल
संस्मरण
हिड्दा हिड्दै
अभिमत
दृष्टिकोण
विचार
प्रहरी
आवरण 
राजनीति
संविधानसभा
टिप्पणी
अपराध
अर्थ 
खेलकुद
बसिबियालो
जीवन र कला  
साहित्य
पुस्तक
इन्द्रेणी
नोटबुक
 
 
 अभिमत


सञ्जय उपाध्याय

गौरव र घमण्डबीच काङ्ग्रेस

नेपाली काङ्ग्रेसभित्र उठेको सत्ता छाड्नुपर्ने र नेकपा माओवादीका लागि र ाजनीतिक मैदान खाली गर्न नहुने दुवै तर्कले सो पार्टर्ीी मुलुकमा ओगटेको विशिष्ट स्थानलाई प्रतिविम्बित गर ेको छ । काङ्ग्रेसले सधै“ आफूलाई प्रजातन्त्रको पर्याय ठान्दै आउनु अन्य दलका लागि जति अप्रिय भए पनि सो चित्रणस“ग पर्ूण्ातः असहमत हुन सकिने अवस्था छैन ।

२००७, ०४६ र ०६३ सालका आन्दोलनहरूको नेतृत्व गैर काङ्ग्रेसी -अर्थात्, नेपाली सर्न्दर्भमा वामपन्थी) दलले गर ेको भए तिनले हाम्रँे भूर ाजनीतिक संवेदनशीलताका माझ कस्तो अन्तर्र ाष्ट्रिय र्समर्थन पाउने थिए भनेर ठम्याउन त्यति गाह्रँे पर्दैन । तत्कालीन सर कार हरूलाई पनि आन्दोलनको प्रतिकार गर्न निकै सजिलो हुन्थ्यो होला ।

तर , हाम्रँसामु कटु यथार्थ के पनि हो भने ०१७ र ०५९ सालका र ाजनीतिक दर्ुघटनाका कार क पनि काङ्ग्रेस नै बन्यो । दर बार  लाई जति सर ापे पनि घटनाक्रमको विकासलाई लुकाउन सकिन्न । सत्तँबाहिर  र ह“दा कैयौ“ प्रतिकूलतामाझ प्रजातन्त्रप्रति त्यसर ी समर्पित र हन सक्ने दलले सर कार मा छ“दा त्यसको संर क्षण गर्न नसक्नुमा प्रतिस्पर्धीहरूस“ग उसले बढाएको दूर ीका साथै आन्तरि क कलह जिम्मेवार  रहेका छन् ।

विचार एउटा शाश्वत आदर्शभन्दा पनि सङ् गठनलाई साकार स्वरूप दिने विविध स्वार्थ समूहहरू समायोजन गर्ने अस्त्र बनेको दलमा र्सतर्कता र सावधानीको निर न्तर ता झनै महत्त्वपर्ूण्ा हुनुपर्ने हो । तर , प्रजातन्त्र आगमनलाई नै अन्तिम सफलता मान्ने काङ्ग्रेसी धृष्टताको मूल्य सार ा मुलुकले तिर्दै आएको हाम्रँे इतिहास छ  ।

संविधानसभा निर्वाचनमा काङ्ग्रेसले दोस्रो स्थान पाउ“दा त्यसलाई र्'र्समनाक' भन्न नेताहरूले छोड्न सकेका छैनन् । त्यसो त वामपन्थी मत दर्ुइ ठूला दलमा विभाजित हु“दा पनि फाइदा लिन नसकेको पीडा असह्य हुने नै भयो । प्रधानमन्त्रीको पद र प्रमुख मन्त्रालयहरू आफूस“गै हु“दा पनि माओवादीहरूले त्यसर ी जित्न सक्नुले काङ्ग्रेसीहरूलाई अझ पोलेको हुनर्ुपर्दछ ।

सङ्गठनमा मौलाएको चर म नातावाद र कृपावाद, भ्रष्टाचार मा आर  ोपित नेताहरूलाई पार्टर्ीी दिएको प्रश्रय एवम् नेताहरूको सत्तामा पुगेपछि प्रजातान्त्रिक मूल्य र मान्यता बिर्सने प्रवृत्तिजस्ता विषयहरू स्वयम् काङ्ग्रेसीहरूले औ“ल्याउने गर ेको धेर ै भइसक्यो  । तर , यसपालि त दल परि चयको सङ्कटमै पर्‍यो ।

प्रधानमन्त्री गिरि जाप्रसाद कोइर ालाले शान्तिप्रक्रियालाई जसर ी भए पनि कायम र ाख्ने नाममा आफ्नै दलका असहमतिहरू बेवास्ता गर्दै माओवादीका र्सत एकपछि अर्को मान्दै गए । उता कोइर ाला परि वार भित्र उत्तर ाधिकार ी हुने होडमा कसैले दर बार त कसैले माओवादीलाई समाउन पुगे । पार्टर्ीीकीकर ण भएपछि पनि दुवै खेमाका नेताहरूले भावनात्मक एकता भइनसकेको र्सार्वजनिक घोषणा गर्न छाडेनन्  ।

बीपी कोइर ालाको र ाष्ट्रिय मेलमिलाप नीतिको पुनःव्याख्या गर्ने क्रममा काङ्ग्रेसीहरूले कृष्णप्रसाद भट्टरर् ाई र तार  ानाथ र ानाभाटजस्ता नेताहरूलाई प्रतिगामीको बिल्ला भिर ाइदिए  । अहिले आएर र ाजावादीको कम्तीमा १० प्रतिशत मत हुनैपथ्र्यो र त्यो सबै कुनै षड्यन्त्रका आधार मा माओवादीलाई गएको गुनासो गर ेर मात्र के गर्ने -

संविधानसभा, गणतन्त्र, समावेशी र ाज्य संर चनाजस्ता नार ा माओवादीकै थियो । र ाजतन्त्रस“ग नाता तोडे पनि काङ् ग्रेसले धर्म, पर म्पर ा र संस्कृतिका सकार ात्मक सन्देशलाई अघि बढाउन सक्ने थियो । यथास्िथतिवादलाई समूल तिर स्कार गर्न काङ्ग्रेसलाई उसको चरि त्र र व्यवहार ले नै दि“दैन थियो । क्रान्तिकार ी बन्ने होडमा ऊ पछाडि पर्नु नै थियो र पर्‍यो पनि ।

एक जुगमा एकपल्ट मात्र आउने भनिएको दिनले पनि विगतका संसदीय निर्वाचनहरूभन्दा त्यस्तो उल्लेख्य सङ्ख्यामा मतदाता आकर्षा गर्न सकेन । डर -त्रासका भर मा माओवादीहरूले चुनाव जिते भनेर  टाउको ठटाएर के गर्ने - समग्र चुनाव अभियानलाई स्वदेशी र विदेशी अनुगमनकर्ताका आ“खैमुनि आफू अनुकूल बनाउ“दा काङ् ग्रेस बेखबर  र हनुको जिम्मा माओवादीहरूले लिने कुर ै भएन ।

जनादेशको कदर गर्दै मूलधार मा अग्रस्थान बनाउन सफल पर्ूवव्रि्रोहीलाई सर कार बनाउन दिनुपर्ने ठहर नितान्त प्रजातान्त्रिक नै हो । तर , चुनावपछि पनि वचन र कर्मले प्रतिस्पर्धामूलक बहुदलीय पद्धत्रि्रति पर्ूण्ा निष्ठा देखाउन नसकेको दलका हातमा सत्तँको बागडोर सुम्पन्न तत्पर नहुनुलाई अप्रजातान्त्रिक भनिहाल्न पनि सजिलो छैन । अन्य कुनै दलले यसर ी जनमतद्वार ा आफूभन्दा ठूलो सावित भएको सङ्गठनलाई सत्तँ हस्तान्तर ण गर्न आनाकानी गर ेको भए अन्तर्र ाष्ट्रिय समुदायको धर्ैय पहिल्यै टुटिसक्ने थियो ।

काङ्ग्रेसको पर ाजयका कार णहरू जेजस्ता भए पनि त्यो घातकचाहि“ पक्कै होइन । प्रजातन्त्रको प्रभामण्डल ऊस“गै सुर क्षित छ । कम्तीमा एमालेले नाम र झन्डा नफेर ेसम्म यो र ाजनीतिक पु“जीमा काङ्ग्रेसी एकाधिकार र हिर हनेछ । यसमा काङ्ग्रेसले गौर व मान्न सक्छ भने घमण्ड गर्न पनि सक्छ ।


Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2007, Ekantipur