Untitled Document
HOMETHE KATHMANDU POSTKANTIPURSAPTAHIKNARI
Kathmandu, Sunday, April 13, 2008
Note: Please click CTRl+F5 for latest updated view
(Baisakh 01, 2065)
Untitled Document

PAST ISSUES

नेपाल
झटारो
चरितचर्चा
आँखीझ्याल
संस्मरण
हिड्दा हिड्दै
अभिमत
दृष्टिकोण
विचार
प्रहरी
आवरण 
राजनीति
संविधानसभा
टिप्पणी
अपराध
अर्थ 
खेलकुद
बसिबियालो
जीवन र कला  
साहित्य
पुस्तक
इन्द्रेणी
नोटबुक
 

आवरण गणतन्त्रको कार्यान्वयन

ओराली लाग्दा र ाजाका कदम

सरोजराज अधिकारी

१५ जेठ २०६५ ः सात दलद्वारा निर्धारति कार्यक्रम अनुसार यस दिन काठमाडौ“को वीरेन्द्र अन्तर्रर्ााट्रय सम्मेलन केन्द्रमा बिहान ११ बजेबाट संविधानसभा सदस्यहरूको पहिलो बैठक बस्नेछ । र, दिवङ्गत राजा वीरेन्द्रको नाम जोडिएको यस भवनबाट निलम्बित अवस्थामा रहेका वर्तमान राजा ज्ञानेन्द्रको गद्दीका साथै २ सय ४० वर्षपुरानो राजतन्त्र अन्त्यको विधिवत् सुरुवात हुनेछ ।

के त्यस्तै हुनेछ - बहुदलीय प्रजातन्त्रलाई समेत मास्ने गरी राजा ज्ञानेन्द्रद्वारा भएको प्रतिगामी प्रयास र त्यसविरुद्ध सातदलीय नेतृत्वमा भएको सफल जनआन्दोलनको विगत, जनताको ताजा आदेश तथा सातदलीय प्रतिबद्धतालाई आधार मान्ने हो भने हुनुपर्ने यही हो । अर्थात्, राजतन्त्रको अन्त्य र गणतन्त्रको कार्यान्वयन  । किनभने, 'राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना'को मुद्दालाई अन्तरमि संविधानमै लिपिबद्ध गरेर संविधानसभा निर्वाचनमा गएका थिए, सात दल । सातदलीय गठबन्धनबाहिर रहेर संविधानसभा निर्वाचनमा सहभागी मधेसी जनअधिकार फोरम, तर्राई मधेस लोकतान्त्रिक पार्टर्ीीायतका दलहरूको एजेन्डा पनि यही थियो- सङ्घीय लोकतान्त्रिक गणतन्त्र । र, निर्वाचन परण्िााम अनुसार ९५ प्रतिशतभन्दा बढी मत गणतन्त्रवादीहरूलाई नै प्राप्त भएको छ ।

तर, जनादेश आएको एक महिना नबित्दै फेर िअनेकथरी विशेषणमा राजतन्त्रको निरन्तरताका स्वरहरू गुञ्जन थालेका छन् । र, फरक स्वरूपमै सही, राजतन्त्र निरन्तरताको मुद्दाले शङ्काको सुविधा पाउन थालेको छ । यो मुद्दालाई र्सार्वजनिक स्वरूप दिने काम भने गणतन्त्रकै मुद्दा लिएर करबि १२ वर्षजनयुद्ध लडेको पार्टर्ीीेकपा माओवादीका वरष्िठ नेता बाबुराम भट्टर्राईले गरेका हुन् । भट्टर्राईले वैशाख ७ गते कान्तिपुर टेलिभिजनको 'बहस' कार्यक्रममार्फ 'राजाले जनमतको कदर गर्दै शान्तिपर्ूवक दरबार छाडेमा उनलाई सांस्कृतिक अधिकारका साथै भत्तासमेत दिन सकिने' बताएका थिए । भोलिपल्टै राजधानीमा आयोजित एक कार्यक्रममा माओवादीका अर्का वरष्िठ नेता रामबहादुर थापा 'बादल'ले त्यसको कडा प्रतिवाद गर्दै 'राजतन्त्रको कुनै अवशेष बा“की नराखिने' बताए । निकै पछि वैशाख २७ गते नया“ पत्रिकामा एक लेख प्रकाशित गरी आफ्नो भनाइ सच्याएका भट्टर्राईले राजतन्त्र निरन्तरताको मुद्दालाई र्सार्वजनिक स् वरूप दिए पनि यसको पृष्ठभूमिमा धेरै खेलहरू भइसकेका थिए ।

जानकारहरूका भनाइमा माओवादीलाई लागेको थियो, नेकपा एमालेले सरकार त्यागेझ“ै संविधानसभा निर्वाचनमा ठूलो धक्का बेहोरेको नेपाली काङ्ग्रेसले पनि नैतिकताका आधारमा सत्ताको नेतृत्व छाड्नेछ  । र, अन्तरमि राष्ट्रप्रमुखसमेतको भूमिकामा रहेका प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाको स्थान अध्यक्ष प्रचण्डले लिएपछि राजतन्त्रको अन्त्य र गणतन्त्रको कार्यान्वयन आफूले चाहेबमोजिम हुनेछ । तर, भइदियो उल्टो । वैशाख ५ गते राजधानीमा बसेको काङ्ग्रेसको अनौपचारकि बैठकले 'राजनीतिक सङ् कट उत्पन्न हुने ठहर गर्दै तत्काल सत्ता नछाड् ने' निष्कर्षनिकाल्यो । शान्तिमन्त्री तथा काङ् ग्रेस महामन्त्री रामचन्द्र पौडेलले भने, "प्रधानमन्त्री कोइरालाले राष्ट्रप्रमुखको जिम्मेवारीसमेत निर्वाह गरेकाले यस्तो बेला सत्ता छाड्दा सङ्कट उत्पन्न हुन्छ भन्ने हाम्रो निष्कर्षहो ।"

त्यसपछि सुरु भयो कोइरालालाई राष्ट्रपति बनाउने अभियान । एक काङ्ग्रेस नेताका अनुसार, नेपालस्िथत केही विदेशी कूटनीतिज्ञले पनि कोइरालालाई त्यस्तै सल्लाह दिए । र, त्यसका निम्ति माओवादी तयार नहु“दासम्म सरकारको नेतृत्व पनि नछाड्ने, बरु उनीहरूस“ग सहकार्यसमेत तोड्नसक्ने मनोबल काङ्ग्रेस नेताहरूमा विकसित भयो ।

माओवादी नेताहरू काङ्ग्रेसको त्यस्तो निष्कर्षा पछाडि राजा र राजावादी शक्तिहरूको प्रत्यक्ष-परोक्ष हात रहेको आशङ्का गर्छन्  । "माओवादीलाई सत्ताको नेतृत्वमा पुग्नबाट रोक्न सके राजतन्त्र जोगाउन सकिने विश्वासमा दरबारले काङ्ग्रेसलाई खेलाउन खोजेको छ," माओवादीका एक वरष्िठ नेता दाबी गर्छन्, "र, काङ्ग्रेसलाई हामीस“ग सहकार्य तोड्न उक्साउ“दैछ ।" माओवादी र काङ्ग्रेसबीच सत्ता-असमझदारी चर्काएर 'फुटाउ र राज गर'को षड्यन्त्र लागू गर्ने प्रयत्नमा राजावादीहरू लागिपरेको उनको भनाइ छ ।

स्रोतका अनुसार, माओवादीले पनि काङ्ग्रेस र दरबारबीचको सम्भावित सा“ठगा“ठ रोक्ने उद्देश्यले नै सुनियोजित रूपमा 'सांस्कृतिक राजा'को 'कार्ड' फ्या“केका हुन् । यसस“गै माओवादीले राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीेपालका अध्यक्ष कमल थापालगायतका सूत्रमार्फ दरबारस“ग अप्रत्यक्ष संवाद थाले । ठूलो दलको हैसियतले गणतन्त्र कार्यान्वयनको पहल आफै“ले गर्नुपर्ने मत माओवादीको छ । त्यसका लागि राजास“ग प्रत्यक्ष रूपमा पनि वार्ता गर्न सकिने माओवादी अध्यक्ष प्रचण्ड स्वयम्ले बताइसकेका छन् ।

माओवादीहरू सांस्कृतिक राजाका नाममा कुनै रूपको राजतन्त्र नै राख्न तयार भएका हुन् कि गणतन्त्रको सुनिश्चितताका लागि राजालाई थोरै सहुलियत दिन मात्र चाहेका हुन् - राजा-माओवादी अप्रत्यक्ष संवादका एक सूत्रधार कमल थापाले यति मात्र भने, "माओवादीका वरष्िठ नेताले नै सांस्कृतिक राजा राख्न सकिने र्सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।" -हर्ेर्नुस्, अन्तर्वार्ता)

माओवादीका अर्का एक नेता पनि अनौपचारकि कुराकानीमा संविधानसभाको पहिलो बैठकले गर्ने गणतन्त्र स्थापनाको निर्ण्र्ाामानेर नारायणहिटी छाडेमा नया“ संविधानमा राजालाई सम्मानजनक स्थान दिन सकिने बताउ“छन्  । उनका अनुसार, नया“ संविधानलाई अन्तिम रूप दि“दासम्मको अवस्थामा राजाबाट कुनै व्यवधान खडा नभएमा कुनै दफामा 'सांस्कृतिक अधिकार'अर्न्तर्गत राजालाई केही अधिकार दिनुका साथै उनको आर्थिक अधिकारको सुनिश्चिततासम्म गर्न सकिन्छ ।

'सांस्कृतिक राजा'को माओवादी कार्डका पछाडि मुख्य रूपमा माओवादीका दर्ुइ उद्देश्य गा“सिएको देखिन्छ ः नेपाली सेना र कतिपय अन्तर्रर्ााट्रय शक्तिको र्समर्थन हासिल गर्नु । परम्परागत रूपमा राजसंस्थाप्रति बफादार रहिआएको सेनाले राजतन्त्रको समूल अन्त्यको निर्ण्र्ाा्रति असहमति जनाउनसक्ने आशङ्का त एकातिर छ“दैछ, भोलि सरकारको नेतृत्व गरेको खण्डमा सैन्य समायोजनलगायतका मुद्दामा पनि माओवादीलाई नेपाली सेनाको सहयोग आवश्यक छ ।

अर्को, वाईसीएल-त्रासका कारण निर्वाचन हारेको निष्कर्षनिकालेका काङ्ग्रेस, एमालेजस् ता सातदलीय गठबन्धनभित्रका ठूला दलस“गको सहकार्य पहिलेभन्दा कठिन भएर जाने माओवादी बुझाइ छ । यस स्िथतिमा राजाप्रति सहिष्णु हु“दा ती दर्ुइ दललाई 'चेक' गर्न र अन्तर्रर्ााट्रय समुदायलाई पनि प्रभावमा पार्न सकिने उनीहरूले ठानेका छन् । विगतमा अन्तर्रर्ााट्रय सम्बन्ध सुधारका लागि पनि काङ्ग्रेसस“ग बढी निकट रहेको माओवादी नेताहरूले बताइसकेकै कुरा हो ।

उता वैशाखको सुरुवाती दिनमा 'चुनावी नतिजा आफ्नो पक्षमा नआएकाले तत्काल सरकार छाड्नर्ुपर्छ र अब बन्ने सरकारमा पनि सहभागी हुनुहु“दैन' भन्ने काङ्ग्रेस नेताका भनाइहरू फेरनि थालेका छन् । वैशाख १२ गते केन्द्रीय समितिको बैठक सुरु भएदेखि नै काङ्ग्रेस नेताहरूले सरकार छाड्न नहुने अडान राख्न थाले । १२ गतेकै बैठकमा काङ्ग्रेसभित्र राजावादी भनेर चिनिएका नेता गोविन्दराज जोशीले 'माओवादीले दर्ुइतिहाइ बहुमत नपुर्‍याएसम्म काङ्ग्रेसले सरकारको नेतृत्व छाड्न नहुने' मत राखेपछि राजा-काङ्ग्रेसबीच सा“ठगा“ठको माओवादी शङ्का झनै बढेर गयो । भोलिपल्टै राजधानीमा आयोजित एक कार्यक्रममा काङ्  ग्रेसका वरष्िठ नेता शेरबहादुर देउवाले त नया“ सरकारको नेतृत्व पनि प्रधानमन्त्री कोइरालाले नै गर्नुपर्ने बताउ“दै भने, "गिरजिाबाबुले नै शान्ति प्रक्रियाको नेतृत्व गर्दै यहा“सम्म ल्याउनुभयो । अब पनि सरकारको नेतृत्व उहा“ले नै गर्नुपर्छ ।"

काङ्ग्रेस नेताका भनाइबाट आजित माओवादी अध्यक्ष प्रचण्डले वैशाख २७ गतेको सात दलको बैठकमा प्रधानमन्त्री कोइरालालाई राजीनामा दिई नया“ सरकार गठनको मार्ग प्रशस्त गरििदन आग्रह नै गरे । बदलामा वैशाख ३० गते सम्पन्न काङ् ग्रेस केन्द्रीय कमिटीको बैठकले दलीय सहकार्यकै लागि पनि सरकार गठन र विघटन सामान्य बहुमतद्वारा हुने गरी संविधान संशोधन, वाईसीएल विघटनलगायतका सात र्सत अघि सार्‍यो  ।

माओवादी नेता वर्षान पुन 'अनन्त'का अनुसार, सातदलीय गठबन्धनको अवधारणा अन्तरमि संविधानमै लिपिबद्ध भएको अवस्थामा काङ्ग्रेसले र्सत सारेर संविधानको उल्लङ्घन गरेको छ । देखावटी र्सत जे भए पनि संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र स्थापनाको निर्ण्र्ाागरेपछि वर्तमान प्रधानमन्त्री कोइरालालाई नै अन्तरमि राष्ट्रपति बनाउनुपर्ने काङ्ग्रेसको अन्तरनिहित स्वार्थ भएको जानकारहरू बताउ“छन्, जसमा नेपाली सेनाका कतिपय जर्नेलहरूको सुझावले समेत काम गरेको स्रोत उल्लेख गर्छ ।

ठूलो पार्टर्ीी हैसियतमा माओवादीले सरकारको नेतृत्व गरे पनि र 'सेरेमोनियल' राष्ट्रपति मात्र भनिए पनि काङ्ग्रेस सभापति कोइरालास“ग त्यस्तो अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने, विदेशी राजदूतहरूको ओहोदाको प्रमाणपत्र बुझ्ने र सेनाको 'सुप्रिम कमान्डर' बन्नेजस् ता महत्त्वपर्ूण्ा अधिकारहरू स्वतः अन्तरनिहित रहनेछन्  । र, त्यस्तो अवस्थामा उनी आलङ्कारकि रूपमा होइन, सत्ताको मुख्य सा“चो लिएर बस् ने माओवादी नेताहरूको आकलन छ । त्यसैले उनीहरू सत्ता-सन्तुलनलाई दर्ुइध्रुवीय बनाउन तयार देखि“दैनन् ।

काङ्ग्रेसले माओवादीस“ग सत्ता सहकार्यका निम्ति पर्ूवर्सतहरू अगाडि सारेकै दिन वैशाख ३० गते मुलुकमा अरू दर्ुइ घटनाक्रम भए  । राजा ज्ञानेन्द्र रानी कोमलका साथ दक्षिणकाली मन्दिर गएर पञ्चबलि दिए भने राजतन्त्रका कट्टर र्समर्थक राप्रपा नेपालका अध्यक्ष थापाले 'संविधानसभाको पहिलो बैठकबाटै राजतन्त्र हटाए मुलुकमा ठूलो दर्ुघटना हुने' घोषणा गरे । राजाको पूजाअर्चना परम्पराको निरन्तरता भए पनि उनले रोजेको समय र अपनाएको प्रक्रिया नियमित थिएन ।

गत वर्षपूजापाठका लागि वैशाख ११ गते दक्षिणकाली पुगेका राजाले यसपटक गणतन्त्रको कार्यान्वयनपछिको सत्ता बा“डफा“टमा शर्ीष्ा दलबीच खिचलो सुरु भएको अवस्थालाई रोजेका छन् । अघिल्लो वर्षदक्षिणकालीमा सेनाद्वारा सलामी लिएको घटनाप्रति रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री कोइरालाले कडा आपत्ति जनाएकाले हुनसक्छ, यसपटक सादा पोसाकका सैनिकबाटै भए पनि मङ्गल धुन 'ग्रहण' गर्न राजा चुकेनन् । कमल थापाकै शब्दमा पछिल्ला दिनमा 'विचित्रको आत्मविश्वास' देखिएको छ, राजा ज्ञानेन्द्रमा ।

माओवादीस“ग आफू ठूलो दल भएकाले पहिलेको ठूलो दल काङ्ग्रेससामु नैतिक प्रश्न तर्ेसाएर सत्ता छाड्न लगाउनुबाहेक विकल्प छैन । ठूलो दलको जिम्मेवारीबोधका कारण हिजोको जस्तो व्रि्रोही स्वभाव पर््रदर्शन गर्न पनि माओवादीलाई सजिलो छैन । संविधान अनुसार सरकार परविर्तनदेखि संविधान बनाउनेसम्मको कार्यका लागि संविधानसभाको दर्ुइतिहाइ सदस् यको र्समर्थन चाहिन्छ, जुन कुनै दलस“ग छैन । त्यसैले थुप्रै मतान्तरका बाबजुद सम्झौता गरेर अघि बढ्नुको विकल्प दलहरूस“ग छैन ।

राजतन्त्रको अन्त्य र गणतन्त्रको कार्यान्वयनका विषयमा सबैका आ-आफ्नै एजेन्डा र स्वार्थ भए पनि दलहरू आफ्ना प्रतिबद्धता र जनादेशका कारण संविधानसभाको पहिलो बैठकमै यो विषय टेबल गरी पारति गराउन बाध्य छन् । अहिलेसम्मको अवस्था हर्ेदा यो काम कोइराला नेतृत्वको वर्तमान सरकारले नै गर्नेछ र केही समयकै लागि भए पनि कोइराला नै पहिलो राष्ट्रप्रमुख रहिरहने छन् । त्यसपछि र्सार्वजनिक प्रतिबद्धता अनुरूप नै राजालाई दरबार छाड्न पत्र पठाइनेछ । र, सके दर्ुइ-तीन दिन गणतन्त्र-उत्सव मनाउनका लागि र्सार्वजनिक बिदा नै दिइनेछ । संविधानसभाबाट गरनिे गणतन्त्रको घोषणाप्रति राजाबाट सकारात्मक प्रतिक्रिया नआउन्जेल माओवादीलगायत दलहरूले दबाबमूलक सडक पर््रदर्शन जारी राख्नेछन् । त्यहा“नेर राजाका सामु दुइटा विकल्प मात्र बा“की रहनेछन् ः गणतन्त्रसम्बन्धी निर्ण्र्ाााई आफूले आत्मसात् गरेको र्सार्वजनिक स् वीकारोक्ति या जनशक्तिहरूस“ग प्रत्यक्ष

टकराव ।

१ संविधानसभाको पहिलो बैठक बस्नुअघि नै माओवादीलगायत दलहरूस“ग कुनै सहमति कायम गरेर अब बन्ने संविधानमा आफ्नो स्थान सुरक्षित राख्न प्रयत्न गर्ने ।

२ माओवादीस“ग कुरा नमिलेमा काङ्ग्रेस र केही अन्तर्रर्ााट्रय शक्तिसमेतलाई रि झाएर सत्तारुढ दलहरूबीच अन्तर विर ोध सिर्जना गर्ने, माओवादीलाई सत्तामा जानबाट रोक्ने र संविधानसभाको पहिलो बैठकमा गणतन्त्रको प्रस्ताव प्रस्तुत नहुने अवस्था सिर्जना गर्ने ।

३ संविधानसभाको पहिलो बैठकबाट गणतन्त्रको प्रस्ताव पारित भएमा पनि नया“ बन्ने संविधानले अन्तिम रूप नलिएसम्म नारायणहिटी दरबार नछाड्ने अडान लिने र त्यो मान्य भएमा संविधान निर्माणका दर्ुइ वर्षा दलहरूबीच मतभेद बढाएर आफ्नो भूमिका बढाउने वा सुनिश्चित पार्ने ।

४ २०६३ वैशाख ११ गते डेढवर्षो प्रत्यक्ष शासन अन्त्य भएको घोषणाका क्रममा र त्यसको पृष्ठभूमिमा राजतन्त्रको खारेजी नगरिने भनी सातदलीय गठबन्धनका मुख्य दलहरूले गरेको भनिएको सहमति र्सार्वजनिक गरी दलहरूलाई नैतिक दबाब दिने । यसका बाबजुद राजतन्त्रको अन्त्य र गणतन्त्रको कार्यान्वयनमा अधिकांश दल एकजुट भएमा संविधानसभाको निर्ण्र्ाााई शिर ोधार्य गर्दै शान्तिपर्ूवक गद्दी त्याग्ने र नागरिक भएर बस्ने । तर, देश भने नत्याग्ने ।

५ अन्तमा "मर्ता क्या नही कर्ता" भनेझ“ै राजतन्त्रको अन्त्यका लागि सबै दल एकजुट भई निर्ण्र्ाागरे पनि अटेर गरेर दरबारमै बसिरहने । र, जनपङ्क्ति नारायणहिटी र्घर्ेन आएको खण्डमा आफूप्रति बफादार दरबारभित्रका सेनालाई अगाडि सारेर प्रतिकार गर्ने । अनि, "असामान्य परि स् िथतिलाई नियन्त्रणमा लिन" सिङ्गो नेपाली सेनालाई ब्यारेकबाहिर निस्कन उक्साउने, ताकि "कू" गरेर भए पनि फेरि एकपटक प्रत्यक्ष शासनको प्रयत्न गर्ने ।

 

दर्घटना हुनसक्छ

अहिले पनि राजतन्त्रको वकालत गरिरहेको पार्टर्ीीाप्रपा नेपालका अध्यक्ष कमल थापा राजा र माओवादीबीच सम्भव भए कुनै सहमति गराउन प्रयत्नशील हुनुहुन्छ, भलै त्यस्तो सूत्रधार-भूमिकाको औपचारिक स्वीकारोक्तिचाहि“ उहा“को मुखबाट निस्कन्न ।

राजा र माओवादीबीच तपाईंले कस्तो भूमिका खेल्नुभएको हो -

मैले राजा र माओवादीबीच सन्देश आदानप्रदान गर्ने काम गरेको छैन । माओवादीलगायत विभिन्न दलस“गको मेरो भेटघाट राप्रपा नेपालको अध्यक्षको हैसियतमा भएको हो । संविधानसभा निर्वाचनअघि र पछि पनि राजतन्त्र र गणतन्त्र महत्त्वपर्ूण्ा एजेन्डाका रूपमा रहेको छ । त्यसैले खासगरी माओवादीस“गको कुराकानीका क्रममा मैले हतारमा राजतन्त्रबारे निर्ण्र्ाानगरौ“, संविधानसभाले संविधान निर्माण गरसिकेपछि मात्रै फैसला गर्न उपयुक्त हुन्छ भन्ने धारणा राखेको छु ।

नया“ बन्ने संविधान लागू नहुन्जेल गणतन्त्रको कुरालाई थाती राख्ने भन्न खोज्नुभएको -

हो, निश्चय नै । अहिलेको निर्वाचन परण्िाामबाट प्रस्ट के देखिन्छ भने दलहरूले चाहेको खण्डमा कुनै पनि बेला गणतन्त्रको घोषणा गर्न सक्छन् । तर, संविधानको पहिलो अक्ष्ँर पनि नलेखीकन, भोलिको संवैधानिक व्यवस् था, राज्यप्रणाली, राज्यको संरचनाको टुङ्गो नलगाई लामो ऐतिहासिक पृष्ठभूमि रहेको संस् थालाई हठात् हटाउ“दा सिर्जना हुनेे रत्तिmताका कारण दर्ुघटना पनि हुनसक्छ  ।

यसबारे माओवादी नेताहरूको प्रतिक्रिया कस्तो पाउनुभयो -

माओवादीका शर्ीष्ास्थ नेताहरूले नै राजालाई धार्मिक, सांस्कृतिक प्रतीकका रूपमा राख्न सकिने सम्भावना छ भनेर र्सार्वजनिक रूपमा आफ्ना धारणा राखिसक्नुभएको छ । विषयको संवेदनशीलतालाई ध्यानमा राखेर त्यसबारे मैले थप टीकाटिप्पणी गर्नु उपयुक्त हु“दैन । तर, माओवादीहरूमा पहिला जुन किसिमको व्रि्रँेही धारणा थियो, त्यसमा परमिार्जन आएको, जिम्मेवार राजनीतिक शक्तिमा रहनुपर्ने शैली, सोच र व्यावहारकि पक्ष मैले कुराकानीका क्रममा पाएको छु ।

राजाको मुडचाहि“ कस्तो छ -

भेटघाटका क्रममा मैले राजामा एउटा विचित्र किसिमको आत्मविश्वास पाएको छु । र, पटकपटकको भेटमा स्वयम् राजाबाटै म कुनै पनि परििस्थतिमा देश छाडेर जान्न भन्ने अभिव्यक्ति पाएको छु ।

अघि तपाईंले राजसंस्था हटाए दर्ुघटना हुनसक्छ भन्नुभयो, कस्तो दर्ुघटना -

अहिले पनि विभिन्न राजनीतिक शक्तिहरूका बीचमा धेरै ठूलो वैचारकि, सैद्धान्तिक र व्यावहारकि मतभेद कायम छ । यसबाहेक आत्मनिर्ण्र्ााो अधिकार, समग्र मधेस एक प्रदेश, सेना समायोजनजस्ता कैयौ“ यस्ता विषय छन्, यसले विखण्डनका आवाज ल्याउन सक्छ, विदेशीको चलखेल बढाउन सक्छ । दर्ुघटना निम्त्याउन सक्छ  । र, संविधान निर्माणको कार्य नै अपर्ूण्ा रहन सक्छ ।

यी विषयस“ग राजतन्त्र रहनु र नरहनुको के सम्बन्ध छ र -

राजतन्त्रको अन्त्यपछि रहने रत्तिmताको प्रत्यक्ष असर नेपालको परम्परागत राज्यका सबै संयन्त्रहरूमा पर्न जान्छ  । नेपाली सेनामा त्यसको असर पर्न सक्छ, सुरक्षाका अन्य अङ्गमा त्यसको असर पर्न सक्छ । यसले सङ्र्घष्ा र द्वन्द्वको सम्भावनालाई चर्काउन सक्छ ।

अहिले नेपाली सेना र राजदरबारको सम्बन्धचाहि“ कस्तो रहेको छ -

नेपाली सेनाको जन्म नै शाहवंशीय राजाहरूबाट भएको हो र २ सय ४० वर्षलामो इतिहासका क्रममा ऊ जहिले पनि राजसंस्थाप्रति बफादार रह“दै आएको छ । आफ्नो जन्मदाता भएकाले दरबारस“ग सेनाको गहिरो भावनात्मक सम्बन्ध हुनर्ुपर्छ भन्ने लाग्छ ।

आफ्नो जन्मदातालाई नै हटाइदाखेरि सेनाको प्रतिक्रिया के होला -

सेनाको प्रमुखले नै बारम्बार भन्दै आइरहनुभएको छ कि, नेपाली सेना राष्ट्रिय एकता र अखण्डताको संरक्षणका निमित्त र प्रजातन्त्रप्रति प्रतिबद्ध रहनेछ । राजसंस्थास“ग गहिरो भावनात्मक सम्बन्ध रह“दारह“दै नेपाली सेना परम्परादेखि नै तत्काल कायम रहेको सरकारको नीति-निर्देशन र संविधानबमोजिम सञ्चालन हु“दै आएको छ ।

परम्परागत रूपमा राजालाई राष्ट्रिय एकताको प्रतीक मानिएको अवस्थामा सेना प्रमुखले बार म्बारका सम्बोधनमा राष्ट्रिय एकताको कुरा गरेर राजा नहटाउन साङ्केतिक खबरदारी गरेका हुन् त -

सेना प्रमुखले कुन प्रसङ्गमा त्यो कुरा भन्नुभयो, त्यसको त म जवाफ दिन सक्दिन“ । तर, व्यक्तिगत बुझाइमा राष्ट्रियता र राष्ट्रिय एकताको कुरा गर्दाखेरी परम्परागत रूपमा राजालाई राष्ट्रिय एकताको प्रतीक मानिएको अवस् थामा त्यो पनि त्यस परविेशभित्र परेको हुनर्ुपर्छ भन्ने मेरो मान्यता हो ।

विश्लेषण

मुमार|म खनाल

राजनीतिको केन्द्रमा राजा

राजनीतिका आ“खाहरू स्वाभावतः जेठ १५ तिर तानिएका छन् । जनआन्दोलनको विजय भएको ठ्याक्कै दर्ुइ वर्षभत्र ऐतिहासिक संविधानसभाको निर्वाचन सम्पन्न भएर राजनीतिको यो विन्दुसम्मको यात्रालाई सहजै मान्नर्ुपर्छ  । किनभने, जनताले यति सहज ठानेका थिएनन् । विगत दर्ुइ वर्षो विरासतले प्रदान गरेको असहजताबाटै प्राप्त सहजताका कारण आगामी राजनीतिक यात्रालाई पनि सहजताका साथ हेर“िदैछ ।

तर, विगत दर्ुइ वर्षो सबै कर्मको फल प्राप्त गर्ने निर्ण्ाायक दिन भने सोचेजस्तो सहज नहुन सक्छ । संविधानसभाको पहिलो बैठकबाट बिदाइ गर्नुपर्ने राजाको भविष्यले सबैलाई अप्ठ्यारो पाररिहेको छ । 'सम्मानजनक बिदाइ' लगभग असफल भएपछि अब विभिन्न अड्कल सुरु भएका छन् । राजाको 'मर्यादित' बिदाइ टरेपछि जेठ १५ गतेको बैठकले 'अमर्यादित' बिदाइको बाटो रोज्ने देखिन्छ ।

संविधानसभा निर्वाचनको चरण सकिएपछि देश राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको चरणमा प्रवेश गरेको छ । जनयुद्धदेखि जनआन्दोलन हु“दै संविधानसभा निर्वाचनसम्म्ाको राजनीतिक कर्मको निचोड गणतन्त्र हो । यसको कार्यान्वयनलाई आजसम्मको राजनीतिक अभ्यासको वस्तुगत परण्िााम मानिनेछ । यसलाई माओवादीको विजयले केही सहज र केही जटिल दुवै बनाएको छ । माओवादी सभासद्हरूको ठूलो सङ्ख्या र उनीहरूको राजनीतिक नाराले गणतन्त्रको कार्यान्वयनलाई सहज बनाएको छ । यही“नेर माओवादी नेतृत्वमा बन्न गइरहेको गणतान्त्रिक राज्य-संरचनालाई लिएर अन्य दलहरूबाट संशय प्रकट हुन थाल्नुले यो विषय केही जटिल पनि देखिन थालेको छ ।

सबै दलहरूले गणतन्त्रका लागि वाचा गरसिकेका भए पनि जनमानसले निर्धक्क विश्वास गर्न सकेको देखि“दैन । कतैै कुना-कन्तरामा सम्झौताका जमराहरू उमारएिका छन् कि भन्ने आशङ्का जनतामा छ । यस्तो आशङ्का हावादारी र आधारहीन होइन । स्वयम् गणतन्त्रको वाचा गरेका दलहरूभित्र रहेका विभिन्न नेतागणहरूका लट्पटिएका बोलीहरू सुनेर नै जनता आशङ्कित भएका हुन् ।

आशाको त्यान्द्रो

थाहा भएकै कुरा हो- आफै“द्वारा प्रदत्त बहुदलीय व्यवस्थाले आफै“लाई ङ्या“क्न न्ासक्ला भन्ने आशाको त्यान्द्रो राजा र राजावादीहरूमा थियोे । त्यस्तो आशावादले राजावादीहरूलाई गुणात्मक ढङ्गले भिन्न प्रकृतिको संविधानसभालाई बुझ्न दिएन । सकेसम्म संविधानसभा निर्वाचनलाई आफ्नो अनुकूल प्रयोग गर्ने, नसके बिथोल्ने तथा पार्टर्ीीार्टर्ीीचको अन्तरविरोधमा खेल्ने राजावादीहरूको प्रयास असफल भएपछि राजाले आफै“ 'मर्यादित' बहिर्गमनतिर सोच्छन् भन्ने अपेक्षा माओवादीहरूको थियो । तर, पछिल्ला घटनाक्रमले यस्तो सोचाइको प्रतिकूल परण्िााम दिन थालेको छ ।

जनआन्दोलन-२ को उत्कर्षा २०६३ वैशाख ११ गते दलहरूस“ग राजाको कुनै सम्झौता भएको घुमाउरा अभिव्यक्तिहरू अहिले क्रमशः आइरहेका छन् । जनआन्दोलनको उर्लंदो लहरबीच आएको संसद् पुनःस्थापन गर्ने राजाको तत्कालीन सम्बोधन बिनाकुनै सम्झौता आएको थिएन भनेर बुझ्न त्यति कठिन पनि छैन । तर, आफै“लाई आत्मघाती हुने उक्त सम्झौताको खुलासा नेताहरू स्वयम्ले नगर्ने र दरबार आफै“ले गर्ने खुलासालाई जनताले नपत्याउने परििस्थतिका कारण राजाको अन्तिम आशाको त्यान्द्रो पनि धरापमा छ ।

सामन्तवादी समाज र त्यसको शोषणमूलक सारतत्त्वलाई धेरै गहिराइमा बुझिसकेको नेपाली समाजलाई राजतन्त्रको घा“डो भिराउन अब सम्भव देखिन्न । वामपन्थीहरूको चर्काे वर्चस्व कायम भएको नेपाली समाज स्वभावैले सामन्तवादविरोधी छ । त्यसले सामन्तवादीहरूको व्यक्तिगत स्वामित्व र त्यसमा निर्भर उत्पादन सम्बन्धहरूलाई ध्वस्त बनाउ“दैछ  । सामन्ती समाजको बौद्धिक जीवनमा देखिने गहिरो धार्मिक भूमिका पनि स्वात्तै घटेर सिद्धिएको छ । सामन्तवादको विघटन प्रक्रियास“गै राजतन्त्रप्रति परम्परागत रूपमा बफादार सेनाको त्यो सम्बन्ध पनि खुकुलो र कमजोर ह“ुदै गएको छ । राजतन्त्रको पतनका ऐतिहासिक आधारहरू संसारभर ियसरी नै निर्माण हु“दै जान्छन् । र, त्यहा“ विभिन्न खाले वर्गीय, जातीय, लैङ्गिक आन्दोलनहरूले उत्प्रेरकको भूमिका निर्वाह गर्छन् ।

यसो भन्दैमा कमजोर बन्दै गएको राजतन्त्रले आफ्नो कुनै बचाव गर्दैन भन्ने होइन । वास्तवमा सामन्तवादको अन्त्य र पु“जीवादको उदयको अन्तिम लडाइ“ कष्टप्रद हुनसक्छ । सायद त्यसैकारण माओले प्रतिक्रियावादीहरूलाई रणनीतिक रूपमा 'कागजी बाघ' तर कार्यनीतिक रूपमा भने 'सा“च्चिकै बाघ' भनेका हुन् । हाम्रँे सर्न्दर्भमा पनि राजावादीहरू आशाको अन्तिम त्यान्द्रो देखि“दासम्म चुप लागेर बस्दैनन् । जनआन्दोलनका बेला राजा र दलहरूबीच भएको भनिएको सम्झौता, नेपाली सेनाको भूमिका र सत्ता-नेतृत्वको विषयलाई लिएर काङ्ग्रेस-माओवादीबीच अहिले देखिएको असमझदारी नै राजतन्त्रका निम्ति आशाका अन्तिम त्यान्द्राहरू हुन् ।

राजाको 'मर्यादित बहिर्गमन' चाहेका माओवादीहरू राजाले अब कुनै पनि प्रकारको द्वन्द्व निम्त्याउने छैनन् भन्नेमा ढुक्क छन्  । तर, पछिल्ला क्रियाकलापबाट राजा माओवादीले चाहेको दिशातर्फअगाडि बढेका छैनन् भन्ने सङ्केत मिल्छ । नारायणहिटी दरबार, नागार्जुन र निर्मल निवासमा एक-एक गुल्म सेना थपेर उनले आफ्नो सुरक्षा घेरालाई अझ बलियो बनाएका छन् ।

माओवादीभित्र राजासम्बन्धी उठ्ने गरेका विवाद र राजावादीहरूलाई भेट्ने गरेका घटनाक्रमले पनि नेपाली राजनीतिमा र स्वयम् राजावादीहरूमा एउटा तरङ्ग उत्पन्न हुने गर्छ । फकाउने, फुलाउने र झुक्याउने माओवादीको खेललाई समेत राजावादीहरूलेे आशाको त्यान्द्रो नचु“डिएको रूपमा बुझिरहेका छन् । र, राजतन्त्रसम्बन्धी माओवादीभित्र उत्पन्न विवादभित्र पनि छिर्न खोज्दैछन् । झ्वाट्ट हर्ेदा कागजी बाघजस्तो देखिने राजतन्त्र यस्तै 'लुप होल'हरूबाट घुसेर सा“च्चिकै बाघ बन्न सकिन्छ कि भनेर प्रयत्नरत देखिन्छ ।

ँसेनामा हात नहाल्नुहोला’

पछिल्लो चरणमा माओवादी र काङ् ग्रेसबीच सत्तासम्बन्धी विवाद बढ्दै गएको छ । राष्ट्रपतिको व्यवस्था गर्ने/नगर्ने र कसले गर्ने भन्ने विवादभित्र आगामी गणतन्त्रको चरत्रि निर्धारण हुने कुरा अन्तरनिहित छ । त्यसकारण आगामी सरकारको नेतृत्वको प्रश्न आगामी नेपाली राजनीतिक दिशाको प्रश्न पनि हो । राजनीतिक दिशा निर्धारण गर्ने नेतृत्व सबैभन्दा ठूलो दलको हैसियतले माओवादीले कसैलाई दिन चाहेको छैन । तर, त्यस्तो निर्ण्ाायक ठाउ“मा माओवादीको पहु“चलाई काङ्ग्रेसले स्वाभाविक ठान्दैन । त्यसकारण बरु नया“ शक्ति समीकरण निर्माण गरेर भए पनि माओवादीलाई निर्ण्ाायक बन्न नदिन काङ्ग्रेस लागिपरेको छ । माओवादी र काङ्ग्रेसबीच परेको प्वालबाट छिरेर राजावादीहरू नया“ खेल मैदान तयार पार्न खोज्दैछन् ।

आगामी सरकार माओवादीको नेतृत्वमा गएपछि राज्यसत्ताका पुराना संयन्त्रहरूमा उनीहरूले कस्तो-कस्तो ठाउ“मा हात हाल्ने हुन् भनेर विदेशी शक्तिहरू पनि निकै चनाखो बनेका छन् । खासगरी नेपालको सैनिक संयन्त्र माओवादीको नियन्त्रणमा नपुगोस् भन्ने विषय विदेशी श्ाक्तिहरूका लागि सबभन्दा महत्त्वपर्ूण्ा बन्न पुगेको छ । स्वयम् माओवादीका लागि पनि सम्भवतः सबभन्दा जटिल विषय यही नै हो । अमेरकिी राजदूत न्यान्सी जे पावेलले त प्रचण्डलाई भेट्नेबित्तिकै पहिलो र्सत नै यही राखिन्, "तपाईंले कृपया सेनामा हात नहाल्नुहोला  ।" पावेलको यस भनाइले सेनाको विषय 'विशुद्ध राष्ट्रिय मुद्दा होइन है' भनेर माओवादीलाई तर्सर्ाा खोजेको त छ“दैछ, यसको आडमा राजतन्त्रको नया“ खेल मैदान पनि तयार हु“दैछ ।

राजतन्त्रका विषयमा माओवादीहरू आफै“ पनि कैयौ“ अवस्थाहरूमा विवादित हु“दै आएका छन् । अन्तरविरोधस“ग खेल्ने 'प्रिय खेल'ले उत्पन्न गरेको नया“ अन्तरविरोधमा उनीहरू फसेका छन् । बाह्य र आन्तरकि समीकरणको हिसाबले उनीहरूको तर्क वैज्ञानिक र सही भए तापनि आमजनतामा पार्ने प्रभावका हिसाबले माओवादीहरूको बोलीको विश्वसनीयता घटेको छ । विगतमा राजा वीरेन्द्रस“गको 'अघोषित कार्यगत एकता' प्रकरणदेखि अहिलेको 'सांस्कृतिक राजा'सम्बन्धी विवादसम्मले त्यही देखाएको छ ।

राजा वीरेन्द्रस“ग अघोषित कार्यगत एकता गरएिको र वर्तमान राजालाई सांस्कृतिक राजाका रूपमा केही अधिकार दिन सकिने -राजा राख्ने होइन) बाबुराम भट्टर्राईको अभिव्यक्तिका नया“-नया“ अर्थहरू खोजि“दै आएका छन् । राजा वीरेन्द्रस“गको अघोषित कार्यगत एकताको अभिव्यक्ति दिएपछि राजावादी प्रमाणित गर्न खोजिएका बाबुरामलाई पछिल्लो चरणमा स्वयम् राजावादीहरूले चर्को आक्रमण गरेका थिए । ठीक त्यसको उल्टो अहिले कट्टर गणतन्त्रवादी रहेका बाबुरामलाई राजावादी बनाइन खोज्नुले उनको बोलीमा घात थाप्न बसेको जमातको बितन्डाबाहेक अर्काे अर्थ त्यहा“बाट निकाल्न सकिन्न । अझ विडम्बनाको कुरा के छ भने बाबुरामको सांस्कृतिक राजाको अभिव्यक्तिपछि माओवादीभित्र गणतन्त्रवादी देखिने नाटकीय होडबाजी तीव्र भएको छ ।

अर्कै मुड’तर्फअग्रसर

माओवादीद्वारा राजालाई सम्मानित बहिर्गमन गर्ने कुराले स्वयम् राजावादीहरूमा माओवादीहरू पनि विगतमा दलहरूले राजास“ग गरेको सम्झौताका पक्षमा छन् भन्ने भ्रम उत्पन्न गराएको थियो । बिनाकुनै ठूलो रक्तपात राजतन्त्रलाई बिदाइ गर्ने माओवादीको अभिव्यक्तिभित्र राजतन्त्रको कुनै अस्ितत्व राख्न सक्ने आश्ाय राजावादीहरूले देखेका थिए । राजावादीहरूमध्ये पनि सबैभन्दा बदनाम कमल थापालगायतस“ग माओवादी नेताहरूले गरेको छलफलले राजावादीहरूलाई थप उत्साहित बनाएको हुनर्ुपर्छ ।

वास्तवमा माओवादीका विभिन्न तहका व्यक्तिहरूले अलगअलग राजावादीलाई भेट्दै र अलगअलग सूचनाहरू ल्याउन थालेपछि उनीहरूभित्रै 'कन्फ्युजन'को स्िथति उत्पन्न भएको देखिन्छ । माओवादीको कूटनीतिक नाडी छामिसकेपछि राजावादीहरूले पनि राजालाई उल्टो सल्लाह दिन थालेका छन् । 'सम्मानजनक' स्िथति बनेमा राजतन्त्रको मोहबाट सदाका लागि उम्किने मनस्िथति बनाएका राजा अहिले अर्कै 'मुड'तर्फअग्रसर हुन थालेको बताइन्छ  । त्यसैको परण्िााम राजाले आफ्नो सुरक्षा घेरा बढाएका हुन् । राजामा यस्तो मनोबलको मनोविज्ञान जन्मनुमा काङ्ग्रेस र माओवादीको विवाद तथा माओवादीको आन्तरकि दर्ुबलता जिम्मेवार रहेको छ ।

मुलुकको इतिहासमा ऐतिहासिक महत्त्व राख्ने संविधानसभाको पहिलो बैठकले लिनुर्ुपर्ने अजङ्गको निर्ण्र्ाााई नेपाली जनताले धर्ैयपर्ूवक पर्खेर बसेका छन् । जनता इतिहासको यस घडीमा देशले बिनाक्षति राजनीतिक निकास पाओस् र देश अग्रगामी दिशामा बढोस् भन्ने चाहन्छन्  । एउटा राजतन्त्रको अन्त्य र अर्काे भिन्न नामधारी राजतन्त्रको स्थापना जनताको चाहना होइन । नेपाली जनता सामन्ती संस्कृतिको अन्त्य चाहन्छन् । समूल सामन्ती प्रथाको अन्त्य चाहन्छन् । सामन्त र सामन्तवादको अन्त्य पात्र फेरेर मात्र होइन, त्यसको सम्पर्ूण्ा सारतत्त्व फेरेर मात्र सम्भव छ । इतिहासले नेपाललाई यो अवसर प्रदान गरेको छ, जसलाई सदुपयोग गर्न माओवादी, अन्य राजनीतिक दल र स्वयम् राजालाई समेत संयोग जुरेको छ । स्िथति अलिकति मात्र तल-माथि भएमा यो अवसर गुम्ने मात्र छैैन, देश नया“ खालको सङ्कटमा प्रवेश गर्नेछ ।

 

ध्रुवहरि अधिकारी

सङ्कटभित्रको सङ्कट

सन् १९३६ -विसं १९९३/९४) मा बेलायतमाथि 'गद्दी-त्याग' सङ्कट आइपर्‍यो । अङ्ग्रेजहरू त्यस घटनालाई 'एब्डीकेसन क्राइसिस्'को प्रसङ्गबाट सम्झन्छन् । भएको के थियो भने युवक राजा एर्डवर्ड आठौ“ले एउटी त्यस्ती अमेरकिी नारीसित बिहेको इच्छा गरे, जसले विगतमा दर्ुइपल्ट बिहे गरसिकेकी थिइन् ।

राजाको त्यस प्रस्तावलाई प्रधानमन्त्री स्टान्ली बाल्डवीनको सरकारले अनुमति दिन मानेन । महिनौ“सम्म धार्मिक, राजनीतिक र सामाजिक मान्यताका कुराहरू र्सार्वजनिक बहसमा आए  । राजालाई आफ्नो विचार त्याग्न प्रेरति गरयिो । तर, उनले हठ छोडेनन् । सरकारले पनि उनको योजनालाई स्वीकृति दिएन । कि गद्दी त्याग्नुपर्ने भयो, कि मनपरेकी स्त्री छोड्नुपर्ने परििस्थति सिर्जना भयो । अन्ततोगत्वा राजाले गद्दी त्यागकै घोषणा गरे १० डिसेम्बर १९३६ का दिन । खाली राजगद्दीमा राजकुमार अर्ल्बर्टलाई राजा जर्ज छैटौ“का रूपमा आरोहण गराएर सङ्कट सुल्झाइयो । अहिलेकी गद्दीनसिन महारानी एलिजाबेथ द्वितीया तिनै राजा जर्ज छैटौ“की जेठी छोरी हुन् ।

यतिखेरको नेपालको सङ्कटको प्रमुख कारक पनि राजा नै हुन्, उनकै हठ र महत्त्वाकाङ्क्षा हो । गणतन्त्रका नारा, 'नारायणहिटी खाली गर' भन्ने दबाब, गद्दी छोड्ने मागलगायतका सान्दर्भिक विषयहरूको जरो राजहठ नै हो भन्ने तथ्य जगजाहेर छ । दम्भ, अहङ्कार र आक्रोशका परण्िाति एक-एक गरेर क्रमैसित दृश्यपटलमा आएका हुन् । एकाएक यो अवस्था निर्माण भएको किमार्थ होइन । २०४६ सालको जनआन्दोलनपछि संवैधानिक राजा हुन राजी भएका वीरेन्द्रका भाइ हुनुभन्दा ०१७ सालको फौजी काण्डमार्फ सक्रिय हुन अघि सरेका महेन्द्रको छोरो हुने महत्त्वाकाङ्क्षाले ज्ञानेन्द्रलाई बिगारेको निष्कर्षउनकै निकटस्थहरूले समेत निकालेका छन् ।

देश ०४६ सालबाट लामो फड्को मारेर डेढ दशक अगाडि पुग्दा ज्ञानेन्द्रले भने ०१७ को शैलीमा सैनिक हस्तक्ष्ँेपद्वारा देशका तात्कालिक राजनीतिक, आर्थिक चुनौतीहरूको सामना गर्न सकिन्छ भन्ठाने र सरासर गलत बाटो समाते । ०५९ असोज र ०६१ माघका कदम त्यसै प्रवृत्तिका जल्दाबल्दा प्रमाण हुन् । अनि, बेलायतका राजा एर्डवर्ड आठौ“लाई नारी-मोहले कर्तव्यबोधबाट च्यूत गर्राई दिग्भ्रमित तुल्याएझै“ राजा ज्ञानेन्द्रलाई पुत्रमोहले धृतराष्ट्र बनायो  । र, कालक्रममा बाबुछोरा नै अलोकप्रिय हुन पुगे ।

राजसंस्थाको सामन्ती स्वरूप त्यसै पनि लोकप्रिय थिएन, त्यसमाथि जनसरोकारका मामिलाप्रतिको लगातारको उपेक्षाभावले राजाप्रतिको जनधारणा नकारात्मक हु“दै गयो । निर्धन देशको राज्यकोषलाई निजी ढुकुटीसरह खोलेर जथाभावी ढङ्गले भत्ता, भोज र भ्रमणहरूमा खर्च गर्ने सिलसिलाले जनस्तरमा पहिलेदेखि व्याप्त उदासीनता र आक्रोश विरोधमा परण्िात भएको हो । प्रस्टै छ, परििस्थति क्रमशः गरेर ब्रि्रेको हो, एकाएक अप्ठ्यारोपन आएको होइन । सच्याउने, सुधार गर्ने अवसर गुमाउ“दै गएपछि नै वातावरण धमिलिएको हो । आन्तरकि बलमा भन्दा बाहिरी आडमा टिक्ने रणनीति राजनीतिक दलहरूलाई काम नलागेजस्तै राजाका लागि पनि र्सार्थक वा निर्ण्ाायक हुन नसक्ने तथ्य पटकपटकका घटनाक्रमले पुष्टि गरेका छन् ।

उक्साउने रणनीति

नेपालको भलो नचाहनेले यस देशलाई सध“ै अस्िथर राख्न खोज्छन् । 'प्रभाव क्षेत्र'का नाममा हस्तक्षेपका लागि मलिलो ठाउ“ बनाउन खोज्छन् । यस क्रममा तिनले राजालाई पार्टर्ीीरुद्ध र पार्टर्ीीलाई राजाविरुद्ध उक्साउने रणनीति अख्तियार गर्न सक्छन्, गरअिाएकै छन् । तर, यस्तो कुरो ठम्याइसकेपछि पनि बाहिरी शक्तिले फालेको बल्छीमा जानाजान किन पर्नु - वार्ता, सम्झौताद्वारा मुलुकमै मामिला सुल्झाएको भए त्यस बखतका सात दलले दिल्ली गएर माओवादीसित हात मिलाउनुपर्ने थिएन । बाहिरी 'मध्यस्थ' अथवा 'भूमिका' आवश्यक पर्ने थिएन । र, 'निरङ्कुश राजतन्त्र'को अन्त्य गराउने योजना खेस्राकै स्तरमा तामेलीमा जाने थियो । अर्को कोणबाट हर्ेदा यसमा राजनीतिक पार्टर्ीीको पनि दोष देखिएला तर उदार भएर पहल गर्ने दायित्व त राजाको थियो र कैफियत त्यही“ भइदियो ।

०६५ सालको आरम्भमा आइपुग्दा नेपालको राजतन्त्रले विडम्बनायुक्त संयोग देख्दैछ ः ००७ सालमा बाजे त्रिभुवनको अनुपस्िथतिमा राजतन्त्रको निरन्तरता कायम राख्न उभ्याइएका नाबालिग ज्ञानेन्द्र नै ५८ वर्षछि राजतन्त्रको क्रमभङ्ग हुन लागेको स्िथति हर्ेर्दैछन्, बेहोर्दैछन् । राजा हुनाले अझै दैवीशक्तिको आशा-भरोसा हुनु र्सवथा स्वाभाविक हो । हुने हुनामी त टारेर र्टर्दैन †

राजाका अगाडि धेरै विकल्प देखि“दैनन् । ०६३ वैशाख ११ गतेको घोषणापछि उपलब्ध भएजति विकल्प पनि अब छैनन् । यसबीचमा गिरजिाप्रसाद कोइरालाले राजा र युवराज दुवैले 'स्टेप डाउन' गरििदए सानु राजा -बेबी किङ्)को बन्दोबस्त गर्न सकिने सङ्केत र्सार्वजनिक गरेका थिए । त्यो एउटा राम्रँे विकल्प हुनसक्थ्यो, आलङ्कारकि राजतन्त्रको सिलसिला अघि बढाउन । र्'र्सवनासे समुत्पन्ने अर्द्ध त्वजति पण्डितः' भन्ने नीति वचन छ । यसको आशय बुझेर आफूले -र, छोराले) गद्दीत्याग गरेर भए पनि नेपालमा राजसंस्थाको सान्दर्भिकता जोगाउन सक्ने थिए ।

टाढा जानैपर्दैन, भुटानकै राजा जिग्मेसिङ्गे वाङ्चुकले गद्दीत्यागको ताजा उदाहरण प्रस्तुत गरेका छन् । छोरालाई गद्दी दिए र आफू अवकाशको जीवन ढुक्कसित बिताइरहेको देखिन्छ । बेलाबखत छोरालाई परामर्श दि“दा हुन् । तर, लाग्छ- ज्ञानेन्द्रलाई यस्तो प्रस्ताव आकर्ष लागेन । परामर्शदाताहरूको सुझावमा सके राजाको यस्तो सोच बनेको छ ः राजतन्त्र नै नराखे कुरै सकियो, राख्ने हो भनेचाहि“ गद्दीमा कसले बस्न पाउ“छ भनेर अरूले तोक्न मिल्दैन । यस्तो तर्क आफ्नो ठाउ“मा ठीक होला तर चेतनशील नेपाली समाजले स्वीकार गर्न सक्दैन । यो घामजत्तिकै र्छलङ्ग तथ्य हो  ।

नेपाली सेनाको आड र आधार राजतन्त्रका सर्न्दर्भमा बरोबर चर्चामा आउने अर्को पक्ष्ँ हो । परम्पराको मात्र कुरो गर्दा एक किसिमको अवधारणा बन्ला तर तथ्यगत विवेचना गर्दा सेनाको नेतृत्व यथार्थपरक दृष्टिकोण बनाउन सामान्यतः सक्षम नै देखिन्छ  । उदाहरण ०६३ सालकै घटना हुनसक्छ । सैनिक कारबाहीबाट मात्र राजनीतिक समस्याको हल निस्कन सक्दैन भनी उतिखेर हात झिक्ने 'शाही' सेनाले अहिलेको परविर्तित स्िथतिमा आएर राजाका पक्षमा सैनिक हस्तक्षेप कसरी गर्ला - र, अन्तर्रर्ााट्रय समुदायले के आधारमा त्यस्ता कार्यलाई मान्यता देला - हो, दरबारमा करबि तीन हजारको सङ्ख्यामा रहेका सैनिकले माओवादी पक्षबाट एक्कासि आक्रमण भइहालेमा जवाफी कारबाहीमा हतियार चलाउन सक्छन् । तर, त्यो सानो टुकडीले तख्तापलट गर्ने व्रि्रँेही शक्तिको रूप लिने सम्भावना न्यून छ । सीमित समयको प्रतिरक्षा कार्य -डिफेन्सिभ एक्सन)सम्म हुनसक्छ । ठूलै रूप लिन लाग्यो भने बाहिरी शक्तिको सहमति वा भूमिका भएको अनुमान गर्नुपर्ने हुन्छ ।

राजाको हैसियतले ज्ञानेन्द्रले गरेका कार्यहरू लोकसम्मति अनुकूल थिएनन्, समयसापेक्ष रहेनन् भन्ने कुरामा सन्देह रहेन । राजा आफै“, राजसंस्था र मुलुक अनिश्चयको भुमरीमा पर्न गएकोमा पनि विवाद छैन । आन्दोलनलाई अघि बढाउनमा ती गलत नीति र कार्यहरूको सहयोगी भूमिका रह्यो भनेर प्रचण्डले ज्ञानेन्द्रलाई धन्यवाद दिने गरेको प्रसङ्ग पुरानो होइन । तर, समय सधै“ एकनास रह“दैन । सके 'जेठ १५ गतेअगावै नारायणहिटी खाली गर्नू' भन्ने माओवादी सन्देशको तत्काल सकारात्मक प्रत्युत्तर नआउनुको पछाडि यस्तै परविर्तित सर्न्दर्भसित गा“सिएका कारण हुन सक्छन् ।

आखिर २ सय ४० वर्षो इतिहास भएको राजसंस्थाको अस्ितत्वसित जोडिएको प्रश्न छ, त्यससित जोडिएका मान्यता र परम्पराहरू छन् । डेरामै बसेको मानिसले त घर खाली गराउन मनासिबमाफिकको समय पाउ“छ भने राजगद्दी -दरबार) छोड्नेबारे बीचबीचै आएको उर्दीको पालना तुरुन्तै भइहाल्छ भन्ने अपेक्षा गर्नु उचित हुन्न । संविधानसभा गठन नहु“दै र सरकार गठन नहु“दै जारी गरएिका आदेश-निर्देशको वैधानिकता र आधिकारकिता कसरी स्थापित हुने हो - प्रतिस्पर्धात्मक राजनीतिमा प्रवेश गरेको शक्ति -माओवादी) र यसको नेतृत्वपङ्क्तिले विधिको शासन र विवेकको प्रयोगमा अभ्यस्त हुने हो भने बेलैमा यस्ता कुराहरूबारे हेक्का राख्नु आवश्यक छ ।

खतरनाक दृष्टान्त

राजतन्त्रको अन्त्यपछिको रत्तिmताको पर्ूर्ति कसले गर्छ र कति सहज ढङ् गबाट हुन्छ, त्यसबारे ढुक्क हुन नसकेर नै नेपाली जनतामाझबाट तर्क र आशङ्काका तरङ्गहरू निस्केका हुन्  । छरछिमेकका घटनाक्रमले असुरक्षाको वातावरण बनाएको हो । सिक्किममा राजा थिए र देश थियो । तर, पछि अनेक षड्यन्त्रको तानाबाना बुनियो र त्यहा“का राजा -चोग्याल) अलोकप्रिय हुने गतिविधिमा लागे । पछि गएर राजतन्त्रकै अन्त्य गरयिो । राजतन्त्र अन्त्य गरेपछि सिक्किमलाई भारतमा विलय गराइएको घटना पुरानो होइन । विलय गराउने कार्य ठीक थिएन भनेर इन्दिरा गान्धीको आलोचना गरे तापनि पछिल्ला प्रधानमन्त्री मोरारजी देसाइ भइसकेको विलयलाई उल्टाउन सकि“दैन भनेर टकटकिए । उत्तरको चीनले सुरुमा सिक्किमलाई भारतमा गाभेको कुरालाई मान्यता दिएन तर सन् २००३ मा आएर आफ्नो अडानलाई त्याग्यो र अटलविहारी वाजपेयी चीन भ्रमणमा आएको अवसर पारी भारतीय कब्जालाई मान्यता दियो ।

चीनको यस नीतिले दक्षिण एसियामा पारेको नकारात्मक असर एउटा छुट्टै विवेचनाको विषय हुनसक्छ । मुख्य कुरो, दक्षिणको छिमेकीको आशय र हस्तक्ष्ँेपकारी व्यवहार हो । अरूलाई खाने बाघले आफूलाई पनि खान सक्छ भन्ने आशङ्का निराधार पनि होइन । नेपालको आफ्नो चिनारी, आफ्नोपन झल्काउने आधारहरू मास्नु, मासिन दिनु भनेको अन्ततोगत्वा यसको अस्ितत्व लोप हुन दिनु हो । यसबारे सजग र चनाखो हुनु आफूलाई देशभक्त शक्ति सम्झनेहरूको टड्कारो कर्तव्य हो । नेताहरूले सोच्ने कुरो हो, देश नै नरहे तिनीहरूको राजनीतिले खेल्ने थलो कहा“ पाउ“छ -

राजतन्त्रको अन्त्य गरििदएपछि राज्य कब्जा गर्न सजिलो हु“दोरहेछ भन्ने अर्को उदाहरण अमेरकिामा भेटिन्छ  । हाल संयुक्त राज्य अमेरकिाको ५०औ“ राज्यका रूपमा चिनिने राज्य हवाई -टापू) साविकमा राजतन्त्रात्मक स्वतन्त्र देश थियो । अमेरकिी शासकहरूले पहिले त्यस देशको राजतन्त्र समाप्त गरििदए र सन् १८९३ मा त्यस देशको अस्ितत्व नै समाप्त पारियो । हवाई अधिराज्यलाई अमेरकिी साम्रँज्यको एउटा अङ्ग तुल्याइयो । त्यस क्रममा अनेक ज्यादती भए, जसबापत एक सय वर्षछि अर्थात् सन् १९९३ मा राष्ट्रपति क्लिन्टनले अमेरकिाका तर्फाट हवाईका जनतासित औपचारकि हिसाबले 'क्ष्ँमायाचना' गरे । हवाई अधिराज्यकी महारानी लिलिओकालानीको सविस्तार उल्लेख भएको क्ष्ँमायाचना प्रस्तावसहित के-कस्तो अवस्थामा त्यहा“ राजतन्त्र मासेर देश नै कब्जा गरयिो, त्यसको विवरण अमेरकिी पत्रिका द नेसनमा भर्खरै -२८ अप्रिल २००८) पनि प्रकाशित भएको छ ।

अन्त्यमा,

राज्यव्यवस्थामा राजनीतिक आरोह-अवरोहका सर्न्दर्भले र्सवाधिक महत्त्व राख्छन् । तर, विधि-विधानका पक्ष्ँहरू पनि उत्तिकै प्रबल हुन्छन् । संवैधानिक कानुनका अध्येता एक मित्रले हालै एउटा प्रश्न गरे, "पशुपतिका मूलभट्ट -पुजारी)को आचरण खराब भयो भने उनलाई कार्यभारमुक्त गरेर अर्को भट्ट नियुक्त गर्ने कि पशुपतिको मन्दिर नै भत्काउने -" अहिलेको यहा“को कार्यशैली मन्दिर नै भत्काउने ढङ्गको छ । होला, खा“टी कम्युनिस्टलाई धर्मकर्मको मतलब रह“दैन । तर, यो देशका सबै बासिन्दा त कम्युनिस्ट होइनन्  । र, खा“टी हौ“ भन्ने माओवादीकै नेता बाबुराम भट्टर्राईले चुनावअघि देवताको दर्शन गरी आशर्ीवाद लिएको घटना जनमानसमा ताजै छ ।

अर्को कुरा, चुनावमा माओवादीले जम्मा ३० प्रतिशत मत पाएको समानुपातिकको परण्िाामले देखाएको छ । यसको अर्थ ७० प्रतिशत नेपालीले माओवादीको कार्यसूची -एजेन्डा)लाई सोझै र्समर्थन नगरेको स्िथति छ । माओवादीले यस तथ्यमा निहित सन्देशलाई ठम्याएर पाइला सार्नु उचित हुन्छ । बाटो त अग्रगामी नै लिने हो तर सावधानीका साथ । होसियारीका साथ । संयमित भएर । अन्यथा दलिन बालेर खरानीको खडेरी टार्ने बाटो समातेसरह हुनेछ ।


Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2007, Ekantipur